Pages

Thursday, May 28, 2015

यो ध्वंसलाई हामीले नवनिर्माणको अभियान प्रारम्भ गर्ने समयको रूपमा लिनुपर्छ ।

कार्यक्रमः नेकपा (एमाले), पर्यटन प्रबद्र्धन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रम
मितिः २०७२।२।४
स्थानः होटेल मल्ल, लैनचौर ।

यस कार्यक्रमका अध्यक्ष महोदय, 
मञ्चमा आसीन नेता साथीहरु,
र सम्पूर्ण पर्यटन व्यवसायी र पर्यटन क्षेत्रका संगठनसँग सम्बद्ध साथीहरु,
र पर्यटन क्षेत्रलाई माया गर्र्न साथीहरु !
     मैले पनि धेरै लामो भन्नु छैन । हामी लामो कुरा गरेर समय खेर फाल्ने अवस्थामा पनि छैनौँ । हामीले सकेसम्म छिट्टै वा तीव्रताका साथ यो विनाशकारी भूकम्पका प्रभावहरुलाई झेलेर, समाप्त पारेर पुनर्निर्माण गर्नुछ, जनजीवनलाई सामान्य बनाउनुछ, र संरचनाहरुलाई पनि पहिलेकै जस्तै तर  पहिलेका भन्दा दह्रा, बलिया रूपमा प्रस्तुत गर्नुछ । विभिन्न क्षेत्रलाई, यहाँ हामी पर्यटनको क्षेत्रको कुरा गर्दैछौँ । पर्यटन क्षेत्रलाई सबभन्दा माथि उठाउनुछ । त्यसै गरेर अरु क्षेत्रहरुलाई पनि, विद्यालयहरु बन्दछ, पठनपाठन बन्द छ, त्यसलाई पनि अविलम्ब सुचारु गर्नुछ । मान्छेहरु खुला आकाशमै छन्, तिनलाई छानामुनि ल्याउनुछ । मान्छेहरुको मनमा एउटा त्रासको भावना छ, त्यस त्रासको भावनालाई सामान्य अवस्थामा फर्काउनुछ । मनोवैज्ञानिक ढङ्गले कामहरु गर्नुछ । यी सबै कामहरु गर्नुपर्ने भएको हुनाले अलिक छोटोछोटो कार्यक्रम हामी गर्छौँ । यस कार्यक्रमको आयोजनाको निम्ति म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु । यसले नेपालको अलिकति नोक्सान पुगेको पर्यटन क्षेत्रलाई अलिकति उठाउने सन्दर्भमा केही नयाँ संकल्प नयाँ विश्वास, नयाँ विश्वासका साथ अगाडि बढ्नेछ, मैले विश्वास लिएको छु । यस प्रसंगमा आज जिम्मेवारी हस्तान्तरण पनि भएको छ । क. मुकुन्द न्यौपानेले लामो समय यस क्षेत्रमा नेतृत्व प्रदान गर्नुभयो । यस क्षेत्रलाई सुसंगठित गर्ने र एउटा सुस्पष्ट दृष्टिकोणका साथ, उद्देश्यका साथ अगाडि बढाउने कुरामा वहाँले ठूलो योगदान गर्नुभएको छ, म वहाँलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, वहाँले धेरै राम्रो सेवा पु¥याउनुभएको छ । कमरेड सूर्य थापालाई बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । वहाँलाई यतिबेला धेरै शुभकामना चाहिएको छ । ठूलो क्षति भएको बेला, चुनौतिपूर्ण अवस्थामा वहाँले यो जिम्मेवारी लिनुभएको छ । वहाँले जिम्मेवारी लिनुभएको छ । वहाँले जिम्मेवारी लिनुभयो, गम्भीर चुनौतिहरु थपिए । यस चुनौतिको सामना गर्न नेतृत्वदायी भूमिका खेल्न सक्नुस्, यसमा साथीहरुलाई, देशलाई नयाँ दृप्टिकोणका साथ अगाडि बढाउन सक्नुु्स्, एकताबद्ध ढङ्गले अगाडि बढाउन सक्नुस्, सफलता प्राप्त गर्न सक्नुस्, धेरैधेरुै शुभकामना छ ।

     यस कार्यक्रममा महासचिव क. ईश्वर पोखरेल र म पनि आएका छौँ । हामी पार्टीका तर्फबाट तपाईंहरुको साथमा छौँ, पर्यटन क्षेत्रलाई पर्यटन व्यवसायलाई अगाडि बढाउन हामी कृतसंकल्पित छौँ, पार्टी कृतसंकल्पित छ, त्यो कुरा बताउन पनि तपाईंहरुका बीच हामी आएाका हौँ । तपाईंहरुले १२ बुँदे प्रस्ताव अगाडि सार्नुभएको छ । बुँदाहरु महत्वपूर्ण छन् र तिनीहरुलाई अझ परिप्कृत, परिमार्जित र व्यावहारिक ढङ्गले सम्पादन गरी अगाडि बढाउनुपर्छ भन्ने कुरा मैले ठानेको छु । त्यो साथीहरुले गर्नु नै हुनेछ । त्यसै गरी बच्चुजीले जुन पर्यटन क्षेत्रको क्षति र त्यसबाट उठ्नसक्ने केही हाम्रा  सम्भावनाका सन्दर्भमा फरक पनि राख्नुभएको छ, बेग्लै पनि ती कुराहरु पनि अत्यन्तै महत्वपूर्ण छ । 
     हामीकहाँ धार्मिक पर्यटन छ, हामीकहाँ प्राकृतिक पयृटन छ । हिमाल आरोहण, ट्रेकिङ्ग, माउन्टेन फ्लाइट, अरु दृश्यावलोकन, हामीकहाँ हात्ती हेर्न आउने (युरोपमा हात्ती हुँदैन), हाम्रो गैँडा हेनै आउने (युरोपमा गैँडा हुँदैन, अष्ट्रुलियामा गैँडा हुँदैन) । यी प्राकृतिक पक्षका कुरा हुन् । अरु धार्मिक पक्षका कुरा भए– पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनी, जनकपुर । दुइटै पक्षलाई हामीले अगााडि बढाउनु जरुरी छ, उठाएर अगाडि बढाउनु जरुरी छ । अहिले प्राकृतिक रूपमा हामीलाई विपत्ति आइलाग्यो । देशले ठूलो नोक्सानी व्यहोर्नुप¥यो । पर्यटन क्षेत्रले मात्र होइन, सम्पूर्ण क्षेत्र– शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, निर्माण क्षेत्र, यातायात क्षेत्र, उद्योग क्षेत्र, व्यापारिक क्षेत्र यी सबै क्षेत्रहरु यसबाट प्रभावित भएका छन् र सिङ्गै नेपाली समाज मर्माहत भएको छ । यसलाई सिङ्गै नेपाली समाजले मिलेर एकताबद्ध ढङ्गले सामना गर्नुपरेको छ, समाजलाई र हाम्रो सिङ्गो देशलाई सामान्य अवस्थामा फर्काएर तीव्र गतिका साथ अगाडि बढाउनुपरेको छ । 
अघि पूर्ववक्ता नेताहरुले भनी पनि सक्नुभएको छ, राखी पनि सक्नुभएको छ, यो विमत्तिको घडी हो तर यसबाट हामीले शिक्षा लिनसक्नु पर्छ । यसबाट हामीले यस विपत्तिलाई, यस ध्वंशलाई नवनिर्माणको फरक अभियानको प्रारम्भ गर्ने एउटा समयको रूपमा पनि लिनुपर्छ । र हामीले यस शोकमा मात्र होइन, दुनियाँमा अनेक प्रकारका विपत्ति, कहिले लडाइँ भए, कहिले बमबारी भए, कहिले के भए, ठूलाृ क्षति भयो,  तर मानव समाज सम्हालिएर अगाडि बढ्यो । परिवर्तनशील छ संसार, परिवर्तनका विभिन्न रूपहरु हुन्छन् । भूभागमै, भूबनोटमै अथवा भौगर्भिक हिसाबले नै परिवर्तनशील छ । यो भूकम्प के हो त भन्दा त्यही परिवर्तनशीलताको, धर्तीको भौतिक अवस्थितिको परिवर्तनशीलताको एउटा पक्ष हो र हाम्रो चाहिँ यो भूकम्पीय क्षेत्रभित्र नेपाल पर्छ र त्यो लक्षण कहिलेकहिले देखाउँछ । सामान्यतः असी, बयासी, सत्तरी,, सय वर्षमा यस्तो देखाउने गरेको छ । यो भूकम्पको झट्का । हामी सबैलाई गाह छ, भारतीय र तिब्बती प्लेट भनेको दुई वटा प्लेट जोडिँदै जाने र दक्षिणको क्षेत्र तिब्बतको पठारमुुनि धुस्रँदै जाने, त्यसले गर्दा हिमाल उठ्दै जाने जस्ता कारणहरु यसमा छन् र अझ यो ठाउँ कुनै समयमा समुद्र थियो । समुद्रका फोसिलहरु शालिग्रामका रूपमा कालीगण्डकीमा भेटिइरहेकै छन् । समुद्रको नुन हिमालमा भेटिन्छ । हिमालमा नुन हुने ठाउँ होइन, तर हिमालमा किन नुन छ भन्दा त्यो समुद्र उठेर बनेको हो र समुद्रका ती पक्षहरु अहिले पनि त्यहाँ छँदैछन् । यसरी यो भूबनोटकै एउटा सिलसिला हो । कहिले कहिले हामलाई ज्यादै नराम्रो अनुभवको रूपमा, एउटा  भोगाइको रूपमा यो प्रकट हुन्छ । तर प्रकृतिका हिसाबले भन्ने हो भने कहिले ठूलाठूला हिमयुगहरु आए, कहिले के आए, र यसरी एउटा भूभाग र अर्कोको त्यत्रो घर्षण हुनु र अत्यन्त असाधारण ऊर्जा पृथ्वीभित्र हुनु, त्यसले बढी चेपाइमा पर्नु, त्यसले उक्सिन खोज्नु, त्यसबाट विस्फोट हुनु जस्ता कुराहरु प्राकृतिक नियमका कुरा हुन् । यसरी यो एउटा सिलसिला नै हो जसलाई हामीले सामना गर्नुछ, यसबाट शिक्षा लिएर हामी अगाडि बढ्नुछ । एउटा कुरा कस्तो छ भने मध्यपेत्रमा यसपल्ट बढी घरहरु, संरचनाहरु ध्वस्त भए । पूर्वी नेपाल र पश्चिम नेपालमा घरहरु ध्वस्त भएनन् । त्यसको अर्थ त्यहाँ चाहिँ बलिया घर, भूकम्प थेग्ने घर भएर होइन, त्यहाँ झट्का नगएर होइन । हाम्रा विकासका स्तरले पूर्वका घरहरु पनि त्यस्तै छन्,, झट्का गयो भने  ती पनि केही बाँकी रहँदैनन्, यहाँकै हालत हुन्छ, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, यताकै हालत हुन्छ । तर त्यहाँ झट्का गएन । पश्चिमतिर झट्का गएन, त्यस कारण त्यहाँका घरहरु बाँकी छन् । यसर्थ हामीले अहिले पुनर्संरचना  गर्ने कामसँगै नभतकेका घरहरुलाई पनि विस्थापित गर्ने, असुरक्षित बस्तीलाई सुरक्षित ठाउँमा सार्ने लगायतका कामहरु पनि यसबाथ शिक्षा लिएर ध्यान दिन जरुरी छ । 
     मलाई लाग्छ हाम्रा धार्मिक स्थलहरु धार्मिक पर्यटनका सन्दर्भमा भयावह स्थिति सिर्जना गरेको छ, त्यो त्यस्तै मात्रै चाहिँ होइन । हाम्रा मन्दिरहरु भत्किए, तर पीठहरु मन्दिरका कारण बनेका होइनन्, मन्दिरहरु पीठका कारण बनेका हुन् । त्यसकारण गुह्यश्वरी पीठ हो, त्यसकारण त्यहाँ धार्मिक हिसबमा महत्व छ, त्यहाँ मन्दिर छ कि छैन भन्ने कुराको त्यत्रो महत्व होइन । पीठको महत्व हो । त्यस्तै पशुपतिको अर्को महत्व हुन्छ । त्यस कारण विभिन्न पीठहरुको आफ्नो ढङ्गको महत्व छ । त्यहाँ मन्दिर बन्यो कि बनेन भन्ने होइन, यो भूमि पवित्र भूमि हो । यो भूमि देवभूमि हो । र वास्तवमा योग गरेर ध्यान गरेर मान्छेहरुले मानिसहरुले बेग्लै मानसिक सन्तुष्टि प्राप्त गर्छन् भने नेपाल आए पछि मानिसहरुले त्यस्तो सन्तुष्टि प्राप्त गर्छन् । नेपालको हाबामा सास फेरेपछि त्यो सन्तुष्टि प्राप्त गर्छन्, हामीले भनेको छैन मान्छेलाई । यो ध्रवीय प्रदेशको चीसो होइन, यहाँ हिमालको पवित्र चीसो आउँछ, यो कुरा हामीले प्रचार गर्न सकेको छैन । यहाँ त रूख हेर्न आउनुपर्छ, यहाँ चरा हेर्न आउनुपर्छ । यहाँ जीवजन्तु हेर्न आउनुपर्छ । मान्छेहरु यस ठाउँमा आउँछन् र हामीले जुन क्षति भएको छ, त्यसलाई सकेसम्म छिट्टै त्यस क्षतिलाई भरपूर गरेर अगाडि बढ्न जरुरी छ । तपाईंहरु संगठित रूपमा दृष्टिकोणसहित, योजनासहित, संकल्पसहित अगाडि बढ्न चाहनुभउको छ, यस परिस्थितिको सामना गर्नलाई र देशलाई अगाडि बढाउनका लागि । त्यसमा आन्तरिक पर्यटन र बाह्य पर्यटन यी सबै कुराहरुलाई अगाडि लान सकिन्छ । त्यस कारण तपाईहरुको अठोट सराहनीय छ, यस परिस्थितिमा यो कार्यक्रम सराहनीय छ र यसले मनोबल उठाउने काम गर्दछ । 
     एउटा मान्छेहरु घर छ तर  बाहिर बस्छन् । मैले सुनेको छु, स्लाइड शो देखाउन पाइएन, सायद भित्र बस्न     मान्छेहरुलाई असजिलो भएर हो कि ? त्यस्तै असजिलो चाहिँ छैन । (यो होटेल मल्लले भन्छ भने म आएर बसिदिन्छु दुई चार दिन तर भाडा लिनुहुँदैन है! प्रमोसनका लागि ! ) खैर तर त्यत्रो डराउनुपर्ने किन ? जे भयो त्यो एकपल्ट भयो, सँधै त्यही भइरहन्छ, यहाँ भुइँचालो मात्र गइरहन्छ, यहाँ प्रकृतिले हामीलाई मार्नकै लागि मात्र आइरहन्छ, थिच्न नै मात्र आइरहन्छ भन्ने होइन । आफ्नो तरिका छ, कहिलेकहिले त्यस्तो भइरहन्छ । पाकिस्तानमा त्यस्तो भएको थियो, पाकिस्तानमा सन् २००५ मा ७५ हजार मानिसहरु मरे, ७६ हजार घाइते भए, सिङ्गै आजाद काश्मिर भनेको ध्वस्त भयो । ७५ हजार मान्छे मर्नु भनेको सामान्य कुरा होइन । र फेरि राजधानीमा कस्तो भयो भने आज बिहान साढे आठ बजे तिर भुइँचालो गएको छ, भरे बेलुका सम्म त्यत्रो भुइँचालो कम्पन भएको जस्तो मात्र मान्छेहरुले । त्यत्रो भुइँचालो गएको छ, उत्तर पूर्वी पाकिस्तानमा त्यो मान्छेहरुले अनुमान गरेन । त्यसैले बेलुकातिर मात्र खोजी धन्दा भयो । त्यत्रो भूकम्प गएको छ, सञ्चार ध्वस्त थिायो । त्यस कारण त्यहाँबाट कुनै सञ्चार सम्बन्ध आएन । मिलिटरीबाट जुन इन्फर्मेसन आयो, धेरै ध्वस्त भएको छ भन्ने त्यसपछि भोलिपल्ट बिहान उनीहरुले बल्ल राहत उद्धारका लागि केन्द्रले ध्यान दियो र त्यसरी बन्यो । 
     यस्तै भूकम्पहरु १९७६ मा चीनमा त्यत्रो भूकम्प गयो, सिङ्गै शहर ध्वस्त भयो, लाखौँ मान्छे मरे । हैटीको भूकम्प हामीले सुनेका छौँ । जापानमा गएको भूकम्प, त्यसपछि आएको सुनामी र बस, कार, घर सबै बगाएर गुटुटु लगेको हामीलाई थाह छ । बाटामा जाँदै गर्दा उताबाट टूलो बाढी आयो उताबाथ सडकमा गाडीहरु हातरहतारमा फर्काएर स्पिडमा भगाएको हामीले देखेका छौँ ।  भगाउँदा बगाउँदा बाढीले छोपेर लिएर गएको हामीले देखेका छौँ । त्यस्तो खालको भयावह स्थिति! संसारमा जहाँ पनि हुन्छ । त्यो भयो भनेर जापानमा आवागमनमा मान्छेले छोडे ? चीनमा छोडे ? पाकिस्तानमा छोडे ? अन्त छोडे ? घर भत्किन्छ भनेर मान्छेले घर बनाउन छोड्छन् ? छोड्दैन । चराहरु भइँचालो गएको बेला रूखबाट उडेर कराउँदै भाग्छ । भइँचालो गइसकेपछि रूखमा नबसेर कहाँ बस्ने ? पानीमा बस्छ ?रूखैमा बस्छ । के गर्ने ? यो प्रकृतिको कुरा हो । त्यस कारण हामी पनि यस्ता कुराको सामना गर्छौ र अगाडि बढ्छौँ । अलिकति हामीले काउन्सिलिङ्ग गर्न जरुरी छ । 
     तपाईंहरुलाई एउटा सानो जानकारी गराऊँ । भइँचालो जाँदा सँधै म माथिल्ले तलामा हुने गरेँ र अहिलेसम्म पाल त्रिपालमा बसेको छैन, घरभित्रै बसेको छु । कोहीकोही ठाउँमा केही केही हिसाबमा केही भत्कने कुराहरु हुन्छन् । कहींकहीं त्यस्तो हुँदैन । अब नेपालमा भत्कने गरी त्यस्तो भूकम्प आउँदैन । चर्किएका धराप घरहरु, बाङ्गा परिराखेका घरहरु त्यसमा रातो स्टिकर टाँसेकामा बस्न हुँदैन, अथवा रातो स्टिकर इञ्जिनियरले टाँस्नुअगाडि तषाईंको आँखाले सातो स्टिकर टाँसिसकेको हुन्छ नि, टाँस्दैन ?तर  पहैंलो पनि रातै टाँस्ने आँखाले, हरियोमा पनि रातै टाँस्ने आँखाले जुन भइराखेको छ, यसलाई हटाउन पर्छ । हरियोमा आपत्ति छैन, त्यो आँखैले थाह पाउँछ नि, हरियो छ कि छैन भन्ने कुरा, इञ्जिनियरले टाँस्नुभन्दा अगाडि यो त ठीकै छ । त्यतिको भुइँचालोले, जब ८ रेक्टर स्केलको भुइचालोले केही भएन, त्यसपछि ६.९कोले केही भएन, त्यसपछि ७.३ कोले केही पनि भएन भने केही पनि हुँदैन । त्यसकारण म साथीहरुलाई पनि एकदमै असुरक्षित ठाउँमा दुस्साहसिक ढङ्गले बस्नु भन्दिनँ, तर ग्रीन स्टिकर टाँस्न मिल्ने घरहरु हाम्रो आँखाले पनि थाह पाउँछ त्यो, ती ठाउँहरुमा ढुक्कैले बसे हुन्छ, केह िछैन । यो भूकम्प भनेको दिनैपीच्छे आउँदैन, त्यत्रै स्केलमा आउँदैन । पराकम्पनहरु अलिअलि कम स्केलमा आउँछन्, त्यसकारण हामीले अरुलाई पनि विश्वास दिलाउन जरुरी छ । 
यस घर्तीमा अनेक भए, कहिले हिमयुग आए, हिमयुग यस्तो थियो कि यहाँ मात्र होइन, यो त हिमालय थियो एक समय । पटनासम्म हिउँ पथ्र्यौ, पटनासम्म । विस्तारै विस्तारै हिउँ परपर पर सर्दै गएर नेपालमा मात्र सीमित भयो, त्यस समयमा बाँच्न कठिन भयो । अनेक समयमा यस्ता घटनाहरु, परिघटनाहरु भइरहन्छन्, पृथ्वीमा । त्यसलाई मान्छेले अत्यन्त विकट अवस्थाहरु सामना गरेर आएको छ । अनि हिमयुग पार भयो, मान्छेले सामना गरेर आयो ।  अनेक प्रकारका विपत्तिहरु भए, सामना गरेर आएको छ, त्यसकारण अहिले हामी साधनस्रोतले समेत  सम्पन्न छौँ, अलिकति नोक्सान भयो, तर यसलाई सामना गरेर हामी अगाडि जान सक्छौँ । त्यो मनोबलका साथ जानुपर्छ । हामीले जुन नारा दिएका छौँ, हाम्रो देशको निर्णय, हाम्रो अठोट, बाह्य, अन्तर्राष्ट्रिय सहयोग, अनि हामी आष्m्नो हातले काम गर्ने, नेपालीहरुका हातले, अरुको साथमा काम गर्ने । हामी बढ्ता अरुमाथि भर पर्ने होइन । हामील्े आत्मनिर्भर हुने, आफूले केही गर्ने कुरा छोडेर परमुखापेक्षी हुन थाल्यौँ भने त्यसले हाम्रो, यस महाविपत्तिले हाम्रो आदतलाई झन् बिगार्छ । जति भूकम्पले बिगारेको छ, त्योभन्दा बढी हाम्रो आदत बिग्रियो. भने झनै खतम हुन्छ । त्यस कारण हामीले सकारात्मक आदतका साथ राष्ट्र निर्माणको काममा अगाडि बढ्न जरुरी छ । आफूमाथि विश्वास गर्न जरुरी छ । राष्ट्रिय गौरव, आत्मसम्मान, आत्मविश्वासका साथ  हामी अगाडि बढ्न जरुरी छ । यस अवस्थामा हामी जाऔँ, हाम्रा ¥याफ्टिङ्गहरु हामी चलाउन सक्छौँ, हाम्रा ट्रेकिङ्गहरु हामी चलाउन सक्छौँ । अलिकति केही ठाउँहरुमा पहिरो गयो, अलिकति भइँचालोले घरहरु ध्वस्त भए । हाम्रा पर्यटन क्षेत्रका सेवाका कुराहरु, हाम्रा होटेल व्यवासायहरु अथवा अरु ट्रेकिङ्गका कुराहर विभिन्न कुराहरुलाई केही नकारात्मक असर त प¥यो नै, तर यसलाई हामी मेकअप गरेर जानसक्छौँ र त्यो संकल्प हामीसँग हुनुपर्छ । 
     एउटा के भने बाहिरतिर अनेक प्रकारका प्रचर भएका छन् । मैले हिजो एउटा इमेल हेरेँ, यति भएको छ,  दुई लाख भन्दा बढी विद्यार्थीले पढ्न पाएका छैनन् । १६ हजार भन्दा बढी विद्यालयहरु ध्वस्त भएका छन् । यस्तो भएको छ, सरकारले केही गरिराखेको छैन, खाली अनुदान, सहायता संकलन गरेर बसेको छ । अनि त्यो सरकारले सहायता कलेक्सन गरेर के हुन्छ ? सरकारको आफ्नो पारदर्शिता, आफ्नो खाता, आफ्नो लेखाजोखा सबै हुन्छ नि । महालेखा छ त्यहाँ । अरु छन् त्यहाँ । एकाध मान्छेले कुनै सामान यसो किन्दा बिलको तलमािथ ग¥यो भने त्यो बेग्लै कुरा होला । तर विदेशबाट सहयोग मगाएर खुरुखुरु सरकारले खान्छ भन्ने यस्तो पनि प्रचार त्यही पनि पढेलेखेका मान्छेहरुले !  म त छक्क के परेँ भने नेपालीमा होइन, अङ्ग्रेजीमा लेखेको छ त्यो । भनेपछि त पढेलेखेकै हुनुप¥यो नेपालमा । सरकारले खाली खान्छ मात्रै भन्ने । मगाउँछ खान्छ मात्र भन्ने त्यस्तो अङ्ग्रेजी समेत पढेलेखेका मान्छेले भन्छ भने स्कुल कलेज पनि गएकै मान्छे हो । यस्तो खालको भ्रम छर्नु आजको संचारमाध्यमहरुको जमानामा त्यस्तो खालको सम्प्रेषण गर्नु यो देशप्रतिको निष्ठा, देशप्रतिको संकल्प हो कि ? म चाहिँ एउटा नेपालमा इमान्दार छु भन्न खोजेको हो कि? अनि ऊ इमान्दार भएर के गर्छ  त  नि ? उसले इमान्दार भएर के गर्छ ? अनि गर्वले भन्छ म एक पैसा पनि सरकारलाई दिन्न । राख न त घरमा, के भएको छ र ?  एक पैसा सरकारलाई दिन्न, राहत दिन्न । यो कुरा त भएन । हामीले देश निर्माण गर्न सकैले एकअर्कामा मिलेर र जुटेर अगाडि बढ्नुपर्नेछ । अनि मान्छेहरुको सहयोगी भावनालाई कमजोर बनाउने खालका, विश्वासको भावनालाई कमजोर बनाउने खालका, मनोबल, आत्मबललाई कमजोर बनाउने खालका, डरपोक बनाउने खालका । यो नेपाली भनेका लडाइँमा गयो भने भीसी प्राप्त गर्ने जात हो । लडाइँमा गयो भने पनि सुरो भनेर दुृनियाँले जानेको जात हो । यति अरु देशमा भयो भने धेरै चीज हुन्थ्यो । धेरै तलवितल हुन्थ्यो । नेपाली समाज नर्मल नै हो कि जस्तो । यो त असाधारण पुर्खाका सन्तान बसेको असाधारण प्रकृति भएको देश  हो । यसलाई मेकअप गर्न सकिन्छ । आत्मविश्वास हामीले लिनुपर्छ ।  तपाईंहर आफ्नो क्षेत्रमा आफ्ना. ढङ्गले योगदान गर्न तयार हुनुहुन्छ । यो बहुत राम्रो कुरा हो । यसमा यस क्षेत्रबाहेक सिङ्गै नेकपा (एमालें) तपाईंहरुको साथमा छ । म तपाईंहरुलाई मनोबल कमजोर बनाउनुस् भनेर सुझाव दिन चाहन्छु । र नेकपा एमाले साथमा छ । सम्पूर्ण एमाले, यो पर्यटन क्षेत्र मात्र होइन । हामी राष्ट्र निर्माणमा कृतसंकल्पित छ,, एमालेले बनाउँछ । एमाले देश बनाउनका लागि जनताका दुःखकष्ट हर्नका लागि, जनतालाई सुविधा सहुलियत पु¥याउन जनताका अप्ठेरा समाधान गर्न बनेको पार्टी हो ।त्यस कारण यसले यो काम गर्छ, यसले देश बनाउँछ । 
     व्यवधानहरु थुप्रै छन् । नेकपा (एमाले)ले यी कामहरुमा अगुवाइ गरेर अगाडि बढ्छ, त्यसैकारण हामीले भोलन्टियरहरुको संख्या भनेका छौँ । २२ गते हामीले भन्यौँ । अहिलेसम्म कसैले भनेको छैन । विद्यालयहरु बनाएका छौँ । हाम्रो अनेरास्ववियुले विद्यालयहरु बनाएको छ । हिजो मात्र एउटा विद्यालय काभ्रेमा बनाएर फर्केको छ । हाम्रा विद्यार्थीहरुले अनेक ठाउँमा स्थानीय साधन स्रोतको विकास गरेर, प्रयोग गरेर भवनहरु बनाएका छन् । युवा संघले भवनहरु बनाएको छ । दुई सय भन्दा बढी भवनहरु बनाएको छ । हामीले युवासंघलाई मैले आफैँले ८ सय के.जी. काँटी, किल्ला, ५ सय थान ह्याम्मर, ५ सय थान आरी दिएर गाउँमा पठाइएको छ । आरीले घर बनाउने होइन, घर बनाउन सामान चाहिन्छ, तर आरीले सामान निकाल्छ । काँटीले ठोक्छ । त्यहाँ ह्याम्मरले काँटी ठोक्छ । काँटीले जोडेर बनाइन्छ घर । दुई सय भन्दा बढी घर काभे्र, सिन्धुपाल्चोक, दोलखा, अनेक ठाउँमा घरहरु बनेका छन् । त्यो यसैबाट हामी बनाएर सिद्ध्याउँछौँ भन्ने होइन । आफैँ आफैँ पनि जनताले बनाउन थालेका छन् जनताले । ह्यामरले ठोकेर, आरीले काटेर भएको छ भने हामी पनि बनाऊँ न भनेर बनाउन थालेका हुन् । हिजो मैले सुनेँ, एउटा विद्यालय बनाउँदै गर्दाखेरि जनताहरु आएर हेरे । त्यस पछि विद्यालय बनाउने कुरामा तपाईंहरु बनाउनुुस्, हामी आफ्नो ठाउँ बनाउँछु भनेर आफ्नो आफ्नो घर गए । त्यसले मान्छेलाई मोटिभेट गर्छ, त्यसले प्रेरित गर्छ, प्रेरणा दिएको छ । अहिले हामी अस्थायी कमसेकम छानामुनि बसाउने प्रयास गर्छौँ । त्यसपछि स्थायी खालका कामहरु गर्छौँ, र संरचनाहरु बनाउँछौँ । यो भूकम्पीय क्षेत्र हो । भूकम्पबाट केही नहुने घरहरु, पहिरोले भरसक नलाने ठाउँमा बस्तीहरु त्यसका योजना र प्रबन्धका साथ काम गर्छौँ । 
     हाम्रा ट्रेकिङ्ग भनेको रिस्की नै ठाउँ हो । म किन सगरमाथा जान्न ? सगरमाथाले यति प्रेम गर्छ, फर्काउन मान्दैन । थाह छ नि त रिस्की काम हो त्यो । म गएँ भने यति माया गर्छ कि आइछस् बाबु भनेर.....ट्रेकिङ्ग भनेको त रिस्की कुरा हुँदै हो । पवर्तारोहण भनेको रिस्की हुँदै हो । जो हिमालमा जान्छ, सुखभोगका लागि जाँदैन । एडभेन्चर नै हो त्यो । त्यसले मनको आनन्द, जिन्दगीको सफलता, सगरमाथाको चुचुरोमा पुगेर उभिएका मान्छेहरुले भन्छन्, ल्होत्से पनि सानै देखिन्छ, नुप्से त देखिँदै देखिँदैन । तल आयो कतै हुन्छ । साह्रै अग्लो छ सगरमाथा । हामीलाई फुल्चोकी पुग्दा कस्तो कस्तो हुन्छ, त्यो त २९ हजार छ । कति अग्लो होला ? त्यति अग्लोमा जाँदा, जहाँ अक्सिजन पनि हुँदैन, त्यस्तोमा जान बहुतै कठिन छ । त्यो काम मानिसहरुले गरिरहेका छन् । कसैले मुन्ट्याएर कसैलाई सगरमाथा पठाएको छ र ? सगरमाथामा जाँदा वरिपरि ढलिरहेका लाशहरु मान्छेले देखेको छैन र ? ढलिरहेका, लडिरहेका लाशहरु देखेको छ, तर पनि सगरमाथा चढ्छु भनेर जान्छ । गइराखेको छ । तर पर्यटन भनेको आनन्दका लागि हो । थकाइ लाग्छ नि हिँड्दा । थकाइ लगाउन किन जान्छ ? जान्छ । त्यसैले यो क्षेत्र मर्छ भन्ने होइन । यो क्षेत्र अलिकति घाइते भएको छ, फेरि उठ्छ, व्यान्डेज गर्छ, अगाडि बढ्छ । तपाईंहरुलाई धेरैधेरै शुभकामना । पार्टीको साथ हुन्छ । यो आयोजनाका लागि धन्यवाद । इन्चार्जले सफलता प्राप्त गर्नुुस् । धेरैधेरै शुभकामना !

No comments:

Post a Comment