Pages

Monday, September 14, 2015

अन्तरिम संविधानभन्दा पछाडि हामी फर्कन्नाैँ ।

     (मिति २०७२ भदाै २७ गते संविधान सभामा गर्नुभएकाे सम्बोधनको पाठ)
  
आज संविधान निर्माण गर्ने अभिभारा जुन जनताले संविधान सभालाई निर्वाचित गरेर दिएको छ, त्यो अभिभारा सुम्पिएर पठाएको छ, त्यसलाई बहन गर्ने अन्तिम विन्दुतिर हामी उभिएका छौँ । यस सन्दर्भमा म खुसी व्यक्त गर्न चाहन्छु । हामीले देशलाई अगाडि बढाउनुछ, यथास्थितिमा राख्नुहुँदैन, रहनुदिन हुँदैन । त्यसका निम्ति संविधान जारी गर्नै पर्छ । यस संविधान जुन अहिले परिमार्जित विधेयकमाथिको अन्तिम छलफल हामी गर्दैै छौँ र अब यो मतदानमा जाँदैछ, यसमा आधारभूत रूपको, सम्भव हुने सम्मको सकारात्मक कुराहरु सामेल गरेर, उपलब्धिहरुलाई जोगाएर, तर एउटै शक्तिले यो गर्न नसकिने भएको हुनाले सबै पक्षको सहमति, कमसेकम संविधान जारी गर्नका लागि सहमतिको संख्या, त्यो सहमतिको स्थितिको प्राप्ति, ती कुराहरुसम्म हामी पुग्नै पथ्र्यो । यस प्रश्नमा हामी मूलभूत देश र जनताका हितहरु, जनताका हकअधिकारका प्रश्नहरुलाई कायम राखेर अरु कतिपय कुरामा लचिलापन पनि देखायौँ । त्यसै गरी लचिलापनका साथ सम्झौताका साथ यो संविधानको अन्तिम परिमार्जित विधेयक आएको छ । प्रमुख तीन दलले संयुक्त रूपमा यसमा संशोधन प्रस्ताव राखेका छन् । अरु कुराहरु  राख्न तत्कालका लागि सम्भव भएन । त्यस विन्दुसम्म राखिएको छ । 
     नेपाल जस्तो प्राकृतिक रूपले सम्पन्न देश यतिबेला गरिब छ । यस गरिबीलाई हामीले समाप्त पार्नुछ । अर्कोतिर केही समय अगाडि मात्र गएको भूकम्पले नेपाललाई धेरै ठूलो नोक्सानी गरेको छ । हामीले देशलाई पुननिर्माणको दिशामा लगेर त्यस भयावह स्थितिबाट मुक्त गर्नुछ । यस बाहेक देशलाई विकास र समृद्धिको बाटोमा लानुछ । नेपाली जनता अहिले पनि गरिबीबाट तड्पेको छ, छटपटाएको छ । खानेलाउने समस्याबाट आवासको समस्याबाट, शिक्षा, स्वास्थ्यको समस्याबाट आक्रान्त छ । त्यसकारण हामीले जनतालाई लोकतान्त्रिक प्रणालीअन्तर्गत अबको संविधानमार्फत लोकतान्त्रिक हकअधिकारहरु उपलब्ध गराएर अगाडि जानुपर्छ । हकअधिकारहरु संविधानमार्फत तत्कालै उपलब्ध गराएर लान सकिन्छ तर समृद्धि तत्कालै हासिल हुँदैन । त्यसका लागि हामीले समृद्धि हासिल गर्ने बाटोतर्फ अगाडि बढ्नुपरेको छ । 
      यतिबेला हामी संविधान निर्माण गर्ने एउटा महत्वपूर्ण ऐतिहासिक अभिभारालाई पूरा गर्न जाँदैछौँ । यतिबेला अप्ठेराहरु पनि छन् । अप्ठेरा भए पनि नेपालमा प्रमुख राजनीतिक दलहरु लगायत अन्य राजनीतिक दलहरु र माननीय सभासद्ज्यूहरुले आफ्नो अभिभारा, आफ्नो संकल्प, जनताको  बीचमा आफूले गरेको कबुल र जनताबाट छानिएर संविधान सभामा आउनुको अर्थलाई सार्थक बनाउने, खेर जना नदिने यसपल्ट जुन अठोट देखाउनुभएको छ, त्यसको म अत्यन्तै प्रशंसा गर्न चाहन्छु । 
     कतिपय कुरा कतिलाई चित्त नबुझेको हुनसक्छ । मलाई पनि चित्त नबुझेका थुप्रै कुराहरु होलान् । अहिले म त्यसमा मेरो समर्थन, त्यसमा मेरो समर्थन जस्ता कुराहरु भनिरहन चाहन्न । जनता अधिकार सम्पन्न हुनुपर्दछ, जनताले सम्पूर्ण रूपमा समानताका अधिकार अवसर प्राप्त गर्नुपर्दछ, जनताको सुरक्षको कुरा, जनताको सम्मानको कुरा यी सबै जनताले अवसर प्राप्त गरेकै हुनुपर्छ । यस कुराको प्रत्यभूति हामीले संविधानमा गर्नुपर्दछ । कतिपय कुराहरु छुटेका हुनसक्छन् । नपुगेका हुनसक्दछन् । यो संविधान देशका लागि बनाउने हो । जनताका लागि बनाउने हो । त्यसकारण देश र जनताका लागि बनृाउने संविधान संविधान जारी भए पछि पनि संशोधन हुुन नसकिने,मागहरुलाई सम्बोधन गर्न नसकिने भन्ने हुँदैन । त्वसकारण म सबैसँग आग्रह गर्न चाहन्छु, कुनै पनि हिसाबले संविधान नै नबनाएर संविधानको कुरामा अड्किरहेर, हाम्रा विभिन्न प्रकारका रायहरु, मनमुटावका कुराहरु अघि सारेर संविधान नबनाएर देशलाई जहाँको तहीं राख्ने, अथवा संविधान बन्न नदिएर हिंसाको सहारामा आफ्ना कुराहरु बलजफ्ती मान्न लगाउन खोज्ने जस्ता कुराहरु उचित हुँदैनन् । 
   हिमाली भेगका, पहाडका वा तराईका, पूर्व वा पश्चिमका, सबै भाषा, धर्म, संस्कृतिका, सबै पेशा, व्यवसायका जनताका हकहितहरु सुरक्षित गर्ने, कहीं कतै केही त्रुटि छ भने, कमी छ भने तिनीहरु आगामी दिनमा सच्याउने काम गर्नुपर्छ । त्यसका लागि हामी तयार छौँ । अहिले संविधान सभा  छोडेर बाहिर गइरहेका साथीहरुलाई, दलहरुलाई सभासद्हरुलाई पनि म भन्न चाहन्छु, कुृनै भावनामा नबग्नुस् । नेपाली जनताले संघर्ष ल्याएको संविधान सभा, त्यो एउटा संविधान सभा असफल भइसकेको तीतो यथार्थजस्ता कुरालाई पनि ध्यानमा राखेर हामीले यस संविधान सभाबाट, अब विलम्ब नगरी संविधान जारी गर्नुपर्दछ । त्यसो गर्न हामी सबै एकजुट भएर सबैको सहभागितामा संविधान जारी गर्नुपर्छ । संविधान बनाउनका लागि हामी आएका हौँ । मैले जे भन्छु, त्यही हुनुपर्छ भन्ने हो भने त्यसलाई अकोै शब्द छ, हामी धेरैवटा पार्टी, धेरै सभासद् छौँ । हरेकको कुरा मैले नै भनेको हुनुपर्छ भन्ने आग्रह नहुन सक्दछ । त्यसकारण हामीले अरुका कुरा पनि सुन्ने र सहमति गर्ने गर्नुपर्दछ । त्यसै गरी हामीले संविधानको विधेयकलाई अगाडि बढाएका छौँ । म आग्रह गर्नचाहन्छु, कोही पनि साथीहरुप्रति कुनै आग्रह पूर्वाग्रह राख्नुपर्ने आवश्यकता छैन । बाहिर गएका साथीहरु र माननीयज्यूहरुलाई पनि म आग्रह गर्न चाहन्छु, विभिन्न दलहरुलाई पनि म आग्रह गर्न चाहन्छु, तपाईंहरुका जे भनाइहरु हो, जे मागहरु हो, जे मागहरु हो, ती मागहरुमा छलफल गर्ने, यथोचित ढङ्गले सम्बोधन गर्न हामी तयार छौँ, मेरो पार्टीको तर्फबाट म भन्न चाहन्छु, हामी तयार छौँ । संविधान रोकेर, प्रक्रिया रोकेर होइन, प्रक्रियालाई अगाडि बढाऔँ । सर्वसम्मतिले संविधान, अझ त्यसमा पनि हाम्रो जस्तो विविधताले युक्त समाज, विविध पार्टीहरु, विविध विचारहरु छन् । मतहरुमा विविधता छ, सोचहरुमा विविधता छ, तर एउटा स्वागतयोग्य कुरा के छ भने संविधान जारी गर्ने कुरामा, यस प्रक्रियालाई अगाडि बढाउने कुरामा सहमति छ । यो राम्रो कृुरा हो । लोकतन्त्रमा असहमतिहरु हुन्छन् । लोकतन्त्र भनेकै असहमत हुने, मतभेद राख्न पाउने, विरोध गर्न पाउने हक हो । लोकतन्त्र भनेको प्रतिपक्षको हक हो । असहमति प्रति सहिष्णुता, त्यही हो लोकतन्त्र । त्यसकारण असहमति हुनुहुँदैन भन्ने कुरा होइन । तर असहतिहरुलाई सहमतिमा परिणत गर्न सकिन्छ । तथ्य त एउटा होला नि । कसैले बुझेको छैन भने त्यसलाई छलफल को क्रममा बुझाउन सकिन्छ । तर कसैलाई बलजफ्ती थोपर्न सकिँदैन । त्यसकारण आफ्ना आफ्ना दृष्टिकोण आफ्ना आफ्ना मूल्य मान्यताहरु राखून् । यसभन्दा अगाडि दुई जना साथीहरुले आफ्ना मतहरु दर्ज गराउनुभयो । त्यो एउटा तरिका हो । आफ्ना मतहरु दर्ज  गर्ने र संविधान निर्माणको प्रक्रियामा सहभागी भएर जाने । मेरा पनि केही चित्त नबुझेका कुराहरु हुन सक्दछन् । मेरो दलमा पनि केही चित्त नबुझेका कुराहरु हुन सक्दछन् । तर अहिले यतिबेला मैले त्यसलाई प्रस्तुत गर्ने भन्दा पनि छलफलका क्रममा हामी भोली गएर सच्याउनुपर्ने ठाउँहरुमा हामी बताउँला, अहिले म कुनै त्यस्ता कुराहरु राख्न चाहन्न । 
     हामी जुन विन्दुमा पुगेका छौँ, यो उपलब्धि हो । यस उपलब्धिमा म खुसी व्यक्त गर्छु । अरु साथीहरुलाई पनि म आग्रह गर्न चाहन्छु । आग्रहहीन ढङ्गले वहाँहरुका मागहरुलाई, वहाँहरुका भनाइहरुलाई छलफलमा राख्न र यथोचित ढङ्गले सम्बोधन गर्न भोलि पनि सकिन्छ, आउनुहोस् । जनताका समस्याका कुरा छ, भावनाका कुराहरु होलान्, मागहरु होलान् । कतै कर्णालीका कुराहरु छन् । भूगोलको हिसाबले अरु भूगोलका तराईका कुराहरु होलान् । अथवा अरु विभिन्न वर्ग, समुदायका कुरा होलान् । महिलाहरुका हकअधिकारका कुराहरु होलान् । दलितहरुका कुरा साथीहरुले उठाइराख्नुभएको छ । ती कुराहरु होलान् । अहिले ती कुराहरुलाई सिरानी हालेर संविधान बन्न नदिने हिसाबमा हामी जानुहुँदैन अथवा बनाउन नसक्ने अवस्थामा हामी जानुहुँदैन । अहिले संविधान सभाबाट संविधान जारी गरौँ । 
     यस देशमा महिला हकअधिकारका लागि, महिला  समानताका लागि महिला आन्दोलन, सामाजिक न्याय र समानताका लागि मेरो पार्टी नेकपा (एमाले) एमाले सदैव संघर्षरत रहिआयो, अहिलेसम्मको जुन उपलब्धि छन्, त्यसमा एमाले अग्रपंक्तिमा रह्यो । दलितहरुको हकअधिकारका सम्बन्धमा, उत्पीडितहरुका सम्बन्धमा नेकपा (एमाले)ले कुनकुन समयमा केके ग¥यो भन्ने कुरा सबैले देखैकै छ । सरकारमा सहभागी गराउने कुरादेखि राष्ट्रपतिमा उम्मेद्वार बनाउने कुरासम्ममा एमाले लागेकै थियो । मन्त्री, सभासद् एमालेले बनाएकै छ र अहिले पनि आफ्नो पार्टी भित्र पनि उत्पीडितहरुलाई कोटा दिएको छ । त्यस कारण म तमाम माननीयज्यूहरुलाई र देशभरिकै तमाम उत्पीडित, महिला, पछाडि परेका समुदाय सबैलाई भन्न चाहन्छु, जनतालाई समानताका हकअधिकार दिलाउने, यथोचित हकअधिकार दिलाउने कुराहरुमा नेकपा (एमाले) पछाडि पर्दैन । नेकपा (एमाले(ले भोलि संविधान संशोधनमार्फत अझ संविधानका कतिपय धाराहरुलाई उन्नत ढङ्गले, अग्रगामी ढङ्गले, न्याय र समानताको पक्षमा कुनै कुराहरु हुन्छ भने त्यसलाई लिएर जानेछ । त्यसलाई सम्बोधन गर्ने काम हामी गर्छौँ । 
अहिले आन्दोलन भनेर जुन चलिरहेको छ, त्यसको आवश्यकता नै छैन । जनताद्वारा निर्वाचित संविधान सभाबाट संविधान बनाउने प्रक्रिया अगाडि बढेको छ, यसमा संवादको सम्भावना छ, यसमा आफ्ना कुराहरु प्रभावकारी ढङ्गले राख्ने ठाउँ छ । यस्तो अवस्थामा संविधान सभाका बहस छलफल छोडेर, दलहरुका बीचका संवाद छोडेर आन्दोलनमा जानुपर्ने कुनै आवश्यकता छैन । आन्दोलन रहरको विषय हुँदैन । अझ म के भन्न चाहन्छु भने आन्दोलनका नाममा अनेक प्रकारका राष्ट्र विखण्डनका कुरा गर्ने, जनतामा साम्प्रदायिक विद्वेष भड्काउने र देशलाई हिंसातर्फ लान खोज्ने, प्रहरी देख्यो कि हमला गर्ने, जुलुसमा पेट्रोल बोकेर जाने, प्रहरीलाई पेट्रोल खन्याइदिने, आगो लगाइदिने, प्रहरी कार्यालयहरुमा हमला गर्ने, निहत्था प्रहरी देख्यो भने हमला गर्ने जस्ता खालका कुरा उचित हुँदैन । अर्कोतिर यसले द्वन्द्व र भिडन्त बढाउँछ । त्यो खतरा प्रकट हुनसक्दछ । त्यतापट्टि जान हुँदैन म आग्रह गर्न चाहन्छु । सरकारको पट्टिबाट ताकेर गोली चलाइएको भन्ने कुरा आएको छ । त्यसरी ताकेर गोली चलाइएको हो भने यस्तो खालको हुनुहुँदैन । सबै जनताप्रति हामी संवेदनशील हुनुपर्दछ । तर जनताको नाममा जुन खालको एृउटा हिंसा भड्काउने कुरा भइरहेका छन्, ती कुराहरु उचित हुन सक्दैन । त्यसकारण कैलालीको घटना होस् वा धनुषाको घटना होस्, वा अरु तिर होस्, हामी हिंसा  भड्काउने खालका घटनाहरु उचित होइनन् । तसर्थ मेरो आग्रह यो छ कि हामी संवादमा बसौँ, संविधान जारी गरौँ । फेरि गर्नुपर्ने हेरफेरहरु गरौँ  र अगाडि बढौँ ।
लामो समयदेखि जनताले वलिदान दिएको छ, अहिले पनि हामी तनाबतर्फ जान सक्दैनौँ । यस देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डतालाई कुनै पनि हिसाबले होच्याउने वा यसप्रति चुनौतिको भाषा बोल्ने कुरा नेपाली जनतालाई स्वीकार्य हुनसक्दैन । कसैले तराईका नाममा,  मधेशका नाममा यस्ता कुराहरु गरेका हुनसक्छन् । यी कुनै आन्दोलनका नारा, आन्दोलनका माग होइनन् । यो आन्दोलन होइन । यी राष्ट्रको हित विपरीत, राष्ट्रिय एकता विपरीतका कुराहरु हुन् । यस्ता दुष्प्रयासहरुलाई नेपाली जनताले  कुनै पनि हालतमा स्वीकार्दैन । 
नेपाली जनताको देशभक्ति इतिहासद्वारा प्रमाणित देशभक्ति हो । दुनियाँमा उपनिवेश हुँदा पनि नेपाल सदैब स्वतन्त्र रह्यो । दासतालाई अस्वीकार ग¥यो । त्यसैले अहिले पनि कुनै पनि प्रकारको दासता स्वीकार्दैन र आफ्नो भौगोलिक अखण्डतामा तलमाथि पुग्न दिँदैन । मधेसका नाममा केही मान्छेले उत्ताउला कुरा गर्दैमा मधेसी जनतामा देशभक्ति छैन भन्ने कुरा होइन । तिनीहरु ती उत्ताउला कुराको पछाडि कृदेका छैनन् । यो केहीको मात्र कुरा हो । 
     म अनसनमा बसिरहेकाहरुलाई पनि भन्छु, अनसन बसिरहन पर्दैन हामी संवादमा बस्न सक्छौँ । ती मागहरुलाई सम्बोधन गर्न सक्छौँ । हामीले विभिन्न ठाउँमा समावेशी, समानुपातिकमा जाने र अन्तरिम संविधान भन्दा पछाडि नफर्कने कुरालाई हामीले प्रत्याभूत गरेका छौँ । 
     जनताबाट निर्वाचित संविधान सभाबाट आधिकारिक ढङ्गले संविधान जारी बनाउनु र जारी गर्नु आफैँमा ठूलो उपलब्धि हो, ठूलो वैधानिकता हो, ठूलो संवैधानिकता हो । त्यो कुरा हामी स्थापित गर्न खोजिरहेका छौँ । अब हामी अगाडि बढिसकेका छौँ । संविधान अबिलम्ब जारी गर्नुपर्छ । यसबाट हामीले गणतन्त्र, संघीयता, जतताका हकअधिकार संस्थागत गर्दैछौँ । नेपाली जनताका विभिन्न कोणबाट आएका कुराहरुलाई वास्तवमा यस विधेयकले संस्थागत गर्दैछ । केही बाँकी छ भने हामी नै हौँ, ती कुराहरुलाई हामी सम्बोधन गर्नेछौ । त्यसकारण सबै जनालाई म आग्रह गर्न चाहन्छु, यस कुरामा सबै जना सहभागी होऔँ, आफ्नो योगदान दिऔँ ।

Thursday, September 10, 2015

वार्तामार्फत् समाधान खोज्न र संविधान निर्माणलाई सुनिश्चित गर्न आह्वान

(नेकपा (एमाले) केन्द्रीय कार्यालय धुम्वाराहीमा अायोजित पत्रकार सम्मेलनमा वितरित प्रेस क्तव्य)

भाद्र २३, २०७२

१. मुलुक संविधान निर्माणको निर्णायक बिन्दुमा आइपुगेको छ । संविधानसभामा प्रस्तुत संशोधन प्रस्तावहरूमाथि जारी छलफल समाप्त भएपछि संविधानले अन्तिम रूप प्राप्त गर्नेछ । नेपालको संविधान, २०७२ जारी भएसँगै गणतन्त्र संस्थागत हुनेछ, लोकतन्त्रका आधारभूत मान्यताहरू सुदृढ हुनेछन्, सामाजिक न्याय स्थापित हुनेछ, मुलुक व्यवहारिक रूपमै सङ्घीय संरचनामा प्रवेश गर्नेछ र  समावेशी एवं सहभागितामूलक पद्धति संवैधानिक रूपमै कार्यान्वयन हुनेछ । सबै खाले विभेद, उत्पीडन र शोषणका विरुद्ध युगौंदेखि सङ्घर्षरत जनताको पक्षमा यो एउटा ऐतिहासिक उपलव्धिको क्षण हुनेछ । सिङ्गो देशसँगै नेकपा (एमाले) संविधान जारी हुने त्यस दिनको उत्सुकतापूर्ण पर्खाइमा छ ।
२. संविधानसभाको विद्यमान शक्तिसंरचना, दृष्टिकोणमा रहेका पार्टीगत÷समुदायगत÷वैयक्तिक भिन्नता एवं विभिन्न बिषयमा समाजका विभिन्न पक्षको बुझाइ, अपेक्षा या मान्यतामा रहेको विभाजित मानसिकता आदि कारणले गर्दा प्रस्तावित संविधानमा कतिपय अपूर्णता, सीमा या कमजोरीहरू रहेका छन् । हाम्रो जस्तो विविधतायुक्त बनावटको संविधानसभा र बहुलतायुक्त संरचनाको समाजमा संविधान र सङ्घीयताका सबै प्रश्नमा सर्वसम्मति संभव पनि छैन । संविधान स्वयंमा गतिशील दस्ताबेज हो र सङ्घीयता आफैमा विकासवान प्रक्रिया हो । संसारमा सबै लोकतान्त्रिक प्रणालीहरूको विकास यसै गरी नै हुँदै आएको छ । सङ्घीयताको अभ्यास गरिरहेका मुलुकहरूले पनि अनुभवकै आधारमा सङ्घीयतालाई निरन्तर परिमार्जित, गतिशील र समृद्ध बनाउँदै सफलताको बिन्दुसम्म ल्याइपु¥याएका हुन् । हामी पनि अनुभव, जनचाहना र सामथ्र्यका आधारमा आगामी दिनमा कमीहरूलाई सच्याउँदै संविधानलाई अझ परिष्कृत र समृद्ध पार्न तथा सङ्घीयतालाई अझ कामकाजी र प्रभावकारी बनाउन प्रतिवद्ध छौं । संविधानमा प्रयुक्त अक्षरहरूलाई अपरिवर्तनीय या प्रदेशका प्रस्तावित सीमाहरूलाई शाश्वत नठान्न र लोकतान्त्रिक अभ्यासकै क्रममा यसमा समयानुकूल परिवर्तन हुँदै जानेछ भन्ने कुरामा विश्वस्त रहन हामी सम्बद्ध सबैलाई आह्वान गर्न चाहन्छौं ।
३. संविधान जारी हुने बेलामा देशका विभिन्न भूभागमा र विशेष गरी तराई–मधेसका विभिन्न स्थानमा उत्पन्न असामान्य अवस्थाप्रति नेकपा (एमाले) गंभीर र चिन्तित छ । संविधान निर्माणको पूर्वसन्ध्यामा घटित विभिन्न हिंसात्मक घटनामा परी २९ जना सुरक्षाकर्मी र नागरिकहरूको ज्यान गएको घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । खुशियालीको उत्सवको रूपमा हुनु पर्ने संविधान निर्माण प्रक्रियालाई रक्तरञ्जित बनाउने कुरा देश र जनताको हित चाहने कसैका लागि पनि स्वीकार्य हुन सक्दैन ।
४. नेपालमा युगौंसम्म जारी सामन्ती व्यवस्था र निरङ्कुश राज्यप्रणालीका कारण समाजका विभिन्न वर्ग, तह र समुदायमाथि विभिन्न विभेद रहँदै आएको यथार्थलाई वोध गरेर राज्यको अग्रगामी पुनःसंरचना गर्ने निर्णय गरिएको हो । राज्य पुनःसंरचना भनेको एकात्मक व्यवस्थालाई सङ्घीयकरण गर्ने कुरामात्रै होइन– आर्थिक सम्बन्ध, संवैधानिक र कानुनी प्रबन्ध, न्यायिक–सुरक्षा र प्रशासनिक ढाँचा एवं सामाजिक–सांस्कृतिक संरचनाहरूलाई पनि लोकतान्त्रिक रूपान्तरण गर्ने कुरा हो । यी बिषयबाट अलग रहेको सङ्घीयता मात्रैले जनताको जीवनमा तात्विक परिवर्तन ल्याउन सक्दैन । प्रस्तावित संविधानले यी बिषयलाई समेट्ने प्रयाश गरेको छ । राजतन्त्रको स्थानमा गणतन्त्रलाई संस्थागत गरिएको छ । एकात्मकताको ठाउँमा सङ्घात्मकता सुनिश्चित भएको छ । असमावेशी प्रणालीको ठाउँमा समावेशी र सहभागितामूलक प्रणाली प्रबन्ध गरिएको छ । बहुभाषिक–बहुसांस्कृतिक–बहुधार्मिक र बहुलवादी मान्यता, लैङ्गिक समानता एवं छुवाछुत तथा जातीय विभेदको अन्त्य जस्ता अग्रगामी कदमहरूका आधारमा समाजका सबै समुदायको अधिकार, समानता र पहिचानको स्थापना गर्ने प्रबन्ध गरिएको छ । भूमिसुधार, सामाजिक न्याय र उचित वितरण प्रणालीका माध्यमबाट श्रमजीवी र गरिब वर्गको हित संरक्षण जस्ता बिषयहरू व्यवस्था गरिएका छन् । यस्ता महत्वपूर्ण बिषयलाई उपेक्षा गरेर सङ्घीयतालाई मात्रै राज्यपुनःसंरचना ठान्ने, खास समुदायलाई लाभ हुने खालको ढाँचालाई मात्रै सङ्घीयता ठान्ने र त्यसो  भएन भने संविधान निर्माणलाई नै अवरोध गर्ने कुरा जानी–नजानी यथास्थितिवादी र प्रतिगामीहरूलाई मात्रै फाइदा पु¥याउने कुरा हो । 
५. हाम्रो जस्तो मुलुकमा एकल जातीय पहिचानमाथि आधारित भएर या हिमाल– पहाड र तराई–मधेसलाई पूर्ण रूपले अलग गरेर प्रदेशहरू निर्माण गर्नु देश र जनता कसैको पनि हितमा हुन सक्दैन । १२५ जातजाति, १२३ भाषाभाषी भएको, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता बोकेको तथा भौगोलिक अन्तरसम्बन्ध, मिश्रित बसोबास र युगौंदेखि सामाजिक सद्भाव कायम रहँदै आएको मुलुकमा प्रदेश निर्माणको मुख्य आधार साझा÷बहुपहिचान, जातीय सद्भाव र पारस्परिक अन्तरनिर्भरतालाई बनाइनुपर्छ । सङ्घीयताको उद्देश्य जनताको समृद्धि हो र समृद्धिका लागि माथि उल्लेखित बिषयहरू अपरिहार्य हुन्छन् । प्रस्तावित प्रदेशहरूको सीमा निर्धारण यसरी नै गर्न खोजिएको छ । यसमा कमीहरू रहेको भए सङ्घीय आयोगको सिफारिसमा आगामी दिनमा परिवर्तन गर्दै जान सकिन्छ । त्यसैले सीमाङ्कनको बिषयलाई लिएर भावनामा नबग्न, संविधान निर्माणमा अवरोध सिर्जना नगर्न र सामाजिक सद्भाव खल्बलिने काम कतैबाट पनि हुन नदिन हामी सम्बद्ध सबैमा आग्रह गर्न चाहन्छौं ।
६. संविधान निर्माणको यही प्रक्रियाले आज महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति लगायत समाजका सबै उपेक्षित÷अपहेलित तह–तप्काका मुद्दालाई स्थापित गरेको छ । आज राज्यका सर्वोच्च अङ्गमा मधेसी, जनजाति, महिला लगायतको सम्मानजनक उपस्थिति यसै आधारमा संभव भएको हो । सामन्ती व्यवस्थाका कारण उपेक्षित समुदायलाई गणतन्त्रले सम्मानित गरेको छ । गणतन्त्र संस्थागत भएन या संविधान जारी भएन भने आजका उपलव्धिहरू गुम्दै जानेछन् भन्ने यथार्थलाई हामी सबैले हेक्का राख्नैपर्छ ।
७. झण्डै एक महिनादेखि जारी तराई–मधेसको बन्दबाट नेकपा (एमाले) गम्भीर र चिन्तित छ । लाखौं विद्यार्थीहरूको पढाइ अवरुद्ध छ, किसानका उत्पादनहरू विक्री हुन नपाएर किसानहरू थप गरिबीको मारमा परेका छन्, दिनभरि ज्याला–मजदुरी गरेर साँझको छाक टार्नु पर्ने श्रमजीवीहरूमाथि अकल्पनीय मार परेको छ । अर्थतन्त्र धराशायी हुने अवस्थामा छ । जुन क्षेत्रमा जनताका नाममा यो आन्दोलन हुँदैछ, त्यहीँका जनतालाई यस्तो पीडा दिनु कसरी उचित हुन सक्छ ? तसर्थ, तत्काल आन्दोलनको विकल्प खोज्न र वार्ताका माध्यमबाट समाधान निकाल्न हामी सम्वद्ध सबै पक्षसँग आग्रह गर्दछौं । आन्दोलनमा सङ्लग्न जनताका जायज मागप्रति हामी संवेदनशील छौं । तर कतिपय पक्षले यसलाई संविधान बन्न नदिने अस्त्रको रूपमा प्रयोग गर्न खोजिरहेका छन् । कतिपयले यसलाई पृथकतावादी र साम्प्रदायिक स्वरूप दिन खोजिरहेका छन् । कतिपयले जबर्जस्ती हिंसा भड्काएर त्यसलाई आफ्ना निहित स्वार्थ पूर्तिका लागि भावनात्मक आधार निर्माण गर्न खोजिरहेका छन् । फेरि पनि हामी आन्दोलनरत जनसमुदायलाई शान्तिपूर्ण, लोकतान्त्रिक र उपयुक्त विधिबाट अगाडि बढ्न र तपाइँहरूको भावनाको गलत उद्देश्यका निम्ति दुरुपयोग हुन नपाओस् भन्ने कुरामा सजग रहन आह्वान गर्दछौं ।
८. मुख्य दलहरूका तर्फबाट प्रधानमन्त्रीज्यूले असन्तुष्ट पक्षलाई वार्तामा आउन र वार्ताबाटै समस्याको समाधान निकाल्न बारम्बार आग्रह गरिरहँदा पनि मधेस केन्द्रित दलका नेताहरूमा वार्ताबाट समस्याको समाधान खोज्ने गंभीरता र तत्परता नदेखिएको स्थितिप्रति हामी अचम्भित भएका छौं । यसका निम्ति संविधानका कतिपय प्रक्रियामा सुस्तता अपनाइएको र वार्ताबाट निस्कने निकासलाई संविधानको जारी प्रक्रियाबाट संवोधन गरिनेछ भनेर बारम्बार आग्रह गरिएको यथार्थ पनि सर्वविदितै छ । तर वार्ताको टेबुल र संविधानसभा छाडेर कतिपय मधेस केन्द्रित दलका नेताहरू आन्दोलनलाई उत्तेजित बनाउन, सशस्त्र समूहसँग सहकार्य गर्न, खुलेआम वाह्य हस्तक्षेपलाई निम्त्याउन र हिंसा एवं सामाजिक विद्वेष फैलाउन तर्फ तत्पर देखिनु बिडम्बनापूर्ण छ । हिंसा कहिल्यै पनि लक्ष्य प्राप्तिको साधन बन्न सक्दैन र सामाजिक सद्भाव बिथोलेर कुनै पनि मुलुकले अग्रगति प्राप्त गर्न सक्दैन भन्ने यथार्थलाई आत्मसात गर्न नसक्नु दुखद बिषय हो । अघिल्लो दिनसम्म भइरहेको उग्र विरोध प्रदर्शन संविधानसभा विघटन  भएको भोलिपल्टदेखि नै शान्त भएको अघिल्लो संविधानसभाको अनुभवलाई हेक्का राख्दा कतै यी विरोधहरू संविधान निर्माण हुनै नदिने प्रयोजनका लागि त भइरहेका छैनन् भन्ने गम्भीर आशङ्का गर्ने ठाउँ उत्पन्न भएको छ ।
९. हामी फेरि पनि आन्दोलनरत सबै पक्षसँग आन्दोलनका कार्यक्रम स्थगित गरेर सार्थक वार्तामा आउन आह्वान गछौंै । संभव, उचित र जायज मागहरू संविधान निर्माणको चालु प्रक्रियामै संवोधन गर्न सकिने ठाउँ छ र अन्य कतिपय बिषयलाई राजनीतिक रूपमा समझदारी बनाएर समाधान गर्न सकिन्छ । ‘भुइँको टिप्न खोज्दा गोजीको पनि गुम्ने’ उखान चरितार्थ नहोस् र संविधान बन्न नदिएर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्न भइरहेका दुष्प्रयाशलाई बल नपुगोस् भन्ने कुरामा सजग हुनु सबैलाई आग्रह गर्दै संविधान निर्माणको अन्तिम बिन्दुसम्म पनि वार्ताबाट समस्याको समाधान खोज्न र संविधानको पक्षमा अधिकतम सहमति जुटाउन नेकपा (एमाले) निरन्तर क्रियाशील रहने विश्वास दिलाउन चाहन्छौं ।

केपी शर्मा ओली 
अध्यक्ष 

Saturday, September 5, 2015

नेकपा (एमाले) का जनवर्गीय संगठनलगायतका अगुवा कार्यकर्ता भेलामा निर्देशनात्मक सम्बोधन


मितिः २०७२।५।१६
स्थानः पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही ।

यस कार्यक्रमका सभापतिज्यू,
पार्टी नेता पूर्व प्रधानमन्त्री क. माधव नेपालज्यूलगायतका नेतागण
र सहभागी विभिन्न जनवर्गीय र पेशागत संगठनका नेता साथीहरु । 

     आज हामीले यो बैठक अलिकति आकस्मिक रुपमा नै बोलायौँ । र हामी अलिक अन्तक्रियात्मक ढङ्गले सञ्चालन गर्नसक्ने अवसथामा छैनौँ । साथीहरुको विचारहरु, कुराहरु सुन्ने परिस्थिति पनि अहिले  छैन । यदि साथीहरुले संगठनको प्रतिनिधित्वको हिसाबमा विचारहरु राख्ने होे भने पनि एक दुई दिनको समय लाग्छ । त्यस कारण अन्तरक्रियात्मक होइन, निर्देशनात्मक भेलाको रुपमा हामीले छोटो समयमा यो कार्यक्रमको आयोजना गरेका छौँ । 
  अघि नै क. माधव नेपालले राखिसक्नुभयो कि विशेष निर्देशन पार्टीले जारी गरिसकेको छ । र पार्टी निर्देशन आज जारी हुँदैछ । विशेष निर्देशनले कुराहरु स्पष्ट गरिसकेकै छ । अपानिले स्पष्ट पारेको छ । ती कुराहरुलाई कमरेडहरुले अध्ययन गर्ने र कार्यान्वयन गर्ने काम हुने नै छ । अलिकति अहिलेको परिस्थितिको सन्दर्भमा तपाईंहरुमा कुनै पनि प्रकारको भ्रम अन्यौल नरहोस्, कुनै प्रकारको द्विविधा नरहोस् र पार्टीको नीति दृष्टिकोणको सन्दर्भमा स्पष्टता आओस्, त्यस स्पष्टताका आधारमा हामी सुदृढ ढङ्गले अगाडि बढौँ, यस प्रयोजनका निम्ति यो भेला आयोजन भएको छ । हमीलाई थाह छ, हामी कस्तो पार्टीको कार्यकर्ता हो त्यो हामी सकेले बुझेका छँदैछौँ । यो परम्परागत कम्युनिष्ट पार्टी होइन, यो सामाजिक न्याय र समानताको पक्षमा छ । यो कुनै भावनामा बग्ने, भोट माग्ने, भोट पाल्ने, कुनै उद्देश्यका निम्ति कसैलाई अल्मल्याएर लगाउने, क्षणिक, आवधिक, विषयगत वा व्यक्तिगत राजनीति गर्ने यो संस्था होइन । यो सिङ्गै नेपालको पार्टी मेचीदेखि महाकालीसम्मका हिमाली भेगदेखि तराईसम्मका सबै भाषा, संस्कृतिका जनता, सबै पेसाव्यवसायका जनता, सबै भूगोलका जनता, सबै वर्गका जनता, ती सबै जनताको हितको निम्ति काम गर्ने, ती सबै जनताको हितको प्रतिनिधित्व गर्ने, र सबै जनताको निम्ति काम गर्नै र नेपाललाई एउटा आधुनिक,विकसित, समृद्ध, समतामूलक राष्ट्रको रुपमा विकास गर्ने उद्देश्यका साथ खुलेको यो राष्ट्रिय पार्टी हो । हामी सबैले एक छिन पनि बिर्सनुनहुने कुरा के हो भने यो क्षेत्रीय संगठन होइन । यो राष्ट्रिय पार्टी हो । यो जातीय संगठन होइन, सबै जातिहरुका जनताका सुखसुविधाका लागि, उन्नति प्रगतिका लागि, हक अधिकारका लागि र तिनको समृद्धिका लागि काम गर्ने साझा पार्टी हो । यो कुनै भाषा विशेषको, जाति विशेषको, धर्म विशेषको कुनै भूगोल विशेषको मात्रै होइन । मैले अघि नै संक्षिप्तमा भनेँ, यो दुर्गम, सुगम, पूर्व पश्चिम, हिमाल, पहाड, तराई, सबै भाषाजाति धर्म संस्कृतिका जनता यसमा आबद्ध छन् र यसमा सबै छन् । हामीले बुझ्नुपर्ने पहिलो आधारभूत कुरा यो हो । यस पार्टीले एउटा सेक्टरको मात्रै होइन, राष्ट्रिय कुरा गर्छ । यो पार्टी पिछडिएका सोचहरु, पिछडिएका विचारहरुका अभ्यासहरुका पछाडि कुद्ने होइन । हाम्रो समाजमा रहेका विभिन्न संस्कृतिहरुलाई यथोचित सम्मान गर्दै, संस्कार, संस्कृति र अभ्यासका नाममा रहेका कतिपय पछौटेपनहरुलाई अस्वीकार गर्दै र तिनलाई समयाानुकूल सच्याउन्दै अगाडि बढ्ने हो । आम रुपमा जस्तो आरोप लागाइने गर्छन्, अलिक अगाडिसम्म बढ्ता लगाइन्थ्यो, कम्युनिष्टहरु भनेको, वा कम्युनष्ट विचार भनेको गरिबी बाँड्ने कुरा हो । समृद्धि हासिल गर्न सक्दैन भन्ने ती कुरा त अबको समयमा समाप्त भइसकेको छ । तै पनि हामी हाम्रो पार्टीको तर्फबाट फेरि दोह¥याउन चाहन्छौँ, यो समानताका नाममा गरिबीको वितरण गर्ने होइन । यसले समृद्धि हासिल गर्ने र उत्तिकै समृद्धिमा सबैलाई पु¥याउने अभिारा बोकेको पार्टी हो । यसका काँधमा राष्ट्रिय एकता, राष्ट्रको सार्वभौमसत्ता, देशको स्वतन्त्रता, र भौगोलिक अखण्डताको जिम्मेवारी जनतामा छ । सार्वभौमसत्ता जनतामा छ र राष्ट्रको सार्वभौमसत्ता, स्वतन्त्रता र र्भाैगोलिक अखण्डताको अगुवाइ गर्ने काम यस पार्टीले गर्ने गर्छ । यो जनताको, देशको अग्रणी दस्ता हो । त्यसकारण यसले यो काम गर्नुपर्छ । राष्ट्रको स्वाभिमानको रक्षा गर्ने र स्वाभिमानलाई माथि उठाउने काम यस पार्टीले गर्नुपर्छ । शन्तिका निम्ति, हाम्रो समाजलाई हिंसामा जान नदिन, नेपाली जनताको शान्तिको चाहनालाई साकार पार्न यस पार्टीले भूमिका खेल्नुपर्छ । वास्तविक लोकतन्त्र, जुन राजनीतिक हकहरुको क्षेत्रमा र स्वतन्त्रताका हकहरुको क्षेत्रमा मात्रै होइन, आर्थिक उन्नति, प्रगति र विकासका संर।चनाहरुको निर्माणदेखि लिएर आधुनिकीकरणबाट वास्तविक रुपमा जनताको जीवनमा सकारात्मक परिवर्तन हुनुपर्दछ । नेपाललाई एउटा आधुनिक, विकसित, समृद्ध, सुखी, सुविधासम्पन्न देशको रुपमा अगाडि बढाउनै पर्छ । यी कुराहरुको अगुवाइ हाम्रो पार्टीले गर्नुपर्छ । आधुनिकीकरण् भनेको बाटो खन्ने मात्र होइन, विजुली बाल्ने मात्र होइन, २१औँ शताब्दीको लोकतन्त्रको स्तरको राजनीति, मानवीय महत्ता र गरिमालाई सम्मान गर्ने, मानवअधिकारको परिपालना गर्ने राज्य हो । लोकतानित्रक प्रणालीका आधारभूत मूल्य र मान्यताहरु रहनुपर्छ र त्यसका लागि पनि हाम्रो पार्टीले अगुवाइ गर्नुपर्छ । निर्वाचित सरकार, नीतिनिर्माणमा, शासनमा जनताको यथोचित सहभागिता, शक्ति पृथक्कीकरण्को सिद्धान्त, जनतामा सार्वभौमसत्ता, देश चल्ने संविधान र कानुन– यी कुराहरु लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरु ह्ुन् र यी कुराहरु वस्तविक अर्थमा स्थापित हुनुपर्छ । यसको अगुवाइ पनि हाम्रो पाटीैले गर्नु पर्छ । 
     हामीले बुझिरहेका छौँ, हाम्रो समाज हिजो सामन्ती राजतन्त्रात्मक, अझ जहानियाँ, निरङ्कुश शासनबाट गुज्रेर आयो । भर्खर ६५ वर्ष भयो, नेपाल त्यस अवस्थाबाट अलिकति आधुनिकतातर्फ गएको । भर्खर ७ वषै भयो हामीले सामन्ती राजतन्त्रात्मक प्रणालीबाट गणतन्त्रात्मक प्रणालीतर्फ प्रवेश गरेको । यी विगतमा हाम्रो अभ्यास भइसकेका कुरा होइनन् । हामीले अभ्यास गर्दै जानुछ, एउटा र अर्को कुरा हामी कसैको नक्कल गर्न सक्दैनौँ, नक्कल ग¥यौँ भने हाम्रो भूगोल, हाम्रो इतिहास, हाम्रो परम्परा अथवा हाम्रो आवश्यकता यी सबै कुराहरुसँग मेल खाँदैन । हाम्रो समयसँग मेल खाँदैन । हाम्रा आजका आवश्यकतासँग मेल खाँदैन । यदि कसैका कुरामा केही भइसकेका कुराहरुलाई नक्कल गरियो भने । त्यसकारण हामी नक्कलमा होइन, सिर्जनात्मकतामा विश्वास गर्छौ । हामी रचनात्मकतामा विश्वास गर्छौ । आफ्रनो मौलिकतामा विश्वास गर्छौँ । र संसरभरिका अनुभवहरुलाई लिएर उचाइमा पु¥याएर कार्यान्वयन गर्छौँ । हिजो नेपाली समाजमा सामाजिक असमानता र विभेद यथार्थ थिाये । त्यो अनुचित थिायो । त्यस अनुचितलाई हामीले परिवर्तन गरेका छौँ र त्यसलाई समाप्त पार्ने दिशामा बहुतै महत्वपूर्ण ढङ्गले हामीले काम गरेका छौँ । र हामी सामाजिक असमानता र विभेद हटाएर सामाजिक समानताको स्थिति कायम गर्न चाहन्छौँ । 
     अर्को हामीले विर्सनै नहुने, बुझ्नुपर्ने कुरा के छ भने हामी विविधताको देशमा छौँ । बहुतै विविधता । हाम्रो देशको एउटा विशेषता के हो भने विविधता यो देशको विशेषता हो । जहाँ भौगिोलिक विविधतादेखि जैविक विविधतादेखि, वनस्पतीय विविधतादेखि हाम्रो सामाजिक विविधतासम्म छ । स्वाभाविक रुपमा सबैलोई थाह छ, संसारको सर्वोच्च शिखरदेखि लिएर समुद्र सतहभन्दा १०० मिटर भन्दा निकै कम होचो भूभाग हामीसँग छ । यस्तो विविधता छ हामीसँग छ । त्यस विविधताका अनेक लक्षउहरु छन् र हामी सामाजिक विविधतामा आउँदा हाम्रा पुर्खाहरु विभिन्नतिरबाट आएर बसेका छन् । आर्य मूलका, मंगोल मूलका, द्रविड मूलका भोट बर्मेली, अझ खस आर्य भनिएको छ, अझ भारोपेली आर्य भनिएको छ । यस्तो विभिन्न मूलकाहरु हुन सक्दछन् । यी इतिहासका कुरा हुन् । यथार्थ के हो भने हामी १२५ जातजाति छौँ, साना ठूला गरी १२३ भाषाभाषी हामी छौँ । यस्तो अवस्थामा हाम्रो देशको भौगोलिकदेखि लिएर समाजिक सांस्कृतिकसम्मका जुन विविधताको स्थिति छ, त्यो हाम्रो समृद्धि हो, सम्पन्नता हो, सुन्दरता हो । यो वास्तवमा हामे समाजको विशिष्टता हो ।यसलाई हामीले सदुपयोग गर्न जान्यौँ भने अत्यन्तै सुन्दर कुरा हो । यति सानो देशमा यति धेरै भाषिक विविधता, साँस्कृतिक विविधता, पहिरण्का विविधता, अनेक विविधताहरु छन् । त्यसलाई एकताबद्ध ढङ्गले विविधतामा एकता गरेर जान सक्यौँ भने नेपाल संसारको सुन्दरतम र यसलाई ठीक ढङ्गले लान सकियो भने सानो, चिटिक्क परेको र विकसित देश बनाउन सक्छौँ । बस्न लायकको देश हृुन्छ । यदि जानिएन भने, यस विविधतामा खेल्न अरु कसैले सक्यो भने यस विविधतामा खेलेर कसैले आफ्ना स्वार्थहरु भजाउन सकाये भने, तयस्तो मौका पायो भने फेरि यो विविधता हाम्रा निम्ति बहुतै अप्ठेरो र असहज स्थिति हुन्छ । त्यस कारउण् हामीले हाम्र्रो देशमा सामाजिक सद्भाव खल्बलिन नदिने, सामाजिक सदेभाव कायम राख्ने, सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता बनाउने र सुदृढ, एकताबद्ध राष्ट्र, अग्रगामी, सामाजिक न्यायपूर्ण राष्ट्रको बाटोमा अगाडि जाने, अघि मैले भनेका सबै कुराहरुका निम्ति हाम्रो एकताबद्ध प्रयासहरु अगाडि बढाउनुपर्ने आजको आवश्यकता छ । 
     हामीलाई गरिबी हटाउनुछ, समृद्धि हासिल गर्नुछ । अधिकारविहीनताको स्थिति हामीले. हटाएका छौँ, आज सार्वभौमसत्तासम्पन्न नेपाली जनता छ, नेपाली जनतामा हक छ । आधारभूत रुपमा नेपाली जनतामा हकअधिकार छैनन् भन्ने कुरा होइन, नेपाली जनता अब सार्वभौमसत्तासम्पन्न भएको छ, अब याृे भन्दा बढी फेरि सार्वभौमसत्तासम्पन्न हुने होइन, सार्वभौमसत्तासम्पन्न नै हो । यहाँ कुनै सामन्ती, निरङ्कुश केही पनि छैन । हामी आफैँले निर्णय गर्नुपर्दछ, हामी आफैँले तय गर्नुपर्दछ, हामी आफैँले हाम्रो देशलाई अगाडि बढाउनुपर्दछ । यसभित्र हामीले खेल्न दिनुहुँदैन । 
     हाम्रो देश पछाडि परेको छ, हाम्रो देश शिक्षामा पछाडि परेको छ, हाम्रो देशमा बेरोजगारी छ, हाम्रा देशका नदीनालाहरु खेर गएका छन्, जसलाई हामीले सदृुपयोग गर्न सकेका छैनोँ । हाम्रो खनिज हामीले सदुपयोग गर्न सकेका छैनौँ । हामीले देशलाई आधुनिकीकरणतर्फ लान सकेका छैनौँ । अहिले पनि हाम्रो पछौटे जीविकामुखी कृषिमा झण्डै ७० प्रतिशत जनसंख्या अल्मलिएको छ । यो भनेको विकासको स्तर धेरै तल छ, कम छ भन्ने कुरा नै त्यसले जनाउँछ । ती अनावश्यक ढङ्गले बेरोजगार वा अर्ध–बेरोजगार ढङ्गले रहेका छन् । त्यस जनसंख्यालाई कृषिको व्यावसायीकरण गरेर आधुनिकीकरणका माध्यमबाट, कृषिमा आधारित अन्य साना, मझौला उद्योगको स्थापनाका माध्यमबाट त्यसबाहेक उद्योग, व्यापारका क्षेत्रहरुलाई बृद्धि गर्ने बाटाबाट हामी अगाडि जान सक्नुपर्छ । हाम्रो देश पर्यटनका लागि अत्यन्तै उपयोगी छ । मैले धेरै देशहरु देखेको छु, पर्यटनका निम्ति कुनै पनि ठाउँ छैन । साइप्रस नै भनौँ, पर्यटनका लागि त्यहाँ के छ र ? यस्तै समुद्रीतटहरु केही छन्, अरु के नै छ र?गर्मी ठाउँ छ, त्यसैले युरोपतिरका मान्छेहरु हिउँदमा त्यहाँ ओइरिन्छन् । तटहरुमा खेल्न पाइन्छ । तर हामीकहाँ धेरै सम्भावनाहरु छन्, मैले भनिरहनुपर्दैन । हिउँ हेर्न अन्त पाइन्छ, हिमाल हेर्न अन्त पाइँदैन । हिउँ हेर्न पाइन्छ, तर हिमतालहरु हेर्न पाइँदैन । हिउँ परेको ठाउँ हेर्न पाइन्छ, तर कस्तुरीमृग हेर्न पाइँदैन । अन्यत्र पनि समथर भूगागहरु हेलान्, तर गैँडा अन्यत्र जन्मँदैन, एक सिङ्गे गैँडा हेर्न यहीं आउनुपर्छ । डाँफेमुनाल अन्त गएर हेर्न सकिँदैन, यहीं आउनुपर्छ । यार्चागुम्बा कस्तो ठाउँमा फल्छ, यार्चागुम्बा कस्तो हुन्छ हेर्न पनि नेपाल नै आउनुपर्छ । यो संसार बनाउन, यो संसार हेर्न, प्रकृतिका रमाइला छटाहरु हेर्न यहीं आउनुपर्छ । परलो.क समार्न कोही चाहन्छ भने पशुपतिनाथ, मुक्तिनाथ छ, यहंीं आउनुपर्छ । अन्त गएर हुँदैन । अलिक तलतल पुगेर अरु नदीहरु हेर्नु बेग्लै कुरा हो, तर पवित्र नदीहरु यहीं छन् । अहिले पो अलिकति बागमती फोहर भएको छ, विष्णुमती फोहर भएको छ । यसलाई हामी सफा गरौँला । र पर्यटनको क्षेत्रमा पनि हामी विकास गर्न सक्छौँ । र सर्वोपरि कुरा त हाम्रो विकासको चाहना हो । सेवाका क्षेत्रहरु छन् । आईटीको क्षेत्र छ । हामी आईटीमा प्रवेश गरेका छौँ । यसतर्mा हामीले. देश लानुछ । शिक्षको क्षेत्र, स्वास्थ्यको क्षेत्रमा लाग्नुछ । 
    अब हाम्रो कामहरु यत्रो छ । यति धेरै कामहरु गर्नुपर्ने छ । हाम्रा सुख्खा खेतहरुमा हाम्रा खेतहरुबाट बहुउद्देश्यीय आयोजनाहरुबाट हामीले बिजुली पनि निकाल्नुछ,  पानी पनि लानुछ, सिँचाइ पनि गर्नुछ । कृषिको आधुनिकीकरण गर्न कृषिको व्यावसायीकरण गर्नुछ । अब ढीलो नगरीकन प्रयासहरु अगाडि बढाउनुपर्नेछ । यसबा निम्ति हामी सबैलाई थाह छ, लामो समयदेखि मानव जातिले सुख चाहन्छन्, सबैले मानव जातिले सुख मात्र चाहने होइन, हकअधिकार चाहन्छ, सुख प्राप्तिका लागि नै हो त्यो पनि । समृद्धि चाहन्छ, कष्टपूर्ण जीवन नहोसे, अनुकूल जीवन होस्, त्यो चाहन्छ । यस्ता चाहनाहरुलाई साकार पार्न लामो समयदेखि प्रयास भएर यहाँ आएर २००७ सालदेखिका परिवर्तनलाई हामीले हे¥यौँ भने हामीले बलिदानपूर्(ा संघषै गरका छौँ, त्यसभन्दा अगाडिदेखि नै हामीले बलिदान गरेका छौँ । ७५ वर्ष अगाडि पनि हामीले बलिदान दिएका थियौँ, त्यसभन्दा पनि हामीले बलिदान दिएका थियौँ । सुखको चाहनाको निम्ति संघर्ष गरेका थियौँ । अब हामीले विगतमा लामो समयदेखि संघर्ष गर्दै आयौँ । ७५–८० वर्षकै कुरा गरौँ । यस बीचमा हामी संघर्ष गर्दै आयौँ । २००७ सालपछि हामी सङ्क्रमण्कालीन अवस्थामा पस्यौँ । सामन्ती, निरङ्कुशतन्त्र, जहाँनियाँ शासन जस्ता कुराहरुलाई पूंर्ण वा आंशिक रुपमा विभिन्न समयमा तोड्दै जसरी नेपाल अगाडि गयो, ती कुराहरुलाई संस्थागत गर्न र त्यसको रक्ष ागर्न विभिन्न समयहरुमा सकिएन । विभिन्न प्रकारका कमीहरु भए, विभिन्न प्रकारका खेलहरु भए, फेरि जनतालाई अल्मल्याउने, फेरि जनतालाई छक्याउने कामहरु भए । २०६२÷६३ को आन्दोलन ती आन्दोलनहरुको एउटा पछिल्लो कडी हो । २०६२÷६३ को आन्दोलनले ठूलो एउटा फड्का मा¥यो । सामन्ती राजतन्त्रले आफूलाई निरङ्कुश बनाउने र जनतालाई फेरि अधिकारविहीन रैती बनाउने जुन प्रयास २०५८÷५९ बाट अगाडि बढायो, त्यस कारणले जनता फेरि एक पल्ट निर्णायक आन्दोलनमा उठ्नुपर्ने जरुरत प¥यो । यसरी २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनले एउटा नेपाललाई नयाँ अवस्थामा, एउटा नयाँ चरणमा प्रवेश गरायो र अब नेपालमा हामी लामो समयदेखि जुन सङ्क्रमणकालमा प्रवेश ग¥यौँ, त्यस सङ्क्रमणकालको अन्तिम र ठोस सङ्क्रमणकालमा ल्याउनुपर्छ भन्ने हिसाबका साथ यस ढङ्गले २०६२÷६३ को आन्दोलनले गति लियो । 
    मैले धेरै भन्नुपर्दैन, कति अर्थमा हामीले उपयुक्त बाटो रोज्यौँ, कति अर्थमा हामीले उपयृुक्त बाटो रोज्न सकेनौँ । तर जे भए पनि नेपाली जनताले संघर्ष गरेर, ती संघर्षका क्रममा अनेकौँ बलिदान दिएर  प्राप्त भएको हकअधिकारलाई सुनिश्चित गर्ने, संस्थागत गर्ने र नेपाललाई अगाडि बढाउने संकल्पलाई केन्द्र भचागमा राखेर नै हामीले समस्या समाधानका उद्देश्यका साथ नै हामीले संविधान सभाको निर्वाचन ग¥यौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, त्यसलाई संस्थागत गर्ने भनेर अगाडि बढायौँ । त्यस अनुसारको संघीय, लोकतानित्रक, गणतन्त्रात्मक शासन व्यवस्था भएको संविधन निर्माण गर्ने, जनताका सारा हकअधिकार, जनताका लागि सारा अवसर, जनताको निम्ति सारा सुरक्षा, र सम्मानको स्थिति हामी निर्माण गर्न सकौँ र नेपाललाई सङ्क्रमणकाल टुङ्ग्याएर अगाडि बढ्नसकौँ भन्ने उद्देश्यले हामी अगाडि गइरहेका छौँ । 
तैपनि हामीकहाँ विभिन्न प्रकारका उतारचढावहरु देखाप¥यो । २०६४ को अन्ततिर हामीले संविधान सभाको निर्वाचन ग¥यौँ । तर २ वर्षका लागि गटन भएको संविधान सभा ४ वर्षको भएर पनि संविधान दिन सकेन । त्यो तीतो यथार्थ कुरा छ । अहिले हामी संविधान निर्माणको अन्तिम चरणमा छौँ । यस्तो अवस्थामा नेकपा (एमाले), एमालेका सम्पूर्ण नेता, कार्यकर्ताहरु एमालेआबद्ध जनवर्र्गीय पेशागत संगठनहरु, विभिन्न प्रकारका अरु सामुदायिक संगठनहरु सबै स्पष्ट हुनुपर्दछ, बुझ्नुपर्दछ र सचेत हुनुपर्दच कि परिस्थिति फेरि पनि संविधान बन्न नदिनका निम्ति बनाउन खोजिँदैछ, संविधान बने दीर्घकालीन रुपमा, दूरगामी रुपमा अहित गर्ने, नेपाली जनताको एकतालाई क्षतविक्षत पार्ने, नेपाली जनताको सामाजिक सद्भाव खल्वल्याउने, हामीलोई नेपाली हुन नदिने, नेपाली भएर हमाीले देशको समग्र विकास, देशको सबै भाषा, धर्म संस्कृतिका सबै जनताको विकास हुन नसक्ने, विभिन्न ढङ्गले हामीलाई सामाजिक सद्भाव बिगारेर जातीय वा भाषिक विभेद, त्यसबाट उत्पन्न हुने घृृणा जस्ता कुराहरुबाट द्वन्द्व पैदा गर्ने र त्यस द्वन्द्वलाई हिंसामा लाने जसले गर्दा हामी सुखी, समृद्ध नेपाल बनाउन नसकौँ, त्यस खालका प्रयत्नहरु भइरहेको छ । आज हामीले देखिरहेका छौँ, मानिसका ससाना स्वार्थहरु– क्षेत्रीय वा अरु प्रकारका जातिवादी अनेकले आफ्ना सङ्कीर्ण स्वार्थका लागि विभिन्न ढङ्गले जनतालाई भावनामा बगाउने, उत्तेजनामा ल्याउने, अल्मल्याउने जस्ता प्रयासहरु भइरहेका छन् र वातावरउा विगार्ने, बिथोल्ने प्रयास भइरहेको छ । यस कुरासँग हाम्रो पंक्ति सजग हुनुपर्छ । 
     हामी एउटा सिलसिलाबाट आएका छौँ । यस पल्ट हामी संविधान जारी गरीछाड्छौँ । जनताको हक अधिकार सुरक्षित हुने, शासनमा, नीति निर्माणमा जनताको यथोचित सहभागिता सुनिश्चित गर्ने सबै जनताको निम्ति सबैको प्रतिविम्ब संविधानमा आउने यस प्रकारको एउटा साझा संविधान, राष्ट्रको निम्ति राष्ट्रिय संविधान, यो जातीय संविधान होइन । यसले जातिविशेषका, सेक्टर विशेषका, भूगोल विशेषका, क्षेत्रविशेषका, समुदायविशेषका, पेसाविशेषका, व्यवसाय विशेषका मात्र होइन, ती त हुन्छन् नेै, यसले सिङ्गो राष्ट्रिय हितहरुलाई राष्ट्रिय उद्देश्यहरुलाई सुनिश्चित गरेको संविधान हो । यहाँहरुले देख्नुभएको छ, तराइ र पहाड छुट्ट्याएन भने अन्याय हो भनेको सुन्नुभएकै होला । न्याय भनेको के हो? केलाई भनिन्छ न्याय ? देशको एउटा भूभागलाई त्यसका सम्भावनाहरुबाट वञ्चित गर्नु न्याय हो ? एकीकृत रुपमा हाम्रा साधन र स्रोतहरुलाई प्रयोग गरेर राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्ने कुरा अन्याय हो ? अथवा एक जातले अर्को जातलाई घृणाका अवसरहरु, घृणाका स्थानहरु, घृणका तौरतरिका वा घृणाको प्रयास गर्ने त्यो चाहिँ न्याय हुने ? सद्भाव, एकता र विकासका संयुक्त प्रयास आगाडि बढाउनु नै अन्याय हुने ? के हो न्याय ? केही केही प्रश्न उठे । एउटा मधेस प्रदेश चाहियो भन्ने कुरा उठ्यो । हामीले पहिले भन्यौँ, विगतको संविधान सभाको अनुभवलाई पनि हेरेर जुन कारणले संविधान बन्न सकेन, त्यस कारण त्यसलाई तर्काएर हामीले संविधान जारी गर्ने र विज्ञहरुको अध्ययन र सिफारिसको आधारमा भोलि यही संविधान सभाले व्यवस्था गरिसकेपछि त्यसको आधारमा पछि कायम हुने संसदले त्यसलाई सामेल गर्ने प्रस्ताव हामीले ग¥यौँ । यसरी १६ बुँदे सहमति हामीले ग¥यौँ । १६ बुँदे सहमति संविधानका सीमांकनसम्बन्धी प्रश्नलाई पछि टुङ्ग्याउने भनेर । हुँदैहुँदैन भन्ने थुप्रै कोणहरुबाट आए । कुनकुन कोणहरुबाट कसरी कसरी आए भन्ने कृुरा मैले बताइरहनुपर्दैन । तर सीमांकान बेगर हुँदैहुँदैन भने । त्यसभन्दा अगाडि हामीले ७ प्रदेशको कुरा गरेका थियौँ । संविधान बन्छ, सबैलाई मान्य हुन्छ भने यस्तो गरेर गरे पनि हुन्छ भनेर ७ प्रदेशको प्रस्ताव ल्याइएको थिायो । त्याृे आफैँमा उपयुक्त थिएन, तर पनि हामीले मान्यौँ किनकि संविधान बनोस् भन्ने हाम्रो चाहना थियो । सबैले मान्छन् भने मान्य होस् भनेर हामीले त्यो ७ प्रदेशलाई मानेका हौँ । त्यतिबेला धुमधाम, चर्को विरोध भयो त्यो ७ प्रदेशको । तर अहिले तपाईंहरुले सुन्दै हुनुहुन्छ होला, त्यही ७ प्रदेश मानौँ न त भनेर आएका छन् । एउटा खोलामा पानी बग्दैछ, त्यो पानी अहिले नै उघाउँ भन्दा नमान्ने, त्यो पानी बगेर तल पुगिसक्यो, तराईबाट कटेर गंगामा मिसिसक्यो, त्यतिबेला आएर पोहरै बगेको पानी चाहिन्छ, अहिलेको पानी हुँदैन भन्छ । त्यही खालका कुराहरु ल्याइराखेका छन् । ऋहिले त्यही ७ प्रदेश चाहियो । अस्ति नै ७ प्रदेश मानिदिएको भए माघ ८ गतेभित्र संविधान बनाउाछौँ भन्ने हाम्रो ठूलो संकल्प लागू हुने थियो । प्रदेश चाहियो भने पछि पर्सादेखि सप्तरीसम्मको भूभागलाई एउटा प्रदेशको रुपमा छुट्टै बनाउनुपर्छ भनेर त्यसलाई सम्बोधन गरियो । जब त्यो सीमाना सम्बोधन गरियो, त्यसपछि अर्को कुरा आयो । के जानकी मन्दिरमा चढाएको भेटीले राज्य चल्छ ? पहाडबाट हामीलाई छुट्ट्याइदिएर के गर्न खोजेको ? सुख्खा प्रदेश बनाउन खोजेको ? यो हाम्रो विरुद्धको षडयन्त्र हो भने । त्यो षडयन्त्र हो भने किन मागेको ? यदि पहाड नमिसाउँदा षडयन्त्र भयो भने, यदि पहाड नमिसाउँदा विकासका संभावना कमजोर भए भने, पहाड नमिसाउँदा प्रदेश अगाडि बढ्न नसक्ने हो भने अनि किन पहाड र तराई छुट्टिनुपर्छ भनेर भनेको हो ? एउटा तपाईंहरुलाई यादै छ, यो निहुँ खोज्ने कुरा मात्रै हो । म फेरि भन्न चाहन्छु, जातको आधारमा २१औँ शताब्दीमा जातीय सेन्टिमेन्ट लिएर के गर्ने ? हामी बाइसी चौविसी राज्यको जमानामा छैनौँ । हामी कबिलातन्त्रीको जमानामा छैनौँ । हामी यसको धारो, यसको इनार भन्ने जमानामा छैनौँ । थियो एउटा समय, यस्को धारो यस्को इनार । कसले प्रयोग गर्न पाउँछ, कसले पाउँदैन । कसले छुन पाउँछ, कसले छुन पाउँदैन भन्ने समय पनि थिए । अब यस्ता धारा इनारहरु एउटा जातिविशेषले प्रयोग गर्ने, कसैले छुन पाउने, कसैले छुन नपाउने भन्ने जस्तो कुरा अब हुँदैन । अब बन्ने स्वीमिङ्ग पुल सबैले पौडी खेल्नका लागि बन्छ । यसमा चित्त दुखाएका छन् फेरि । अब आउने धाराका पाइपहरु मेलम्ची ल्याएपछि उहिले जमिन्दारहरुले आफूलाई तथाकथित ठूलो जात भन्ने देखाउन अरुलाई धारा छुन नदिने, पानी छुन नदिने जस्तो हूँदैन । त्यो त उहींदेखि छुँदै छुँदै छुँदै आएका हो । अब त्यो जमाना गयो । तर आज पनि जातको नाममा, भूगोलको नाममा, अरु नाममा राजनीति गर्ने, आफ्नो दूनो सोझ्याउने, जनतलाई भावनामा भड्काउने र जनताको देशप्रतिको मायालाई सङ्कीर्ण स्वार्थमा लगेर होमिदिने खालका प्रयासहरु भइरहेका छन् । यस कुरा प्रति हामी होशियार छौँ । फेरि हामी पार्टीको तर्फबाट जोड दिएर भन्न चाहन्छौँ । यस्ता कुराहरुसँग होशियार हुनु जरुरी छ, यस्तामा हामीहरु दविनु हुँदैन । 
    अब हामीले सीमांकन नभई हुँदैन भनेपछि ६ प्रदेश ग¥यौँ । ६ प्रदेश गरेपछि फेरि समस्या भयो । जे गरे पनि विरोध गर्नुछ । एउटा पार्टीको वक्तव्य त तपाईंहरुले पढ्नुभयो होला, विरोध वक्तव्य छापेर तयार थियो, प्रदेशको संख्या नलेखी खाली राखेको थियो । जति प्रदेश भनेर घोषणा हुन्छ, त्यसलाई स्याट्ट यति प्रदेश भनेर राख्ने र विरोध गर्ने । त्यो वक्तव्य तपार्यंहरुले हेर्नुभयो होला । खाली ठाउँ राखेको छ । ५ भने विरोध गर्ने, ६ भने विरोध गर्ने, ७ भने त्यही भनेर यो हुँदैहुँदैन भन्ने, ८ भने त्यही लेखेर जति भने पनि विरोध गर्ने । ्
एउटा कथा आउँछ नि भेडाले पानी धमिल्यायो भन्ने । अलिक माथि एउटा ब्बाँसो रहेछ, तल खोलामा भेडाको पाटो रहेछ । ब्वाँसाले भेडाको पाठा देखेपछि के निहुँ पारेर त्यसलाई हमला गर्ने ? अनि निहुँ खोजेछ, ए! पानीमा जुठो हालिस्, धमिल्याइस् ! भेडाको पाठाले भनेछ, धमिल्याएको भए पनि म तल छु हजुर, यो माथि चढ्दैन, तलै बग्ने हो । जुठो हालेको भए पनि माथि बग्दैन, तलतिरै बग्ने हो । ब्वाँसाले यसो विचार गरेछ,  यो निहुँ खोजाइ त अलि मिलेन, पानी त तल नै जाने हो । यता त धमिलिँदैन । अनि अहिलेको कुरो गरेको होइन, पोहरुको साल एक वर्ष अगाडि पानी धमिल्याएका थिइस् भन्यो । पाठाले भनेछ, र्हैन होला हजुर, म त भर्खर दुई महिनाको भएँ, पोहर साल कसरी ? त्यो पनि निहुँ खोजाइ मिलेन । अब के गरेर निहुँ खोज्ने ? अनि यसो विचार गरी व्वाँसोले भनेछ, ए, त्यसो भए तँ होइन, तेरो बाउ होला, अनुहार उस्तै छ । बाउले गरेको अपराध भए पनि म तँलाई छोड्दिनँ भन्यो र झ्याप्प समात्यो । जसो गरे पनि मिलेन भनेर निहुँ खोजेको छ । प्रदेशमा निहुँ खोज्नुछ, सीमानामा निहुँ खोज्नु छ, संख्यामा निहुँ खोज्नुछ । त्यो सबै कुरा टुङ्गियो भने अर्कोमा निहँु खोज्नुछ, नागरिकतामा निहुँ खोज्नुछ । जेमा भए पनि निहुँ खोज्नुछ । 
     नागरिकतामा निहुँ खोज्ने कुनै ठाउँ छैन, तर पनि तराईमा एउटा अभियान चलाइएको छ । हामीले त नागरिकता नपाउने भयौँ, हामीलाई त नागरिकता नदिने भयो, हामी दोस्रो दर्जाका हुने भयौँ, अङ्गीकृतले नपाउने, कुन्नि के हुनेले नपाउने इत्यादि । यस्ता उधुमका कुरा गरेका छन् । यी सबै निहुँ खोज्ने कुरा मात्रै हुन् । मस्यौदा र विधेयक पल्टाएर हेरौँ, नागरिकताका सम्बन्धमा त्यसरी भनिएका जस्ता कुनै कुरा छैन । नागरिकताको प्रावधान बिल्कुलै ठीक छ । अब प्रदेशको मामलामा यो कुनै देशको सीमाना त होइन । देशको सवालमा मेरो देश मेटियो, मेरो देशको सीमाना मिचियो, मेरो देशको यहाँ प¥यो भन्ने । तर प्रदेशको सीमाना भनेको त जनताको अनुकूलताका लागि गरिने, प्रशासनिक अनुकूलताको लागि गरिने विभाजन हो । प्रदेशहरुको सीमाना केका लागि भन्दा जनताल् राज्यबाट केही सेवा सुविधा पाउँछ, केही सहुलियत पाउँछ, राज्यबाट उसले सुरक्षा पाउँछ, के गर्दा अनुकूलता प्राप्त हुन्छ, सेवा, सुविधा, स्कूल,, कलेज, स्वास्थ्यचौकी, सुरक्षा या प्रशासनिक इकाईहरुसँगको सम्बन्ध वा राजनीतिक हकअधिकारको प्रयोग कहाँनिर सुगमता हुन्छ, त्यसको आधारमा सीमांकन हुने हो, प्रदेशहरुको निर्माण हुने हो । साधनस्रोतको प्रयोग गरेर विकासका सम्भावनाहरु क्ताबाट उठ्छन्, त्यसका निम्ति प्रदेशको सीमांकन गर्ने हो । यो कुनै अर्को देशसँगको विषय होइन । अर्को देशसँगको सीमा निर्धारणको कुरा होइन । अर्को देशले हाम्रो भूभाग खोसेर लग्यो, भौगोलिक अखण्डता समाप्त भयो भन्ने जस्तो विषय होइन यो । यो त जनताको सुविधा सहुलियताका लागि कसो गर्दा अनुकुलता पर्छ त्यसरी गर्ने कुरा हो । त्यस विषयलाई मानिलिउँ लडाइँको जस्तो विषय बनाएर अत्यन्तै गलत ढङ्गले प्रचार गरिएको छ । यसो भएर हाम्रो पार्टीका साथीहरुले कुनै प्रकारको भड्काउ, कुनै प्रकारको बहकाउमा पर्न जरुरी छैन । कतिपय हाम्रा साथीहरले भनेको सुुनिन्छ, विभिन्न जातिको कुरा गरेर जातिहरु ओर्लिए । चार जना जातिका मान्छे ओर्लिए, नेपाल कहाँ ओर्लिएको छ ? चार जनाले भ्रम फिँजाउन खोजे हाम्रो काम हो स्पष्ट पार्ने । चार जनाले उत्ताउला कुरा गरे, संयम र धैर्यताका साथ अगाडि बढाउने हाम्रो काम हो । कसैले द्वन्द्व र हिंसातर्फ देशलाई लान खोजे शान्ति र सुव्यवस्थातर्फ लाने हाम्रो काम हो । त्यसलाई बिग्न नदिने हाम्रो काम हो । सामाजिक सद्भाव बिगार्न, बिथोल्न, पारस्पारिक सम्बन्ध बिगार्न कसैले खोजे भने त्यसलाई कायम गर्ने हाम्रो काम हो । त्यस कारण म हाम्रो तमाम नेता, सभासद्, पार्टीका विभिन्न तहका कार्यकर्ता कमरेडहरु, पार्टी सदस्य कमरेडहरु, जनवर्गीय संगठनका कमरेडहरु सबैलाई भन्न चाहन्छु, गर्व गरौँ कमसेकम हामीभित्र राष्ट्रिय भावना छ, गर्व गरौँ कसमेकम हामीभित्र सिङ्गो देशलाई आफ्नो ठान्ने भावना छ । यो मधेसलाई आफ्नो ठान्ने, पहाडलाई आफ्नो ठान्ने, पश्चिमलाई आफ्नो ठान्ने, यतालाई आफ्नो ठान्ने, यतालाई आफ्नो ठान्ने, उतालाई आफ्नो ठान्ने यो जात मेरो, त्यो जात तेरो भन्ने, त्यो भावना एमालेसँग छैन, गर्व गरौँ न कमसेकम विकासको स्तरमा, आधुनिकताको स्तरमा, आधुनिकाता र वैज्ञानिकताको स्तरमा एमाले उठेको छ, गर्व गरौँ न । हामी मान्छेलाई मान्छे देख्छौँ । गर्व गरौँ न कमसेकम । त्यसमा हीनताबोध हुनुपर्ने के छ ? भन्ने ठाउँ भएन, पछौटेपनका अगाढि हामी नतमस्तक हुने ? पछौटेपन, अविकसित चेतना, भ्रमहरुसँग के हामी लतारिने ?  भ्रमहरुसँग होइन, आधुनिक चेतनासँग, राष्ट्रिय भावनासँग हामी अगाडि जान सक्छौँ र गर्वका साथ हामी त्यो सक्छौँ, खुलेआम सक्छौँ । केहीले त्यस विपरीत साम्प्रदायिक विद्वेष जस्ता कुराहरु भड्काउन खोजेका छन् । क्षेत्रीयताबादी वा सेक्टोरियल कुरा गर्न खोजेका छन् । हामीले राष्ट्रिय र समग्र कुरा गर्छौँ । हाम्रो नीति समग्र नीति हो, हाम्रो नीति राष्ट्रिय नीति हो । हाम्रो नीति मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्मको नीति हो । सबै जाति, भाषा, धर्म, संस्कृतिको नीति हो । के हाम्रो नीतिे कुनै जाति विशेषलाई भाषाविशेषलाइ पछाडि पार्न खोज्छ ? होइन, हजारौँ वर्ष पछाडि पारिएको जाति, भाषा, धर्म, संस्कृति, कुनै भेग, कुनै भूभाग त्यसलाई पछाडि पार्न नदिने, अगाडि सार्ने, त्यसको निम्ति अगाडि बढ्ने हाम्रो अठोट छ । 
     म कमरेडहरुलाई भन्न चाहन्छु, आजको दुनियाँमा दुई वटा राजनीति छ । एउटा वैचारिक राजनीति– पलिटिक्स अफ आइडोलोजी । यो कार्यक्रमको आधारमा कार्यक्रमिक ढङ्गले अगाडि बढ्छ । अर्को साम्प्रदायिक विद्वेष, जातीय घृणाको राजनीति छ । विचारको राजनीति, कार्यक्रमको राजनीति जसले सबैका लागि समानता र सबैलाई विकासमा लाने भन्छ, त्यसका लागि आफ्नो बाटो छ । सबैका निम्ति विकासको बाटो, कार्यक्रम तय गरेर विशेष नीति, पछाडि परेका क्षेत्रहरुका निम्ति, समुदायको निम्ति, जातिभाषाका निम्ति हामी भन्छौँ, त्यसका निम्ति हामी विशेष नीति, विशेष योजना, विशेष कार्यक्रम र विशेष बजेट तर्जुमा गरेर अगाडि बढ्छौँ र साँचै पछाडि परेको समुदायलाई  केही सकारात्मक विभेदका साथ, तत्कालका लागि केही आरक्षणका साथ हामी अगाडि जान्छौँ ।  तर अर्को नीति छ, जातीय राजनीतिको । हामीले हेर्नुपर्छ, जहाँजहाँ विकास भएको छ, विचारको राजनीति,, कार्यक्रमिक राजनीति, समग्र राजनीति, राष्ट्रिय राजनीति,, अग्रगामी राजनीति, यसका साथ जहाँ अगाडि बढ्यो, त्यहाँ ििवकास भएको छ । जहाँ साम्प्रदायिक सद्भाव खल्बलिने र साम्प्रदायिक राजनीति, जातिको आधारमा वा धर्मको आधारमा वा भाषाको आधारमा राजनीति गरियो, ती ठाउँहरु द्वन्द्वमा फँसेका छन् । मैले धेरै ठाउँमा भन्ने गरेको छु, रुवाण्डाको हामी उदाहरण दिन्छौँ । बाह्य आक्रमण होइन, वैदेशिक हमला होइन, केही पनि हौइन, तर आाफ्नै दाजुभाइ दिदीबहिनीहरुका बीचमा यो जात र त्यो जात भनेर तीन महिनाभित्र १० लाख मान्छे मारिए । एउटा सानो देशमा तीन महिनाभित्र १० लाख मान्छे मारिने विकास हो यो ? के त्यहाँ आवश्यकता थियो त्यो ? के १० लाख रुवाण्डेलीहरु ब्ुाढापाका र बालबालिका समेत मारिनु उचित थियो कुनै हिसाबले ? अत्यन्तै दुखद् र निन्दनीय घटना हो । जातिको कारण एृउटा मान्छेले अर्को निर्दोष मान्छेलाई अर्को जातिको हुनाले मार्छ, यो भन्दा अविकसित, यो भन्दा पछौटेपन, यो भन्दा गएगुज्रेको चिन्तन, सोच र व्यवहार के हुन्छ ? अफ्रिकाका विभिन्न देशहरुमा हामीले हेरेका छौँ । धर्मको नाउँमा भइरहेका अनेक ठाउँमा हामीले देखेका छौँ । पारस्पारिक घृणाहरु त्यसले कहाँ पु¥याउँछ ? ती ठाउँहरु विकसित हुने होइन । कलहको अनन्त चक्रव्यूहमा फँसेका छन् । त्यहाँ अरु चीजको भन्दा हतियारको, गोलीगठ्ठाको र गोलाबारुदको आपूर्ति हुन्छ । त्यहाँ खाद्यान्न, लत्ताकपडा, स्कुलको चिन्ता छैन । हतियार, गोलाबारुद, गोलीगठ्ठा, अनि गोलीगठ्ठाले विकास गर्छ ? कति बन्दुक पड्कायो भने विकास हुन्छ ? कस्तो कस्तो दामी बन्दुक पड्कायो भने विकास हुन्छ ? बन्दुक पड्काएर विकास हुने होइन । कुन विस्फोटले विकास गराउँछ? यी विबासका बाटा होइनन् । यी पक्षहरुमा हामीले ध्यान दिनुपर्छ । एृृृउटा हल्ला छ, यो अन्तर्राष्ट्रिय समर्थन यी सबै साम्प्रदायिक विद्वेषपूर्ण कुराहरुमा छन् भनेर । विभिन्न प्रकारका खेतीहरु भइरहेका छन्, नेपालका राजनीतिक दलहरुका बीचमा अविश्वासको वातावरण बनाउने खेलहरु भइरहेका छन् । हामी यस्ता कुरामा सजग हुनुपर्छ । हाम्रो बोलीवचन, व्यवहारमा राजनीतिक असमझदारी बढ्ने खालका अभिव्यक्तिहरु न्गारौँ । अर्को जातीय, क्षेत्रीय अनेक प्रकारका विद्वेषहरु भड्काउन खोजिएको छ, हाम्रो वचन, बोली, व्यवहारमा जातीय वा अरु पनि कुनै पनि प्रकारका त्यस्ता शब्दहरु जसले साम्प्रदायिक विद्वेष भड्काउन सक्दछ, भावनाहरु भड्काउन सक्दछ, त्यस्ता कुराहरुमा हामी होशियार हुनुपर्दछ । राजनीतिक दलहरुका बीचमा केहीकेही मतभेद हुनु स्वाभाविक कुरा हो । तर हामी संविधान जारी गर्ने कुरामा एकजुट छौँ, संविधान हामी जारी गर्छौँ । संविधान जारी सवालमा आधारभूत रुपमा उपयुक्त संविधान जारी गर्छौँ । यो संविधान एउटा दलले भने जस्तो– एमालेले भने जस्तै, नेपाली काँग्रेसले भने जस्तै, एमाओवादीले भने जस्तै वा अन्य कसैले भने जस्तै संविधान बन्ने होइन । संविधान सभाको बनावट त्यसले हामीलाई सबैलाई मान्य हुने आधारभूत खालको ठीकठाकको संविधान बनाएर जान जरुरी देखाउँछ । संविधान अपरिवर्तनीय दस्तावेज होइन । कुनै सीमाना मिलेन भने भोलि आयोग बनाएर सिफारिस आए पछि त्यस सिफारिसका आधारमा मिलाउन सकिन्छ । मिलाउन नसकिने होइन । यसै बीचमा पनि संविधान जारी हुने बित्तिकै पनि पछाडि हामी मिलाउन सक्छौँ । आयेगको सिफारिसमा मिलाउन सकिन्छ । सबै कुरा मिलाउन सकिन्छ । संविधानका कुनै भाग, दफा वा धारामा केही यदि नेपाल र नेपाली जनतालाई त्यो भन्दा उपयुक्त हुने केही कुरा हुन्छ भने हाम्रा अनुभवले ती कुराहरुमा पनि हामी जान सक्छौँ । त्यस कारण यो अन्तिम हो, यसमा केही परिवर्तन र्नै हुन सक्दैन, अकाट्य दस्तावेज हो भन्ने कुरा होइन । संविधान परिवर्तनीय दस्तावेज हो । संविधान चाहिएको देश र जनताका लागि हो, देश र जनताका लागि के आवश्यकता पर्छ, तदनुसार हामी अनुभवका आधारमा संशोधन गर्न सक्छौँ, परिवर्तन गर्न सक्छौँ । त्यसकारण हामीले हाम्रा दाजुभाइ दिदी बहिनीहरु सबैलाई पनि के बताउन जरुरी छ भने संविधान नै आउन नदिन प्रयास भएको छ, त्यसमा जानुृ हुँदैन । संविधान बनाऔँ, देशलाई सङ्क्रमण काल टुङ्ग्याएर अगाडि लैजाऔँ । कुनै कृुरामा यदि सच्याउनु पर्नेछ, अझ समृद्ध बनाउनुपर्नेछ भने आधुनिक बनाउनुछ भने भोलि गरौँला । यो सिलसिला समाप्त हुने होइन । संविधान नै बन्न नदिएर मुलुललाई अस्थिरता र अराजकतामा लाने जृुन प्रयासहरु भइरहेका छन्, ती प्रयासमा नेपाली जनता जानुहुँदैन । त्यो कुरा हाम्रो पंक्तिले बताउनुपर्छ । 
     अहिले जनता व्यापक रूपमा विरोधमा उत्रियो भन्ने कुरा होइन । केही तत्वहरु परिस्थिति बिगार्न, भड्काउन कोसिस गरिरहेका छन् । त्यसका निम्ति हामीले. देखेका छौँ, आन्दोलनलाई सकेसम्म, जे असन्तुष्टि छ त्यसलाई सकेसम्म हिंसात्मक रूप दिने । त्यो हिंसात्मक रुप तपार्इंहामीले देखेका छौँ, अघि माधव कमरेडले भनिहाल्नुभयो । एमालेको विरुद्ध बढ्ता केन्द्रित हुने । एमाले नेताहरुका विरुद्ध, एमाले पार्टीका विरुद्ध केन्द्रित हुने । एमालेका कार्यालयहरुमा तोडफोड गर्ने । एमालेका कार्यालयहरु तोडफेड गर्नुको अर्थ के हो भने केही तत्वहरु जो राष्ट्रिय राजनीति मन पराउँदैनन्, केही तत्व समग्र देश, समग्र जनता, सम्पूर्णको हितको कुरा गर्न रुचाउँदैनन्, केह सेक्टोरल, भौगोलिक स्तरका, क्षेत्रीय वा जातीय स्तरका वा अरु प्रकारका खुद्रा राजनीति गरेर आफ्नो दूनो सोझ्याउन चाहन्छन्, त्यसका निम्ति उनीहरु विद्वेषको राजनीति, त्यसका निम्ति उनीहरु संविधान बन्न नदिने राजनीति, त्यसका निम्ति उनीहरु देशलाई सङ्क्रमणकालबाट स्थिरता र स्थायित्वमा अगाडि बढ्न नदिने राजनीति गर्न खोजिरहेका छन् । एमाले यसको विरुद्धमा छ भनेर नै उनीहरु एमालेमाथि जाइलागेका छन् । हाम्रो पर्साको पार्टी कार्यालयमा आगजनी भएको छ, सप्तरीमा तोडफोड भएको छ । कलैयामा तोडफेड भएको छ, गौरमा आगो लगाउने, प्रयास भएको छ । त्यसै गरेर नवलपरासीमा फेरि दोस्रो पल्ट आगो लगाइएको छ । महोत्तरीमा आक्रमण तोडफोड, झण्डा, व्यानर हटाउने, जलाउने जस्ता कामहरु भएका छन् । झण्डा च्यात्ने काम भएको छ र विभिन्न ठाउँमा नेताहरुका घरमा आक्रमण गर्ने कामा भएको छ । हाम्रा नेताहरु, हाम्रा सभासदहरुका घरहरुमा, निवासहरुमा आक्रमण गर्ने काम भएको छ । यसले देखाएको छ, यो एमालेका विरुद्ध धेरै नै षडयन्त्रपूर्ण ढङ्गले आक्रमण हुने काम भइरहेको छ । यस्तो अवस्थामा एउटा भ्रम फिँजाउने काम भएको छ । के भ्रम फिँजाउन खोजिएको छ भने, नेपालको भयावह परिस्तििति बन्दैछ, यहाँ अस्तव्यस्तता, अव्यवस्था, हिंसा भड्किँदैछ । अनि यसपछि यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने हल्ला चलाइएको छ । यो संविधान बन्न नदिने र जनता तर्साउने कुरा हो । परिस्थिति त्यस्तो छैन । यहाँहरुलाई भनौँ, कतिपय हाम्रा संविधान सभामा रहेका पार्टीहरुमा सेन्टिमेन्टल भएर संविधान सभा छोड्ने कुरा पनि देखिएको छ । संविधान बनाउन संविधान सभामा छलफल गर्न वहाँहरु जनताबाट आउनुभएको, संविधान बनाउने बेला भए पछि वहाँहरु निहुँ खोजेर दवाबस्वरुप बाहिर जानु उपयुक्त भएन । हामीले भनेका छौँ, आउनुस् बस्नुस्, कुराकानी गरौँ । एमालेले भने जस्तो मात्र संविधान हुँदैन । 
     कुनै पार्टी दुई चार जनाका छन्, अब उनै पार्टीले भनेको हुनुपर्ने, सबैले दुईतिहाईले उनले जे भन्छ मान्नुपर्ने, कस्तो खालको तर्क हो यो ? आफ्ना तर्क राख्नुस्, सहमत गराउनुस् र नेकपा )(एमाले) जायज, उचित, उपयुक्त, न्यायसंगत कुराहरु देशलार्य अगाडि बढाउने कुराहरु सुन्न तयार छ, त्यसमा छलफल गर्न तयार छ र त्यसलाई सम्बोधन गर्न पनि तयार छ, एमाले ।  जायज पक्षहरु तमाम सम्बोधन गर्न एमाले तयार छ । एमाले त तयार छ, तर अरु पक्षहरु पनि छन् यहाँ संविधान जारी गर्न, सबै कुराहरु निष्कर्षमा पु¥याउन अरु पनि  चाहिन्छ । हामी संवाद गर्दै गयौँ भने त्यो चिज हामी प्राप्त गर्न सक्छौँ,  त्यसकारण म सबै राजनीतिक दलहरुलाई हिंसा, हत्या, अराजकता, वैमनस्यता, उत्तेजना जस्ता बाटाहरु छोडेर शान्तिपूर्ण ढङ्गले संवादको बाटोबाट जुनसुकै पनि समस्याको समाधान हामी खोज्नसक्छौँ । खोज्न म आग्रह गर्न चाहन्छु । आन्दोलनमा लागिरहेका पार्टीहरुलाई, व्यक्तिहरुलाई म आग्रह गर्न चाहन्छु, एमाले त खुल्ला छ, आउनुस्, वार्ता गरौँ, छलफल गरौँ, छलफलबाट सहमतिमा पुगौँ । जायज माग सुन्न, त्यसलाई सम्बोधन गर्न एमाले तयार छ । एमाले फराकिलो छ । कतिले भन्ने गरेका छन्, म फलानो देशको प्रतिनिधि, म यसो भन्छु उसो भन्छु भनेर । मैले भनिरहनुपर्दैन, तिनै देशले पनि ती मान्छे हाम्रा होइनन् भनेर भने । फेरि अखबारबाजी गर्छन्, यस्तो भयो, उस्तो भयो भनेर  फाटो गराउने खालका, अविश्वास पैदा गराउने खालका । त्यस सम्बन्धमा हामीले देखेका छौँ, त्यसको खण्डन सम्बन्धित ठाउँहरुबाट नै आइरहेको छ । वास्तवमा अवस्था त्यस्तो छैन । 
     एउटा भ्रम । मानिलिऊँ, आजको दुनियाँ, सारा विश्व नेपालमा संविधान बन्नुहुँदैन भनेर लागेको छ कि संसारकै एउटा साझा एजेण्डा नेपालमा संविधान बन्न नदिने हो कि जस्तो गरेर प्रचार गरिरहेका छन् । त्यस्तो होइन, यो नेपालको मामला हो । हामीले सबै देशका राजदूतहरुसँग, नेताहरुसँग विचार विमर्श गरेका छौँ र वहाँहरुले यो तपाईंहरुको मामला हो संविधान छिटो बनोस्, शान्ति सुव्यवस्था, स्थिरता आओस्, यो अस्थिरताको अवस्था सकेसम्म छिटो टुङ्गियोस् भनेर वहाँहरुले भनिराख्नुभएको छ । तसर्थ भारतले, चीनले युरोपले, अमेरिकाले सबैले संविधान बन्न नदिन खोजेका छन् भन्ने खालका भ्रमपूर्ण प्रचार गर्न खोजेका छन्, त्यस्तो कुरा होइन । ती देश ठूल्ठूला छन्, त्यहाँका एकाध मान्छेले केही भन्न सक्दछ । यत्रो सानो देश, यत्रो सानो जनसंख्यामा त यत्रो विविधता छ भने ती ठूला देशमा थुप्रा मान्छेले थुप्रा कुरा गर्न सक्छन् । तर त्यहाँका सरकारहरु, त्यहाँका समाज वास्तवमा जनताको भनाइ त्यस्तो होइन । नेपालमा संविधान बनोस्, छिटै संविधान बनोस्, उपयुक्त संविधान बनोस्, शान्ति होस्, यहाँ हिंसा नभड्कियोस् अप्रिय स्थिति नआओस् भन्ने नै वहाँहरुको चाहना हुनु बहुत स्वाभाविक हो । यो हाम्रो मामला हो । विदेशी मित्रहरुले हामीलाई भनेका छन् यो तपाईंहरुको मामला हो, तपाईंहरु उपयुक्त ढङ्गले छिटो छिटो संविधान जारी गर्नुस् भनेको छ । 
     यस्तो अवस्थामा हामी आम जनतामा जाने । म नेताज्यूहरु सबै, सम्पूर्ण पार्टी कार्यकर्ताहरु, सबै जनवर्गीय, पेसागत संगठनमा आबद्ध साथीहरु सबैलाई जिल्ला–जिल्लामा जान, शान्ति र सद्भाव ¥यालीहरु गर्न, शान्ति र  सद्भावको पक्षमा रहेका विभिन्न संघसंस्थाहरुसँग मिलेर जान आग्रह गर्दछु । अचाक्ली भएको छ, विद्यार्थीहरु स्कुल जान पाएका छैनन्, पढ्न पाएका छैनन्, तिनीहरुको भविष्यमाथि खेलबाड भएको छ । उद्यमी, व्यापारीहरु उद्योग चलाउन, व्यापार गर्न पाइराखेका छैनन् । केही एक, दुई सय मान्छे निस्कन्छ, तोडफोड गरिदिन्छ । र त्यस्तो तोडफोडबाट उत्तेजना फैलाउन खोज्छ । उद्योगमा, व्यापारमा सबै चीजमा अत्यन्तै नोक्सान पारेको छ । जनता शान्ति चाहन्छ । जनता सामाजिक वैरभाव, दुस्मनी, हिंसा चाहँदैन । शान्ति, सुव्यवस्था र सद्भाव चाहन्छ । त्यस कारण शान्ति, सद्भाव र सुव्यवस्था चाहने जनताको जुन चाहना छ, त्यसलाई बाहिर निकाल्ने, त्यसलाई प्रकट गर्ने, उसको इच्छालाई प्रकट गर्ने काम एमालेले गर्नुपर्छ । विभिन्न तह, तप्काका जनताहरुसँग मिलेर शान्ति र  सद्भाव ¥यालीहरु हामीले आयोजना गर्नुपर्छ । त्यति ग¥यौँ भने सङ्कीर्ण, निजी, व्यक्तिगत, क्षणिक स्वार्थका लागि देश बर्बाद गर्न खोज्ने तत्वहरु किनारामा पुग्छन् । त्यसकारण हाम्रो आग्रह के छ भने कुनै भ्रम नपालौँ । हामी दृढताका साथ, सक्रियतापूर्वक जनताको बीचमा जाऔँ । अहिले म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हरेकले, आफ्ना जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरुले आफ्ना बैठक अविलम्ब गरेर, त्यसमा रीतमा धेरै गइरहनुपरेन, तलका संगठनहरुलाई निर्देशन दिनुहोस् । जिल्ला जिल्लामा निर्देशन दिनुहोस् । मूकदर्शक बन्ने होइन । मैले धेरै ठाउँमा भन्ने गरेको छु । नेकपा (एमाले) भनेको बाख्रीको घाँटीमा झुण्डेको लुर्का होइन, हल्लन्छ, बस्छ, हल्लन्छ, बस्छ । नेकपा (एमाले) खास उद्देश्य खास लक्ष्य बोकेको पार्टी हो र ती उद्देश्य र लक्ष्यप्रति यो स्पष्टता र दृढता र सक्रियताका साथ अगाडि बढ्नुपर्छ र प्रभावहीन ढङ्गले जानुहुँदैन । आज देशमा एमाले छ कि छैन भन्ने अवस्था देखापर्दैछ । कहीं एमाले बोल्दैन । कोही एमाले हिंसा उपयुक्त भएन भन्दैन । सामाजिक सद्भाव खल्बल्याइराखेको छ, कोही पनि बोल्दैन । पार्टी कार्यालयमा तोडफोड आक्रमण भएको छ, त्यसको पार्टीले पनि वक्तव्य दिँदैन । त्यहींको कमिटीले पनि वक्तव्य  दिँदैन । अञ्चलले वक्तव्य दिँदैन, जिल्लाले वक्तव्य दिँदैन, नगरले वक्तव्य दिँदैन । गाविसका कमिटीहरु छन् त्यहाँ तिनीहरुले वक्तव्य दिँदैन  । मजदुर, किसान, विद्यार्थी,  युवा वक्तव्य दिँदैन । कलाकारहरु राष्ट्रिय एकताको निम्ति मादल बोकेर ढोलक बोकेर गाउँमा जानु परेन ? हाम्रा संगठनहरु हामीले बोक्नुपर्दछ । यी कुखुरा, बाख्रा जस्तो मासु काटेर खाने चीज पनि होइन । यसको रौँ काटेर कुनै स्वीटर बुन्न, कुनै कार्पेट बुन्न पनि काम लाग्दैन । अनि देशलाई चाहिएको बेला, यस्ता बेलामा नेकपा (एमालें) जो जहाँ छ, त्यहाँबाट आ–आफ्ना संगठन अगाडि बढाउनु परेन ? लिएर हिँड्न परेन ? यत्रो जनमत छ एमालेसँग, यत्रो जनमत, त्यो जनमत ट्वाँ परेर बसेको छ । टाउकामा आएर काग कराउँछ, काँ काँ गर्छ । एमाले चुपो लागेर बसेको छ । यस्तो हुनुहुँदैन । नेकपा (एमाले) शान्तिको पक्षमा छ, सद्भावको पक्षमा छ, राष्ट्रिय एकताको पक्षमा छ, नेकपा (एमाले) अग्रगमनको पक्षमा छ, संविधान बनाउने पक्षमा छ । यस देशमा समानताका कुरा कसले सिकायो ? एमालेले सिकायो । समानताको कुरा सिकाउने एमाले खोइ हाम्रो त बोल्ने ठाउँ नै रहेन भन्ने त्यस्तो हो र ? ६६ वर्षदेखि एमालेले भन्दै आएको कुरा अस्ति सुनेकाहरु उधुमसँग कराउँछ । अनि एमालेले भन्नुपरेन यो कुरा हामीले त उहिलेदेखि भनेको हो, उहिलेदेखि सिकाएको हो । बोल्न थालेछौ, ठीक छ, तर चाहिने जति मात्र बोल, बेठीक नबोल भन्नुपरेन ? त्यसकारण हाम्रा जनवर्गीय संगठनहरुलाई आज खास गरी पार्टीका तर्फबाट नै निर्देशन दिनका लागि नै यो आकस्मिक भेटघाट हामीले आयोजना गरेका हौँ । आफ्ना–आफ्ना बैठकहरु बस्नुस्, पार्टीको काम मातहतका संगठनहरुलाई, आफ्ना कार्यकर्ताहरुमार्फत अगाडि बढाउनुपर्छ । पार्टीमा विशेष निर्देशन गइसकेको छ, अपानि भइसकेको छ, पार्टी कमिटीहरु परिचालित हुनेछन् । अनि जनवर्गीय संगठनहरु पनि परिचालित हुनुप¥यो । हरेकले परिचालित हुनुप¥यो । कहीं पनि हिंसाको विरुद्धमा, कहीं पनि आगजनी तोडफोडका विरुद्धमा, सामाजिम सद्भाव खल्बल्याउने र संविधान बनाउने कुराको विरुद्धमा जान्छ भने एमाले त्यसको विरुद्ध जानुपर्छ । अब कहीं पनि कसैले तोडफोड गर्न खोज्यो भने... केही आउँछन्, कार्यालय तोडफोड गर्छन्, अनि त्यहाँ एमाले चुप लागेर बस्ने ? यो त कस्तो भन्दा घरपालुवा जनावर जस्तो भयो । जङ्गली भए पछि खतरनाक हुने, घरपालुवा भएपछि केही पनि नहुुने । विरालासँग नङ्ग्रा हुन्छ, तर बच्चाले जुँगा उखेल्छ । बच्चाले जुँगा उखेल्दा पनि एक गाँस भातको आसमा ङाउङाउ गरी बस्छ । एमाले त कसैको एक गाँस भातका लागि ङाउङाउ गर्ने पार्टी होइन नि । देश जोगाउने पार्टी  हो । यसले त्यस अनुसारले यसलाई प्रस्तुत गर्नुपर्छ, त्यसअनुसारले आफूलाई अगाडि बढाउनुपर्छ । 
यस भेलाको उद्देश्य के हो भने हामीले अब तत्कालबाट, अबसम्म जति शिथिलता भयो, भयो, भीडन्त होइन जुलुस त गर्न सक्छौँ नि । हामी भिडन्त गर्दैनौँ । मेरो घर जलाउन पाउँदैनौ, मेरो कार्यालय जलाउन पाउँदैन भन्न पनि नपाइने ? कार्यालय जलाउन दिन्न भन्न पनि नपाइने ? कार्यालय जलाउन कोही आउँछ भने रोक्न पनि नपाइने ? कार्यालय जलाउन कोही आउँछ भने सम्झाइबुझाइ गरेर फिर्ता पठाउन पनि नपाइने ? त्यस्तो हुँदैन । जलान्जेल हेरेर बस्ने कुरा आउँदैन । सम्झाइ बुझाइ गर्नुपर्छ, सम्झाइबुझाइ गरेर एमालेले फिर्ता पठाउनुपर्छ । 
    अब नेकपा (एमाले) त्यसअनुसार अगाडि बढ्नुपर्छ । म कमरेडहरुलाई आश्वस्त बनाउन चाहन्छु, नेकपा (एमाले) नै विविधतायुक्त देशमा सबै जनतालाई अधिकारसम्पन्न बनाएर सबै जनतालाई लिएर देशको विकास गर्ने पार्टी हो । सबै जनतालाई अधिकार, सुरक्षा र सम्मानका साथ सबैलाई अधिकारसम्पन्न बनाएर नै एकताबद्ध बनाएर देशलाई अगाडि बढाउने यो पार्टी हो । यसमा ढुक्क हुनुहोस् । यो धेरै वर्षको इतिहास भएको छैन । वर्णाश्रम व्यवस्था लादेर सामन्ती निरङ्कुशता लादेर, जनतालाई अज्ञानतामा फँसाएर हामीलाई बहुतै अपमानजनक, असह्य अवस्थामा सामन्ती राजतन्त्रात्मक व्यवस्थाले पा¥यो । त्यो राणाशासन होस् वा राजतन्त्र होस् त्यो एउटै हो । तर हामीले के बुझ्नुपर्दछ भने हामीलाई यस्तो बनाइयो, वर्णाश्रम व्यवस्थाको मात्रै कुरा होइन, हाम्रो दिमागमा, हाम्रो मस्तिप्कमा यस्तो पछौटेपन घुसाइदियो कि हामी आफ्नै आमा, दिदीबहिनीहरुलाई कुट्ने ठाउँमा, नङ्ग्याउने ठाउँमा, फोहर ख्वाउने ठाउँमा अझै छैनौँ र ? हाम्रो समाज छैन त्यहाँ ? जातिको कुरा मात्र होइन नि, आफ्नै दिदीबहिनीलाई, आफ्नै छिमेकीलाई बोक्सी भनेर....। बोक्सी हुन्छ संसारमा कतै ? कठै....दुःख पाएको एउटा महिलालाई अपमान गरेर, बोक्सी भनेर...। आधुनिक शिक्षा नदिने केही पनि नदिने अनि भ्रम र अन्यौलमा हामीलाई रुमल्लाएर राख्ने, बोक्सी, टुनामुना आदि जस्ता कुराहरुमा हामीलाई अल्मल्याएर राखिदिने र हामी अचेतनतावश नै हामी त्यहाँ लाग्ने । हाम्रो समाज त्यहाँ छ । हामीले कारवाही गर्दागर्दै निपेध गर्दागर्दै सकिराखेका छैनौँ । महिलामाथिका हिंसाका विरुद्ध हामीले अभियान चलायौँ, चेतना फैलाउने कोसिस ग¥यौँ, फेरि पनि महिलाविरुद्ध हिंसा भइरहेको छ । सामाजिक परिवर्तनको काम सजिलो होइन । सामाजिक रूपान्तरणको काम सजिलो होइन । एक छिन एक जनालाई भनिदिएर, बाहुनले व्रतबन्ध गरिदिन्छ, जनै लाइदिन्छ, कानमा खुसखुस गर्छ, एकछिन पछि बाहुनको छोरो टाउको माथि चढ्छ । समाजको परिवर्तन व्रतबन्ध गरेको त होइन नि । जनै लगाइदिएर कानमा खुसखुस गरिदिए पछि एक तह माथि । समाज त्यस्तो हुँदैन । यहाँ छ चेतना ल्याइदिनुपर्छ । काम हो यो । एकै छिनमा चिटिक्क हुँदैन यो । यसलाई हामीले  अथक प्रयास गर्नुपर्छ । नेकपा (एमाले) ले यस अथक प्रयासलाई अगाडि बढाउनपर्छ  । त्यस कारण म सबै कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, यी कुराहरु, हाम्रा जातीय नीतिहरु, हाम्रा प्रादेशिक नीतिहरु हाम्रा भौगोलिक नीतिहरु, हाम्रा सांस्कृतिक नीतिहरु सबै कुरामा जनतालाई हामीले दृढताका साथ स्पष्टताका साथ बुझाउनुपर्छ । संविधान भनेको के हो ? किन बनाउन खोज्दैछौँ हामी संविधान ? सङ्क्रमणकाल किन टुङ्ग्याउन खोज्दैछौँ ? लोकतन्त्र आएको छ, संस्थागत हुन सकेको छैन । संवैधानिक हिसाबले हामी त्यसलाई संस्थागत गर्न खोजेका छौँ । अरु थुप्रै कुरालाई संस्थागत गर्न खोजेका छौँ । आधारभूत रूपमा सबै एकै चोटि हुँदैन । त्यसमा पनि एमाले एडभान्ड होला, समाज एडभान्स छैन । एमाले समाजको अगाडि मात्र बस्ने हो । इञ्जिन एक किलोमिटर गयो भने पछाडिको डिब्बा तानिँदैन, इञ्जिन मात्र बढ्छ । नेकपा (एमाले) अहिलेको डिब्बाहरुको अगाडि बसेर तानिरहेको छ । कसैकसैलाई लाग्न सक्छ, खासै अगाडि त छैन भन्ने । अगाडि छ, तर एक किलोमिटर नै अगाडि गयो भने तानिँदैन नि । त्यसै कारण केही केही कुराहरु त्यस्तो लाग्न सक्दछ । नेकपा (एमाले) यी सबै कुराहरुमा स्पष्ट छ । हाम्रा कमरेडहरु स्पष्ट भएर अगाडि बढ्नुहोस् । अहिलेको आवश्यकता यो हो । 
     अहिले कमरेडहरु यहाँ भेला गर्नुको दृष्टिकोण यो हो । त्यसकारण आफ्नो –आफ्नो तर्फबाट बैठकहरु बसेर कामहरु अगाडि बढाउन, सामाजिक सद्भाव र शान्तिका ¥यालीहरु निकालौँ, संविधान निर्माणको पक्षमा शान्तिको पक्षमा, सामाजिक सद्भाव, एकताको पक्षमा सम्पूर्ण शक्तिहरु परिचालित गर्न, अगाडि बढ्न अनुरोध गर्दछु । कुनै भ्रम नरहोस् । 
     एमाले एकजुट छ, एक ढिक्का छ, तलदेखि माथिसम्म एमालेको समस्या देखापरेको छैन, देखा पर्दैन । एमाले भवितव्यले बनेको पार्टी होइन । एमाले यसो गर्दाखेरि दूई चार सय भोट पाइन्छ कि भनेर बनेको पार्टी होइन । एउटा इतिहास बोकेको, अभिभारा बोकेको, अभिभारा बुझेको, चुनौती चिनेको , थाह पाएको र ती चुनौतीहरुको सामना गर्न तयार पार्टी हो । त्यसकारण त्यस भावनाका साथ अगाडि बढ्न म सबै कमरेडहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु । अब सबै कमरेडहरुलाई यस काममा जुट्न आग्रह गर्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद!





प्रेस चौतारी नेपालद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा सम्बोधन

मितिः २०७२।५।७
स्थानः हाेटल हार्दिक, बागबजार ।

कार्यक्रमका सभाध्यक्षज्यू,
नेकपा (एमालें) का वरिष्ठ नेता झलनाथ खनालज्यू,
उपाध्यक्ष विद्या भण्डारीज्यू,
सचिव प्रदीप ज्ञवालीज्यू
स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीज्यू लगायत नेता साथीहरु 
पत्रकार जगतका अगुवा साथीहरु 
र सम्पूर्ण सहभागी दाजुभाइ दिदीबहिनीहरु ।

     आज हामी एउटा देशकै विशिष्ट परिस्थिति र मोडमा उभिएका छौँ । यतिबेला हाम्रो अगाडि गम्भीर चुनौतिहरु पनि छन् र हाम्रो काँधमा अभिभाराहरु पनि छन् । र हामीले देशलाई अगाडि बढाउने सम्भावनाहरु पनि छन् । यी सबै कुराहरुको संयेिग वा निष्कर्ष हाम्रो देशे अब जनताका हकअधिकारहरु जनताले संघर्ष गरेर ल्याएका उपलब्धिहरु, तिनलाई संस्थागत गर्ने र तिनलाई एउटा निष्कर्षमा पु¥याउने निर्णायक विन्दुमा हामी पुगेका छौँ । संविधान सभामा संविधानको मस्यौदा प्रस्तुत भइसकेको छ । अब पर्सि बिहानबाट अर्थात् भदौ ९ गते बिहानबाट व्यापक रूपमा छलफल हुन्छ । माननीय सभासद्ज्यूहरुले त्यसमा सरसल्लाह गर्ने, विचार विमर्श गर्ने र त्यसलाई अगाडि बढाउने काम हुनेछ । त्यसका केही प्रक्रियाहरु छन् । संशोधनका केही प्रक्रियाहरु छन् । त्यसपछि निर्णयमा जान्छ । र हामी संविधान जारी गर्ने विन्दुमा पुगेका छौँ । नेपालीहरुले खुसी हुनुपर्दछ । नेपाली जनताले चाहना गरेको आफैँले आफूलाई शासन गर्ने संविधान, आफ्ना हकअधिकार सुनिश्चित गर्ने संविधान, आफूले संघर्ष गरेका इतिहास, बलिदान र ती गाथाहरुको सफलताको संस्थागत गरिने संविधान र भोलिका निम्ति नेपाललाई अगाडि बढाउने मार्गदर्शन गर्ने संविधान नेपाली जनताका प्रतिनिधिहरुले अर्थात् संविधान सभाले निर्माण गर्ने विन्दुको अन्तिम ठाउँतिर हामी पुगेका छौँ । यो नेपालीहरुका लागि खुसीको कुरा हो । सफलताको कुरा हो । म यहाँहरु मार्फत सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीहरुलाई विश्वस्त पार्न चाहन्छु, संविधान बन्छ । म विश्वस्त पार्न चाहन्छु, शान्तिको पक्षमा, जनताको अधिकारको पक्षमा, लोकतन्त्रको पक्षमा, सामाजिक न्याय र समानताको पक्षमा, सामाजिक सद्भावको पक्षमा राष्ट्रिय एकताको पक्षमा र समृद्धिको पक्षमा संविधान बन्छ । हामी विविधतामा  छौँ,, त्यसले गर्दा चाहनाहरु, इच्छा आकांक्षाको विविधता हुन सक्दछ । तर पनि ती विविधतको बीचमा पनि कसैको पनि अधिकार नखोसिने, कसैलाई मर्का नपर्ने, सबै अधिकार सम्पन्न हुने गरी संविधान जारी हुन्छ । त्यस कारण हामी सबै खुसी हुनुपर्दछ । अब नेपाल अन्यौल, अस्थिरता जस्ता कुराहरुबाट अगाडि बढेर शान्ति, स्थिरतातर्फ जान्छ । जसले नेपाललाई एउटा विकासका निम्ति, अग्रगमनका निम्ति अनुकूल वातावरण प्रदान गर्छ । जसले नेपालमा वैदेशिक लगानीका निम्ति अनुकूल वातावरण पैदा गर्छ । तपाईं हामीले देखेका छौँ, १६ बुँदे सहमति भयो । त्यसको के महत्व थियो देशको अर्थतन्त्रमा भोलिपल्टको शेयर बजारले त्यसलाई देखायो । शेयर बजार स्वाट्टै बढ्यो । अथवा अर्थतन्त्रमा एउटा विश्वासको वातावरण, एउटा आशा पलायो । यस पल्ट २३ गते जब संविधानको मस्यौदा तयार भयो, २४ गते शेयर मार्केट ह्वाट्टै बढ्यो । यसरी अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव देखियो । जुन शेयर बजार हिजो लगातार घटेको थियो त्यस ठाउँमा त्यसले फेरि उचाइ लिन थाल्यो । त्यसको अर्थ आर्थिक क्षेत्रका आशाको दियो फेरि सल्कियो । वैदेशिक लगानीको वातावरण  बन्छ । हाम्रो देश भूकम्पले नोक्सान भएको छ । क्षतविक्षत भएको छ । त्यसको हामीले पुनःनिर्माण गर्नुछ र हामी अनावश्यक अनुचित विवादहरु, भावनामा बहकिने बहकावहरु जस्ता कुरामै गयौँ भने हामीले एकताबद्ध भएर पुनःनिर्माणको राष्ट्रिय अभिभारालाई पूरा गर्ने, पुनर्वास लगायतका तमाम कामहरुलाई सम्पन्न गर्ने र साँचै नेपाललाई सम्पन्न नेपाल, समृद्ध नेपाल, आधुनिक नेपाल, विकसित नेपालको रूपमा लाने सम्भावना हुँदैन र यदि हामी नचाहिने कुरामा अल्झिरह्यौँ भने र विभिन्न प्रकारका झैझगडा र झमेलामै अल्मलियौँ भने । तर यी सबै कुराहरुलाई चिर्दै नेपालका प्रमुख राजनीतिक दलहरु र संविधान सभा अगाडि बढेको छ । अहिलेसम्म जहाँ पुगेको छ, त्यसका निम्ति म प्रमुख राजनीतिक दलहरुले इमान्दारिता देखाएका छन्, त्यस कारण म धन्यवाद भन्न चाहन्छु । हाम्रा मित्र राष्ट्रहरु जसले यस प्रक्रियामा सहयोग पू¥याएका छन्, नेपालमा छिट्टै संविधान बनोस् भन्ने धारणा राखेका छन् । नेपालमा शान्तिपूर्ण ढङ्गले समाज अगाडि बढोस् भन्ने धारणा राखेका छन्, सामाजिक सद्भाव कायम होस् भन्ने धारणा राखेका छन् । नेपालको राष्ट्रिय एकता र समृद्धिको बाटोमा अगाडि बढोस् भन्ने धारणा राखेका छन्, म ती सबैलाई धन्यवाद भन्न चाहन्छु ।। हाम्रा प्रयासहरुमा हाम्रा सोचहरुमा, यो सहयोगका लागि हामीले धन्यवाद भन्नैपर्छ । 
    अब अर्कोतिर पनि हामी स्पष्ट हुनुपर्छ, संविधान बन्न नदिने, संविधान सभालाई असफल पार्ने तत्वहरु हिजोदेखि पनि सक्रिय थिए, उनीहरुले संविधान सभाबाट संविधान बन्नुहुँदैन भनेर कोही संविधान सभामा सहभागी भएनन्, कोही संविधान सभा असफल पार्न लागे र अहिलेसम्म पनि ती प्रयासहरुलाई समयअनुसार तीव्रता दिने उनीहरुले काम गरिरहेकै छन् । तपाईंहरुले सुन्नुभएको छ केहीले त्यही नीतिअन्तर्गत संविधान सभाबाट संविधान बन्न नदिन दवाव दिने, संविधान सभालाई असफल पार्ने हिसबले पनि राजिनामा जस्ता हिसाबका क्रियाकलापहरु पनि अगाडि बढाएका छन् । 
    हामीले भर्खरै सुन्यौँ, कैलालीमा यस देशमा निकै ठूलो नोक्सानी गर्न केही आतंककारीहरु, अपराधीहरु सफल भएका छन् । मैले पाएको जानकारीअनुसार जो मैले सम्पुष्ट भइसकेको जानकारी त भन्दिनँ, त्र पनि त्यहाँ शान्तिसुरक्षाका लागि गएको प्रहरी, निःशस्त्र प्रहरी, वर्दीमा गएको प्रहरीमाथि केही आतंककारीहरुले हतियार भनेको घरेलु हतियार होइन, आधुनिक बन्दूकको प्रयोग गरेर अचानक आक्रमण गरे, शान्तिपूर्ण ढङ्गले भइरहेको कार्यक्रम, शान्तिपूर्ण ढङ्गले त्यस कार्यक्रमको सुरक्षाका लागि खटिएको हतियारविहिन प्रहरीमाथि अचानक गोली बर्साइयो । र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुई जना इन्स्पेक्टर र प्रहरी जवान लगायत अलिकति अगाडिसम्म ५ जना भन्ने कुरा सुनिएको थियो, अहिले १५ जना हताहत भएको कुरा आयो । यस कारण अकारण, यो युद्ध अन्तर्गत पर्दैन, युद्ध होइन, तर नेपालको शान्ति सुव्यवस्था खलल पार्ने, नेपालका सुरक्षा निकायहरु माथि हमला गर्ने, सुरक्षा निकाय शान्तिपूर्ण ढङ्गले आफ्नो काम गरिरहेको बेला, शान्तिसुव्यवस्थाका लागि बिना हतिायार खटिएर आफ्नो सेवा प्रदान गरिरहेको बेलामा अत्यन्तै धोखापूर्ण ढङ्गले केही हतियारधारी, अपराधी, आतंककारीहरुबाट हमला भयो र अचानक प्रहरीहरु मारिए । बहुतै गम्भीर घटना हो । म मारिने प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । यस सम्बन्धमा सरकारले दिनुपर्ने क्षतिपूर्ति, राहत र अरु आवश्यक कुराहरु गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु । यस्तो अत्यन्तै अमानवीय, अत्यन्तै नृशंस, अत्यन्तै आततायी, आतंककारी कृयाकलापको घृणाका साथ जोडदार शब्दमा भत्र्सना गर्न चाहन्छु । उहाँहरुका परिवार जनमा मेरो समवेदना छ । र सरकारलाई म भन्न चाहन्छु, यस्ता आतंककारी क्रियाकलापहरु, अवैध हतियारको कारोवार गर्नेहरु र  आपराधिक तत्वहरुलाई सामाजिक शान्ति खल्बल्याउन नदिन सरकारले दृढ कदम चाल्नुपर्दछ । दृढताका साथ सरकार अगाडि बढ्नुपर्दछ । 
     अवैध हतियार राखेको थाह पाए पनि चुप लागेर बस्ने काम भएको छ । अथवा कुन समूहले यो काम गरेको छ ? त्यो समूहमा त्यहाँ उपस्थित भएको मान्छे भेटिएन भने काम गराउने समूह भेटिन्छ कि भेटिँदैन, त्यसमा सरकारले ध्यान दिनुपर्छ र कसैले यस्ता काम गर्न पनि पाउँदैन, गराउन पनि पाउँदैन । राजनीतिका नाममा अपराध, राजनीतिका नाममा देशद्रोह, देश टुक्र्याउँदै हिँड्छु भन्ने कुरा यी कुराहरु किञ्चित नेपाल राष्ट्रका लागि, नेपाल राज्यका लागि, नेपाली समाजका लागि, नेपाली जनताका लागि सह्य हुन सक्दैन । यस कारण यस प्रकारका निन्दनीय घटनाहरु प्रति म भत्र्सना गर्न चाहन्छु । आम नेपाली जनता, सबै दाजुभाइ  दिदीबहिनीहरुलाई म आग्रह गर्न चाहन्छु, तपाईंहरुका मागहरु कतिपय जायज हुन सक्दछ, तपार्इंंहरुको भावना कतिपय जायज हुनसक्दछ । तर ती जायज माग र भावनाहरु जसलाई हामी सम्बोधन गर्न चाहिरहेका छौँ र सम्बोधन गर्नेछौँ । अहिले हामीले बनाउन खोजेको संविधान देशका लागि हो, जनताका लागि हो । गणतन्त्रलाई संस्थागत गर्ने कुरा हो । जनतालावई अधिकार सम्पन्न बनाउने कुरा हो र देशलाई अगाडि बढाउने कुरा हो । यो हामी गर्छौँ । तर तपाईंहरुका भावनाहरु प्रकट गर्न खोज्दा आतंककारी तत्वहरु त्यसभित्र धुसेर परिस्थितिलाई बिगार्ने, वातावरणलाई बिगार्ने खालका कामहरु भइरहेका छन् । यो अत्यन्तै खतरनाक कुरा हो र ज्यादै गम्भीर कुरा हो । त्यस कारण म सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईंहरुका जाजय मागहरु सम्बोधन गरिन्छन् तर तपाईंहरुका यी मागहरुभित्र घुसेर आउने आतंककारी प्रवृत्तिहरु ती नेपाली जनताले गरेका होइनन् । आज कैलालीमा चाहे थारु समुदाय भन्नुस् अथवा अरु । थारु समुदाय यस्ता आतंककारी क्रियाकलापमा संलग्न हुँदैन । जनता यस्तामा संलग्न हुँदैन । अरु कोही यस्तामा संलग्न हुँदैन । अपराधी र आतंककारी मात्रै यस्ता काममा संलग्न हुन्छन् । त्यस कारण म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई संवादमा आउन, कुराकानीमा आउन, आफ्ना मागहरु विधिवत ढङ्गले अगाडि बढाउन र जे सुकै गर्दा पनि साम्प्रदायिक सद्भाव बिथोलिन नपाओस्, खल्बलिन नपाऊन्, नेपालीहरुका बीचमा सद्भाव बिगार्ने जातीय वा अरु प्रकारका विद्वेष वा घृणा फैलाउने र त्यस नाममा यस प्रकारका घृणित अपराधीहरु पसेर, घुसपैठ गरेर जनताका ती माग र आन्दोलनहरुलाई बिथोल्ने गरी जुन क्रियाकलापहरु गर्न खोजेका छन्, त्यस्ता क्रियाकलाप गर्न नपाउने गरी होऊन् भन्ने कुरामा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु होशियार हुनुपर्दछ । विभिन्न मागहरु छन्, म फेरि पनि भन्न चाहन्छु, ती मागहरुलाई हामी सम्बोधन गर्छौँ, यथाृेचित ढङ्गले सम्बोधन गर्छौँ । ती मागहरु आऊन् । तर हाम्रा सामाजिक सद्भाव कुनै पनि हिसाबले बिथोलिनु हुँदैन । त्यस कुरालाई हामीले ध्यान दिन जरुरी छ । 
     नेपालमा जसले जे गरे पनि हुने । देश टुक्र्याउँछु भनेर हिँडे पनि हुने, मान्छे मार्छु भनेर हिँडे पनि हुने, उत्पात्, आपत मच्चाएर हिँडे पनि हुने, हिंसा भड्काउँदै हिंडे पनि हुने, अबैध हतियारको कारोवार, धन्दा प्रयोग गर्दा पनि हुने, सर्वसाधारण वा राष्ट्रसेवकहरु, प्रहरीहरु मारिए पनि हुने, निहत्था भेटियो भने तिनलाई मार्न पनि पाइने, यस्तो कुरा हुन सक्दैन । त्यस कारण यस सम्बन्धमा म सरकारलार्य भन्न चाहन्छु । सरकारले खुट्टा कमाउने, कारवाही गर्न नसक्ने जस्ता खालका निरीहता देखाउन हुँदैन । यस्ता कुराहरुलाई कडाइका साथ कानुन बमोजिम कारवाही गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ । अब मैले सबैलाई आग्रह अनुरोध गरेँ । सबै जनतालाई आह्वान गरेँ । आफ्ना मागहरु समुचित ढङ्गले राख्नका लागि र यस्ता तत्वहरुलाई कुनै अवसर नदिनका लागि, यस्ता तत्वहरुलाई समातेर बुझाउनका लागि । वास्तवमा तिनीहरुलाई समातेर सरकारलाई बुझाउनुपथ्र्यो जनताले । अब यस विषयमा छानबिन हुन्छ नै । 
     हामी अहिले संविधान निर्माणको अन्तिम अन्तिम बेलमा छौँ । हामीले सबैले बुझेका छौँ, यस्तो हर्कत, यस्तो क्रियाकलाप, यस प्रकारका उत्ताउला दृश्य, उपदृश्यहरु संविधान बन्न नदिने, नेपाललाई अस्थिरतामा लाने, नेपाललाई बर्बाद पार्ने षडयन्त्रका अङ्गहरु हुन्, जसलाई सफल पार्न दिन सकिँदैन । त्यसैकारण म भन्न चाहन्छु, यी सबै कुराहरुलाई नेपालीहरुको सुझबुझले, नपालीहरुको एकताले,, नेपालीहरुको धैर्यताले यी कुराहरुलाई असफल पार्छ । संविधान बनाउँछ, देशलाई अगाडि बढाउँछ । 
आज मैले भन्नुपर्ने मूल विषय यो हो । म तपाईंहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । केही प्रश्नहरु भए झलनाथजी हुनुहुन्छ, विद्याजी हुनुहुन्छ । उहाँहरुले जवाफ दिनुहुन्छ, तपार्इंंहरु सुन्न सक्नुहुन्छ । केही बाँकी विषय भयो भने मैले पनि पछि जवाफ दिनसक्छु, धन्यवाद !

Tuesday, September 1, 2015

कोही बिस्कुन सुकाउन घाम चाहियो भन्छन् त कोही धान रोप्न पानी!

(उद्योग मन्त्री महेश बस्नेतको पुस्तक म महेशको विमोचन कार्यक्रममा सम्बोधन)
मितिः २०७२ श्रावन २७
स्थानः प्रज्ञा भवन, कमलादी

यस कार्यक्रमका सभापतिज्यू,
आजको यस कार्यक्रममा म महेशका लेखक महेश बस्नेतज्यू,
माननीय उपप्रधानमन्त्री, गृहमन्त्री, पार्टीका उपाध्यक्ष वामदेव गौतमज्यू
माननीय मन्त्रीज्यूहरु,
प्राज्ञ, विद्वान् मित्रहरु
उद्यमी, व्यवसायी, कलाकार, साहित्यकार र यस कार्यक्रममा सहभागी हुनुभएका दाजुभाइ दिदी बहिनीहरु ।          
     अलिक अगाडि गाविसका अध्यक्ष, युवा संघका कार्यकर्ता, अलिक पछि युवा संघका अध्यक्ष, अलिक पछि अर्थात् हालका उद्योग मन्त्री, यस भन्दा अलिक पछि..के के...
महेश बस्नेतजीलाई  म हार्दिक बधाइ भन्न चाहन्छु । वहाँले लेख्नुभएको पुस्तक म महेश आज सार्वजनिक भएको छ । मन्त्री हुँदा हुँदै वहाँ लेखक पनि हुनुभएछ । मन्त्री पनि हुनुभयो, किताब पनि निकाल्नुभयो । मान्छेहरुले थाह पाए, महेश बस्नेत युथ फोर्सको प्रमुख मात्र होइन रहेछ । युवा संघको अध्यक्ष मात्र होइन रहेछ । मन्त्री मात्रै होइन रहेछ । साहित्यकार पनि रहेछ । तपाईंहामीले सुनिआएका हौँ, आज पनि अलिकति सुन्यौँ । महेश बस्नेतले अहिलेसम्म आइपुग्दा के के सोच्नुप¥यो । एउटा कुरा म स्पष्ट राख्न चाहन्छु, महेश बस्नेत आज एउटा लेखकको रूपमा,  एउटा कृतिको सर्जकको रूपमा आएको भनेको डाँका रत्नाकर विश्वामित्र ऋषिमा परिणत भएको जस्तो होइन । महेश बस्नेतमा ठूलो रूपान्तरण भएर महेश बस्नेत भएको होइन, महेश बस्नेत महेश बस्नेत थिए, महेश बस्नेत छन्, महेश बस्नेत रहनेछ । महेश बस्नेतभित्र बहुआयामिक प्रतिभा छ, त्यो प्रकट भएको हो । 
     म महेश बस्नेतलाई मन पराउँछु भन्ने सबैलाई थाह छ नेपालमा । त्यसो भएर किताब पढेको होला भनेर सबैलाई लागेको होला, त्यो चाहिँ मैले पढको छैन । किताब चाहिँ पढ्न भ्याइएको छैन, मैले पढेको छैन । यो त छापिइसकियो, अर्को पास गरेर छाप्नुपर्नेमा अल्झिएको अल्झिएकै छु  । यसले गर्दा मैले महेश बस्नेतको यो किताब पढ्न भ्याइनँ । अर्को पास गर्नुछ, छाप्नुछ । हामीलाई गाह्रो छ, पहिले पास गर्नुपर्छ अनि मात्र छाप्नुपर्छ । त्यसले गर्दा म महेश मैले पढ्न भ्याइनँ । तर म के विश्वस्त छु भने नपढीकनै एृउटा दुइटा कमेन्ट गरुँ । यो पुस्तकमा महेश बस्नेत जस्तै इमान्दार केही व्यक्तिहरु छन् भन्ने म विश्वास गर्छु । कसैले त्यसभन्दा पृथक् फेला पार्नुभएमा नजिकका साथीभाइहरुकहाँ टेलिफोन गरे हुन्छ । म त्यति ढुक्क छु, यसमा सही कुरा मात्र छन् । 
     कमरेड प्रदीप ज्ञवालीले अलिकति भन्नुभयो, महेश बस्नेतपछि युवा संघ के हुन्छ भनेर । अलि भर्खरकै हुनुहुन्छ वहाँ, त्यसकारण यस्तो लागेको होला । म अध्यक्ष भएको बेला मैले छोडेपछि के हुन्छ, के हुन्छ जस्तो लाग्छ । मुरारकाजीले छोडेपछि उद्योग वाणिज्य महासंघ के होला ? फेरि अर्काले चलाउँछ । चण्डी ढकालजी त्यहाँ हुनुहुन्छ, वहाँलाई पनि पहिले त्यस्तो लाग्थ्यो, मैले छोडेपछि के हुन्छ ? वहाँले छोडे पनि चल्छ, अहिले मुरारकाजी हुनुहुन्छ, वहाँले छोडे पछि पनि चल्छ । मैले छोडे पछि पनि युवा संघ चल्यो, महेशले छोडेपछि पनि चलिराखेको छ । युवा संघ नेपाल भनेको महेश बस्नेतको होइन, महेश बस्नेतहरुको संगठन हो । यति धेरै महेश बस्नेतहरु छन् त्यहाँ,, यति धेरै प्रतिभाहरु छन् त्यहाँ । अहिलेको जमाना एक जना व्यक्तिको जमाना होइन । सही नीति, सही विचार र त्यसलाई अगाडि यढाउने कुरा हो । त्यो सही नीति, सही विचारलाई अगाडि बढाउनका निम्ति तदनुसारको संगठन चाहिन्छ, त्यस संगठनभित्र एकता चाहिन्छ, त्यसलाई गतिशील बनाउनुपर्छ । युवा संघ नेपालका विचारहरु राम्रो विचार लिएका बुझेका, जनताको बहुदलीय जनवाद जस्तो विचारका अनुयायी युवाहरुको संगठन हो, देशलाई माया गर्ने युवाहरुको संगठन हो । देश र जनताको हितका निम्ति, मानव जातिको सर्वोपरि हितका निम्ति समर्पित युवाहरुको संगठन हो । महेश बस्नेत पछि अहिले युवा संघको अध्यक्ष हुनुहुन्छ– युवा नेतृ निरुदेवी पाल । बहुतै स्पष्ट ढङ्गले दृढताका साथ युवा संघ चलेको छ, वहाँले पनि चिन्ता नगर्नुस्, वहाँ पछि पनि युवा संघ चल्छ । यो सक्षम युवाहरुको, इमान्दार युवाहरुको, कर्मठ युवाहरुको संगठन हो । मैले भनिरहनुपर्दैन अघि नै तपाईंहरुले सुनिसक्नुभएको थियो । जतिबेला नेपालमा आतंकको राज थियो, आतंकको छायाँमुनि सिङ्गै देश दबेको थियो, त्यतिबेला युवा संघ उठेको थियो र त्यसलाई प्रतिवाद गरेको थियो । माओवादीहरुलाई खुसी पार्नत उद्यमीहरुले माओवादीले जति भन्यो त्यति कर्मचारी राखिदिन्थे, कर्मचारी राखिदिन्थे । अलि पििछ उद्योग बन्द भएपनि चलिहाल्ला कि भन्ने हुन्थ्यो आशा । चण्डी ढकालको मोमेन्टो त्यही भएर त बन्द भएको त हो । माओवादी खुसी पार्न खातखत माओवादीलाई राख्नुुभयो, अलि पछि माओवादीले चप्काइहाल्यो । उद्यमीहरु होस् कि, व्यापारी होस् कि, शिक्षक होस् कि प्राध्यापक होस् कि, अघि प्रदीप ज्ञवालीले भन्नुभयो, श्रीमान् मारेको छ, श्रीमती त्यही पार्टीमा लागेको छ । कुनै रहर हुन्छ, आफ्नो श्रीमान् मारेकै हरुको पार्टीमा लाग्ने भन्ने ? हुँदैन साथीहरु । थप मारिदिन्छन्, छोराछोरी पनि मारिदिन्छन्, के गर्ने अब, त्यस्तो अब, त्यस्तो अवस्थामा जानै प¥यो । जतिबेला पनि देशको पक्षमा,  शान्तिको पक्षमा होमिने, उभिने युवा जमात हो । अलिअलि मान्छेहरुले भने, परेड खेल्दा बुटको आवाज आयो । घ¥याकघुरुक, घ¥याकघुरुक सुनियो । परेड खेल्दा अलिकति त्यस्तो त भइहाल्छ । क्याटवाक गरेको त होइन । मान्छेहरुले अलिअलि भने, यस्तो भयो, उस्तो भयो । अलिअलि गर्छ । जे काम गरेको हो त्यसअनुसारको अलिअलि त भइहाल्छ । त्यही भएको हो, त्यसमा धेरै चिन्ता गर्नूपर्ने अवस्था छैन । 
     अब नेपाल फरक ढङ्गले अगाडि बढेको छ । म आग्रह गर्न चाहन्छु, यो ठाउँमा हाम्रा साथीभाइहरु, तपाईहरु, कमसेकम एक दिनमा दश वटा पुस्तक विमोचन गर्न पाइयोस् न । लेख्नुस् न के भयो र ?यो धर्तीको जुन भूभाग छ, यो त बंगालका, रामेश्वरमका अथवा गया, काशी,द्वारका, हृषिकेशका वा अन्यत्रका ऋषिमुनिहरु अल्मलिए भने विचार गर्न, तपस्या गर्न, चिन्तनमनन गर्न यहाँ आउँथे, यहाँ आए पछि अनि ज्ञान खुल्यो । यो त्यस्तो ज्ञान खुल्ने ठाउँ हो । हामीले मात्रै अहिले आएर बनाएको लघुकथा होइन यो । यो त ऋषिमुनिहरुले ज्ञानभूमि, ध्यानभूमि, तपोभूमि, देवभूमि भनेर मानेको ठाउँ हो । यो त यस्तो ठाउँ हो । 
     साथीहरुले कसले पढेको छैन, कसले के गरेको होला । गौतम बुद्धले कति क्लास पढेको छ ? गौतम बुद्ध साक्षर सम्म पनि थिएन । त्यसबेला लिपि गौतम बुद्धसम्म आइपुगेको थिएन । भगवान् बुद्ध साक्षर थिएन । आज निरक्षर गौतम बुद्धले विचार गरेका, चिन्तन गरेका, मनन गरेका, अभिव्यक्त गरेका कुराहरुमा, व्यक्त गरेका धारणाहरुमा धेरै विद्वान्हरुले पीएचडी गरेका छन् । बुद्धका शिक्षामाथि विद्यावारिधि गर्ने कति हो कति विद्वान्हरु छन् । आदित्य दाहाल भन्ने एउटा बच्चा । उनी शारीरिक रूपले सबल छैनन्, विकलाङ्ग स्थितिमा छन्, स्कुल जान पाएको छैन, पढ्न पाएको छैन । अचम्मै बनाइदिन्छ रे भन्ने सुनेपछि झलनाथ खनालले गएर सोध्नुभएछ, मेरो हजुरआमाको नाम लेखिदिनुुुस् त भनेर । थपक्क लेखिदिएपछि झलनाथजी फ्ल्याट् । झलनाथजीलाई पनि हजुरआमाको नाम त थाह थिएन नि । टेलिफोन गरेर घरमा सोध्नुभयो, हाम्रो हजुरआमाको नाम के अरे ? बच्चाले जे लेखेको थियो त्यही नाम भन्यो । यो देशमा जन्मने बित्तिकै त्यस्तो हुन्छ । यो नेपालको भूमि त्यस्तो हो । यो नेपालको माटो त्यस्तो हो । यो नेपालको हावापानी त्यस्तो हो । अनि यहाँका मान्छेले किन नदेख्ने ? यो त साहित्यमय, कवितामय गीतमय देश हो नि यो त, सङ्गीतमय देश हो । शिवले डमरु बजाएर पत्ता पाए कि अर्थोक नै बजाएर पत्ता पाए, तर पत्ता पाए यहीँ नै । हाम्रा परम्परागत शास्त्रीय नृत्यहरु जस्तो संसारमा कहीं हुन्छ ? वाद्यवादन कहीं हुन्छ ? तपार्इंंहरुलाई बताऊँ,  नेपालमा जस्ता कवि अन्त छैनन् । कुनै कविता लेखिदिनुस् न भन्दा चार लाइन कविता लेखिदिनेलाई आशुकवि भन्छन् दुनियामा । हाम्रा घाँस काट्नेले वरतिर र परतिर आशुकवि छन् । एउटाले एउटा गीत भन्छ, अर्कोले अर्को गीत भन्छ, अर्कोले अर्को गीत भन्छ । अहिले यहीं कोमल ओली र बद्री पंगेनी भिडाइदियो भने वरतिर र परतिर आँखा सन्काइदिन्छन् । कसैको रचना पढ्नुपर्दैन, यी नेपालीका छोराछोरी हुन् । दोहरीमा कुरा गर्छन् । दोहरीमा, संगीतमा । त्यसभित्र कविता हुन्छ । म यसो गाडीमा हिँड्दै गर्दा गीत सुनिराखेको हुन्छु । अचम्म लाग्छ त्यो । नरो जाँगरिली सानु मलाई हेर्ने आँखा । नदुखाए सानु म बसेको मन । यो भन्दा स्तरीय कविता, यो भन्दा स्तरीय साहित्य, वा स्तरीय भावना कुन चाहिँ स्तरीय आधुनिक कविता देख्नुभएको छ ? मैले त देखेको छैन । अघि म आउँदै थिएँ, एृउटा लोकगीत सुन्दै थिएँ । नजलाए यो मुटु मलामी...किन नजलाए यो मुटु मलामी भनेको ? छक्क परेँ म । यही मुटुमा मैले माया लगाएको छु...। यो भन्दा ठूलो साहित्य तपाईंले कतै भेट्नुभएको छ ? यो कसैले रचना गर्न, सिकाउनै पर्दैन । गाईको बाच्छो जन्मने बित्तिकै बोर्डिङ्ग स्कुल कतै नगइकन, गुरुले नभनी, आमाले नभनी आमाको दूध खान्छ, स्वाट्टै जान्छ । नेपालीहरुका लागि साहित्य, गीत, सङ्गीत, दोहरी त्यस्तै कुरा हो । यो ठाउँमा त हामीले नबोलेर साहित्य नभएको बोलिदिनुस् । नगाएर गीत नभएको हो, गाइदिनुस् । नलेखेर कविता नभएको, लेखिदिनुस् । नलेखेर कथा नभएको हो,, लेखिदिनुस् । महेश बस्नेतले एउटा लेखिदिनुभयो, म महेश । आइगयो । लेखेपछि त आयो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, यो ठाउँ, यो माटो, यहाँको हावापानी, यो देश, यो भूभाग कवितामय हो, साहित्यमय हो । हजारौँ वर्ष अगाडि हाम्रा पुर्खाले साहित्यमा नवरस सिर्जना गरे । आठमा घटाउन पनि कसैले सक्दैन, दशमा लान नि कसैले सक्दैन । हाम्रो पुर्खाले सप्तस्वर सङ्गीतमा सिर्जना गरे । न आठ बनाउन सकिन्छ, न छमा घटाउन सकिन्छ । त्यही सप्तस्वर सार भने पनि कार भने पनि त्यसैमा...। अरु पनि उपाय छ । महेश बस्नेत मन्त्री भइकन लेखे भने, मन्त्री भइकन, व्यस्त मान्छे । मन्त्री बस्नेतको पुस्तक विमोचन भएको ताली मात्र पड्काउने होइन, भरे गएर प्रति किनेर पनि हेर्नुहोला । 
तपाईंहरुलाई अचम्म लाग्ला, वामदेव गौतम, जङ्गी स्वभावको कडा गृहमन्त्री । वहाँको गीत सुन्नुभएको छ ? जुङ्गा नभए पनि कस्तो मर्दानगी जस्तो ।  तर वहाँले गाउनुहुन्छ, यो धर्ती आधा भए पनि मेरै हो । म छोरी भए पनि मेरो पनि आधा हो । कविता छ । यतापट्टि ध्यान दिनका लागि मेरो आग्रह छ । यो खाली कवितामा मात्र होइन । सर्वत्र छ । यो त जीवनमय, उर्वर, विचार निस्कने, चिन्तन निस्कने सोच निस्कने, भाका निस्कने, लय निस्कने । कोही आर.डी. बर्मन चाहिन्छ र यहाँ सङ्गीत भर्नलाई ? यस भर्छन् कि हाम्रा केटाकेटीहरुले गाई चराएको ठाउँमा कि भाका भनिसाध्य छैन, रेकर्ड गरिनसक्नु भाका छ । एकै छिनमा एउटा भाका । त्यही भाका आजभोलि सङ्गीत भर्ने सङ्गीतज्ञ लगायो भने कति समय लगाउला ? हाम्रो उर्वरता त्यो छ  हाम्रो सिर्जनात्मकता त्यो छ । अब सिर्जनात्मकता हाम्रो उद्योगमा चाहियो, व्यापारमा चाहियो । आधुनिकतामा चाहियो, हामीले आइटीमा दुनियाँलाई लानुप¥यो । अब कति चाँडो नेपालीले आईटी टिप्ने रहेछ । मोबाइल आयो,, चलाउन जानिसके । ठूलाले त जाने किनेर चलाए पछि । बामदेवले भन्दा वहाँको नातिनीसँग मोबाइल सोबाइल केही छैन, तर हातमा पारुी भने सिकाइहाल्छे । कस्तो जेनेरेसन छ हाम्रो । हामी अगाडि जान सक्छौँ । 
उद्योगी, व्यापारीहरुलाई परेको छ, समाजवादले वर्गात्मक हुन्छ कि भनेर । पचहत्तर  असी वर्ष अगाडिको पुस्तक पढेर पो कुरा गर्नुहुन्छ । केटाकेटीले भूतको फिल्म नदेखाऊ, मलाई डर लाग्छ भने जस्तो । समाजवाद भने नि चीनमा जति वैदेशिक लगानी, उद्योगका लागि अनुकूल वातावरण अन्त कहीं छ ? तीव्र  आर्थिक विकासको दर कहीं छ ? आर्थिक वृद्धिदर उच्च बनाउने र औद्योगीकरणमा तीव्र रूपले जाने अनि हामी त्यो ठान्छौँ । मसँग खल्तीमा एउटा मोबछ । ाइल छ, यसको डिजाइन क्यालिफोर्नियामा, असेम्बलिङ्ग चीनमा । डिजाइन्ड इन क्यालिफोर्निया, बट असेम्बल्ड इन चाइना । अब समाज हेर्दाहेर्दै कता पुगिसक्यो, कता पुगिसक्यो । निजी क्षेत्रलाई अस्वीकार गरिएको, राज्य नियन्त्रित अर्थव्यवस्था, प्लान्ड इकोनोमी इत्यादि भनेको भए अलिकति के भनेको हँ भनेर भन्नुहुन्थ्यो । पब्लिक, प्राइभेट र कोअपरेटिभ । कोअपरेटिभ भनेको प्राइभेट सेक्टरको एउटा फाँट हो, एउटा क्षेत्र हो । कोही उद्योगीले आफैँ उद्योग खोल्यो । कोही गरिबहरु हजार जना मिलेर उद्योग खोल्यो । अनि के बिग्रियो त ? हजार जना मिलेर एउटा उद्योग  खोले । त्यो प्राइभेट नभएर के हो त , उद्यमीहरुसँग अलि छलफल गर्नुपर्ने थियो त्यो चाहिँ भएन । नेपाल अगाडि यढाउनुपर्ने छ, नेपालमा औद्योगिक विकास गर्नुपर्ने  छ । आधुनिकतामा लानुपर्नेछ । हाम्रो नेपाललाई समृद्धिको बाटामा लानुपर्नेछ । यसमा निजी क्षेत्रको महत्व आजको समयमा भनिरहनुपर्दैन । एउटा थियो समय, भारतले बैंकहरु राष्ट्रियकरण ग¥यो । विदेशी सामानहरुको प्रवेशमा रोक लगाएको थियो । त्यहाँकै सामानहरु मात्र प्रयोग गर्नुपर्ने त्यो थियो । त्यस्तो एउटा फरक खालको प्रयोगको अवस्था थियो । तर श्रीलंका जस्ता ठाउँहरु र अरु कतिपय ठाउँहरुले सोसलिस्ट कन्सेप्ट भनेर शिक्षालाई निःशुल्क ग¥यो । जसले गर्दा श्रीलंका अगाडि बढेको छ । आज पनि ९६, ९७ प्रतिशत भन्दा बढी त्यहाँको साक्षरता दर छ । तीसौँ वर्ष युद्धले सिद्धाउन खोज्दा पनि श्रीलंका अगाडि बढेको किन ? त्यहाँको पढाइको स्तर धेरै माथि छ, गुणस्तरयुक्त छ । निजी क्षेत्रमा पढाउने भनेको नै एउटा शौक मात्र हो । त्यसको अर्थ अरुसँग छैन । यी कुराहरु हामीले थाह पाउनुपर्छ भन्ने मलाई लाग्छ । प्लान्ड इकोनोमी भनेको राज्य नियन्त्रित हो र अर्को शब्दमा भन्ने हो भने निजी क्षेत्रलाई निषेध गरिएको हो । त्यो अर्थव्यवस्था भनेको आज हामीले भनिरहेको अर्थव्यवस्था होइन । हामीले भनिरहेको अर्थव्यवस्था भनेको यो शब्दमा धेरै अल्मलिनुपर्ने कुनै जरुरी छैन । हामीले भनेको उदार वा नवउदार अर्थव्यवस्था पनि होइन । हामीले भनेको पुँजीवादी अर्थव्यवस्था होइन । बनाउने भनेको होइन । अनुत्तरदायी राज्य होइन । हामीले भनेको शोषणको प्रणाली वा फाइदा लिने प्रणाली होइन, हामीले सिङ्गै समाज माथि उठाउने प्रणालीको कुरा हो । उत्तरदायी राज्यको कुरा गरेको हो । त्यस कारण म साथीहरुलाई भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । 
     अघि अलिकति प्रदीपजीले उठाउनुभयो । म साथीहरुलाई भन्न चाहन्छु, हामी अहिले असाधारण मोडमा छौँ । ऐतिहासिक चौबाटोमा छौँ । संविधान जारी गर्ने चौबाटोमा छौँ । हामी सबैलाई थाह छ , अब नेपालमा लगभग दुई हप्ताभित्र नयाँ संविधान आउँछ । २ करोड ७० लाख नेपाली कोही हिमाली भेगमा कोही पहाडी भेगमा कोही तराइमा छन् । १२३ जातजाति १२३ भाषाभाषी छन्, विभिन्न धर्माबलम्बी छन् । यसो भए पछि अलिकति मतभेद त भइहाल्ने भयो । जसलाई बिस्कुन सुकाउनुपरेको छ, उसले घाम लगाइदेऊ भन्छ । जसलाई खेत रोप्नुपरेको छ, उसले पानी पारिदेऊ भन्छ । दुइ वटै एकै चोटि कसरी पूरा हुन्छ । तर एकै चोटि पूरा नभए पनि बिस्कुन सुकाउने घाम पनि लागइदिने र खेत रोप्ने पानी पनि पराइदिने । त्यसलाई मिलाएर गर्ने । सविधान सिङ्गै देशको हित, सिङ्गै जनताको हित, समग्रताको हित, देशको एकता, सामाजिक सद्भाव र राष्ट्रको एकता, राष्ट्रिय गौरव र विकास, जनताको गरिबी हटाउने र खुसियाली ल्ल्याउने, समृद्धितर्फ जाने यी कुराहरुको ग्यारेन्टीका साथ हुन्छ । म सबै साथीहरुलाई आग्ह गर्न चाहन्छु । यो भएन भने रक्तपात हुन्छ । तर्क गर्दैन । किन त्यो हुनुपर्ने हो भनेर तर्क गरे त हुन्ज्यो नि । मैले भनिराखेको छु, मैले भनेको हुनुपर्छ, नभए रक्तपात हुन्छ । अर्कोले त्यो भन्दा ठीक विपरीत भन्छ । त्यो हुँदैन । भाये भने रक्तपात हुनछ । अनि मैले अलिकति ठट्टा गरेर भनेँ, के रक्तदान गर्ने हो भनेर । अनि त्यो ठट्टासँग मान्छेहरु रिसाउँछन्, त्यसलाई सिरियस बनाउँदा पनि भएन हेर्नुहोस् । खाली लडाइँझगडाको मात्र कुरा नगरौँ न । हरेकले आफ्नो कुरालाई माथि पारेकै हुनुपर्ने, भनेको जस्तो हुनुपर्ने । यो कसरी हुन्छ ? हामीले एउटा देशका निम्ति, सम्पूर्ण जनताका निम्ति मिलन विन्दु खोज्नुप¥यो । मिलनविन्दु खोजिन्छ, हामी सल्लाह गरिराखेका छौँ । मस्यौदा पठायौँ, जनताको सुझाव ल्यायौँ, त्यसलाई सामेल गरेका छौँ । अझ त्यस माथि पनि आवश्यक पर्दा आवश्यकता अनुसार तर्कको आधारमा, औचित्यको आधारमा, न्यायको आधारमा यसमा आवश्यक संशोधान पनि हामी गर्न सक्छौँ, गर्छौँ पनि । जनताले संविधान बनाउने मौका पाएको छ । जनताले नि सक्दैसक्दैन, लडाइँ झगडा मात्र हुन्छ भन्ने कुरा कसरी ? अब एउटा एउटा विषयमा लडाइँ । राजधानी कैलाली गर्ने कि धनगढी गर्ने कि अत्तरिया गर्ने कि दिपायल राख्ने कि सुर्खेत राख्ने कि ? धनगढीकोले भन्छ, धनगढी राजधानी हुँदैन भने रगतको खोलो बगाइदिन्छु । फेरि अर्को नेपालगञ्जमा नहोस् त भन्छ । दिपायलबाट लगेर देखाउन् त भन्छन् अर्काले । ए बाबा ! अब यता सुरु भइसक्यो । राजधानी वीरगञ्ज बनाउने कि, विराटनगर बनाउने कि, हेटौँडा लाने कि भनेर अर्कोले सुरु गरिसक्यो फेरि । प्रदेश बनाउने कहाँ छ कहाँ छ, राजधानीमा मारामार सुरु भइसक्यो । अनि मरिहाले पछि त्यो राजधानी यहाँ भए पनि त्यहाँ भए पनि के गर्नुहुन्छ ?  खाली अन्य कुरा गरेको छ । संविधान बनाउने, देशलाई अगाडि बढाउने कुरा गरौँ, तर्कको आधारमा गरौँ । हामी तर्क चाहन्छौँ, तथ्य चाहन्छौँ, त्यस आधारमा हामी परिमार्जन गर्छौँ, मैले त्यही कुरा साथीहरुको बीचमा राख्ने गरेको छु । संविधान छिटै हुन्छ । मैले संविधानमा लागिरहेको हुनाले तपाईंहरुलाई यति कुरा पनि बताउन मैले उचित ठानेँ । फेरि एक पल्ट म साहित्यकार महेश बस्नेतजीलाई बधाई  भन्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु । वहाँले अझ सुन्दर, आकर्षक साहित्यिक कृतिहरु रचना गर्नुहोस् । फेरि एक पल्ट म धन्यवाद भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । सबै साथीहरुलाई धेरैधेरै धन्यवाद छ । धेरैधेरै शुभकामना !

Monday, July 20, 2015

संघीयतामा जनताले प्राप्त अधिकार प्रयोग गर्छन्, कताकताको कुरा गरेर हुन्न ।


    यतिबेला हामी जनताका विभिन्न तप्काका हितसमुदायहरुले आफ्ना आफ्ना हकहितहरुको सुरक्षा, आफ्ना आफ्ना न्ििरम्त अवसरहरुको निम्ति प्रयास गर्नु, सुझाव दिनु, ध्यानाकर्षण गर्नु बिल्कुलै उचित कुरा हो र म एकदमै सामयिक कुरा हो । संविधान बन्नुभन्दा अगाडि नै यथोचित कुराहरु आफ्ना मागहरु, आफ्ना दृष्टिकोणहरु निर्माण गर्ने ठाउँमा पु¥याउनु र आफ्ना हितहरु त्यसमा समावेश गराउन प्रयास गर्नु जायज छ । त्यसो गर्नका निम्ति विभिन्न समुदायहरु लाग्छन् । तर कानुनी पेसासँग सम्बन्धित तपार्इंंहरुले अलिक फरक कोणबाट हेर्नुपर्ने हुन्छ । यो मूल कानुन हो र तपाईंहरुको क्षेत्रको प्रश्न हो । त्यस कारण मूल कानुनको प्रश्न, त्यसले संकेत गर्ने भोलिका कानुनी प्रबन्धहरु, संविधानले निश्चितै भोलि बन्ने कानुनका कुराहरु संकेत गर्छ, निर्दिष्ट गर्छ । यसमा न्याय क्षेत्रका सम्बन्धमा त्यसको प्रभावकारिता, त्यसको स्वतन्त्रता, जसरी राज्यको एउटा महत्वपूर्ण अंगको रूपमा त्यो रहेको छ, त्यसको प्रभावकारिताको सम्बन्धमा कानुन क्षेत्रका क्रियाशील साथीहरुलाई त्यसमा चासो वा सरोकार हुनु बहुतै जायज हो । त्यस माथि पनि मैले अस्तिको दिन भद्रपुरमा बोल्दा भनेको थिएँ, प्रयोग गर्नहुने, प्रयोग गर्न नहुने ठाउँहरु, कुन कामको लागि कुन ठाउँ प्रयोग गर्ने भन्ने ज्यादै महत्वपूर्ण कुरा हो । जुन सुकै ठाउँमा जे सुकै गरिँदैन । स्थान विशेष हुन्छ । सभा गर्ने सभा गर्ने ठाउँ हुन्छ, भोजन गर्ने भोजन गर्ने ठाउँ हुन्छ । पकाउन पकाउने ठाउँ हुन्छ । भने कुन चिजको कहाँ प्रयोग गर्न हुने नहुने, न्यायमा सीमित हुनुपर्ने त्यस्तो हेक्का नभएर गरेको पाइन्छ । अस्तिका दिन मैले बोलेको थिएँ, नेपालका तुलसीको मठ पवित्र मानिन्छ, तर तुलसीको मठ पनि अन्य प्रयोजनका लागि प्रयोग गर्न बाँकी नराख्ने, बरपीपलको चौतारी पनि प्रयोग गर्न बाँकी नराख्ने खालका प्रवृति पनि रहेको अवस्था छ । 
    त्यस्तो अवस्थामा न्याय क्षेत्रलाई स्वतन्त्र राख्ने सवालमा त म संविधान बनाउने संविधान सभाको सदस्यको हैसियतमा तपाईहरुलाई प्रत्याभूत गर्छु, बिल्कुले स्वतन्त्र राखिनेछ, स्वतन्त्र हुन्छ । तर न्याय क्षेत्रलाई स्वतन्त्र राख्न संविधानमा लेखेर मात्र पुग्दैन । तपाईंहरु देखिरहनुभएको छ, न्यायालयबाट मर्यादित र स्वतन्त्र हकको सम्मान हुने काम भयो भने, आम जनताको आस्था र विश्वास त्यसमा जम्ने अवस्था भयो भने मात्र कुरा ठीक हुन्छ । स्वतन्त्र त हामी लेख्छौँ पनि, भन्छौँ पनि, हुन्छ पनि । न्यायलय त स्वतन्त्र हुन्छ, तर मर्यादित कसरी हुने ? न्याय क्षेत्र तपाईंहरुको सरोकारको क्षेत्र पनि हो । अरु समुदायहरुले पनि आफ्नो सरोकारको विषयमा कुरा उठाउने गर्छन्, त्यो तपाईंहरुको पनि क्षेत्रभित्र पर्ने कुरा हो । अर्को कुरा, तपाईंहरुले कानुनविद्को हिसाबमा, संविधानविद्को हिसाबमा, कानुनी र  संवैधानिक अभ्यासहरु गरिरहेको हिसाबमा, आजको एक्काइसौँ शताब्दीको आधुनिक समयमा मानव जातिले खोजेको सबै भन्दा महत्वपूर्ण कुरा सुख हो । सुख कसरी प्राप्त हुन्छ त्यो तपाईं हामी सबैलाई थाह छ । जैविक र मानवीय आवश्यकताहरुको परिपूर्तिबाट, सुरक्षाको परिपूर्तिबाट, हकअधिकार र अवसरहरुको उपलब्धताबाट र आफूले कसैबाट, त्रसित हुन नपरोस्, अपहेलित हुन नपरोस् अथबा सम्मानको स्थितिको प्राप्तिबाट मानिस सुखी हुन्छ । मैले उत्तिकै सम्मानको कुरा गरेँ,  अधिकार र अवसरको उपलब्धताको कुरा गरेँ । जबसम्म हामीले समान अधिकार र अवसर प्राप्त गर्न सक्दैनौँ, जबसम्म हरेक नागरिकलाई अधिकार सम्पन्नता र अवसरमा पहुँचको सुनिश्चिता हुँदैन, जबसम्म भयत्रासको वातावरणमा रहन्छ वा सुरक्षित हुँदैन, अथवा अपमानित वा प्रताडित हुने अवस्था बन्छ भने सुखी हुन सक्दैन । 
    आज संविधान बनाउँदाखेरि आधारभूत रूपमा यी प्रश्नहरु हामी सुखी हुनका लागि जे चीजको आवश्यकता पर्दछ, ती कुराहरु यस संविधाने व्यवस्थित गर्नुपर्दछ । यस्तो बेलामा देशलाई अगाडि बढाउने सन्दर्भमा राष्ट्रिय सन्दर्भमा नै तपाईंहरुको आफ्नो समुदायको हितहरु भन्दा पनि व्यापक हिसाबले कानुनविद्, संविधानविद्को हिसाबले वा त्यस क्षेत्रका क्रियाशील व्यक्तित्वको हिसाबले तपाईंहरुको चासो हुनु बहुुतै जायज हो र मैले त्यस अर्थमा तपाईंहरुको यो छलफल तथा सुझाव कार्यक्रम अत्यन्तै सामयिक छ, सान्दर्भिक छ भनेर भनेको हुँ । यस कार्यक्रमको आयोजनाको म प्रशंसा गर्न चाहन्छु । मलाई तपाईंहरुको कुरा सविस्तार सुन्ने इच्छा थियो । यो सुन्ने इच्छा मलाई धेरै हिसाबले रहेको छ । सहभागी हुने इच्छा रहेको छ । तर मेरो कार्यव्यस्तताले अलिक छिटो जानुपर्नेछ । यहाँ तपाईं हाम्रो हातहातमा संविधानको प्रथम मस्यौदा आइसकेको छ । र मस्यौदामा रहेका विशेषताहरु पनि तपाईंहरु समक्ष वितरण भएको छ । यसमा प्रस्तावना छ, प्राक्कथन होला । तर हामी कसरी यस ठाउँमा आइपुग्यौँ भन्ने कुरा अर्कै छ । यो हामी कस्तो अवस्थामा यो संविधान ल्याउँदैछौँ, हामी कता जाँदैछौँ भन्ने कुरा हो । यी धेरै महत्वपूर्ण कुराहरु हुन् । 
    नेपालमा विभिन्न किसिमका भावावेशहरु पनि छन्, संविधानका प्रसंगमा विभिन्न आग्रहहरु पनि छन्, संविधानको प्रसंगमा अलिकति आग्रहहरु पनि छन्, केही बुझ्न बाँकी रहेका, पर्याप्त नबुझेका कुराहरु पनि छन् । केही आग्रहहरुबाट थिचिएर, आग्रहहरुका बोझले मान्छेलाई उम्किन नदिएर अथवा आग्रहका धारबाट उम्किन नसकेर पनि कतिपय कुराहरु छन् । म भन्न चाहन्छौँ, हामी यी सबै कुराहरुबाट मुक्त हुन्छौँ र नेपाल राष्ट्रको अस्तित्व, यसको सार्वभौमसत्ता र स्वतन्त्रता, यसको भौगोलिक अखण्डता र सम्मानको अभिवृद्धिमा सम्झौता हुन सक्दैन भन्ने ठान्छौँ र त्यसै अनुसार हामी संविधान बनाउँछौँ । अर्को कुरा यस २१औँ शताब्दीमा कोही पनि जनताले संविधानमा आफूलाई नदेख्नु उचित हुँदैन, कसैले पनि संविधान लेख्दा उसले आफ्ना हकअधिकार, आफ्ना अवसर सबै कुरा प्राप्त गर्नुपर्छ  । कोही कोही अल्मलिन्छन् । संविधान यसो हेर्छन्, सबैको पहिचान त्यहाँ आउँछ, आफ्नो मात्र पहिचान नदेखेपछि खै मेरो पहिचान भनेर भन्छन् । मेरो आग्रहमा अग्लो मान्छे, मोटो मान्छे अगाडि उभिएर त्यसको पछाडि अर्को मान्छे उभिएर फोटो खिँच्यो भने त्यो मोटो मान्छे भन्दा पछाडि म थिएँ भन्ने स्थिति कसैलाई पनि हुनुहुँदैन । अल्पसंख्यक, लोपोन्मुख, अविकसित, पछाडि परेको कुनै पनि समूह, समुदाय, त्यो बोल्न नसक्ने हुनसक्छ, कहिलेकहिले आन्दोलन गर्न नसक्ने हुनसक्छ । आन्दोलन गर्न नसक्ने समुदायहरु, वर्गहरु मैले थुप्रै देखेको छु । तिनीहरुको स्थिति चाहिँ अग्लो मान्छेको पछाडि उभिएर फोटो खिँचेको जस्तो भइराखेको छ । त्यस प्रकारको अवस्था हुनुहुँदैन । २१औँ शताब्दीको उचाइ आज बन्ने संविधानले छुनुपर्दछ । सबै नेपालीको संविधान हो, हरेकले आफ्नो अपनत्वबोध गर्न पाउने, त्यसमा ठाउँ हुनुपर्दछ । उसका निम्ति अधिकार अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति संविधानले गर्नुपर्छ । यसको अर्थ संविधान अग्रगामी हुनुपर्दछ, संविधान सबैका निम्ति हुनुपर्दछ । विगतका हाम्रा इतिहासले, उपलब्धिहरुले हाम्रा धेरै गौरवपूर्ण कुराहरुको, हाम्रा संघर्षको गाथाहरुको हाम्रा बलिदानहरुको सम्मान गर्न सक्ने हुनुपर्दछ । र, आज जुन समस्याहरु समाजमा छन्,, त्यसलाई अत्यधिक रूपमा समाधान गर्नसक्ने हुनुपर्छ । भोलिका निम्ति हामीलाई अनुकूलता प्रदान गर्ने, वातावरण दिने, गार्गदर्शन दिने काम संविधानले गर्नुपर्छ । राजनीतिक क्षेत्रमा यी कुराहरु प्रतिविम्बित हुनुपर्छ । विगतको सम्मान, अहिलेको समस्याको समाधान र आगामी दिनमा दिशानिर्देश हुने कामहरु संविधानले गर्नुपर्छ । 
    अब यस हिसाबले हामी अगाडि बढ्न खोजेका छौँ, साथीहरुले महत्वपूर्ण सुझाव दिनेछन्, ती आउने नै छन्, । म यतिबेला यहाँहरुको बीचमा राख्न चाहन्छु– नेपाली जनताले लामो समयदेखि अनेक संघर्षहरु गरेको छ । संघर्ष सफतामा पनि पुगे । २००७ सालको आन्दोलन सफल भयो । तर त्यस आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न सुरक्षित गर्न र अगाडि बढाउन सकिएन । फलतः राजतन्त्र फेरि सक्रिय नेतृत्व भन्दै, राजनीतिक प्रणाली फेरि निर्दलीय परिपाटी भन्दै तानाशाही तन्त्र आयो । अर्थतन्त्रमा, सामाजिक प्रबन्धमा, हाम्रा संस्कृतिहरुमा त्यसका नकारात्मक असरहरु परे । फेरि हामीले लामो संघर्ष गर्नुप¥यो र २०४६ सालको आन्दोलन सफल भयो । उपलब्धिहरु भए, संविधान बनाएर हामीले त्यसलाई संस्थागत ग¥यौँ तर राजनीतिक क्षेत्रमा भएका उपलब्धिहरुलाई समय चिनेर सामाजिक, आर्थिक, साँस्कृतिक क्षेत्रहरुमा पनि विस्तार गर्नुपथ्र्यो । अथबा लोकतन्त्रलाई सीमित राजनीतिक अधिकारको रूपमा मात्र होइन, त्यो भन्दा व्यापक समग्र सामाजिक प्रणाली र जीवन–पद्धतिको रूपमा बुझ्नुपर्दथ्यो, ती कुरा भएन । जसले गर्दा राजालाई कस्सिएर अनेक तानाशाहीका लागि ्प्रयासहरु गर्ने जमर्कोको लागि ठाउँ दियो, उग्रता देशैभरि फैलियो र हिंसातर्फ देशले बाटो लियो । फेरि त्यस परिस्थितिबाट अगाडि बढाउनका निम्ति २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलन भयो, जुन आन्दोलन सफल भयो  र त्यसका उपलब्धिहरुलाई संस्थागत गर्ने, सुदृढ गर्ने र अगाडि बढाउने प्रयासमा हामी छौँ । यस पल्ट हामी ती उपलब्धिहरुलाई खेर जान दिँदैनौँ । विभिन्न भावनामा बगेर बरु संविधान नबनोस्, यति नभई छोड्दिन भन्ने खालका दृष्टिकोणहरु छन् । देश अगाडि बढ्दै जाँदा हामी थुप्रै समस्याहरुको समाधान गर्नसक्छौँ । तर बढ्दै बढेन भने समस्याहरुको समाधान हुँदैन । अहिलेको संविधानको मस्यौदाको सम्बन्धमा म टिप्पणी गर्न चाहन्न । हामी अहिले वास्तविक रूपमा लोकतान्त्रिक प्रणालीको अभ्यास आंशिक रूपमा मात्रै गरिहेका छौँ, बढ्ता बाँडीचुँडी खाने अभ्यासमा हामी छौँ । अहिलेको देशको  अवस्था भनेको बाँडीचुँडी खाने हो, लोकतान्त्रिक अभ्यास भन्दा । लोकतन्त्रका परिभाषा भन्दा भागबन्डाका परिभाषा हाम्रा प्रबल छन् । मैले धेरै मागहरु, नाराहरु, प्रतिनिधिमण्डलहरु, तिनका धेरै मागपत्रहरु हेरेको छु, त्यसमा नेपाल कसरी बनाउने भन्ने त्यति सारो चर्चा, छलफल गरेको थाह पाएको छैन । मेरो भागमा के पर्छ, चोक्टा प¥यो कि परेन मेरो भागमा, झोल मात्र प¥याृे कि भन्ने खालका हाम्रा दृष्टिकोणहरु छन् र मैले के पाउँछु, मलाई के हुन्छ भन्ने मात्रै कुरा छ, देश बनाउने कुरा छैन । म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, तपाईंहरुले कमसेकम देश बनाउने कुरामा अलिकति ध्यान दिनुहोला । नभए देशको उन्नति कसरी हुन्छ ? हामी तीता अनुभवहरुबाट आएका छौँ । मलाई नै लागेनको थिएन, २०६२÷६३को आन्दोलन भन्दा पछि यतिबेला सम्म पनि आन्दोेलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बनाउन र सङ्क्रमणकाल टुङ्ग्याएर देशलाई अगाडि बढाउन यति लामो समयसम्म पनि यही ¥याइँ¥याइँ गरिरहेका हुन्छौँ । तर अहिले पनि हामी २०६२÷६३ को आन्दोलनले प्राप्त गरेका  उपलब्धिहरु, गणतन्त्रलाई संस्थागत गर्ने कुरा गर्दैछौँ र लोकतन्त्रलाई संस्थागत गर्ने कुरा गदैछौँ । अरु हामीले विभिन्न हक अधिकारहरु प्राप्त गरेका छौँ र तिनलाई संस्थागत गर्ने कुरा गर्दैछौँ । अहिले पनि हामी यहीं छौँ । संविधान सभामा ६०१ सप्तरङ्गी, रङ्गीचङ्गी, इन्दे्रणी, कलरफुल छ, कसको प्रतिनिधित्व भएन त्यहाँ ? विद्वान्, डाक्टर, प्राडादेखि लिएर, ल्याप्चे ठोक्ने सम्म सबे हाम्रो प्रतिनिधित्व थियो । संविधान त बनेन । हामी एउटा तीतो यथार्थबाट आएका छौँ र म तपाईहरुलाई भन्न चाहन्छु । म संविधान सभाको सदस्यको हिसाबमा पनि तषाईंहरुलाई भन्न चाहन्छु, नेकपा (एमाले)को अध्यक्ष वा एमाले संसदीय दलको नेताको हिसाबमा पनि भन्न चाहन्छु, यो संविधान सभा त्यो संविधान सभाको नियति बोकेर घोसेमुन्टे लगाएर गाउँ फर्किँदैन, संविधान जारी गर्छ, गर्छ । यसले संविधान जारी गर्छ । अधिल्लो संविधान सभामा राजनीतिक दलहरुका बीचमा, विभिन्न समूह र समुदायका बीचमा जुन मतभेदहरु रहे, ती मतभेदहरुका कारणले संविधान बन्न सकेको थिएन । अहिले हामीले, तपाईंहरुलाई अनौठो लाग्ला, निक्के अनौठो लाग्न सक्छ, माघ ५ गते म माइक्रोफोन ड्यामड्यामती खाँदै थिएँ, अहिले हामी एक ठाउँमा बसेर १६ बुँदे सहमति गरेर असहमतिका विन्दुहरुलाई ठीक ठाउँमा ल्याएर अब संविधान बनाउने कुराको आधार तयार गरेका छौँ । धेरै मान्छेलाई लाग्न सक्छ, एमाओवादी र एमाले एकै ठाउँमा आएर, लोकतान्त्रिक मधेसी मोर्चा कसरी एक ठाउँमा आइपुग्यो ? अरु विभिन्न मधेसवादी भनिएका पार्टीहरु कसरी एक ठाउँमा आइपुगे ? सबैको यसमा योगदान छ । सबैको प्रयास रहेको छ र यो प्रयास खेर जाँदैन । यस पृष्ठभूमिमा हामीले एउटा ठूलो उपलब्धि प्राप्त गरेका छौँ । संविधान बन्न नदिने जुन मतभेदहरु हुन्, तिनीहरुलाई हामीले व्यवस्थापन गरेका छौँ र सहमति बनाएका छौँ । एउटा कुरा बुझ्नुभए हुन्छ, अब बन्ने संविधान वा यस मस्यौदामा मेरो सहमति छ, म प्रसन्न छु, मलाई खुसी लागेको छ, राम्रो मस्यौदा आयो भनेर गदगद् छु यस्तो होइन । मैले भनेको कुरा आएको छैन । मैले भनेअनुसारको मस्यौदा छैन । तर यस मस्यौदामा म मैले भनेको कुरा नहुँदानहुँदा पनि सहमत छु, किनभने कसैले पनि सहमति नगर्ने, अडानको विषय बनाउने, सबैले आफ्नाआफ्ना पोजिसन लिने हो भने एक ठाउँमा उभिँदैन, संविधान जारी हुँदैन । मैले भनेअनुसार छैन, तर  अर्कोले भने अनुसार पनि छैन । कतिपयले मैले भनेको भएन भन्छन्, हुँदैन । नेकपा (एमाले)को अध्यक्ष म भनिरहेको छु, साह्रै राम्रो दृष्टिकोण छ मेरो पार्टीको संविधानको सम्बन्धमा । तर राम्रो दृष्टिकोण भएर मान्ने भए त अघिल्लै संविधान सभामा संविधान बनिहाल्थ्यो नि । हामी भनिराखेकै थियौँ । हुँदैन । एक ठाउँमा आउनुप¥यो । एक ठाउँमा आएर हामी सहमत हुनुप¥यो । अरुले भनेका पनि हुन्छन्, हामीले भनेका पनि हुन्छन् । अरुले भनेका पनि हुँदैनन्, हामीले भनेका पनि हुँदैनन् । तर आधारभूत रूपमा, मूलभूत रूपमा राम्रो कुराका साथ । मैले अघि संविधान कस्तो बन्छ भन्ने सम्बन्धमा यसो हुनुपर्छ भनेको थिएँ । म तपाईंहरुलाई भन्न चाहन्छु, अब बन्ने संविधानले पाँच बटा कुराहरुमा गम्भीर रूपमा ध्यान दिन्छ, मैले धेरै वर्ष अगाडि, संविधान सभाको चुनाव हुनुभन्दा धेरै वर्षदेखि अब संविधानले के गर्छ भनेको थिएँ । अब बन्ने संविधानले जनताको शान्तिको चाहना, शान्तिपूर्वक बाँच्न पाउने चाहनालाई सम्बोधन गर्छ  । हिंसा यसले बढाउँदैन, हिंसालाई प्रोत्साहित गर्दैन, हिंसालाई यसले स्पेस ठाउँ दिँदैन । यो शान्तिको पक्षधर संविधान बन्छ । हामीले लामो समयदेखि लोकतन्त्रको इच्छा राखेर लोकतन्त्रका लागि संघर्ष गरेका छौँ, बलिदान दिएका छौँ, विभिन्न ढङ्गले योगदान गरेका छौँ । आफ्ना आफ्ना ठाउँमा आफ्ना आफ्ना  विश्वासअनुसार आफ्नो ढङ्गले लोकतन्त्रलाई हामीले योगदान गरेका हौँ । तर लोकतन्त्र सबैको चाहना हो । हिजो सशस्त्र सघर्षबाट जनसत्ता भनेर जनवादी शासन अथवा क्रान्तिकारी जनवादी शासन भनेर आफ्नो कायम गर्न खोज्ने एनेकपा (माओवादी) पनि लोकतान्त्रिक प्रणाली र प्रक्रियामा विश्वास गर्ने ठाउँमा आइपुगेको छ । निरङ्कुश राजतन्त्र चाहिन्छ भन्नेहरु पनि लोकतन्त्र चाहिन्छ भन्ने ठाउँमा आइपुगेको छ । भौगोलिक साम्प्रदायिक, जातीय साम्प्रदायिक र अरु प्रकारको सङ्कीर्णता र साम्प्रदायिकताको खुलेआम वकालत गर्नेहरु पनि लोकतान्त्रिक मूल्य मान्यताको विन्दुमा आइपुगेका छन् । हामी यस संविधानबाट लोकतान्त्रिक विधि र लोकतान्त्रिक प्रक्रियाको स्थापना गर्छौँ । लोकतान्त्रिक प्रणाली भन्दा म तपाईंहरुलाई भन्न चाहन्छु, स्वाभाविक रूपको लोकतान्त्रिक प्रणाली भन्दा आजको २१औँ शताब्दीको अन्तर्राष्ट्रिय स्तरमा बुझिने लोकतन्त्र, लोकतन्त्रका आधारभूत विशेषताहरु, त्यसको आधारभूत मूल्यमान्यताहरु, सबैले बुझ्ने, सबैले स्वीकार्ने अथवा सार्वभौमसत्ता जनतामा रहेको, शासन जनताको हातमा रहने, आवधिक निर्वाचनबाट शासन चुनिने, सन्तुलन र नियन्त्रण कायम भएको अर्थात् स्वतन्त्र न्यायालय र अन्य संवैधानिक अङ्गका आफ्ना स्वतन्त्र हक अधिकारहरु भएको प्रणाली त्यस लोकतन्त्रलाई हामी यस संविधानबाट ग्यारेन्टी गर्छौँ ।  
    हाम्रो समाज असमानता र विभेदबाट गुज्रिएका, हामी कुनै पनि चरित्रका असमानता र विभेदलाई स्वीकारिरहेका छैनौँ र स्वीकार्दैनौँ । अब बन्ने संविधानले सबै प्रकारका असमानता, विभेद, त्यस कारणले हुने भेदभाव वा त्यस कारणले हुृने अपमान जस्ता कुराहरु अन्त्य गर्दछ र सामाजिक न्याय र  समानताको प्रत्याभूति गर्दछ । हिजो राज्यसम्बन्धी अवधारणा बेग्लै प्रकारका रहे । अब लोककल्याणकारी राज्य जनताप्रति उत्तरदायी राज्य पारदर्शी राज्यका साथ जनता अगाडि बढ्छ र हामी यस्ता नयाँ प्रणालीहरुका साथ उत्पादन र उत्पादकत्वलाई तीव्रताका साथ विकास गर्ने, सँगसँगै वितरणको न्यायोचितता या औचित्यपूर्ण वितरण, यथोचित वितरण जस्ता कुराहरुलाई पनि अबको संविधानमा व्यवस्था गर्छौैँ  । त्यस कारण यी कुराहरु अबको संविधानले व्यवस्था गर्छ । हामी सामाजिक न्याय र समानताको पक्षमा, लोककल्याणकारी राज्य हुँदै समाजवादतर्फको यात्रा अगाडि बढाउने कुरामा जान्छौँ । मेरो पार्टीले जनताको बहुदलीय जनवाद जस्तो वैज्ञानिक, मौलिक, आधुनिक, जनपक्षीय, लोकतान्त्रिक, समतामूलक, अग्रगामी, परिवर्तनकारी विचारहरु अङ्गीकार गरेको छ र त्यसै दिशामा मन पराए पनि मन नपराए पनि नबुझेर अलिक समय मन नपराए पनि त्यसमा जान अनिवार्य छ, त्यतै उन्मुख हुन्छ देश । हामी १२५ जातजाति छ, १२३ भाषाभाषी छ, हामी हिमाल, पहाड, तराई छौँ । एउटा देश भने पछि त्यो देश अलि उत्तरसम्म पनि हुन्छ, अलि दक्षिणसम्म पनि हुन्छ । एउटा देशको,  एउटा भूगोलको कुरा गर्नुहुन्छ भने अलिक उत्तरदेखि दक्षिणसम्म, अलिक पूर्वदेखि पश्चिमसम्म हुन्छ । एकैनासको पनि भूगोल हुन गाह्रो छ । हाम्रोमा विविधता छ, भूगोलको छ, अरु चीजको छ, र हामीकहाँ विभिन्न प्रकारका भौगोलिक मात्र होइन, हाम्रो देश एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न अभिवाज्य, स्वाधीन राष्ट्र हो । भौगोलिक विविधता यहाँ छ, सार्वभौमसत्ता सम्पन्न हाम्रा जनता कोही हिमालमा बस्छन्, कोही पहाडमा बस्छन्, कोही तराईमा बस्छन् । कोही पूर्वमा, कोही पश्चिममा, विभिन्न पेशा, व्यवसायमा छन् । भूगोल र वातावरणका कारणले वा कतिपय ऐतिहासिक कारणले तिनका रङ्गहरुमा केही भिन्नताहरु हुन सक्दछन् । तिनका आस्था, दृष्टिकोण, विश्वासहरुमा केही भिन्नता हुन सक्दछन् । ती बेग्लै कुरा हुन्, तर त्यसका आधारमा जुन जहाँनिर भेद देखियो, जहाँ भिन्नता देखियो, त्यहीं फेसा ठोक्ने र भिन्नता बढाउने, त्यसलाई कलह, घृणा र द्वन्द्वको विषय बनाउने प्रयासहरु उचित होइनन् । ती स्वीकार्य हुन सक्दैनन् र हामी त्यस्ता कुराहरुलाई ठाउँ दिँदैनौँ । अबको संविधानले विविधता सुन्दरता हो, विविधता सम्पन्नता हो, हाम्रो समृद्धि हो र समृद्धिको आधार हो । त्यसलाई स्वीकारेर हामी एकतामा जोड दिन्छौँ र सामाजिक सद्भाव कायम गर्छौँ, भेदभाव होइन । सामाजिक सद्भावमा आधारित, विविधतालाई स्वीकारिएको, उन्नति संस्कृति र  राष्ट्रिय एकता, सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता हामी कायम गर्छाैँ । 
    हाम्रो सबभन्दा ठूलो समस्या देश पछाडि परेको छ, यस अविकसित, पछाडि परेको देशलाई आधुनिक, विकसित देश बनाउनुछ । त्यसका निम्ति हामीले बाटो बनाउने संविधान निर्माण गर्नुछ । यस देशका जनता गरिब छन्, यिनलाई समृद्ध बनाउने, समृद्धि दिने,, यिनलाई सम्पन्न बनाउने र समग्रतामा भन्ने हो भने नेपाली जनतालाई सुखी जनता बनाउने कुराको आधार, विकास  गर्ने आधार, सुसम्पन्न बनाउने आधार यस संविधानले दिन्छ र दिनुपर्छ । मुख्य कुरा यो हो । अब मुख्य कुरा भइसकेपछि तपसिलका स–साना कुराहरुमा पनि मान्छे नचाहिने गरी अल्झिएको पनि देखिन्छ । हामी अत्यन्तै ‘रिसेप्टिभ’ छौँ । हामीमा ग्रहणशीलता छ र हामी सुझावहरु संकलन गर्नका लागि पनि सबै निर्वाचन क्षेत्रमा जाँदैछौँ । हामी जनताको सुझावहरु पनि संकलन गर्छौँ । 
    कसैले नागरिकतामा बेसरी टाउको दुखाएको देखिन्छ । म व्याख्या गर्दिनँ ।  मसँग समय छैन । कोही पनि नागरिक नागरिकताको प्रमाणपत्रले नागरिक भएको होइन । मेरो हजुरबासँग नागरिकता थिएन, वहाँ नेपालको नागरिक हुनुहुन्थ्यो । हजुरआमासँग नि थिएन । नागरिक भएन र ? सरकारले नागरिकलाई नागरिकताको प्रमाणपत्र दिने हो, जो नेपाली नागरिक हो । म तपार्इंहरुलाई दाबाका साथ भन्छु सबै नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र सरकारले दिन्छ, त्यो सरकारको कर्तव्यभित्र पर्छ । अब धेरै रडाको नगरौँ, त्यो भन्दा बाहिर कसलाई चाहियो नागरिकता ? सबै नेपालीहरुलाई नागरिकताको प्रमाणपत्र दिने सरकारले जिम्मा लिन्छ । नेपालीले नेपालको नागरिकता पाउनुपर्छ । यसमा दुइटा कुरा छन् – मौलिक नेपाली र भएको नेपाली  । मौलिक नेपालीले यसै पाउँछ । भएको नेपालीले विधिसम्मत ढङ्गले पाउँछ । विधिका साथ हुने भएका नेपालीलाई पनि नेपाली नागरिकता दिने । यसमा धेरै विवादमा गइराख्नु म उचित ठान्दिनँ । जरुरी पनि छैन । सेन्टिमेन्टको विषय बनाउनुपर्ने पनि केही छैन । अब यसमा बहस  त काफी गर्न सकिन्छ । तर सबै नेपालीले नेपालको नागरिकता पाउँछ । यसमा ढुक्क हुनुहोस् साथीहरु । हामीले बिहे गरेर ल्याएकी बुहारीले नागरिकता पाउँछिन् । हाम्री छोरीसँग बिहे गरेर बस्ने ज्वाइँले समेत नागरिकता पाउँछ । फेरि नागरिकता नागरिकता, नागरिकता भनेर यस्तो टिनटिन किन बजाउने ? पाउँछ त, सकियो त । अब एउटा भावनात्मक कुरा छ । यो मस्यौदामा के लेखेको छ भने बाबु र आमा दुवै नेपाली नागरिक छन् भने त्यस्ताका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन् । बाबु वा आमा भनेको ठाउँमा बाबु र आमा किन लेख्यो ? बाबु र आमा दुइटै नेपाली छन् भने तिनले त पायो पायो, त्यो पो भनेको हो । बाबु र आमा दुवै नेपाली छन् भने तिनले त पाउने नै भयो । बाबु वा आमा हो भने अलिकति प्रक्रिया छ, तर नागरिकता पाउँछ । त्यसो भए वंशजको आधारमा पाउँछ त ? आएकै दिन वंशजको आधारमा कसरी हुन्छ होला । त्यो त हुन्न होला । नागरिकताको प्रश्नलाई भावनात्मक विषय नबनाऔँ । भइरहेका नेपाली र पछि बनेका नेपाली सबैले पाउने प्रबन्ध छ । अब बाघका खाल उता¥यो भने त गाह्रो हुन्छ । 
    प्रदेशका कुरा कतिपय साथीभाइहरुले गर्छन् । सीमाङ्कन किन भएन ? जे गर्दा संविधान नबनेर एउटा संविधान सभा समाप्त भयो, कसलाई ब्याक गियर लगाउनु भन्नु, कसलाई पछाडि फर्कन भन्नू? ऊ आफ्नो अडानबाट फर्कन्न भन्छ । अध्ययन सध्ययन त गरेको होइन । अहिले भर्खरका मानिसले संघीयता काफी सुनेको होला, अलिक बुढापाका मान्छेले, उहिलेका मान्छेले संघीयता सुनेको पनि थिएन नेपालमा । अब अहिले संघीयता सुनेपछि, संघीयतामा अभ्यास गरेर संघीयतामा खली  खाएर संघीय शासन व्यवस्था सञ्चालन गरिआएको त कोही पनि छैन । संघीयता भनेको के हो भनेको सुनेको होला कोही कोही, गुगलमा गएर, इन्टरनेटमा गएर यसो  चास्स चुस्स हेरेको होला । नेपालमा धेरै संघीयतासम्बन्धी यस्ता विद्वान्हरु मैले देखेको छु । होल्डिङ्ग टुगेदर, ब्रिङ्गिङ्ग टुगेदर, कमिङ्ग टुगेदर दुइवटा, चार वटा शब्द जाने पछि पण्डितले पोथा पल्टाइहाल्यो । नेपालमा संघीयता  न होल्डिङ्ग टुगेदर,  न ब्रिङ्गिङ्ग टुगेदर, न कमिङ्ग टुगेदर । नेपाल एउटा यस्तो राष्ट्र हो जहाँ होल्डिङ्ग टुगेदरको समस्या छैन । यो ब्रिङ्गिङ्ग टुगेदरको केही पनि होइन । यहाँ अलास्का पनि छैन, यहाँ हवाई पनि छैन । यहाँ अनेक प्रकारका परपरका टापुहरु पनि छैनन् । यो त एउटा भूगोलभित्र प्रकृतिले यस्तो बनाएको छ यो देश – हिमाल, पहाड तराई यसभित्र छ । त्यस कारण जनतलाई हामीले हेर्नुपर्छ र जनतालाई हामीले अधिकार सम्पन्न बनाउनुपर्छ । यसका कसैले नाफा, कसैले नोक्सान पाउने, कसैको खल्ती भरिने विषय त होइन यो । कसैले प्रेस्टिजको विषय बनाएर झर्नु पर्ने विषय पनि होइन । कसैको इज्जत जाने, कसैको इज्जत थपिने विषय पनि होइन । संघीयता नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनुप¥यो ।  उसले प्राप्त गरेका हकअधिकारलाई सुनिश्चित गरी प्रयोग गर्न पाउनुप¥यो । उसले राज्यबाट पाउने सुविधा, सहुलियत शिक्षा, स्वास्थ आदि सुरक्षाका विषयहरु सजिलोसँग प्राप्त गर्नसक्नुप¥यो । उसले प्राप्त गर्ने कानुुनी वा न्यायिक संरक्षणका कुरा सहज ढङ्गले उसले कसरी प्राप्त गर्न सक्छ त्यो हो । राज्यमा नीति निर्माणमा कसरी अभिवृद्धि हुन सक्छ, कसरी सहभागितालाई सहज बनाउन सकिन्छ, त्यो हो । राज्यलाई कसरी प्रत्यक्ष बनाउन सकिन्छ त्यो हो । कुन राजाको पालामा धुरीमा निस्कने धुवाँ हेर्ने अनि किन धुवाँ आएन सोध्न पठाउने जस्तो कुरा आजको जमानामा सायद सम्भव नहोला । सबै ग्याँसमा पकाउँछन्, चुल्हो पाउँदैन के गर्ने ? समय बदलिएको छ, बदलिएको समयमा हामीले त्यस बदलिएको समय अनुुसार जनताका हक अधिकार सुरक्षा, राष्ट्रको एकता कसरी सुदृढ हुन सक्छ, सामाजिक सद्भाव कसरी सुदृढ हुनसक्छ, देशको आर्थिक उन्नति कसरी सबल हुन्छ, रोजगारीका अवसर हामी कसरी वृद्धि गर्नसक्छौँ, हाम्रा प्राकृतिक स्रोतसाधनहरुलाई हामीले कसरी अधिकतम ढङ्गले सही प्रयोग गर्न सक्छौँ ? संघीयता चाहिएको यिनै विषयहरुको उचित व्यवस्थापन गर्नका लागि हो । अब सेन्टिमेन्ट के लिइएको छ भने एक जना साथी घुम्न जाँदाखेरि एक जनालाई फेला पार्नुभएको रहेछ, चौतारामा बसिरहेको कहाँ हिँडेको माइला कता हिँडेको भनेर सोध्दा भनेछ, अब हिँडियो, क्रान्तिमा परिवर्तनमा हिँडियो, केका लागि भन्दा अब आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्य चाहियो । स्वायत्त भन्ने त सुन्यो उसले तर स्वायत्त भन्ने थाह थिएन । हाम्रो देशमा एक थोक भन्दाखेरि अर्को थोक हुने धेरै वटा कुरा छ । स्वायत्त भनेको कहिले सुनेकै थिएन पहिले विचरा अनि आत्मनिर्णयको अधिकारसहितको स्वायत्त राज्य चाहियो, गणराज्य चाहियो, त्यो बनाउन हिँडे भन्छ । छोराछोरी कसले पालिदिने, के कसले गरिदिने ? स्वायत्तता के हो उसलाई थाह छैन, तर स्वायत्त गणराज्य बनाउन ऊ हिँड्यो । अब त्यहाँ बहस गर्ने हो भने त्यो स्वायत्त गणराज्य नभईकन त्यो मान्दै मान्दैन । केले पार लगाउनुहुन्छ ? राष्ट्रिय बहस त्यसरी हुँदैन । देश र जनताको हक, अधिकार,  सुरक्षा, सम्मान, समृद्धि त्यसका लागि यो संघीयता चाहिएको हो । राज्यमा सहभागिताको लागि हो यो चाहिएको । त्यताबाट बहकिएर अन्तअन्तअन्त लगेर हुन्छ र ? एउटा फेसन कस्तो छ भने मेरो खेत बाँझो छ, मेरो खेत नजिकैबाट खोलो हिँड्छ । त्यो खोलो थुनेर एउटा कुलो बनाउन मेरो पैसाले पुग्दैन पुँजीले पुग्दैन । हाम्रो गाउँतिर, हाम्रो खेततिर पानी लगाउने बनाइदेऊ न भन्दा के खेतको कुरा गरिराखेको, के धानको कुरा गरिराखेको नचाहिने कुरा राकिन गरेको कमसेकम अलिकति संविधानको कुरा गर, राज्यका कुरा गर, प्रदेशका कुरा गर भन्छन् । खेत बाँझो छ, खेत सुख्खा छ, त्यता कसैलाई ध्यान छैन, अनि स्वायत्तता सिकाइदिएको छ । साँच्चै अहिलेको स्थितिमा भन्ने हो भने कतिपयलाई यस्तो स्वायत्तता चाहिएको छ कि गावैँपीच्छे, टोलैपीच्छे स्वायत्तता चाहिएको छ । एउटा भ्रम के परेको छ भने ५ वर्षअगाडि मैले खोला किनारमा बस्ती बसायो भने अब आज मलाई थाह भयो, ए, स्थानीय जनताको हुने रहेछ, पहिलो अधिकार त । मेरो घर यहाँ छेउमा छ, ५ वर्ष अगाडिदेखि म खोलो किनारमा घर बनाएर बसेको छु । अब ५ वर्ष अगाडिदेखि म खोला किनारमा बसेको हुनाले खोलो मेरो भयो । मेरो अग्राधिकारबाहेक अरु हुँदैन । खोलो पहिलेदेखि त्यहाँ थियो, कति हजार, कति लाख, कति करोड वर्षदेखि खोलो त्यहीं छ । पाँच वर्षअगाडि गएर मैले त्यो खोलो अग्राधिाकार रे, के जाति रे भनेर भनेको छ । 
    अब राष्ट्रिय हितको कुरा गर्न पाउँदैन, सरकारले केही गर्न पाउँदैन, म गर्छु । स्थानीय मान्छे भएकोले त्यसको प्रतिफल मैले पनि पाउने, त्यहाँको विकासले मलाई विस्थापित गर्छ वा बेदखल गर्छ कि त्यसरी नगरोस् भन्ने अर्कै कुरा हो । तर खोलै मेरो हुन्छ, डाँडै मेरो हुन्छ, जङ्गलै मेरो हुन्छ भन्ने जुन भ्रान्तिहरु छन्, त्यस्तो कुराहरु राज्यका कुराहरुमा हामीले अलिकति फराकिलो ढङ्गले जानुपर्दछ । त्यसकारण म के आग्रह गर्न चाहन्छु भने यी यावत् विषयहरुमा तपाईंहरुले ध्यान दिनुहुनेछ । न्यायालयका कुरा स्वतन्त्रताको कुरा, कतिपय कुराहरु धर्मका कुरा छन्, कसैले निरपेक्षता नभई हुँदैन भन्छ, कसैले हिन्दू राष्ट्र चाहिन्छ भन्छ, कसैले  के भन्छ । स्वाभाविक रूपमा आज पूर्वीय दर्शन, पूर्वीय सभ्यता, पूर्वीय संस्कृति  पूर्वीय ऐतिहासिकता, पूर्वीय गौरव, जुन विकासको गौरव छ जुन हाम्रो सभ्यता छ, त्यस कुराको हामी संरक्षण गर्छौँ । त्यससँग वैरभाव राख्ने र आफ्ना कुरा फैलाउन खोज्ने प्रयासहरु पनि भएका छन् र ‘क्ल्यास अफ सिभिलाइजेसन‘ पनि छ, हामी बढी कुरा गरिराख्दैनौँ, तर हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो दर्शन, हाम्रो गौरवपूर्ण इतिहास र गौरवपूर्ण पृष्ठभूमिहरु हामी बिर्सँदैनौँ । हामी संरक्षण गर्छौँ । ती हाम्रा प्रतिबद्धताहरु हुन् । यी पक्षहरुमा ध्यान दिएर हामी संविधान निर्माण गछौँ । मैले धेरै ठाउँमा भनेको छु, धर्म निरपेक्षता भन्ने शब्द गलत अनुवाद भएको छ, धर्म निरपेक्षता नराखे हुन्छ, तर मैले अघि नै भनेँ, कम्प्रमाइज पनि गर्नुपर्ने हुन्छ । धर्म निरपेक्षता भन्ने शब्द उपयृक्त अनुवाद होइन । एउटा राष्ट्र एउटा जाति, एउटा भाषा, एउटा धर्म, एउटा आस्था, एउटा विश्वास राख्नेको पनि हुँदैन । त्यस कारण हामी धर्महरुको सम्बन्धमा हाम्रो संस्कृति पहिचानको सम्बन्धमा यति कुरा चार बटा कुरा छ । नेपाल एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधीन राष्ट्र हो । यो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक छ । अथवा नेपाल एउटा बहुजातीय बहुभाषिक, बहुसाँस्कृतिक, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । यस देशका बासिन्दा बा नागरिकलाई आफ्ना, आफ्ना विश्वास, पन्थ बा धर्महरु मान्ने स्वतन्त्रता छ । यो धार्मिक स्वतन्त्रता हो, दोस्रो कुरा भयो  । कसैले पनि कसैको आस्था, विश्वास, पन्थ वा धर्मलाई बलजफ्ती, डरत्रास, लोभलालच वा अन्य कुनै विधिबाट परिवर्तन गर्न पाइने छैन । यो प्रतिबन्धात्मक बाक्यांश छ, यो तेस्रो भयो । चौथो, राज्य सबैको साझा हो र राज्य सबै विश्वासहरु, आस्थाहरु सबैप्रति, धर्महरुप्रति संस्कृतिहरुप्रति समभाव राख्दछ । हामीले गर्नुपर्ने व्यवस्था त्यही हो, हामी त्यो व्यवस्था गर्छौँ । यसै पृष्ठभूमिमा जे भाषा लेखिए पनि यस अर्थ भन्दा बाहिरबाट प्रयोग गरिने छैन । यसमा धेरै रडाको मचाइरहनुपर्ने कुनै आवश्यकता छैन । र यसका सीमाहरुका सम्बन्धमा मिल्यो भने सकियो, मिलेन भने यसो नभईकन हुँदैन भनी संविधान जारी हुन नदिनका निम्ति यो भएन भने हुँदैन भन्ने खालका विभिन्न खालका प्रपञ्च स्वीकार्य हुनै सक्दैन । संविधान निर्माण गर्ने कुरामा संविधान सभा स्वतन्त्र छ, सार्वभौमसत्ता सम्पन्न जनताले छानेर पठाएको यो संविधान सभा संविधान बनाउने अभिभारा दिएर बनाएको छ, यसले संविधान बनाउनुपर्छ र बनाउँछ । अब यसो भइसकेपछि अरु धेरै विवाद गर्नुपर्दैन हामीले भनेका छौँ, यसो यसो कुरा गरेर समयमा रिपोर्ट दिएर यसरी टुङ्ग्याउने भनेर हामीले भनेका छौँ । सहमति प्राप्त गर्नका लागि पनि त्यो बाटोबाट सहजता हुन्छ, सजिलो हुन्छ । त्यस कारण म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु, ती विषयहरुमा गहन ढङ्गले चिन्तनमनन गरौँ । भावावेशमा बग्ने कामै छैन । बडो शिष्ट ढङ्गले अगाडि बढौँ,  यही आग्रह सबैलाई गर्न चाहन्छु । अत्यन्त सामयिक कार्यक्रमका लागि तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु । त्यसका निष्कर्पहरु, छलफल राम्रो हुनेछ, सुझाव राम्रो आउनेछ । निष्कर्ष अत्यन्तै उत्कृष्ट निस्कन्छ भन्ने पनि म विश्वास गर्दछु । धन्यवाद !
(मिति २०७२ असार ३० गते प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको आयोजनामा भएको अन्तर्केिया कार्यक्रममा सम्बोधन)