Pages

Wednesday, November 26, 2014

क. सहाना प्रधानबाट प्रेरणा लिँदै अगाडि बढौँ!

मितिः २०७१।७।२६
स्थानः प्रज्ञा भवन

यस कार्यक्रमका अध्यक्ष महोदय,
मञ्चमा आसीन अतिथि र वक्ता महानुभावहरु,
र उपस्थित दिदीबहिनी, दाजुभाइहरु

      सबभन्दा पहिले म नेपालको बामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा लामो समय योगदान गरेर आफ्नो उच्चतम योगदान बनाउन सफल भएकी महिला नेतृ सहाना प्रधान,  जो हामी बीच हुनुहुन्न, वहाँप्रति पार्टीको तर्फबाट र मेरो आफ्नो तर्फबाट धेरैधेरै श्रद्धासुमन अर्पण गर्न चाहन्छु । धेरै  धेरै श्रद्धाञ्जली । मैले अलिकति छोटैमा बोल्नुपर्नेछ ।



      बीसौँ शताब्दी अत्यन्तै ठूला उपलब्धि र परिवर्तनको शताब्दी रह्यो । यी परिवर्तन र उपलब्धिहरु आफैँ आएनन् । परिवर्तन ल्याउन र मानव जातिका लागि उपलब्धि हासिल गराउन सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा वा विज्ञान प्रविधिको क्षेत्रमा वा सञ्चार यातायातको क्षेत्रमा र विविध क्षेत्रमा मानव जातिले बीसौँ शताब्दीमा जुन असाधारण प्रयास ग¥यो, या प्रगति ग¥यो या सफलता प्राप्त ग¥यो, त्यसका पछाडि विभिन्न व्यक्तित्वहरुको भूमिका रही आएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने नेपालको महिला आन्दोलनको सन्दर्भमा सहाना प्रधानजी प्रातःस्मरणीय हुनुहुन्छ, अनुकरणीय हुनुहुन्छ । बीसौँ शताब्दी उपनिवेशवादबाट राष्ट्रहरुको स्वाधीनताको शताब्दी रह्यो । विभिन्न प्रकारका तानाशाहीहरुबाट जनताको मुक्तिको शताब्दी रह्यो । मानवीय चेतनाले साँचै उचाइ लिएको शताब्दी, मानवीय प्रयासले संगठित स्वरूप धारण गरेको शताब्दी र ती संगठित स्वरूपहरुले परिवर्तनका निम्ति शङ्खघोष गरेको, आन्दोलन गरेको आन्दोलनको शताब्दी, खोज, अनुुसन्धान, अन्वेषनको शताब्दीको रूपमा बीसौँ शताब्दी रह्यो । यस शताब्दीमा नेपालको सन्दर्भमा अत्यन्तै प्रभावित गर्ने नेताहरुमध्ये हुनुहुन्थ्यो, एक जना सहाना प्रधान । वहाँहरुले महिला शिक्षाका सन्दर्भमा आन्दोलन चलाउनुभयो, गिरफ्तारी दिनुभयो । यो अहिलेको कुरा होइन, ६७ वर्ष अगाडिको कुरा हो । ६७ वर्ष अगाडि बहाँहरु गिरफ्तार हुनुभयो र ६७ वर्ष अगाडि २००४ सालमा नेपालबाट पहिलो एसएलसि दिने ८४ जना विद्यार्थीमध्ये रहेका ४ जना छात्रामध्येका एक हुनुहुन्थ्यो, सहाना प्रधान । वहाँले त्यसैबेलादेखि, महिला जागरणका लागि, महिला सशक्तिकरणका लागि, महिला शिक्षाका लागि आफू पनि अगाडि बढ्नुभयो र अरुका लागि पनि प्रेरणाको स्रोत बन्नुभयो । 
      थुप्रै मान्छेहरु आन्दोलनमा सरिक हुन्छन्, तर आन्दोलनको अग्र भागमा रहेर नेतृत्व गर्ने थोरै हुन्छन् । सहाना प्रधान आन्दोलनको अग्रभागमा रहेर नेतृत्व गर्ने नेतृमध्ये एक हुनुहुन्थ्यो । हुन त आजकल पञ्चायतविरोधी आन्दोलन, निरङ्कुशताविरोधी आन्दोलन, २०४६ सालको आन्दोलनलाई अपमानजनक ढङ्गले हेर्ने पनि केही टुप्पोमा पलाएका प्रवृत्तिहरु छन्, राजनीतिक विकासक्रम नबुझ्ने अहिले म जन्मिएर हुर्केपछि मैले गरेको काम मात्र सबकुछ हो, त्यो भन्दा अगाडिको केही पनि होइन भन्ने । यथार्थ त्यस्तो होइन, अगाडिका व्यक्तित्वले गरेका कामहरु अत्यन्तै महत्वपूर्ण छन्, तिनले ल्याएका परिवर्तनहरु अत्यन्तै महत्वपूर्ण छन् । त्यो परिवर्तनको जगमा नै अरु परिवर्तनहरु अगाडि बढ्न सकेका हुन् । सहाना प्रधानजीले महिला आन्दोलनको सन्दर्भमा महिला संघ ती दिनहरुमा गठन गर्नुभयो र राजनीतिक आन्दोलनमा वहाँको संलग्नता एउटा नेताको भूमिकामा रह्यो । वहाँ वास्तवमा नै नेपाली समाजको लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो । राजाको सक्रिय निरङ्कुशताअन्तर्गत चलेको निर्दलीय तानाशाही व्यवस्थामा पञ्चायतका विरुद्ध र निरङ्कुशतन्त्रको विरुद्ध २०४६ सालको आन्दोलनमा बाममोर्चाको सर्वग्राह्य, सर्वस्वीकार्य नेताको रूपमा वहाँले काम गर्नुभयो । त्यस बेला निरङ्कुशतन्त्र र पञ्चायतको अन्त्यको सन्दर्भमा तत्कालीन राजा वीरेन्द्रसँग संवाद गर्ने सानो टिमभित्र वहाँ पनि हुनुहुन्थ्यो र वहाँको अडान त्यतिबेला लोकतन्त्रको पक्षमा बहुतै स्पष्ट थियो । त्यस भन्दा पछि पनि वहाँका प्रयासहरु लोकतन्त्रको पक्षमा सामाजिक न्यायको पक्षमा, समानताको पक्षमा, महिला आन्दोलनको पक्षमा, महिला जागरण शिक्षा, महिला सशक्तिकरणको पक्षमा र सामाजिकीकरणको पक्षमा वहाँका प्रयासहरु अनवरत रही आए । वहाँले विभिन्न भूमिकामा काम गर्नुभयो र हरेक भूमिका, हरेक पाटोबाट वहाँलाई हेर्ने हो भने महिला नेतृको हिसाबमा, महिला आन्दोलनको अग्रणी व्यक्तित्वको हिसाबमा अथवा नेपाली बामपन्थी आन्दोलनको एक जना अग्रणी व्यक्तित्वको हिसाबमा अथवा नेपालको लोकतान्त्रिक आन्दोलनलाई सही दिशा दिने, सही बाटोबाट अगाडि बढाउने कुराको सन्दर्भमा वहाँको योगदान हरेक हिसाबमा असाधारण रहिआयो । सांसदको हिसाबले, मन्त्रीको हिसाबले, पार्टी अध्यक्षको हिसाबले, पार्टी महासचिवको हिसाबले, संयुक्त बाममोर्चाको प्रमुखको हिसाबले अनेक हिसाबले वहाँले भूमिका खेल्नुभयो र ती सबै भूमिकाहरु प्रभावकारी ढङ्गले सम्पन्न गर्नुभयो । 
      नेपाली जनतामा वहाँको भूमिका कस्तो थियो ? कहिलेकाहीं तलवितल पर्दा वहाँको लोकप्रियता कम भयो कि भन्ने नि हुन्थ्यो, तर यसबाहेक वहाँको लोकप्रियता अत्यन्तै राम्रो रह्यो । २०४८ सालको चुनावमा सायद सर्वाधिक मतान्तरले वहाँले विजय हासिल गर्नुभयो, सर्वाधिक बढी मत प्राप्त गर्नुभयो । यसले वहाँप्रति जनताको निष्ठा देखाउँछ । कहिले कहिले अरु कुराहरु हावी हुन्छन्, अरु परिस्थिति हावी हुन्छन् र उल्टा परिणामहरु पनि कहिलेकहिले आउँछ । तर जनताको मनमा वहाँप्रति रहेको सम्मान, विश्वास २०४८ सालको आमनिर्वाचनले देखाएको छ । वहाँ हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । हामी सबैलाई वहाँले प्रेरणा दिइराख्नुभएको छ । अब पनि हामी लोकतान्त्रिक समाजको निर्माण गर्नसक्छौँ कि सक्दैनौँ ? अब हामी निर्धारित समयभित्र संविधानको निर्माण गर्न सक्छौँ कि सक्दैनौँ? यस संविधानले शान्ति ग्यारेन्टी गर्छ कि गर्दैन ? अथवा शान्ति विरोधी तत्वहरुलाई अस्वीकार गरेर अगाडि बढ्न सक्छ कि सक्दैन ? असमानता र विभेदहरुलाई अन्त्य गरेर समतामूलक समाजको रचना गर्छ कि गर्दैन? यस संविधानले महिला सशक्तिकरण, महिला शिक्षण, महिला जागरण, महिला सामाजिकीकरण र महिलाहरुको प्रभावकारी सहभागिता अभिबृद्धिमा के कस्तो भूमिका खेल्छ, त्यो महत्वपूर्ण कुरा हो । हामी समयभित्र लोकतान्त्रिक संविधान दिन सक्छौँ कि सक्दैनौँ ? नेपालजस्तो बहुजातीय, बहुभाषिक देशमा राष्ट्रिय एकता कायम गरेर, सामाजिक सद्भाव कायम गरेर, देशलाई सुदृढ बनाउने पाटोमा अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ? 
      हामी समृद्धि चाहन्छौँ, गरिबी हटाउन चाहन्छौँ, पछौटेपन हटाउन चाहन्छौँ । क्रान्तिकारी नारा भित्र, जनतालाई खातिरदारी गरे झैँ गरेर समृद्धिलाई अस्वीकार गर्ने, समृद्धितर्फको हाम्रो यात्रालाई अवरुद्ध गर्न खोज्नेहरु छन् । क. सहाना प्रधानप्रति सम्मान गर्ने हामी हरेकले लोकतन्त्र प्रति समर्पित भएर काम गनुपर्छ । वहाँलाई माया गर्ने, सम्मान गर्ने हामीले वहाँको अनुसरण गर्ने भनेको के? वहाँको महिला सशक्तिकरणको, महिला जागरणको, महिलाको सामाजिकरण र सामाजिक सहभागिताको अभिवृद्धि ठोस योजनाका रूपमा गर्ने नीति योजनाको साथ अगाडि बढ्न सक्छौँ कि सक्दैनोँ ? त्यसमा वहाँप्रतिको हाम्रो निष्ठा प्रकट हुन्छ । म तपाईंहरुलाई भन्न चाहन्छु, जसले जे भने पनि माघ ८ गते भित्र संविधान बन्छ, लोकतान्त्रिक संविधान बन्छ, शान्तिउन्मुख संविधान बन्छ, राष्ट्रिय एकताको पक्षमा संविधान बन्छ, पछाडि पारिएका  समुदाय, वर्ग, क्षेत्रहरुलाई अगाडि बढाउने सन्दर्भमा ठोस काम गार्ने, ठोस नीति साथको संविधान बन्छ । र त्यस मार्फत राष्ट्रिय एकता कायम हुन्छ र समृद्धितर्फ, विकासतर्फका हाम्रो यात्रालाई कमजोर नपार्ने त्यसलाई बाटो देखाउने संविधान बन्छ । संविधान बन्न नदिने पडयन्त्रहरु पनि देखिएका छन् । नमिल्ने, मिल्न नचाहने, सहमति नगर्ने, तर सहमति बिना बाहिर चल्न दिन्नौँ भन्ने अनौठा तर्कहरु पनि आउने गरेका छन् । व्यक्तिगत स्वार्थ वा गुटगत स्वार्थहरुलाई सर्वोपरि राखेर, देश जहाँसुकै जाओस् भन्ने कुतर्कहरुले संविधान बन्ने कुरामा, देशलाई अगाडि बढाउने कुरामा कुनै प्रकारको नोक्सान पर्नु हुँदैन । जसका निम्ति जो हामी क्रियाशील छौँ, जो अग्रजहरुलाई सम्मान व्यक्त गर्दछौँ, हाम्रा अग्रजहरुबाट हामी प्रेरणा प्राप्त गर्ने कुरा गर्दछौँ, हामीले त्यही दृढताका साथ बिना अलमल भ्रममा पार्न खोज्ने शक्तिहरुका भ्रममा नपरीकन अगाडि बढ्नुपर्दछ । त्यसो ग¥याैं भने नै मात्र हामीले क. सहाना प्रधानप्रति साँचो श्रद्धाञ्जली दिएको ठहर्छ । 
     अहिले केही पनि परिवर्तन भएन, महिलाहरु जहाँ छ, त्यहीं छन् भन्ने प्रचार चलाइएको छ । म महिला दिदीबहिनीहरुलाई भन्न चाहन्छु,  यस्तो होइन । सहाना प्रधानले जतिबेला थाल्नुभएको थियो त्यतिबेला महिला आन्दोलन आन्दोलनकै रूपमा थिएन । योगमाया जस्ता केहीले धार्मिक भावमा एकप्रकारको विद्रोहको स्थिति कहिलेकहिले बनाएको देखिन्छ । तर महिला सशक्तिकरण, महिला जागरण, महिला शिक्षा र सामाजिकीरणको सन्दर्भमा समाज त्यहाँ थिएन । २००७ सालको आन्दोलनले जुन परिवर्तन ल्यायो, त्यस पछि नै वास्तवमा विभिन्न संघसंस्थाहरु, संगठनहरु, आन्दोलनहरु, अभिव्यक्तिहरुले आकार लिने र अगाडि बढ्ने अवसर प्राप्त गरे र नयाँ युगमा नेपाल प्रवेश ग¥यो । अब यस अवसरलाई, यस ठाउँलाई, पहिले पुगेको ठाउँबाट पछाडि फर्कने होइन, अगाडि बढ्ने काम गर्नुपर्दछ । निराश हुने अवस्था छैन । विगतका यी ६२ वर्षहरुमा महिला शिक्षा, महिला जागरण, महिला आन्दोलन, महिला सशक्तिकरण वा महिला सशक्तिकरणको ६५ वर्ष अगाडि अत्यन्तै नगण्य, न्यून थियो, आज अघिल्लो संविधान सभामा नै एक तिहाइ महिला सहभागिता रह्यो । यो संविधान सभामा पनि लगभग त्यही अनुपातमा छ । र हामी भन्न सक्छौँ, दक्षिण एसियामा र संभवतः एसियामा कहीं पनि यस बरावरको महिला सहभागिता नहोला । दुई तीन चार सय वर्ष अगाडिदेखि विकास गरेका देशहरुमा पनि नेपालमा महिला सहभागिताको स्थिति जति माथि पुगेको छ, त्यो छैन । प्रतिस्पर्धाको कुरा गर्लान्, तर महिला सशक्तिकरणको कुरामा, महिला सहभागिताको कुरामा हामी गर्व गर्न सक्दछौँ । यसमा महिला संगठनले महिला आन्दोलनले गर्व गर्नुपर्दछ । अखिल नेपाल महिला संघलाई यस सन्दर्भमा म धन्यवाद भन्न चाहन्छु । निर्भिक भएर साहसिक ढङ्गले अखिल नेपाल महिला संघले आन्दोलनको नेतृत्व गरेको छ, र विभिन्न मुद्दाहरुलाई उठाएको छ । कहिले कहिले महिलाहरुले यी मुद्दाहरु उठाउँदा, महिलाहरुको सहभागिताको प्रश्न उठाउँदा आलोचना सहनुपरेको छ, प्रताडित हुनुपरेको छ । कहिले कहिले निन्दा सहनुपरेको छ, कहिलेकहिले झञ्झट झेल्नुपरेको छ । ती सबलाई पार गर्दैै आज यस ठाउँमा हामी आइपुगेका छौँ । जुनसुकै संगठनले पनि अखिल नेपाल महिला संघको महिला सशक्तिकरण र सहभागिता वृद्धिको आन्दोलनलाई साथ सहयोग गर्नै पर्ने परिस्थिति निर्माण भएको छ र त्यसरी अगाडि बढेको छ । 
      अहिले राजनीतिलाई राजनीतिभन्दा पृथक् विचार भन्दा पृथक्, उद्देश्य भन्दा पृथक्, अनि काम गर्ने संस्थाहरुलाई ओझेल पार्ने खालका अनेक प्रयासहरु भइरहेका छन्, गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था आदिका नाममा महिला आन्दोलनलाई दिग्भ्रमित गर्ने र सचेतनता, जागरण र सशक्तिकरणका नाममा महिलाहरुलाई विभाजित गर्ने, अथवा द्वन्द्वरहित ढङ्गले चलाउने यस खालका प्रयासहरु भइरहेका छन् । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, त्यस प्रयासमा होइन, हाम्रा लक्ष्यहरु हाम्रा उद्देश्यहरु स्पष्ट राखेर अगाडि बढ्यौँ भने हामीले सफलता हासिल गर्न सक्दछौँ । जो सृकैले जेसुकै भने पनि नेकपा (एमाले) यसको पृष्ठभागमा, यस उपलब्धिको पृष्ठभागमा छ र अखिल नेपाल महिला संघ यसको अग्रभागमा छ । हामीले यी पक्षहरुलाई ध्यानमा राखेर सही उद्देश्यबाट सही लक्ष्यतर्फ, सही गन्तव्य निर्धारण गरेर, सही बाटो तयार गरेर अगाडि बढ्नुपर्दछ र त्यस बाटोमा तपाईंहरु सफल पनि हुनुहुन्छ, कठिनाइहरु पनि छन्, समाजका अन्तरकुन्तरमा, विभिन्न पिछडिएका ठाउँहरुमा कतिपय बेठीक कुराहरु भइरहेका छन्, महिला हिँसाका कुराहरु विभिन्न ढङ्गले भइरहेका छन् । म अखिल नेपाल महिला संघलाई धन्यवाद भन्न चाहन्छु यसले लामो समयसम्म घरेलु हिंसाका विरुद्ध, अनेक प्रकारका हिंसाका विरुद्ध आवाज उठायो र देशव्यापी रूपमा आन्दोलन चलायो । अहिले महिला विरुद्धका कतिपय घटनाहरु बढेका हुन् कि जस्तो देखिने गरी सतहमा आएका छन् । पहिला गुपचुप हुन्थे, महिला संघले पीडित महिलाहरुलाई प्रेरित ग¥यो । अपराधीहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ, सजाय दिलाउनुपर्छ भन्ने अभियानबाट जुन सचेतना जागृत भएको छ, त्यसले अलिकति घटना घट्ने बित्तिकै त्यसले प्रचार पनि पाउने भयो, त्यस कारणले गर्दा अलिकति बढी घटना घटेको हो कि जस्तो देखिन्छ । घटनाहरु यो भन्दा धेरै हुन्थे पहिले तर गुपचुप, भित्रभित्र हुन्थे, तर तिनलाई सतहमा ल्याएर नाङ्गो पार्ने दिशामा महिला संघले बहुतै राम्रो काम ग¥यो । म धन्यवाद भन्न चाहन्छु, खाली मत प्राप्त गर्ने दिशामा मात्रै होइन, शिक्षा र चेतना वृद्धि गर्ने कुरामा, दक्षता बृद्धि गर्ने कुरामा, महिला सशक्तिकरणको कुरा र सामाजिकीकरणको कुरा, सम्पूर्णमा उत्तिकै ध्यान दिएर अखिल नेपाल महिला संघले काम गरेको छ, जो धन्यवादको पात्र छ । 
      मैले भनिरहनुपर्ला जस्तो लाग्दैन, आज महिला आन्दोलन जहाँ पुगेको छ, त्यसको पृष्ठभागमा कमरृड सहाना प्रधानको योगदान छ । सहाना प्रधानबाट प्रेरणा पाएर, मार्गदर्शन पाएर, त्यस जगमा आजको महिला आन्दोलनले विकास गर्न पाएको छ । यतिबेला म तपाईंहरुलाई शृभकामना भन्न चाहन्छु, तपाईंहरुको आन्दोलन अझ सफलताका साथ अगाडि बढोस् । तपाईंहरु आदरणीय व्यक्तित्व सहाना प्रधानज्यूबाट प्रेरणा प्राप्त गरिरहनुस्, सही कुराका लागि लड्ने हौसला प्राप्त गरिरहनुुुस् । स्वार्थको गठजोड राजनीति होइन, अभियान होइन । लक्ष्यकेन्द्रित, उद्देश्य केन्द्रित, गन्तव्य केन्द्रित, सही प्रयास नै आन्दोलन हो । तपाईंहरुलाई सहाना प्रधानबाट प्रेरणा लिएर आन्दोलनमा लागिरहने हौसला मिलोस् । मेरो धेरैधेरै शुभकामना छ । 
फेरि एकपल्ट म आदरणीय सहाना प्रधानजीमा श्रद्धा–सुमन अर्पण गर्दछु र यहाँहरुसँग बिदा लिन्छु, धन्यवाद!

Wednesday, November 12, 2014

नेपालको समस्या पछौटेपन हो, नेपाली जनताको चाहना समृद्धि हो ।


(नेकपा (एमाले)का अध्यक्ष क. के.पी. ओली शर्मा ओलीले पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा दिनुभएको मन्तव्य)

मितिः २०७१।११।१८

यस मञ्चका अध्यक्षज्यू एवं यस कार्यक्रमका सभापतिज्यू,
मञ्चका पदाधिकारी साथीहरु र सम्पूर्ण सहभागी साथीहरु
साथीहरु, दाजुभाइ, दिदीबहिनीहरु!

      पहिलो कुरा तपाईंहरुले जुन प्रयासहरु अगाडि बढाउनुभएको छ, देशलाई सर्वोपरि राखेर, नेपाली जनताका विकासका चाहनाहरुलाई सर्वोपरि राखेर, देशमा शान्ति, लोकतन्त्र, समानता, राष्ट्रिय एकता र संस्कृतिको पक्षमा जुन विचारहरु राख्नुभएको छ, र ती विचारहरुको पक्षमा लड्दै आउनुभएको छ, तपाईंहरुको प्रशंसा गर्न चाहन्छु, सराहना गर्न चाहन्छु, यो अत्यन्तै सकारात्मक योगदान तपाइंहरुको रहेको छ । तपाईंहरुले सांसदको हिसाबले सभासद्को हिसाबले विभिन्न ढङ्गले संविधान, कानुन, त्यसको निर्माण, त्यसको सञ्चालन र त्यसका सम्बन्धमा जनप्रतिनिधि निकायका माथिल्ला निकायमा बसेर काम गर्नुभएको छ र यस सम्बन्धमा अनुभवी हुनुहुन्छ । तपाईहरुका अनुभव ज्यादै महत्वपूर्ण छ । तपाईंहरुका अनुभव जाने श्रीखण्ड, नजाने खुर्पाको बींड नै हो । कसैले बुझ्यो भने त्यो श्रीखण्ड नै हो कसैले बुझेन भने त्यो खुर्पाको बींड नै हो । राजनीतिक दलहरुको, विभिन्न संघसंस्थाको र सिङ्गै देशको जसरी ध्यानाकर्षण गर्दै आउनुभएको छ । र मैले लगातार हेरिरहेको छु, तपाईंहरुले प्रस्तुत गरेका दृष्टिकोणहरु इमान्दारितापूर्वक प्रस्तुत गरिएका छन्, देश र जनताको हितको पक्षमा प्रस्तुत गरिएका छन् । यसर्थ तपाईंहरुको यस गतिविधिलाई म प्रशंसा गर्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु ।

      आज पनि तपाईंहरुले देश कष्टपूर्ण अवस्थामा जुन छ, त्यसमा आफ्ना दृष्टिकोणहरु प्रस्तुत गर्नुभएको छ, र ती दृष्टिकोणहरु संविधान निर्माणको अहिलेको सन्दर्भमा निकै महत्वपूर्ण छन् भन्ने मलाई लाग्दछ । भावनामा बगेर होइन, जिम्मेवारीबोधका साथ वस्तुतथ्यमाथि उभिएर, आफ्नो गन्तव्य देखेर बुझेर, त्यो गन्तव्यतर्फ कसरी यात्रा गर्नूपर्छ भन्ने कुरा बुझेर, पछाडि परेको नेपाललाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर नै यहाँहरुले गहन सुझावहरु दिनुभएको छ । यस कार्यक्रमका लागि पनि म यहाँहरुलाई धन्यवाद भन्न चाहन्छु । २०६२÷०६३ को आन्दोलन पछि जब संविधान सभाको कुराले जोड पक्रियो, जब पहिलो संविधान सभाको निर्वाचन भयो, त्यस पछि संविधान सभाबाट नेपाली जनताले संविधान निर्माण गर्ने, आफैँले निर्माण गरेको संविधान वा मूल कानुनबाट अनुशासित हुने, राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक प्रणालीलाई आफैँ भनेको जनताले जनताको हितमा प्रयोग गर्ने, त्यस्तो संविधान बनाउने जसले जनताले हित गरोस् । यो अनुमान, अपेक्षा गरिँदैन कि जनताले बनाएको संविधान जनताको हित विपरीत होला? त्यस कारण जनताले संविधान बनाउने भन्ने कुरा ठीक छ । त्यस प्रसङ्गमा संविधान निर्माणको चरणमा हामी छौँ । एउटा संविधान सभा बलजफ्ती असफल बनाइएको तीतो अनुभव छ । त्यो संविधान सभा असफल हुँदैनथ्यो । मैले त धेरै अगाडि अघिल्लो संविधान सभाको परिणाम आउने बित्तिकै भनेँ, यो संविधान सभाको परिणाम अनुपयुक्त आयो । संविधान सभाको बनावट अनुपयुक्त भयो । यो अनुपयुक्त बनावटले संविधान दिने सामथ्र्य राख्ने अवस्था छैन । हामी कोसिस गार्छौँ, त्यो आफ्नो ठाउँमा छ, तर जुन बनावट संविधान सभाभित्र छ, त्यसबाट संभवतः हामी संविधान दिन असमर्थ हुनेछौँ किनभने संविधान दिनका लागि दुई तिहाइ भन्दा बढी चाहिन्छ, तर जो संविधान नदिन खोज्छ, उसको एक तिहाइ भन्दा बढी छ । यस्तो अवस्थामा संविधान जारी हूँदैन । यस देशलाई क्षतविेक्षत पार्ने हो, छियाछिया पार्ने हो भने, यसलाई रूवाण्डा बनाइदिने हो भने जारी हुने अवस्था पनि थियो । तीन महिनामा रूवाण्डामा दश लाख मान्छे मरे, कुनै विदेशी सेना आएन, आक्रमण गरेन, मेशिन गन पड्काएन । आफैँ फुत्त निस्कियो, छिमेकमा हे¥यो, दोस्रो व्यक्ति दुश्मन देख्यो, ड्याम्म दियो । यसले उसलाई दुश्मन देख्यो, ड्याम्म दियो ।  यसरी तीन महिनामा दश लाख मानिस मरे । यस्तै बनाउन पाउने हो भने, जातीय, साम्प्रदायिक घृणा फैलाउन पाउने हो भने संविधान बन्थ्यो होला । नेपालको अस्तित्व केही वर्ष मात्र रहने र त्यसपछि नटिक्ने गरी समाप्तिको दिशामा लाने हो भने संविधान बन्थ्यो होला । तर हामीले खोजेको त्यस्तो होइन । हामीले खोजेको नेपालको अस्तित्व रहिरहोस्, हामीले खोजेको नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान सुदृढ होओस् र माथि उठोस् भन्ने हो । त्यस विपरीत चल्ने खालका गतिविधिहरुमा जनता सहमत हुन सक्दैन । जनता त जनता नै हो, तर जनताको आम पक्ष नभई कुनै पक्षलाई भड्काउन, त्यसलाई भावनामा लान सकिन्छ । जातीय भावना भड्काउन सकिहालिन्छ, क्षेत्रीय भावना भड्काउन सकिहालिन्छ, धार्मिक भावना भड्काउन सकिहालिन्छ । तर मैले भन्ने गरेको छु, जातीय नारा भनेको कुनै माग होइन । यो भावना मात्र हो । एउटा बस्तीमा एउटा बाटो बन्यो भने त्यो जातीय बाटो त बन्दैन, त्यसमा सबै हिँड्छ । अस्पताल बन्यो भने सबैले उपचार पाउँछ, विद्यालय बन्यो भने सबैले पढ्न पाउँछ, बिजुली आयो भने गाउँभरि नै बाल्छ, कुलो खन्यो भने सबैका खेतमा सिँचाइ हुन्छ, जातीय नारा काम लाग्दैन, जातीयता कुनै  माग होइन, जातीयता सेन्टिमेन्ट हो । जातीयता पछौटेपन हो, यो धेरै अगाडिका शताब्दीहरुका निम्ति संभवतः जङ्गली जमानाबाट समाजतर्फ प्रवेश गर्ने सन्दर्भमा प्रोग्रसिभ हुनसक्छ, उपयोगी पनि थियो, जङ्गली अवस्थाबाट मान्छे कबिलातर्फ बढ्ने अवस्थामा थियो होला । आजको लोकतन्त्रमा जातीय भावना ? जातीय घृणा? यो त कबिलाहरुको बीचमा लडाइँ हुन्थ्यो जाति, जाति बीचमा ! आजको जमानामा पनि त्यसमा लडाइँ गर्ने एक्काइसौँ शताब्दीमा नसुहाउने मात्र होइन कि अत्यन्तै मूर्खतापूर्ण, अविवेकी खालको सोच हुन्छ । हामी एउटा भयानक सङ्कटमा परेका छौँ । विगत संविधान सभाको अनपयुक्त बनावटको कारणले भयानक सङ्कटमा परेका छौँ । त्यो अनुपयुक्त बनावटले संसद छैन, प्रतिनिधि सभा छैन, संविधान सभा छैन, संविधान नबनाइकन संविधान सभा समाप्त भयो । संविधान सभा मात्र समाप्त भएको होइन, संसद पनि समाप्त गरियो । यसका दुइटा पक्षहरु मध्ये एउटालाई पनि कायम राख्न सकिन्थ्यो, तर सत्ता कब्जै गर्ने मनसायका साथ माथिल्लो तलामा जाने अनि भरेङ्ग घासघुस पारेर निकाल्ने खालका कुरा भयो । अब मलाई ओर्लन ठाउँ नै छैन भन्ने, माथि चढ्ने ठाउँ पनि छैन, सिँढी नै नभए पछि । त्यस प्रकारका स्थितिमा हामी पुगेका थियौँ र ती अभिव्यक्तिहरु बकाइदा आइलाग्दथ्यो । जे होस् संविधान सकेन र भयावह स्थिति आयो । अन्तरिम संविधानले संविधान बनाउने बाहेक अरु परिकल्पना गरेन । संविधान नबन्दा के हुने खै परिकल्पना गरेको ? संसद भएको भए संविधानमा संशोधन गरेर संवैधानिक संकट टार्न सक्थ्यो । राजनीतिक संकट यति जटिल थियो कि त्यसले संवैधानिक सवैधानिक निकास दिने सम्भावना नै थिएन । रिक्तता  रह्यो । संविधानले बाटो नदिने, संवैधानिक प्रश्नहरुमा निरुपण गर्ने जनप्रधिनिधिमूलक संस्था नहुने, जनप्रतिनिधि संस्था बनाऔँ त भन्दा संविधानले बाटो नदिने, निर्वाचन गरौँ त भन्दा निर्वाचन आयोग नै छैन । निर्वाचन आयोग बनाऔँ त भन्दा अधिकार दिएको छैन । यति जटिल खालको अवस्था बन्यो । दुई तीन वटा विकल्पहरुमा हामीले जानुपर्ने अवस्था भयो । एउटा कुन स्टेपमा जाने ? अख्तियार आयोगविरुद्ध, निर्वाचन आयोग विरुद्ध! भद्रगोल, अराजकता त्यो सबै कुरा मात्र हुँदैन, संविधान नै अशक्त! संविधान नै अशक्त भए पछि कानुनहरु त त्यसै अशक्त हुने नै भए । यसरी देशले अशक्तताको अवस्थामा असफल राष्ट्रतर्पmको यात्रामा लागेको थियो, राज्यको अङ्गप्रत्यङ्ग गल्दै गए,  सर्वोच्च अदालत टुक्रिन लागेको थियो । यस्तो अवस्थामा हामी गयौँ । या त जसले सक्छ उसले लिउँ भनेर लिने स्थिति थियो, जुन लोकतान्त्रिक मूल्यमान्यता र नेपाली जनताको चाहना विपरीतको कुरा हुन्थ्यो । या त त्यो दुइटैलाई हुन नदिने हो भने हामीले कृत्रिम भए पनि कुनै आवधिक व्यवस्था गरेर देशलाई अगाडि लानुपथ्र्यो । सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष मानेर जानुपर्ने अवस्था त्यहाँनिर प¥यो, या त फेल्ड स्टेटमा जानुपर्ने थियो ।
      अब धेरै कानुन पढेका हाम्रा साथीहरुले पाना पल्टाउँदै भने, शक्ति पृथक्कीकरण भएन, यो भएन, त्यो भएन । लोकतन्त्र छ भने शक्ति पृथक्कीकरण आउँछ, लोकतन्त्र नै भएन भने कहाँबाट आउँछ शक्ति पृथक्कीकरण ? तानाशाहीको शक्ति पृथक्कीकरण हुन्छ? मुलुक तानाशाही, अराजकता, अन्यौल, अस्थिरता, संविधानविहीनता, कानुनविहीनता, राज्यविहीनता, अनि राज्यका अङ्गहरु एक पछि अर्को खतम भएर जाने अवस्थामा छन् भने एउटा शतप्रतिशत शक्ति पृथक्कीकरण अन्त कहीं लागू नभएर किताबमा रहन जाला । त्यस स्थितिबाट निस्कन कुनै प्रबन्ध गर्नुपथ्र्यो र हामीले भनेर संविधान सभाको दोस्रो निर्वाचन गरायौँ । म यहाँहरुसँग एउटा खुसी वाँड्न चाहन्छु, हामी संवैधानिक, राजनीतिक संकटको चपेटामा थियौँ, त्यो चपेटाबाट देश मुक्त भएको छ । हामीसँग अहिले संविधान सभा छ । यो संविधान सभाले संविधान दिन्छ । यो संविधान सभा अहिलेको बनावटले विघटन हुँदैन । संविधान दिएरै छोड्छ । यो हिजोको जस्तो अनुपयुक्त संविधान सभा होइन । उपयुक्त संविधान सभा हो । यहाँ लोकतान्त्रिक शक्तिहरुको दुई तिहाइ वा सो भन्दा बढी छ । हामीले हिजो संवाद समितिमा राय पेश गर्दा बढी संख्या हाम्रै पुगिसकेको थियो । त्यहाँ हामीले धेरै जोड गरेका छैनौँ, तर संख्या हामीसँग दुई तिहाइ भन्दा बढी पुगिसकेको छ । यो संविधान सभाको अर्को पक्ष पनि छ, व्यवस्थापिका संसद । यसले संंवैधानिक संकट परेछ भने आवश्यक परेको खण्डमा संविधान संशोधन पनि गर्नसक्छ । राजनीतिक संकट प¥यो भने हामी संविधानमार्फत त्यो राजनीतिक संकट हल गर्छौँ । हिजो प्रमुख राजनीतिक पार्टीहरु किनारामा पारिएका थिए, भूमिकाविहीन बनाइएका थिए । जनताले ऐतिहासिक पार्टीहरुलाई पहिलेकै प्रमुख राजनीतिक दलहरुको हैसियतमा यथार्थ धरातलमा फेरि उभ्याएका छन् । यो प्रमुख राजनीतिक पार्टीहरुले बुझ्नुपर्दछ र बुझेको पनि छ र त्यसअनुसारले अगाडि बढ्छ । यो हिजोको बनावटको संविधान सभा होइन, नयाँ बनावटको संविधान सभा हो । मैले यहाँहरुलाई निवेदन गर्न खोजेको कुरा के हो भने अब त्यस्तो राजनीतिक संकट, अब त्यस्तो संवैधानिक संकट हूँदैन । राजनीतिक दलहरु मूलधारमा छन्, प्रमुख राजनीतिक दलहरुको वर्चस्व छ, लोकतान्त्रिक दलहरुको दुईतिहाइ छ । यसकारण संविधान नदिई संविधान सभा भङ्ग हुँदैन, संविधान आउँछ । यस कुरामा आश्वस्त रहन म तपाईंहरुलाई भन्न चाहन्छु । 
      अर्को कुरा, प्रक्रियामा जाने कुरालाई बडो विवादको विषय बनाइएको छ, प्रक्रियामा जाने भन्ने कुरामा चुनौति दिँदै पाखुरा सुर्कने गरिएको छ । संविधान सभा आफैँ प्रक्रिया हो । संविधान सभाका सम्पूर्ण गतिविधि संविधान निर्माणका प्रक्रिया हुन् । संविधान सभामा हामी जाने, संविधान निर्माणका लागि छलफल गर्ने, संविधानका विषयमा विचार गर्ने संविधान सभा भन्दा बाहिर त यो पनि एउटा प्रक्रिया हो । जनताको अभिमत आउँछ र संविधान सभाबाट जति छलफल गरिन्छ, ती पनि प्रक्रियाभित्र पर्छन्, संवाद समितिमा वा मस्यौदा समितिमा अथवा अभिलेख समितिमा वा पूर्ण संविधान सभाभित्र जे गरिरहेका छौँ ती सबै संविधान निर्माणका प्रक्रिया अन्तर्गत गएका छौँ । संविधान सभाको काम संविधान बनाउने बाहेक अरु केही छैन । सरकार त्यसले बनाउने होइन, संसदले बनाउने हो । कानुन त्यसले परिवर्तन गर्ने होइन, संसदले गर्ने हो । संविधान संशोधन त्यसले गर्ने होइन, संसदले गर्ने हो । संविधान सभाको एउटा मात्रै काम छ, संविधान बनाउने । यसका सम्पूर्ण गतिविधिहरु संविधान बनाउने प्रक्रिया, सिलसिलाअन्तर्गतका गतिविधिहरु हुन् । संविधान त त्यसै त जारी हुन सक्दैन, प्रक्रियाबाटै जारी हुनुपर्छ । त्यसको आफ्नै प्रक्रिया हुन्छ । प्रक्रिया भन्ने शब्द सुन्ने बित्तिकै झसकझसक हृने सातो जाने देखेर अचम्म लाग्छ , किन सातो जाने प्रक्रिया भनेपछि । ६०१ ले नै जारी गरे पनि कुनै टाकुरामा बसेर, कुृनै तालको किनारमा बसेर कतै संविधान जारी हुन सक्छ ? संविधान त संविधान सभाले प्रक्रियाबाटै जारी गर्ने र हुने हो । तेसं्रो ६०१ मै सहमति नहुन पनि सक्छ । अधिकांशको सहमति भयो भने पनि ६०१ कै सहमति नहुृन सक्छ । असमतिका साथ संविधान जारी भयो भन्ने प्रश्न निस्किँदैन । संविधान जारी गर्न संविधान सभाको आवश्यक संख्या भनेको ४०१ हो । ४०१ भन्दा माथि जति हुनसक्छ त्यो आवश्यक संख्या हो । अहिले के छ भने अरु सहमत भएन भने केही छैन, प्रक्रियामा जान सकिन्छ, म सहमत भएन भने आगो बालिदिन्छु, धुलो उडाइदिन्छु, के गरिदिन्छु भन्ने । यो के हो? सहमत होऔँ न त । सहमतिमा कुनै हालतमा नआउने, सहमति नभइकन पाइला सार्न नपाइने । अचम्मको छ । त्यसो भए हामी अगाडि बढ्छौँ नि त भन्दा सहमति नभई हुन्न भन्ने । कस्तो हो यो? तर्कको पनि कुनै आधार चाहिन्छ नि! सहमत पनि नहुने, सहमति बिना पनि नहुने । हाम्रो संविधानअनुसार र अन्तर्राष्ट्रिय प्रचलनले निर्वाचित संविधान सभाको दुई तिहाइ वा सो भन्दा बढीले आरामैले संविधान जारी गर्न सकिन्छ । संविधान सभाको निर्वाचन त्यसैको लागि गरेको हो । फलाना फलाना पार्टीको सहमति नभएसम्म वा फलाना पार्टीले भनेअनुसार बाहेक संविधान जारी नगर्ने भन्ने हो भने संविधान सभा नै किन चाहियो? फलाना पार्टीका नेताहरु चिनेका हुन्, देखेका हुन्, त्यहीं बसेर कुरा गर, जसले जे भन्छ, त्यही गरेर संविधान जारी गरे भइहाल्यो नि! तर त्यस्तो हुँदैन, एउटा प्रक्रियाबाटै संविधान आउँछ । म यहाँहरुलाई भन्न चाहन्छु, यहाँहरुमार्फत सबैमा मेरो अनुरोध के छ भने एक तिहाइको आसपास  भन्दा बढी कसैको पनि छैन हामीसँग संविधान सभामा । दुई तिहाइ कमसेकम संविधान बनाउन चाहिन्छ । त्यसैले संवाद, सहमति सहकार्य त हाम्रो लागि अनिवार्य छँदैछ । त्यो त हामी गर्छौँ नै । मैले एमालेको तर्फबाट भन्दाखेरि काँग्रेस र हामी मात्रै मिलौँ, अरु नमिलौँ त भनेको छैन । अब हाम्रा केही विचारहरु छन्, ती विचारहरु भनेका देशको पक्षमा जनताको पक्षमा, अग्रगमनको पक्षमा हुनुप¥यो भन्ने हो । त्यो नहुने गरी हामी कुनै सम्झौता गर्न सक्दैनौँ । मैले पाँच वटा बुँदाहरु भनेर भनृेको छु । धेरै कुरामा बुझेर पनि हुँदैन । पाँच वटा बुँदा हुन्छ, पाँच वटा उद्देश्यहरु हुन्छन् । ती पाँच वटा बुँदामा तलमाथि हुनसक्दैन । नेपालमा फेरि कसैले हिँसा भड्काउँछु भन्छन्, नेपाली समाजमा द्वेष, घृणा, विद्वेष अनेक भड्काउँछु भन्छन्, हिंसा तर्पm मुलुकलाई धकेल्न खोज्छन् भने हामी दिँदैनौँ । हामी शान्तितर्फ नै लाग्छौँ र शान्तिबाहेकको कुनै विकल्प अब नेपालमा कसैले नसोचे पनि हुन्छ । भदौमा आँखा फुटेको गोरु सँधै हरियो नदेखे हुन्छ । अब हिंसा हुँदैन । शान्तिको स्थापना, शान्तिपूर्ण नेपालतर्पmको हाम्रो यात्रा र त्यसको प्रत्याभूति हाम्रो एउटा कुरा हो । दोस्रो कुरा हामी लोकतान्त्रिक प्रणालीमा जान्छौँ । जनताका नाममा, क्रान्तिका नाममा, के जातिका नाममा लोकतन्त्र, अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्यमान्यता, त्यसलाई गर्ने व्यवस्थापन, त्यसको उचाइमा शक्ति पृथक्कीकरणलगायतका प्रश्नहरु, राज्यका, प्रशासनका, समाजका व्यवस्थापनका कुराहरुमा समग्रतामा लोकतान्त्रिक मूल्यमान्यताबाट हामी पछाडि फर्कन सक्दैनौँ । तेस्रो कुरा हिजो सामन्ती शासनका बेलामा हाम्रो देशलाई जातिमा बाँडेर, कसैलाई अछूत बनाएर, अपमान गरेर अनेक ढङ्गले अधिकारविहीन बनाएर शासन चलाए । अब लोकतन्त्रमा फलाना राणका पालामा जातिपाति थियो, अहिले सहन्न भन्ने कुराको के अर्थ छ? त्यो त उल्टिसक्यो, अब लोकतन्त्रमा सामाजिक न्याय र समानतासहितको व्यवस्था हामी गर्छौ । सबैलाई उतिकै अधिकार दिन्छौँ, उत्तिकै अवसर दिन्छौँ, उत्तिकै सुरक्षा दिन्छौँ र उत्तिकै सम्मान दिन्छौँ । तसर्थ अबको नेपाल भनेको समानताको, न्यायको, सामाजिक न्यायको, उचित प्रणालीको, लोकतान्त्रिक प्रणालीको नेपाल हो । अबको नेपालका हिजोको जस्तो विभेद, असमानता, थिचोमिचो, अपमान, असुरक्षा हुँदैन, त्यसलाई अन्त्य गरिनेछ, र त्यो अन्त्यको घोषणा हाम्रो नयाँ बन्ने संविधानले गर्छ । 
चौथो कुृरा, हामी १२५ जातजाति छौँ । १२३ भाषाभाषी छौँ । अनि जातीय आधारमा कुनकुन जातिलाई राज्य दिने? यस नाममा जातीय भावनालाई भड्काएर नेपालको राष्ट्रिय एकतालाई कमजोर पार्ने? यो त मिश्रित बसोवास भएको बहुजातीय देश हो । कुनै एक जातिको ब्लक वा क्लस्टर छैन । जसको नाममा राज्यको वकालत गरिएको छ, त्यहाँ त्यस जातिको ३० प्रतिशत पनि छैन । यसो भएकोले हामी राष्ट्रिय एकताको पक्षमा छौँ । कुनै हिसाबले राष्ट्रिय एकतालाई कमजोर पार्ने, जनताका बीच बन्धुत्वको नभई द्वेष र घृणा फैलाउने, राष्ट्रिय भावना होइन जातीय भावना भड्काउने काम भइरहेको छ । हिमाल, पहाड र तराईको पहिचान नेपालीको पहिचान हो । थरिथरिको पहिचान हो । कुनै जातिविशेषको कुलपूजा होइन । त्यसैले यसलाई हामीले यसै रूपमा एकताबद्ध बनाएर लैजानुपर्छ । हाम्रो नेपाल भनेको हिमाल, पहाड, तराई हो । पहाड र तराई छुट्ट्याइदियो भने हिमाल के होला? हाम्रो भौगोलिक विविधता, जैविक विविधता, त्यसले सिर्जना गरेको सामाजिक विविधतालाई हामीले ध्यान दिनुपर्छ । 
      पाँचौँ, नेपालको समस्या पछौटेपन हो । नेपाली जनताको चाहना समृद्धि हो । आज पनि मान्छे के खाऊँ के लाऊँको अवस्थामा भोको पेट छ भन्दाखेरि लज्जास्पद कुरा हो । कोही खान पाऊँ भन्छन्, हामी उसलाई जातको कुरा गरिदिन्छौँ । कोही छोराछोरी पढाउन सकेन भन्छन्, हामी उसलाई के त्यस्तो कुरा गछौँ, राज्यको कुरा गर न, जातको कुरा गर न भनिदिन्छौँ । मलाई सञ्चो भएन, विरामी प¥यो, अस्पताल जानुप¥यो भन्छन्, हामी विरामी सिरामी छोडिदेऊ, जातको कुरा गर भन्छौँ । के हो यो ? नेपाली जनताले चाहेको आधुनिकता हो यो? विकास हो ? समृद्धि हो? हामी विकासतर्फका, आधुनिकता तर्फका, समृद्धितर्फका यात्रालाई कुनै हिसाबले तलमाथि पर्न दिँदैनौँ । 
      त्यसकारण हाम्रो धारणा स्पष्ट छ । पहिलो शान्ति, दोस्रो लोकतन्त्र, तेस्रो असमानता र विभेदको अन्त्य, चौथो राष्ट्रिय एकता र पाँचौँ समृद्धितर्फको यात्रा हाम्रो आधारभूत एजेन्डा हो, जसमा हामीले तलमाथि पार्न दिँदैनौ । अर्को शब्दमा एकदम संक्षिप्तमा भन्ने हो भने हाम्रो गौरवपूर्ण इतिहासको अबको संविधानले सम्मान गर्नेछ । नराम्रो नमान्नु होला, गौरवपूृर्ण इतिहास भनेको सत्र हजार मानिस मैले मारेको छु भन्ने चाहिँ वितण्डा हो । यो अनुचित र हानिकारक कुरा हो । नेपालको विकासलाई अवरोध गर्ने कुरा हो । जनताले जनतालाई मारेर केको जनयुद्ध हो । देशलाई अगाडि बढाउन हामी लागेका छौँ हाम्रै पार्टीका नेता कार्यकर्ता छानीछानी मारिएका छन्, रेटिएका छन्, केको जनयुद्ध हो ? जनयुद्ध त हामीले ग¥यौँ, हाम्रा मान्छे छानीछानी मारिएका विरुद्ध हामीले जनयुद्ध गर्नुप¥यो । 
      त्यसो भएर हामी, नेपाली काँग्रेस, राप्रपा, विश्वेन्द्र पासवानको दल र दुर्इ जना स्वतन्त्र सभासद् मिलेर एउटा प्रस्ताव संवाद समितिमा पेश ग¥यौँ र त्यसले पनि त्यही धारणा बोकेको छ । हामीले सात वटा प्रदेशको प्रस्ताव पेश गरेका छौँ, किनकि धेरै प्रदेश देशको अर्थतन्त्रले धान्न सक्दैन । त्यस्तै गरी स्वतन्त्र न्यायपालिका र संवैधानिक अदालतको आवश्यकता छैन भनेका छौँ । हुन त सरकार परिवर्तन नै अस्थिरता होइन, तर दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नहुने भन्दै संसदबाट निर्वाचित प्रधानमन्त्री भनेका छौँ र प्रत्यक्ष राष्ट्रपति प्रणाली हृुन्न भनेका छौँ । निर्वाचन प्रणालीलाई समानुपातिक र प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनबाट हुनुपर्छ भनेका छौँ ।