Pages

Thursday, September 4, 2014

चेम्वर अफ कमर्सका पदाधिकारीहरूसँग........

    देशको परिस्थिति हामीलाई थाहा छ । हामी भयानक हिंसाको चपेटाबाट निस्किएर शान्ति प्रक्रियाबाट यहाँ आइपुगेका छौँ । तानाशाहीबाट फुत्किएर, त्यसलाई पराजित गरेर यहाँ आएका छौँ ।
    संविधा
नले बाटो नदिने, राजनीतिले समाधान दिन नसक्ने, राजनीतिक पार्टीहरु किनारा गरिने, सरकार परिवर्तन गर्ने कुनै ठाउँ नहुने, पुरानोलाई हटाउन पनि ठाउँ नहुने, नयाँ बनाउन पनि ठाउँ नहुने, निर्वाचन गरौँ भन्ने हो भने पनि निर्वाचन आयोग नै नभएको, आयोग बनाऔँ भने पनि सिफारिस गर्ने ठाउँ नभएको, त्यसलाई सुनुवाई गर्ने ठाउँ नभएको ।
    यस्तो बहुआयामिक संकट, यस्तो संकटबाट संविधान सभाको दोस्रो निर्वाचन भएपछि संवैधानिक र राजनीतिक हिसाबले सुरक्षित ठाउँमा बल्ल आएका छौं । अब हामीसँग संसद छ । कुनै संवैधानिक संकट प¥यो भने व्यवस्थापिका संसदले त्यसलाई संशोधन गर्छ, कुनै राजनीतिक संकट प¥यो भने व्यवस्थापिका संसदले समाधान दिन्छ, राजनीतिक दलहरुले सरकारमा छन्, तिनीहरुले समाधान दिन्छन्। अब हामी राष्ट्रिय राजनीतिमा मुलुकलाई असफल राष्ट्र हुनबाट, बलियाले लिनबाट जोगाएर लोकतान्त्रिक बाटोमा फेरि फर्काएका छौँ ।
    यसले ठूलो परिवर्तन ल्याएको छ । परिवर्तन मात्र होइन, यस निर्वाचनले सकारात्मक परिवर्तन ल्याएको छ । पुराना स्थापित लोकतान्त्रिक पार्टीहरुको दुई तिहाइको जस्तो स्थिति छ । यस्तो अवस्था भनेको संविधान जारी गर्ने अवस्थाको ग्यारेन्टी हो– खुट्टा टेक्ने हो भने । संविधान जारी गर्ने काममा हामी छौं ।


   
       देशको आर्थिक अवस्था– व्यापार घाटा, उद्योगहरु धमाधम बन्द भइरहेको स्थिति – यी सब हामीलाई थाह छ । यसमा हामीले गर्ने भनेको प्रगतिशील सुधार हो । हामी कुनै परिवर्तनकारी छलाङ मार्ने स्थितिमा छैनौं । अहिलेको संरचनाले पनि हामीलाई त्यसो गर्न दिँदैन । अहिलेको पस्थितिगत संरचनाले हामीलाई प्रगतिशील सुधारमा जान दिन्छ । अहिले आम रुपमा तपाईंहरुको चाहना पनि त्यही नै हो भन्ने मैले पाएको छु । तर देशको समग्र स्थितिमा समग्र परिवर्तन ल्याउने हो भने यति बजेटको ठाउँमा त्यति बजेट, यसका ठाउँमा त्यो गरेर मात्र हुनेवाला छैन । त्यसमा हामीले ठूलो परिवर्तन गर्नुपर्छ । हाम्रा उद्योग नीति, हाम्रा व्यापार नीति, हाम्रा ट्रेड युनियन नीतिहरुमा तालमेल हुनुपर्छ,, सामञ्जस्यता हुनुपर्छ । एउटा नीतिले अर्को नीतिलाई, एउटा ठाउँको व्यवहारले अर्को ठाउँको व्यवहारलाई धराशायी बनाउने खालको हुनुभएन । आ–आफ्नो सीमामा सबै बस्ने खालको र राष्ट्रिय हितमा हाम्रो उद्योग, व्यापार हुने खालको हामे नीति हुनुप¥यो ।
    अहिले अलिक अगाडिसम्म जनताको जितेको मनस्थिति प्रबल थियो । यो जितेको मनस्थितिले लोकतन्त्र र अराजकतालाई मिसाइदिन्छ । जितिसकेपछि पनि विस्तार विस्तारै मुलुक फेरि भयावह अवस्थामा प¥यो । फेरि अर्को खालको निराशा छायो । संविधान सभा भंग भयो र संविधान बन्दैन कि भन्ने खालको आशंका छायो । अन्यत्र आएको निराशा त्यति डरलाग्दो हुँदैन, तर आम जनतामा छाएको निराशा भयानक हुन्छ । निराशा पैदा भएपछि उसलाई विश्वास हुँदेन । विश्वास नभएपछि उसले आक्रोश मात्र व्यक्त गर्छ र कुनै रचनात्मक काम गर्दैन । व्यापारमा पनि त्यही हौ । विश्वास नै भएन भने व्यापार कसरी चल्छ ? लगानी नै गर्दैन ।
    त्यसै गरी आम जनतामा यो भएन र त्यो भएनको आम प्रतिक्रिया उत्पन्न हुने र जनता निराश हुने खालको अवस्था देशका लागि शुभ लक्षण हृुँदैन । अहिले हामी जनतामा व्याप्त निरशालाई आशामा परिणत गर्न चाहन्छौँ ।
    मैले भन्ने गरेको छु – हाम्रो देश व्यापारमा पनि पुरानो देश हो । हाम्रा समुदायहरुर पनि व्यापारमा पुराना समुदाय हुन्,  हालाँकि हाम्रो उद्योग धन्दा अलि पछि सुरु भयो । तर अन्तर्राष्ट्रिय व्यापारमा पनि हाम्रो देश पुरानै देश हो । तर औद्योगीकरणतर्फ जान, आधुनिकतातर्फ जान भरसक निषेध गरिएको थियो । निरंकुश सामन्ती राजतन्त्रात्मक प्रणाली र राणाहरुको जहानिर्या शासनको चपेटामा मुलुकलाई औद्योगीकण हुन दिइएन ।
    एउटा कलेज खोल्दा त्यतिबेलाका शासकले भनेका थिए – म आफ्नो खुट्टामा आफैं बञ्चरो हान्दैछु । त्यो साँचो थियौ – जनता शिक्षित भएपछि, सचेत भएपछि तानाशाही सहँदैनन् । उनीहरुले त्यो कुरा बुझेर नै जनतालाई विभाजित राख्ने, जनतालाई निरक्षर राख्ने र स्कुल कलेज पढ्न नपाइने प्रकारको थिति बसाउन खोजेका थिए । तर समयका क्रममा त्यो सभव भएन र त्यसलाई तोड्दै जानु मात्र होइन, आफैं हिँड्नुप¥यो । र आफैै वाध्यकारी स्थितिमा जाँदा पनि बुझेरै कदम चालेको देखिन्छ– म आफ्ना खुट्टामा आफैं बञ्चरो हान्दैछु । त्यस अन्धकार युगबाट, मध्ययुगीन सामन्ती निरंकुशताबाट आधुनिकतातर्पm हाम्रो पाइला सुरु भएको ६४ वर्प भएको छ ।
    मेरो विचारमा यी ६४ वर्षका हाम्रा उतारचढावहरु अनावश्यक र अनुचित पनि भए । तिनलाई लोकतन्त्रको बाटोमा, जनताको इच्छाको बाटोमा, देशको उन्नतिको बाटोमा जान दिनुपथ्र्योे, लान प्रयास गर्नुपथ्र्यो  । त्यसको सट्टा आफ्ना हितहरुमा बढी केन्द्रित हुने काम भयो । यसले गर्दा कहिले फर्किफर्की तानाशाही आउने, कहिले तानाशाहीलाई अस्वीकार गर्ने नाममा हिंसाको नयाँ चक्र चल्ने भयो । त्यसबाट देश अलिकति मुक्त भएन ।
    हाम्रा पुर्खाहरु विद्वान थिए । बाँकी संसारमा अन्धकार हुँदा यहाँ ज्ञानविज्ञानको उन्नति भएको थियो । अनि हाम्रो भूभाग धर्ती सबभन्दा सुन्दर, उर्वर र जीवनमय भूभाग पनि हो । मैले भन्ने गरेको छु– ठूला देशहरुमा हात्तीगैँडा जन्मेका थिएनन्, सानो देश हो, तर पनि हात्तीगैंडा यही जन्मेको छ । ठूला देशमा यार्चा गुम्वा हुँदैन, हाम्रो देशमा हुन्छ । ठूला देशमा डाँफेमुनाल हँुदैनन्, हाम्रो देशमा छन् । जो अरुकहाँ र्छैनन्, त्यो हाम्रैमा हुन्छ । हाम्रो यो भौगोलिक विविधताले जैविक एवं साँस्कृतिक विविधता जन्माएको छ । यो सुन्दरता हो यसलाई विभाजनको कारण, मनमुटावको कारण बनाउन हुँदेन ।
    जातजातको लडाई.हुने, भाषा भाषाको लडाईं हुने हो भने अन्त शत्रु खोज्न जानुपर्दैन, तरवार निकालेर छिमेकीलाई हानिदिए हुन्छ, किनकि छिमेकी त अर्कै जातको हुन्छ । अब यो स्थितिबाट हामी सोमालिया र कोसोभो भन्दा पनि बढी खतरनाक स्थितिमा पुग्छौं । यी पक्षहरुमा सबैको ध्यान जानुपर्छ, र तपाईंहरुको, जो चेम्बरमा हुनुहुन्छ, व्यावसायिक उद्देश्यहरु छन्, व्यावसायिक हितसम्बन्धहरु छन् । ती हितसम्बन्धहरुले यस्ता कुराहरुलाई, अनुचित कुराहरुलाई निषेध गर्नतिर, प्रोत्साहित नगर्नेतिर नै ध्यान दिन्छ, मैले  तपाईंहरुको थप ध्यानाकर्षण गरेको हुँ ।
    कतिपय देशहरुमा उद्योग वाणिज्य महासंघ वा परिसंघ (सिएनआई) हुँदैन । चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज हुन्छ । चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज भएन भने त्यसले उद्योग हेर्दैन । हामी कहीं जाँदा पनि चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले स्वागत गर्ने गर्दछ,, कुरा गर्ने गर्दछ । त्यसकारण तपाईंहरुको यो पुरानो संंस्था विभिन्न कारण पछाडि प¥यो र नेपाल चेम्बर अफ कमर्स भन्दा पनि चेम्बर अफ कमर्स, काठमांडाँै जस्तो भयो । अहिले तपाईंहरुले ६२ देशहरुमा विस्तार गरेको भनेर भन्नु भयो, यो राम्रो समाचार हो । यसलाई तपाईंहरुले साँचै राष्ट्रिय चेम्बर अफ कमर्सको रुपमा विकास गर्नुहोस् । यसमा तपाईंहरुले घटक संगठनहरु निर्माण गर्न सक्नुहुन्छ । ७५ वटै जिल्लामा संगठनहरु निर्माण गर्न सक्नुहुन्छ । व्यापारको क्षेत्रमा तपाईंहरुले सिङ्गै देशलाई अगाडि लिएर जान पनि सक्नूहुन्छ ।
जुरे घटनाले ल्याएको समस्या सम्बन्धमा
    यसमा तपाईंहरुका माग जायज छन् । १५ दिन भइसक्दा पनि बाटो खोल्न नसक्नु सरकारको कमजोरी हो । दसैं आउादैछ, दसैंमा उपभोक्ता सामग्रीहरु अत्यधिक चाहिन्छ । त्यति बेला आपूर्ति हुननसक्नु हाम्रा निम्ति सुखद् हुने छ्रैन । त्यसैले त्यसको ब्यवस्था गर्न सरकारले अविलम्ब ध्यान दिनैपर्छ । पुरानो बाटो खृुुलेन भने नयाँ बाटो खोलेर पनि सामान ल्याउनुपर्ने हुन्छ । त्यसै गरी हामीले केरुङको बाटोबाट अस्थायी व्यवस्था गर्न सक्दछौँ । त्यहाँ अलिकति घुम्तीहरु चाहिँ छन् ।
    अर्को कुरा त्यहाँबाट ल्याएका सामानहरु बैरेनीबाट पूर्व–पश्चिम जहाँ पनि पु¥याउन सजिलो छ । यो बाटो अहिले अस्थायी व्यवस्थाको रुपमा प्रयोग गरे पनि पछि स्थायी रुपमै प्रयोगमा ल्याउन सकिन्छ ।
    अहिले राजदूतहरु खाली छन् । बन्नेहरु पनि छन्, तर नियुक्त गर्न सकिएको छैन । यसबाट हाम्रो कूटनीतिक क्षमता र व्यवहारमा असर पु¥याएको छ । लगभग ४० लाख युवाहरु देशबाहिर छन् । तिनीहरुलाई दैनिक समस्याहरु पर्छन्, त्यसलाई हेर्न र व्यापार बढाउन पनि राजदूत चाहियो ।
    आर्थिक विकास हुनुपर्छ भन्ने तर कसरी हुनुपर्छ भनेर कसैले पनि नभन्ने, आर्थिक कूटनीति गर्नुपर्छ भनेर भन्ने तर नगर्ने– व्यस्तो हाम्रो चलन छ । अब हामीलाई मुखको भरकाृ कुराले मात्र पुग्दैन । ठोस रुपमा जानुपर्छ । देशको आर्थिक उन्नतिका लागि कृषि, उद्योग, व्यापार सेवा क्षेत्र, पर्यटन, संरचना निमाणका सम्बन्धमा केकस्ता आर्थिक नीतिहरु चाहियो भन्ने हुनुप¥यो । र्हामीलाई आर्थिक नीति चाहियो भन्ने मात्र होइन, यी यस्ता खालका आर्थिक नीति सरकारले अपनाओस्, यसप्रकारले देशको उन्नति हुन्छ भन्ने ठोस योजना होस् भन्ने हुनुप¥यो । यसबाट हामीलाई फिडब्याक पनि हुन्छ र हामी त्यसमा जान पनि सक्छौँ ।
    जहाँसम्म विद्युतीकरणको प्रश्न छ, पाँच वर्षभित्र लोडसेडिङ्गबाट देशलाई मुक्त गर्ने र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने भन्ने छ । यो कुरा गफ चुट्ने मात्र कुरा होइन । हामीसँग प्रचुर मात्रामा खनिज छ र प्रचुर मात्रामा जलस्रोत छ, न हामीले पानीको समुचित उपयोग गर्नसकेका छौँ, न हामीले खनिजको समुचित उपयोग गर्न सकेका छौँ, खनिजको त चाहिँदो मात्रामा अन्वेषण पनि हुन सकेको छैन । यो ढुङ्गाको देश हो, यहाँ हीरा जस्ता मूल्यवान् कतिका होलान्,  अन्वेषण, अनुसन्धान हुनसकेका छैनन् । हामीसँग प्रशस्तै रुबी होलान्, तर कहाँ छन् भनेर खोज्न सकिएको छैन, यस्तै भएका कुराको उत्खनन पनि गर्न सकिएको छ्रैनन् । हामी कहाँ यत्रो हाइड्रो पावर छ, कुनै विद्वान्ले देखाइदिनु पर्दैन हामीलाई नै थाह छ । त्यसलाई हामीले देशका लागि उपयोग गर्नु पथ्र्यो, तर स्वतः विनाशका लागि छोडिदिएका छौँ । यसबाट हामीले लाभ लिनुको साटो विनाश व्यहोरी राखेका छौँ । अब हामीले पाकृतिक विपत्ति पर्खेर बस्ने होइन, जलस्रोतलाई नियन्त्रण गरेर विकासका लागि लगाउनु प¥यो ।
औद्योगिक ऐनका सम्बन्धमा
    औद्योगिक ऐन लगायत जुन २२ वटा ऐनहरु संसदमा पेश भएको छ ती ऐनहरु छिटो पास हुनु जरुरी छ । उद्योग वाणिज्य महासंघ र तपाईंहरुको पनि धारणा यसले अलि प्रगतिशील सुधार, अलिकति सकारात्मक वातावरण दिन्छ र यसबाट हामीलाई अगाडि बढ्न सहयोग मिल्छ । यसमा नेकपा (एमाले) ले समर्थन जनाउँदछ । यी ऐनहरु पास भए पछि केही सकारात्मक प्रभाव चाहिँ पक्कै पुार्दछ ।
    मैले भनिहालेँ अहिले तपाईंहरुको माग भनेको परिवर्तनकारी नभई सकारात्मक, प्रगतिशील सुधारमै छ, परिवर्तनकारी हिसावको छैन । तर हामी कृषिको क्षेत्रमा र उद्योग वाणिज्यको क्षेत्रमा परिवर्तन हिसाबमा गएनौँ भने जुन विशाल व्यापार घाटा छ त्यसलाई पूर्ति गर्न सक्दैनौँ र त्यो बढ्दै जानेछ । हामी –आपूर्ति गर्ने श्रमिक देशको रुपमा रहन्छौँ यस स्थितिलाई हामीले बदल्नै पर्दछ ।
साझा आर्थिक एजेन्डाका सम्बन्धमा
    साझा आर्थिक एजेन्डा राम्रो कुरा हो । तर अहिलेसम्म के भइरहेको छ भने प्रायः दलहरु मुखले हुन्छ, हुन्छ भन्ने तर काम गर्ने बेलामा एउटा, एउटा निहुँ निकालेर हिँड्ने–यस्तो भइरहेको छ ।
    मैले भन्दै आएको छु – संयुक्त राष्ट्र संघको बढापत्र,  सार्कको बडापत्र, हामीले हस्ताक्षर गरेका अनुबन्धहरु प्रतिको हाम्रो प्रतिबद्धता पनि आधार हुन् । यी सिद्धान्तहरुमा आधरित भएर राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर वैदेशिक सम्बन्ध, व्यवहारहरु निर्धारण हुन्छन् ।
    हाम्रो व्यापार नीति पनि यिनै कुराबाट निर्देशित हुन्छ । सकेसम्म हामी समानताका आधारमा सम्बन्ध कायम गर्छौ, त्यसमा पनि हामीले सुविधायुक्त व्यवहार प्राप्त गर्नुपर्छ किनभनेह हाम्रा छिमेकीहरु आर्थिक विकासमा धेरै अगाडि गएका छन् । छिमेकीहरुसँग बराबरीको सम्बन्ध मात्रात्मक हिसाबम ागर्न सकिँदैन, तर सार्वभौम राष्ट्रको हिसाबमा हामी बराबरको सम्बन्ध कायम गर्न सक्छौँ । धेरै अगाडि पुगिसकेका हाम्रा छिमेकीहरुले हामीलाई सुविधायुक्त व्यवहार दिनुपर्छ ।
ऊर्जा संकट, उच्च प्रविधि नहुनु, उच्च व्याजदरका कारण उत्पादन लागत बढेको सम्बन्धमा
    यसमा कर प्रणालीमै सुधार गर्न आवश्यक छ । कच्चा पदार्थ आयात गर्दा पनि कर तिर्नुप¥यो अनि वस्तु उत्पादन गर्दा पनि कर तिर्नु प¥यो, साथै भ्याट पनि गर्दा वस्तु उत्पादन महँगो भयो । कर यहाँ लाग्ने कि वहाँ लाग्ने, सब्सिडी दिने कि रिटर्न दिने भन्ने हुनुप¥यो ।
    हामी राष्ट्रिय उत्पादनलाई बढावा दिने भन्छौँ, त्यसअनुसार त्यसका लागि के गर्ने हो भन्ने कुरा तय हुनु प¥यो । हामी विश्व व्यापार संगठन (डब्लूटिओ) मा प्रवेश गरेका छौँ, तर राष्ट्रिय हितलाई संरक्षण र, संबद्धन गर्न डब्लूटिओले रोकेको छैन । हामी राष्ट्रिय हितको संरक्षण पनि गर्छौ र डब्लूटिओको मान्यताअनुसार पनि जान्छौँ ।
    हाम्रो देश धेरै पछि आधुनिकतामा प्रवेश ग¥यो । त्यसपछिको ४० वर्षसम्म तानाशाही र हत्याहिंसा चल्यो । मोटामोटी २४ वर्ष लोकतन्त्रले काम गर्न पायो । अब चाहिँ विज्ञान प्रविधिले विकास गर्ने अवस्था आएको छ । यसका लागि विज्ञान प्रविधि मन्त्रालयलाई पनि सक्रिय बनाउनुपर्छ र अरुले पनि काम गर्नु पर्छ ।
    राष्ट्रलाई जे चाहिन्छ त्यो राष्ट्रले भित्र्याउँछ, तपाईहरुलाई जे चाहिन्छ त्यो तपाईंहरु भित्र्याउनुस् । तपाईंहरुले भित्र्याउँदा सेवा सुविधा जे चाहिन्छ त्यो राष्ट्रले उपलब्ध गराइदिनुप¥यो । तपाईंहरुले प्रविधि भित्र्याउँदा उत्पादन हुन्छ, रोजगारी बढ्छ । राष्ट्रले जे सहयोग पु¥याउनुपर्ने हो पु¥याउनुपर्छ । हामी हाम्रो तर्फबाट सहयोग पु¥याउन तयार छौँ ।
    उच्च व्याजदर घट्नुपर्छ ।
अन्तमा,
    हाम्रो देश जडीवूटीको देश हो, हाम्रो देश पर्यटनको देश हो । तर हामीले त्यसको उपयोग गर्न सकेका छैनौँ । अरुले बसेको बुद्धको मूर्ति देखाएर पर्यटक भित्र्याउँछन्, तर हाम्रो त बुद्ध जन्मेकै देश हो ।
    नेकपा (एमाले) को केन्द्रीय  कार्यालयमा आउनु भएकोमा तपाईंहरुलाई धन्यवाद छ । फेरिफेरि यस्ता अन्तक्र्रिया दुवै पक्षका प्रतिनिधि पनि बसेर गर्दै जानुपर्छ । धन्यवाद !