Pages

Monday, June 1, 2015

विकसित नेपाल र समृद्ध नेपाली जनता, शान्तिपूर्ण र सुशासन भएको देशः नेकपा (एमाले)को मूलमन्त्र

स्वयंसेवक बिदाइ कार्यक्रम
मितिः २०७२।२।१०
स्थानः भृकुृटीमण्डप

पार्टीका नेता कमरेड माधवकुमार नेपाललगायतका सम्पूर्ण नेता कमरेडहरु,
यस कार्यक्रमका अध्यक्ष कमरेड गोकर्ण विप्टज्यू, यस परिचालनका संयोजक हुनुहुन्छ । वहाँ र अरु सम्पूर्ण स्वयंसेवी साथीहरु !
आज नेकपा (एमाले)का तर्फबाट तपाईंहरु दुःखमा परेका कठिनाइमा परेका जनतलाई राहत सहुलियत उपलब्ध गराउन र खास गरी निर्माणका कामहरुमा जनतालाई सहयोग पु¥याउन तपाईंहरु जाँदै हुनुहुन्छ । मौरी दुई प्रकारका हुन्छन् । एउटा कर्मी मौरी, अर्कोे काम नगर्ने, मह मात्र खाने मौरी । नेकपा (एमााले) भनेको कर्मी मौरी जस्तो हो । यो काम गर्ने र यसले मेहनतका साथ पवित्र भावनाले जनतालाई साथ सहयोग पु¥याउँछ । तपाईहरु त्यस काममा जाँदै हुनुहुन्छ । क.माधव नेपालले तपाईंहरुलाई बताइसक्नुभएको छ, त्यसै गरी यस अभियानका संयोजक क. गोकर्ण विष्टले बताइसक्नृभएको छ, क. प्रदीप ज्ञवालीले तपार्इंंहरुले प्राप्त गरेको निर्देशिकामा उल्लेख भएका कुराहरु समेत पुनः स्मरण गराउनुभएको छ । त्यस अनुसार तपाईंहरु पवित्र भावनाले दक्षता र सक्षमताका साथ काम गर्नुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । 


नेकपा (एमाले) खाली राजनीति गर्ने, संगठन गर्ने पार्टी होइन । देश र जनताका समस्यालाई बुझ्ने, ती समस्या समाधान गर्दै अगाडि जाने र समग्र नेपाललाई एउटा नवनिर्मित नेपाल, सुन्दर नेपालको रूपमा अगाडि बढाउने उद्देश्यका साथ अगाडि बढेको छ । विकसित नेपाल र समृद्ध नेपाली जनता, शान्तिपूर्ण र सुशासन भएको देश यी नेकपा (एमाले)का मूलमन्त्रहरु हुन् । यी मूलमन्त्रहरुलाई लिएर नै नेकपा (एमाले) अगाडि बढिरहेको छ । यति बेलाको विपत्तिमा यी मूलमन्त्रहरुको सारतत्वको रूपमा यिनीहरुको संवाहक शक्तिको रूपमा तपाईंहरु कार्यक्षेत्रहरुमा जाँदै हुनुहुन्छ र निर्दिष्ट ढङ्गले खटाइएका ठाउँहरुमा जाँदै हुनुहुन्छ र खटाइएका कामहरुमार्फत तपाईंहरुले जनतालाई सेवा पु¥याउनुहुन्छ । मैले धेरै समय लिनुभअन्दा पनि भन्ने गरेको छु, तषाईंहरुमा दृढ अनुशासन चाहिन्छ, दृढ संकल्प चाहिन्छ, तपाईंहरुमा कसरी काम गर्ने भन्ने रचनात्मक सोच चाहिन्छ । तपाईंहरु एकताबद्ध भएर टिम स्पिरिटका साथ यी कामहरु गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । मैले यस अगाडि पनि धेरुै पल्ट भन्ने गरेको छु, तपाईंहरुले आफ्नो सुरक्षामा ध्यान दिनुहोला । आफू सुरक्षित हुन सक्नुभएन भने अरुलाई सुरक्षित गर्न सक्नुहृुन्न, सेवा गर्न सक्नुहुन्न । एडभेन्चरिस्ट ढङ्गले, दुस्साहसिक ढङ्गले काम गर्ने होइन । सुरक्षाका साथ, सुझबुझका साथ तपाईंहरु भित्र रहेको ऊर्जा, संकल्प सबै चीज त्यसरी प्रकट हुनुपर्छ । यतिबेला म तपाईंहरुमा जुन उत्साह छ, एक महिना गएरु जनताको बीचमा पाहुना लाग्न जाने होइन, मेजमान खान जाने होइन, त्यहाँ दुःख पाउन जाने हो, दुःख गर्न जाने हो र जनताको दुःख हटाउन आफूले दुःख गर्न जाने हो । जनतालाई दुःखबाट मुक्त पार्नका लागि आफैँले दूःख गर्न तपार्इंहरु जाने हो । यो तपाईंहरुको उत्साह बहुतै प्रशंसनीय छ, सराहनीय छ । यस उत्साहमा सहयोग पु¥याउने सबैलाई म धन्यवाद दिन चाहन्छु । विभिन्न संघसंस्थाहरु, विभिन्न व्यक्तिहरु जसले यस अभियानमा, नेकपा (एमाले)को यो पवित्र अठोटमा, र यस महान् काममा सहयोग पु¥याउनुभएको छ, म वहाँहरुलाई धन्यवाद दिन चाहन्छु । म अरुलाई पनि विभिन्न संघसंस्थाहरु र व्यक्तिहरुलाई पनि भन्न चाहन्छु, यस अभियानलाई सफल पार्न यहाँहरुको सहयोगको म अपेक्षा गर्दछु र आह्वान पनि गर्दछु । 
अघि नै साथीहरुले भनिसक्नुभएको छ, हामी त्यहाँ कसैसँग तनाव गर्न गएका होइनौँ, झगडा गर्न गएका होइनौँ । एक–अर्काका राम्रा बानी, राम्रा कुराहरुबाट सिकौँ, बोल्दा पनि राम्रो भाषाले, राम्रो तरिकाले बोल्ने, आफ्नो भन्दा अरु साथीको राम्रो शैली छ भने त्यसबाट सिकौँ । नराम्रो, रुखो वचन व्यवहार हुनुहुँदैन । कहिले कहिले भन्छन्, थकाइ लागेपछि, कहिलेकहिले भन्छन् भोक लागेपछि कहाँ उस्तै हुन्छ भन्छन् । हाम्रा भोलन्टियरहरुलाई थकाइ लागे पनि, मुस्कानसहितको मृदुभाषी वचन हुनुपर्छ । भोक लागे पनि मृदुभाषी हुनुपर्छ । अत्यन्त सहृदयी व्यवहार हुनुपर्छ । यो व्यवहार तपार्इंहरु प्रतिनिधिका लागि कसरी बोल्ने, कसरी व्यवहार गर्ने त्यो सभ्यता, त्यो संस्कृतिको पनि संवाहकका रूपमा जाँदै हुनुहुन्छ । नेकपा (एमालें) कस्तो सामाजिक प्रबन्ध, कस्तो सामाजिक सम्बन्ध चाहन्छ, कसरी बोल्न चाहन्छ, कसरी व्यवहार गर्न चाहन्छ, त्यो कृराको पनि प्रतिनिधि हामी हौँ भन्ने कुरा हामीले बुझाउनु पर्दछ । घर त बनाउन आए, तर बोलाइएन, सहयोग त गर्न आए, तर बोलाइ छुचो, अलिकति सहयोग त पु¥याए, तर मनमै किरकि¥याउने खालका बोलीवचन यस्तो जनताले कमेन्ट गर्न नपरोस्, मैले तपाईंहरुलाई भनिरहनु पर्दैन । सबै अनुृशासनहरु, अनुशासनका सबै पक्षहरु, सामाजिक प्रबन्धका सबै पक्षहरु, सामाजिक मर्यादाका सबै पक्षहरु, तपाईंहरुले कडाइका साथ पालना गर्नुपर्छ । त्यस बाहेक आफैँलाई सेवकका रूपमा घोषणा गरेका स्वयंसेवीहरुले थप स्वयंसेवीका हैसियतमा अपनाउनुपर्ने अनुशासन, त्यसमा अपनाउनुुपर्ने आचरण र व्यवहारहरु ती पनि तपाईहरुले लिन सक्नुपर्दछ । म तपाईंहरु कामबाट फर्कँदा ठूलो प्रशंसाका साथ, आफ्नो कार्यक्षेत्रबाट फर्कँदा तपाईंहरुले चित्त दुःखाएर, मन दुःखाएर, मन दुःखाएर बिदा गर्नुपर्ने स्थितिमा तपाईंहरुले पु¥याउने, यति राम्रा छोराछोरी, यत्रा राम्रा भाइबहिनीहरु, यति असल भाइबहिनीहरु फेरि फर्किएर जाँदैछन् भन्ने पीर परोस् जनताका मनमा । त्यो ढङ्गले तपाईंहरु जनताको मनमा बस्नुभए पर्छ । स्वार्थबाट होइन, सेवाबाट सेवाभावबाट त्यस स्थितिमा तपाईंहरु जानुपर्दछ । तपाईंहरुले, कतिपय युवा विद्यार्थीहरुले यस प्रकारका शारीरिक श्रम बिहान ८ बजेदेखि सुरु हुने र बेलुका ६ बजेसम्म कार्यदिवस रहने, यस प्रकारका शारीरिक श्रमहरु अगाडि बढाउन सक्नेछ । हातमा ठेला उठ्नेछ, ठेला उठेपछि समाउन पाउँदैन, ती ठेलाहरु विस्तारै उठ्ने, विस्तारै बस्ने, विस्तारै बलियो हुने बनाउँदै जानुपर्छ । म आशा गर्छु, तपाईंहरु हरेकका हातमा ठेला उठ्छ, पसिना बगाइयो भन्ने ठान्ने हो भने अहिले त गर्मीको मौसम पसिना त अहिले उभिँदाउभिँदा पनि बग्दो रहेछ । कामबाट बगाउनुपर्छ पसिना र तपाईंहरुले अरु पक्षहरुमा ध्यान दिएरु बडो जिम्मेवारपनका साथ लाग्नुपर्छ । तपाईंहरुलाई कसैले एमाले भनेर हेर्छ भने तपाईंहरुलाई हेरेर एमाले हुन्छ । तपाईंहरु त्यहाँ जाँदा, तपाईंहरुले सम्बन्ध, व्यवहार गर्दा एमालेको व्यवहार भनेर बुझ्छ । त्यसकारण तपार्इंंहरुले एमालेको प्रतिनिधित्व त्यहाँ गरिरहेको हुन्छ । नेता कसरी बोल्छ, को कसरी बोल्छ, त्यहाँ हेर्दैन, त्यहाँ एमाले भएर तपाईंहरले सबैले देख्ने गरी पहेँला हेल्मेट लगाएर गएपछि, रातो जर्सी लगाएर गए पछि, तपाईंहरुलाई नै एमाले हेर्छ र एमाले भनेको यही हो भन्ने ठान्छ । तपाईंहरुको व्यवहार जस्तो छ ,त्यस्नै हो एमाले भनेर ठान्छ । त्यसकारण एमालेको इज्जत उठाउने गरी नै तपार्इंंहरुले काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।  
अहिले धेरै कुराहरु नराखौँ, तषाईंहरु सुस्वस्थ ढङ्गले फर्कनुस् । नयाँ अनुभवका साथ फर्कनुस् । श्रमलाई सम्मान गर्ने र श्रमप्रतिको निकटता, त्यो एउटा नयाँ उद्घोषका साथ तषाईंहरु फर्कनुस् । अघि नै साथीहरुलृे भन्नुभयो, तपाईंहरु सबैको लेखाजोखा राखिन्छ, मूल्यांकन हुन्छ । तपार्इंंहरुलाई प्रमाणपत्र पनि प्रदान गरिन्छ । तर ती सबै कुरा भन्दा तपार्इंको प्रमाणपत्र जनताका मनमा तपार्इं पुगेका ठाउँमा, तपाईं सेवा गरेका जनताका मनमा जुन प्रमाणपत्र हुन्छ, त्यो सुनौला हुन्छ कि पहेँलो हुन्छ कि रातो हुन्छ कि कालो हुन्छ कि त्यो बाटै सबभन्दा नमेटिने गरी हुन्छ । त्यस कारण त्यहाँको प्रमाणपत्रमा विशेष ख्याल राख्नुहोला । 
अब धेरै घाम छ, धेरै चर्को छ, तपाईंहरुलाई गाँठी कुराहरु आइ पनि सकेको छ, म धेरै समय भन्न चाहन्न । नेकपा (एमाले) देश बनाउने पार्टी हो, देश बनाउन अगाडि बढ्छ, यो प्रारम्भ हो, यसलाई हामी अझै अगाडि  बढाउँछौँ । हामीसँग रकम छैन, हामीसँग साधनस्रोत छैन, साधनस्रोत हामी बन्दोबस्त गर्दै जान्छौँ । साधनस्रोत भन्दा हामी मनले अगाडि बढेर सेवा पु¥याउँदै जान्छौँ । यही भावनाका साथ बढ्दै जानेछौँ । साथीहरु तपाईंहरुलाई धेरैधेरै शुभकामना छ, पार्टीले आवश्यक संयोजन, आवश्यक जे गर्नुपर्छ तपाईंहरुका निम्ति सक्दो ती कामहरु गर्ने, तपाईंहरुका आवश्यकता, तपाईंहरुका बरका कुरा गर्ने ती कामहरु गर्छ । तपाईंहरुले स्थानमा प्राविधिक सहयोग, स्वास्थ्य सम्बन्धी सहयोग आदि कुराहरु पनि प्राप्त गर्नुहुनेछ । कुनै समस्या प¥यो भने त्यस पछि पनि हामी पार्टीका तर्फबाट त्यसमा हेरविचार गर्नेछौँ । त्यसो भएको हुनाले तपाईंहरु ढुक्क भएर तीव्रताका साथ अगाडि जानुुस् । नयाँ अनुभव र विनाशको ठाउँबाट देशलाई अगाडि बढाउनुछ, दृढ संकल्पका साथ तपाईंहरु जानुस् । म तपाईहरुलाई शुभकामनाका साथ पार्टीको तर्फबाट बिदाइ गर्न चाहन्छु । धेरैधेरै शुभकामना, बिदाइ छ । धन्यवाद!