Pages

Friday, May 15, 2015

भूकम्प पीडितको सेवामा खटिने अनेरास्ववियुका स्वयंसेवकहरूलार्इ मार्गदर्शन

(अनेरास्ववियु केकद्वारा भूकम्पपीडितहरूको सहयोगार्थ परिचालित स्वयंसेवकहरूको बिदाइ कार्यक्रममा एमाले अध्यक्ष के.पी. शर्मा अोलीद्वारा मार्गदर्शन, २०७२ वैशाख २६, नेपाल ल क्याम्पस)
यस कार्यक्रमका अध्यक्षज्यू,

मञ्चमा रहनुभएका पार्टीका नेताज्यूहरु,
विभिन्न जनवर्गीय संगठनका नेताज्यूहरु
र विद्यार्थी साथीहरु ।
     आज तपाईंहरु सायद जीवनमा यस भन्दा अगाडि नगरेका नयाँ प्रकृतिका कामका लागि नयाँ ढङ्गको जिम्मेवारी लिएर नयाँपनका साथ नयाँ अनुभवका साथ विभिन्न कार्यक्षेत्रहरुमा जाँदै हुनुहुन्छ । सन्दर्भ हामी सबैलाई थाह छ नेपाल अत्यन्तै पीडाको अवस्थामा छ, दुःखको अवस्थामा छ, भूकम्पले ६,७ लाख आवासीय घरहरु भत्किएका छन् । पूर्ण ध्वस्त भएका वा आंशिक ध्वस्त भएका भन्ने कुराको त्यति फरक छैन । बस्न नहुने घर उभिएकै छ भने पनि झन् खतरा छ, के फरक पर्छ त्यसले? नेकपा (एमाले) को केन्द्रीय कार्यालय उभिएकै छ, तर छेउमा जानलाई साथीभाइ घर परिवारसँग बिदा लिएर जानुपर्ने हुन्छ । त्यो घर पूर्ण भत्कियो कि आंशिक भत्कियो कि, चर्कियो कि, मर्कियो भन्ने  कुराको के अर्थ छ ? त्यो पूर्ण भत्किएको भन्दा कुनै फरक छैन, अरु बढी खतरा छ । यसरी ६, ७ लाख घरहरु भत्किएका छन् । आठ हजार भन्दा बढी जनताको ज्यान गएको छ । हाम्रो जस्तो सानो जनसंख्या भएको देशमा, हाम्रो जस्तो पहाडी जिल्लाहरु र छरिएको बस्तीहरुमा ८ हजार जनसंख्याको क्षति सानो कुरा होइन । यस पटकको भूकम्प मूलतः नेपालको मध्यउत्तर, मध्यभाग र पहाडी भागमा बढी केन्द्रित भएको छ । हामी सबैलाई थाह छ, बारपाक केन्द्र गरेर गएको छ, गोरखाको । अर्को सिन्धुपाल्चोक केन्द्र गरेर गएको छ, अर्को भुइँचालो भनेर बुझिने मान्छेले महसुस, अनुभव गर्नेसकिने ४ रेक्टर, ५ रेक्टर भन्दा ठूला भइँचालोहरु नै डेढ सय भन्दा बढी पटक गइसकेको छ । १५ दिनमा डेढ सय भन्दा बढी अनुभूत हुने भूकम्प र अनुभूत नहुने ४ रेक्टर स्केल भन्दा मुनिका भुइँचालोहरु धेरै गएका छन्, त्यो हजारौँको संख्यामा छन् । नेपालको धर्ती अहिले पनि स्थिर हुनसकेको छैन । भूकम्पले जुन पृथ्वीको भित्री सतहलाई चिरा पा¥यो, खल्बल्यायो, धस्कायो त्यसको असर बाहिर पनि प¥यो र बाहिर पनि जमिनहरु फाटेका छन् । अनेक ठाउँमा जमिनहरु फाटेका छन् । ती कुराहरु हामी सतहमा पनि देख्न सक्छौँ, बाहिर पनि देख्न सक्छौँ ।


     सन् २००५ मा पाकिस्तानमा भूकम्प गएको थियो, पाकिस्ताको पूर्वोत्तर क्षेत्रमा । त्यसमा बाहिरबाटै देख्न सकिन्थ्यो, त्यो पहाडी भूभाग कहाँदेखि कहाँसम्म अनेक किलोमिटर चिरिएको थियो । पूरै चिरिएको थियो, त्यसले गर्दा त्यहाँ पनि पछिसम्म झट्का आइरहनु स्वाभाविकै थियो । त्यो एउटा चिरिएको होइन, अनेक चिरिएका थिए, ठूलो चाहिँ पहाड नै चिरिएको थियो, पश्चिमदेखि पूर्वसम्म । हाम्रो अवस्था लगभग यस्तै छ । एउटा चिरो नै खर्लप्प चिरिएको भन्दा पनि अनेक चिराहरु परेका छन् । हाम्रा बाटाहरु भत्किएका छन् । हाम्रा पुरातात्विक महत्वका ठाउँहरु भत्किएका छन् । मन्दिरहरु भत्किएका छन् । अनेक भत्किएको छ । सबभन्दा ठूलो कुरो त आठ मान्छेको ज्यान लिने काम ग¥यो भूकम्पले । पन्ध्र हजार भन्दा बढी मान्छे घाइते छन् । र अहिले पनि सात, आठ हजार मानिसहरु अस्पतालमै उपचार गराइरहेका छन् वा स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् र शिविरहरुमा उपचार गराइरहेका छन् । यो आकस्मिक व्यवस्था अन्तर्गत भइरहेको छ । यस्तो भयावह स्थितिमा हामी छौँ ।  सात हजार भन्दा बढी विद्यालयहरु भत्किएका छन् । बालबालिकाहरुको, विद्यार्थीहरुको पढाइ रोकिएको छ । र हामीले यसलाई सुचारु गर्नुपर्ने छ । जनताका घर भत्किएका छन्, बस्ने ठाउँ छैन । अझै पनि महामारी फैलने खतरा छ, त्यसको व्यवस्थापन गर्न सकिएको छैन । उद्धार कार्य मूलतः सिद्धिएको छ, तर अझै पनि उद्धार कार्य केही मात्रामा बाँकी पनि छ । र उद्धार कार्य अगाडि बढाउँदै राहतलाई प्रभावकारी ढङ्गले लान खोजिएको छ ।  राहतलाई प्रभावकारी ढङ्गले वितरण गर्न एक छिनका लागि केही समयका लागि, छोटो समयका लागि विभिन्न मान्छेहरु विभिन्न ठाउँमा आफ्ना भावना, सहयोगको भावना, एकता, सहानुभूति प्रकट गर्न दौडने पनि स्थिति रह्यो र त्यसभित्र मिसिएर अरु प्रकारका उद्देश्यहरु पनि सक्रिय रहे । यो आवधिक कुरा हो । जब हामी निर्माणको अवस्थामा प्रवेश गर्छौ, त्यसपछि हामीलाई विशाल धनराशिको आवश्यकता छ,,हाम्रा सम्पूर्ण स्रोतसाधनहरुको, स्थानीय साधनस्रोतहरुको प्रयोग गर्न आवश्यकता छ । विद्यार्थीहरुको पठनपाठनको व्यवस्था १०ं+२ सम्म वा बाह्र कक्षासम्म कसरी निःशुल्क ढङ्गले गर्ने, बस्ने ठाउँ नभएका गरिबका छोराछोरीलाई कसरी आवासीय ढङ्गले पढाउने, तिनीहरुलाई मनोवैज्ञानिक रूपले उपचार गरेर आतंकबाट मुक्त गरेर, केटाकेटीहरुको कलिलो मनमा, बालबालिकाहरुको कलिलो मनमा जुन त्रास भएको छ, एक छिनमा भयो, फेरि हििल्लन्छ, अर्को क्षणमा भयो फेरि हल्लिन्छ, तिनका अभिभावहरु गुरुरर कुदेर बाहिर निस्कन्छन् । भयावह स्थितिमा तिनीहरुको मानसिकतामा गम्भीर चोट परेका छ, कलिलो मनहरुमा गम्भीर धक्का परेको छ, त्यसबाट उनीहरुलाई मुक्त गर्नुपरेको छ । र पढाइको सुविधा उनीहरुलाई उपलब्ध गराउनुपरेको छ । जनतालाई आवासको व्यवस्था गर्नुछ । पढ्ने ठाउँहरुको व्यवस्था गर्नुछ । यी तमाम कामहरु नेपालका अगाडि, नेपालीहरुका अगाडि चुनौतिको रूपमा उभिएका छन् । मनसुन आउँदैछ, केही हप्ताभित्रै । अब मनसुन आउन दुई हप्ता, तीन हप्ता पनि राम्रो  लाग्दैन ।अहिले प्रि–मनसुन लगभग सुरु हुन थालेको छ । अहिले पनि मौसम त्यति राम्रो छैन । पछि मनसुन सुरु भइसकेपछि दुर्गम ठाउँहरुमा हेलिकप्टर पु¥याउन पनि सजिलो हुँदैन । बादल लागेर, कुहिरो लागेर हेलिकप्टर उड्न नसक्ने अवस्था हुन्छ । उचाइबाट उड्ने जहाजहरुको कामै हुँदैन । उचाइबाट बस्ती छोपिन्छ, माथिबाट उड्ने बस्तुहरुको काम के ?
प्लेन उडाएर देख्दा पनि देख्दैन, किनकि ठूला प्लेनहरु पहाडका टाकुराहरुभन्दा माथिबाट उडाउनुपर्ने हुन्छ । साना प्लेनहरु त्यस्ता ठाउँमा जान पनि सक्दैन । हामी भयानक प्रतिकूलतामा छौँ । निर्माणको सन्दर्भमा पनि निर्माण सामग्रीहरु पु¥याउने सन्दर्भमा पनि । अस्ति मात्र मैले उत्तरका दृर्गम भागहरु धादिङ्गका लापा भन्ने ठाउँहरु, त्यो लापाबाट मोटरको बाटो भेट्न तीन दिन हिँड्नुपर्छ, र हिँड्ने बानी भएका मान्छे मात्र त्यो बाटो हिँड्न सक्छ,  भीरैभीर मात्रै छ । पहिरैपहिरो भीरैभीरको त्यस्तो बाटो भनेको जो सुकै हिँड्न सक्दैन । तसर्थ अत्यन्त विकट भौगोलिक अवस्था,  छरिएका गाउँहरु,  राहत सामग्री पु¥याउन कठिन, निर्माण सामग्री पु¥याउन झनै कठिन र त्यसलाई कसरी पुनव्र्यवस्थामन गर्ने भन्ने हाम्रो समस्या छँदैछ । ती कुराहरुलाई हामी गम्भीरताका साथ छलफल गरिरहेका छौँ, ध्यान दिइरहेका छौँ । विशेष ढङ्गले तत्काल संसदका अधिवेशन बोलाएर काम सुरु गरिएको तपाईंहरुलाई थाह छँदैछ । त्यहाँ पनि छलफल सुरु भएको छ । हिजोको छलफलमा आम रूपमा राम्रा विचारहरु आएका छन् । सिङ्गो राष्ट्र एकताबद्ध भएर, मतभेदहरुलाई थाती राखेर अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले सबै दलका नेताहरुबाट सुन्यौँ, सबै पक्षबाट सुन्यौँ, जो अत्यन्तै राम्रो कुरा हो । अब यस्तो बेलामा हामी नेपालीहरु जो बाँचेका छौँ,  आठ हजार भन्दा बढी मानिसहरु त मरेर गइसके, जो मानिसहरु मृत घोषित गरिएका छैनन्, किन मृत घोषणा गरिएको छैन भन्दा यसरी पहिरोमुनि पुरिएको छ कि निकाल्न सकिएको छैन । मृत घोषणा गर्न सकिएको छैन, किन कि मृत भनेर बाहिर निकाल्न सकिएको छैन । किन घोषणा गर्न नसकिएको किन नपाइएको भन्दा गाउँ नै भेटिँदैन, त्यो कहाँ पु¥यायो, कहाँ पु¥यायो ।  म लाङ्गताङ्गको बस्ती हेर्न गएँ, घोडातबेला भन्ने बस्तीहरु हेर्न गएँ, त्यहाँ बस्ती थियो भन्ने कुरा मात्र सुन्न पाइन्छ । बस्ती थियो, तर त्यहाँ बस्तीको कुनै चिनो बाँकी छैन । त्यहाँका मान्छे फेला परेनन्, पर्नू सम्भव छैन । तर फेला नपरीकन मृत घोषणा गर्न नमिल्ने । मैले हिजो संसदमा बोल्दा पनि भनेको छु, निश्चित समय तोकेर निश्चित अवधि राखेर गायब भएकाहरुलाई मृत घोषणा गरे पनि नगरे पनि त्यो मृत घोषणा गरिएका सरह उनीहरुका परिवारलाई सहयोग उपलब्ध गराउनुपर्छ, राहत उपलब्ध नगराउनुपर्छ ‘। नत्र गावैँ बगेको छ, बस्ती नै गएको छ, परिवारका सारा मान्छे गएका छन्, एक जना मान्छे बाँकी छ, चार जना मान्छे गएका छन्, भेटिएको पनि छैन,  थप पीडामा छन्, तर पनि उसलाई मृत पनि नभनेको हुनाले उसले सहयोग पनि पाउन गाह्रो छ, त्यस्तो अवस्था आउन दिन हुन्न ।
     जे होस् हामी एउटा भयावह स्थितिमा छौँ, र हामी यो संगठन,  जो आज स्वयंसेवी भएर जाँदैछ, त्यो संगठन उद्यमीहरुको संगठन होइन । बिजनेस संगठन होइन, यो आयात निर्यातवाला पनि होइन, र यो संस्थाको नामको सुरुमा आखल छ, अखिल नेपाल भनेको नेपालव्यापी, अल नेपाल, भनेको हो । नेपालव्यापी संगठन त दुःख परेको ठाउँमा पनि पुगेकै हुन्छ,  सुख परेको ठाउँमा पनि पुगेकै हुन्छ । जनता .अष्ठेरामा परे भने पनि पुगेकै हुन्छ र यो संगठन जेष्ठ नागरिकहरुको संगठन होइन । जेष्ठ नागरिकहरुको निम्ति आश्रयस्थल होइन । यो सबै कुराहरुसँग जुधेर, प्रतिकूलताहरुलाई बुझेर तिनलाई पराजित गरेर, नयाँ नेपाल, उज्यालो नेपाल, सुन्दर नेपाल बनाउँछौँ, प्रतिकूलता जतिसुकै बलिया हुन्, तिनलाई लच्काएर, बङ्ग्याएर, ठेल्न लगाएर छोड्छौँ भन्ने संगठन हो । नयाँ नेपाल बनाउँछौँ भन्ने संकल्प बोकेर आएको संगठन हो र यो संगठन देशव्यापी, राष्ट्रव्यापी, जनव्यापी संगठन हो, सर्वत्र पुगेको संगठन हो ।
     अखिल नेपाल अर्थात अल नेपाल । यो एउटा भूगोल विशेषको, कुनै जात विशेषको, एउटा के विशेषको मात्रै होइन, यसको नाम सुरुदेखि नै बहुत राम्ररी राखिएको छ । यो हिमाली संगठन होइन, पहाडी संगठन होइन,  मधेसी संगठन होइन । पूर्वीया संगठन होइन, पश्चिमा संगठन होइन, फलना जातको संगठन होइन, जनजाति संगठन होइन, दलित संगठन होइन । यो जनजाति, दलितदेखि लिएर मधेस, पहाड, हिमाल सबै, पूर्वदेखि पश्चिमसम्म सबै, लामो समय धर्तीमा बाँचौँला, बाँच्न लायक धर्तीलाई बनाउँला, देशलाई बाँच्न लायक बनाउँला, सुव्यवस्था, सुशासन र सुन्दर समाज रचना गरौँला भन्ने संकल्प र अभियानमा जुटेको राष्ट्रव्यापी संगठन हो । यसले आफ्नो भूमिकालाई त्यसै गरी प्रस्तुत गर्न खोजेको छ । सबैभन्दा ठूलो कुरा मन हो । सबै भन्दा ठूलो कुरा अठोट हो, संकल्प हो, प्रतिबद्धता हो । सबै भन्दा ठूलो आत्मविश्वास हो ।
मैले धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, धनी भएर पैसा कमाएर कुनै देशले विकास गर्दैन, विकास गर्छ, पंैसा कमाउँछ, धनी बन्छ । चीनले बेसरी पैसा कमायो, धनी भयो, अनि विकास ग¥यो, होइन । विकास ग¥यो, अनि धनी भयो, पैसा कमायो । कुनै पनि देश धनी भएर, बेसरी पैसा थुप्रिएर विकास गर्ने होइन । पैसाबाट विकास हुने होइन, विकासबाट पैसा हुन्छ । विकास चाहिँ एउटा दृष्टिकोण हो । कसरी गर्ने भन्ने कुरा हो । आजको हाम्रो पुस्ता भनेको कम्प्युटर, मोबाइल चलाउन मात्र होइन, प्लेन बनाउने, हवाईजहाजको अभ्यास गर्ने पुस्ता हो । यो इनोभेटिभ, हृन त यसै पनि हाम्रो वंश, खानदान, पुस्ता, परम्परा सबै इनोभेटिभ हो । हाम्रा पुर्खाहरु, ऋषिमुनिहरु विद्वान् छँदै थिए, तिनका सन्तानहरु झन् आज आएर प्रतिकूलताका बावजूद अत्यन्त इनोभेटिभ, अत्यन्त रचनात्मक, अत्यन्त खोजमूलक ढङ्गले अगाडि बढेका छन् । यस्तो अवस्थामा तपाईंहरु जनतासँग एकाकार हुन, जनताका समस्याहरु सही ढङ्गले बुझ्न, आफ्नो देशलाई सही ढङ्गले बुझ्न र आफ्नो देशका देशबन्धुहरु, आफ्ना देशका गार्डियनहरु तपाईहरु जहाँ जानुहुन्छ, ती तपाईंहरुका गार्डियन हुन्, तपाईंहरुका अभिभावक, मित्र तपाईंहरुका त्यहाँ भाइबहिनी भेटिन्छन्, तपाईंहरुले सम्मान गर्नुपर्ने मान्छेहरु भेटिन्छन्, तपाईंहरुले माया गर्नुपर्ने मान्छे भेटिन्छन्, र पीडामा परेका हुनाले सबै तपाईंहरुले सम्मान गर्नूपर्ने र माया गर्नुपर्ने नै हुन्छ । जसलाई तपाईंहरुले सहयोग गर्नुपर्छ । यो सहयोग गर्दा तीन चार बटा कुराहरुको आवश्यकता पर्छ । तपाईंहरु अत्यन्तै अनुशासित हुन जरुरी छ । भोलि आठ बजे भनेको ठाउँमा साढे नौ बजे पुग्यो भने भोलिन्टियर भएन । त्यो त बजार भर्न जाने कृुरा भयो । रङ्गीन बजार लाग्छ, शनिवार बजार लाग्छ, शनिवार जाउँला । एकछिन पछि कोही जान्छ, एक छिन अघि कोही जान्छ, बिस्तार बिस्तार मान्छे जम्मा हुँदै जान्छ । त्यस्तो होइन । अथवा आमसभामा आह्वान गरिएका मान्छे हुन्छन् नि बिस्तार बिस्तार जान्छन् । यति नै बजे भन्ने केही पनि हुँदैन । तर तपाईंहरु जे कामलाई जाँदै हुनुहुन्छ, त्यो अलिकति कठिन पनि छ । सुत् भनेको बेला सुत्नुपर्छ, खा भनेको बेला खानुपर्छ, हिँड् भनेको ठाउँमा हिँड्नुपर्छ, गर् भनेको काम गर्नुपर्छ । त्यसकारण यो स्वयंसेवी भावना र आफू सेवक हुँ भन्ने भावना स्वयंसेवक, तपाईंहरुले आफूले आफैंलाई सेवकको रूपमा, सेवक भनेको सबभन्दा तलको हुन्छ, माथि होइन । मालिक हुँदेन, सेवक भनेको चाहिँ । विभिन्न भाषा छन् सेवकका, कोही धार्मिक भाषा छन्, कति धार्मिक सम्प्रदायहरुले दास भनेर लेखेको हुन्छ । फलाना दास, फलाना दास....नाममै दास लेखिएको हुन्छ । कसैले सेवक लेखेको हृुन्छ, कसैले के लेखेको हुन्छ । जे होस् तपाईंहरु सेवकको रूपमा जाँदै हुनुहुुन्छ, आफैंले आफैंलाई सेवकको रूपमा घोषणा गरेर । सेवक भइसकेपछि तपाईंहरुले तिनका हितप्रति निष्ठा र वफादारिताका साथ तिनका आवश्यकता परिपूर्ति गर्न सम्पूर्ण रूपले, होल हार्टेडली भन्छन् नि, सम्पूर्ण मन बचन र कर्मले काम गर्नुपर्छ । तपाईंहरु बिल्कुल अनुशासित हुनुपर्छ, अनुशासन फिल्डमा, अनुशासन वैयक्तिक तवरमा । म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, अनुशासनमा बस्न सक्छु जस्तो लाग्छैन भने कृपया लेखाएका नाम कटाइदिनुस् । यदि अनुशासनमा बस्न सक्दिनँ भन्ने लाग्छ भने नाम कटाइदिए हुन्छ, त्यस ठाउँमा अर्कोले रिप्लेस गर्छ । तर तपाईंमा त्यो आत्मविश्वास हुनुपर्दछ, अनुशासनमा बस्न सक्छु भन्ने । वैयक्तिक जीवनमा अनुशासन, आचरणमा अनुशासन, अरु पक्षहरुमा अनुशासन, कहिले भोक पनि लाग्छ, कहिले प्यास पनि लाग्छ, कहिले  दुःख पनि सहनुपर्छ कहिले के गर्नुपर्छ । तपाईंहरुमा लोभलालच भन्ने कुरा हुनुहुँदैन । तपाईंहरुमा स्वार्थ हुनुहुँदैन । तपाईंहरुमा कुनै आकर्षण र आशक्ति हुनुहुँदैन, जनताको सेवा पु¥याउने कुरामा एकचित्त हुनसपर्दछ । लोभ, लालच, आशक्ति कुनै कुरामा पनि अनुराग हुनुहुँदैन । यी कुराहरु भोलिन्टियर्सका हुन् । यी कुराहरुमा तपाईंहरुको ध्यान जाओस् । र तपाईंहरुको जीवनलाई नयाँ ढाँचामा, नयाँ स्तरमा, स्तरीयतामा उठाउने एउटा  ठूलो अवसर पनि हो ।
     आत्मानुशासन, आत्मनियन्त्रण, आत्मबन्धन, यस्ता सबै कुराहरु स्वयंसेवक भनेपछि तपार्इंंहरुले त्यहाँ राख्नुपर्दछ । महिलाहरु व्रत बस्छन् नि, कसैले खान नदिएर होइन, खाना अगाडि राखेको हुन्छ, मेरो त व्रत भनेर नखाइबसेको हुन्छ । तपाईंका अगाडि बास्नादार भोजन तयार भएको हुनसक्दछ, तर त्यो तपाईंले खाने होइन, खाने आदेश छैन भने त्यो तपाईंले खाने होइन । जतिसुकै स्वादिष्ट भोजन होस्, जतिसुकै आकर्षक परिकार होस्, जस्तोसुकै परिस्थिति होस्, त्यसमा तपाईंको आत्मानुशासन आवश्यक डाइनामिज्म आवश्यक छ । कोही साथीहरुले भन्नुभयो कि इनोभेटिभ ढङ्गले चल्न आवश्यक छ । 
     एउटा कुरामा म तपाईंहरुलाई सजग गराउन चाहन्छु, तपाईंहरु युवा हुनुहुन्छ, युवा उमेर अलि दुस्साहसिक ढाँचाको हुन्छ । तपाईंहरुले आफ्नो सुरक्षाको पनि ख्याल राख्नुपर्छ, तपाईंहरु घर बनाउन जानुहुन्छ, लापरवाहीसँग माथिबाट काठ खस्ला, टाउकोमा लाग्ला, घाइते होला, नराम्रो स्थिति आउला, ती कुराहरुमा अनावश्यक एडभेन्चर, दुस्साहस, नजानुपर्ने ठाउँमा जाने, नगर्नुपर्ने काम गर्ने, अनेरास्ववियु भने पछि ढुङ्गाले पनि केही हुँदैन,  काठले पनि केही हुँदैन, टाउको पनि फुट्दैन भन्ने त होइन नि । आफैँलाई सिक्यूर गर्नुहुन्न भने तपाईंले अरुलाई कसरी सेवा गर्नुहुन्छ ? त्यसकारण तपाईंहरुले आफ्नो सिक्युरिटीमा पनि ध्यान दिन जरुरी छ । काँतर नहुनुस्, तर सतर्क र सावधान रहनुस् । सुरक्षाका नाममा कायर हुने होइन, तर सुरुक्षाका निम्ति तपाईंहरुले ध्यान दिनैपर्छ ।
     सेना प्रहरीले के गर्छ ? जस्तो अस्ति पनि ग¥यो । भुइँचालो जाने बित्तिकै सबै सेनाका, प्रहरीका, सशस्त्र प्रहरी व्यारेकहरुले तत्काल को को उठ्न सक्नेछ, कोको त्यो ब्यारेकभित्र छ कि त्यो ब्यारेक भित्र छ कि के थाह कुनमा को घाइते भएको छ कि के भएको छ कि त्यो जानकारी लिनुप¥यो । त्यही दिन सबैलाई बोलाउँछ । सब ठीक छ ? आफ्नो सुरक्षामा ध्यान देऊ । तत्काल जुन कपडा लगाएर,  हाफ–पाइन्ट छ, भेस्ट छ, स्लिपिङ्ग ड्रेस छ अथवा जे भए पनि जुन ड्रेस छ त्यसैमा सेवामा दौडेर जानुुप¥यो । एम्बुलेन्स कहिले पर्खने ? कहाँ गएर रन गर्छ एम्बुलेन्स ? त्यस कारण त्यो भावनाका साथ हामीले पनि लाग्नुपर्छ । त्यस कारण सिक्युरिटीमा ध्यान दिनुहोला, त्यसपछि मात्र राहत । त्यस कारण भन्छ नि अक्सिजन सिद्धिन खोज्यो भने पहिले आफूले मास्क लगाउने । अर्कोलाई मास्क लगाइदिन खोज्दाखोज्दै आफैँ अक्सिजनविहीन भयो भने यो पनि गयो, त्यो पनि गयो । त्यसकारण वियर द मास्क फस्र्ट । तपाईं सुरक्षित हुनुभएन भने सबै बर्वाद छ । त्यसकारण तपाईं आफ्नो सुरक्षाका लागि ध्यान दिनुहोस् । त्यसपछि अरुको सुरक्षामा ध्यान दिनुस् । तपाईंहरु काममा जाँदाखेरि तपाईंहरुमा एउटा उत्साह हुन्छ, त्यहाँ स्थानीय जनता, स्थानीय केटाकेटीहरु खेल्दै आउँछन्, उत्साहित भएर आउँछन्, तपाईंहरुले केही निर्माण गर्न लागिदिनुभएको छ, केही सहयोग गर्न लाग्नुभएको छ, त्यसकारण उत्साहित हुन्छन्, त्यस्तो अवस्थामा तपाईंहरुले अरु धेरै कुराहरु ख्याल राख्नुपर्छ । त्यहाँका स्थानीय जनताको सुरक्षाको स्थिति के छ ? हरेक काम गर्दा, एउटा काठ उठाउँदा, एउटा इँटा राख्दा सुरक्षाको पक्षलाई बहुतै ध्यान दिनुपर्छ । अर्को भत्किएका घरहरुको मर्मत सम्भार, त्यसको डेब्रिस, भग्नावशेष हटाउने कुरा पनि तपाईंहरुले गर्नुपर्छ । तर त्यस्तो गर्दाखेरि त्यस ठाउँमा भत्किएर नचेपोस् भन्ने कुरामा सावधानी र सतर्कताका साथ नै ती कामहरु हुनुपर्छ । मैले भनेको तपाईंहरुले बुझ्नुभयो होला भन्ने म ठान्छु ।
    डेडिकेसन, डिटरमिनेसन, डाइनामिज्म, डिसिप्लिन– यी कुराहरु तपाईहरुमा आवश्यक छ, यसलाई तपाईंहरुले मन्त्रको रूपमा लिनुपर्दछ । फोर डीलाई मन्त्रको रूपमा लिँदा हुन्छ । र सिक्युरिटीका प्रश्नहरुलाई ध्यान दिनुहोला, एडभेन्चरिस्ट हुने होइन । सर्भिस दिने हो, सेवा दिने हो, एडभेन्चरिस्ट हृने होइन ।
डेडिकेसनमा, डिटरमिनेसनमा के के पर्छ भन्ने कुरा मैले तपाईंहरुलाई संक्षिप्तमा संकेत गरेको हुँ । यी  तमाम कुराहरुमा तपाईंहरु अत्यन्तै कडा हुनुुपर्दछ । त्यो तपाईंहरुको जीवनमा नयाँ प्रकारको अध्यायको सुरुवात हो । यस कामले तपाईंहरुलाई तपाईंहरु भित्रको लिडरसिप बिल्डअप गर्छ । तपाईंहरु भित्रको नेतृत्व विकास गर्छ, यस कामले । तपाईंहरु प्रायः आमाबाबुले हुर्काएर पठाइदिएका युवा, आफैँले आफ्नो जिम्मामा धेरै कुरा नलिएको स्थिति, हुनसक्छ । तर यो तपाईंको क्षेत्राधिकारभित्र नपर्ने, कर्तव्यभित्र पर्ने कुराबाट तपाईंहरुले जिम्मेवारी बोधको, जिम्मेवारी बहनको अभिभारा उठाउँदै हुनुहुन्छ ।
     तपाईंहरु स्वस्थ रहनुस् । स्वास्थ्यमा अलि ध्यान दिनुहोला । स्थानीय जनतालाई बर्डन लगाउन हुँदैन । त्यहाँका आफ्ना संगठनहरु, तपाईंहरुको अनेरास्ववियु होला त्यहाँ, त्यस जिल्लाको अनेरास्ववियु, त्यहाँको जिल्ला प्रशासन, र अरुहरुसँग पनि ताल मिलाउने । कहिलेकहिले, कसैकसैले नचाहिने भन्न सक्छ । तपाईं त्यहाँ लड्न जानुभएको होइन, सम्झाउन, भन्न जानुभएको हो । तपाईंहरु राहत, उद्धार का लागि जानुभएको हो, लड्न जानुभएको होइन । एउटा कुरा तपाईंहरुले मनबाट बिर्सिदिनुस्, यो सर्भिस तपाईंहरुले अनेरास्ववियुलाई स्थापित गर्नका लागि गर्दै हुनुहुन्छ भन्ने होइन । अनेरास्ववियुलाई स्थापित गर्न होइन, जनतलाई राहत सहुलियत दिन, बचाउन, पढाइ सुचारु गर्न तपाई गर्दै हुनुहुन्छ । त्यसको प्रतिफल कहाँकहाँ पुग्ने हो, त्यो बेग्लै कुरा हो ।  प्रतिफल जाला आफ्नो ठाउँमा, तर तपाईंको उद्देश्य सेवा पु¥याउने हो । लाभ हुन्छ कि हुँदैन, कसो गर्दा लाभ हुन्छ, कसैले देखेको छैन, के गरेर बस्नु, कोही फोटो खिँच्दैन, यस्तो सेवा के गर्नु भन्ने होइन । सेवा गर्ने, प्रचारको मतलब छोडिदिनुस् । सेवा गर्ने जशको मतलब छोडिदिनुस् । सेवा गर्ने, मूल्याङ्कनको मतलब छोडिदिनुस् । मैले यति काम गरेँ, टिम लिडरले मूल्याङ्कन नै गरेनन् खै मूल्याङ्कन भन्ने होइन । मूल्याङ्कन गर्न गएकै होइन त्यहाँ  । पसिना बगाउन गएको पसिना बग्यो कि बगेन विचार गर्नुस् । त्यसै गरी हाम्रो टिम टप हुनुपर्छ भन्ने पनि होला । टिम टप होइन, सर्भिस टप हुनुपर्छ । अरु छोडिदिनुस् । सबै कुरा हटाइदिनुस्, सर्भिस । त्यही भावनाले तपाईंलाई दिन्छ, जे दिनुपर्छ । तपाईंको नेतृत्व विकासको । गफ फिटेर लिडरसिप बिल्डिङ्ग हुँदैन । काम गरेर लिडरसिप बिल्डिङ्ग हुन्छ । तपाईंहरु त्यस काममा लाग्नुभएको छ । नयाँ अभ्यासमा तपाईंहरु जाँदै हुनुहुन्छ । तपाईंहरुलाई धेरैधेरै सफलताको म कामना गर्न चाहन्छु । तपाईंहसरुले जनताको सेवा गरेर जनताको मन जितेर प्रशंसा पाउनुहुन्छ भन्ने मैले विश्वास गरेको छु । प्रशंसा पाउनका लागि काम नगर्नुस्, मेरो सुझाव छ । प्रशंसा पाउनका लागि काम गर्ने होइन, हामीले  जनताको प्रशंसा पाउनुछ भन्ने होइन । हामीले जनताको सेवा गर्नुछ, बस् । प्रशंसा गरोस् कि निन्दा गरून् । कोही कोही तपाईंले काम गर्नुहुन्छ, उल्टै गाली गर्ने पनि निस्कन्छ, त्यहाँ । अनेक खेल भेद पनि हुन्छन् त्यहाँ । गाउँघरबाट आउनुभएका भाइबहिनीहरुले बुझ्नुहुन्छ होला कि भेद भनेको के हो भन्ने कुरा । भेदेको हुन्छ । तपाईंंहरु बुझ्नुहुन्छ नि छौँडा खेलाएको भन्छन् । कतिपयले त्यहाँ छौँडा खेलाएर छौँडा निकाल्छन् । त्यस्ताहरुको सामना गर्नूपर्छ । तर तपाईंहरुको विषय छौँडासँगको लफडा चाहिँ होइन । ए भाइ त्यो डिलमा बस र हेर भन्ने । छौँडासँग मतलब नै छैन । आफ्ना कामहरु पवित्र भावनाले गर्ने । त्यही आइडिया गर्नुहुन्छ ।
     यो स्वयंसेवक परिचालन एउटा टिम बनेको छ, कमिटी बनेको छ । त्यसको नेतृत्व मोर्चा संगठन प्रमुख, केन्द्रीय सचिव गोकर्ण विष्टजीले गरिरहनुभएको छ, जसभित्र अनेरास्ववियु छ, जसभित्र युवा संघ छ, जसभित्र विभिन्न अर्गनाइजेसनका व्यक्तित्वहरु छन् । र कोही व्यक्ति त्यहाँ बस्दाखेरि पटकपटक अर्को मान्छे रहँदा अविछिन्नता रहँदैन भनेर व्यक्ति तोकेको हो । तर व्यक्ति होइन, त्यो संगठन हो । संगठन तोकिएको हो भन्ने कुरालाई हामीले ध्यान दिनुपर्छ ।  तपाईंहरुको अनेरास्ववियुको लिडरसिप छ, त्यसको इन्चार्ज हुनुहुन्छ । परिचालनको प्रमुख हुनुहुन्छ । यी ठाउँहरुमा तपाईंहरुका अनुभवहरु, तपाईंहरुका कठिनाइहरु तपाईंहरुले पठाइराख्ने र संयोजन गरिराख्ने काम पनि गर्नुपर्छ । तपाईंहरुका अनुभवले अरु ठाउँहरुलाई पनि मद्दत पु¥याउँछ । आगामी दिनहरुलाई पनि मद्दत पु¥याउँछ । यी कामहरु पनि गर्नुस् र केही पर्दा, समस्याहरु पर्दा केन्द्रमा भन्न नभुल्नुहोला । त्यहींका कमिटीसँग मिलेर समस्या समाधान गर्न सकिन्छ भने गर्नुहोला । सँिकँदैन भने केन्द्रमा भन्नुहोला । र कोही विरामी प¥यो कुनै अप्ठेरोमा प¥यो भने तत्काल केन्द्रमा खबर गरेर उपचारमा पठाउने काम गर्नुहोला । उपचारको काम केन्द्रबाट अरु ढङ्गले हामी गर्नेछौँ ।
    मैले पार्टी अध्यक्षको हिसाबले यस अभियानलाई व्यापक रूपले, तपाईंहरुले ५० हजार भन्नुभयो, र अनेरास्ववियुका भोलिन्टियर्स अगाडि बढाउने भन्नुभएको छ, बहुतै राम्रो कुरा हो । त्यस्तै अरु संगठनहरुले पनि गरेर हामी लाखौँ भोलन्टियर्र सञ्चालन गर्दछौँ । यस अभियानलाई हामीले जनताको सेवाका निम्ति सफल पार्नुपर्छ । म तपाईंहरुलाई तपाईंहरुको सफलताको निम्ति शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद!

No comments:

Post a Comment