Pages

Monday, February 9, 2015

‘आवेश, उत्तेजना छोड्नुस्, आउनुहोस्, कुराकानी गरौँ, संविधान बनाऔँ!’


(प्रेस चौतारी नेपालको १७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दिनुभएको मन्तव्य)
मितिः २०७१।१०।२२
स्थानः होटल हार्दिक, बागबजार


यस कार्यक्रमका अध्यक्ष महोदय, 
मञ्चमा आसीन नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाजी, 
लगायत एमालेका नेता साथीहरु,
संचार जगतका संगठनहरुसँग आबद्ध प्रतिनिधि र अगुवा साथीहरु, 
प्रेस चौतारी साथीहरु र
     यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरु र दाजुभाइ दिदीबहिनीहरु
सबभन्दा पहिले त म प्रेस चौतारी नेपाललाई १६ वर्ष पूरा गरेर १७ वर्ष प्रवेश गरेको यस सुखद् अवसरमा हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु र आगामी दिनमा विगतका अनुभवहरुलाई लिएर अझ समृद्ध ढङ्गले अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिन चाहन्छु । मेरो पार्टीको तर्फबाट शुभकामना, सिङ्गै यहाँ उपस्थित साथीहरुको तर्फबाट शुभकामना र मेरो आफ्नो तर्फबाट पनि धेरैधेरै शुभकामना ।


     नेपालको प्रेसलाई म अत्यन्त प्रशंसा गर्न चाहन्छु, प्रेसको भूमिकाको सराहना गर्न चाहन्छु । केही केही अपवाद त मेसिनमै कुटेको, धानमिलमै कुटेको धानमा पनि एक दुइटा वियाँ रहन्छ । केही केही अपवाद बेग्लै कृरा हो, आम रूपमा नेपाली प्रेसले लोकतन्त्रको पक्षमा, परिवर्तनको पक्षमा, सामाजिक न्याय र समानताको पक्षमा, जनतालाई अधिकार सम्पन्न बनाउने पक्षमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । विगतमा अत्यन्त विकट परिस्थितिहरुमा पनि नेपालको समग्र परिवर्तन, खास गरी राजनीतिक परिवर्तनमा सञ्चार माध्यमहरुको अहम् भूमिका रहेको थियो, ज्यादै महत्वपूर्ण भूमिका रहेको थियो, योगदान रहेको थियो,, त्यसलाई म यतिबेला स्मरण गर्न चाहन्छु । सञ्चार जगतले हमला मोलेन कि, प्रताडना सहेन कि आक्रमण बेहोरेन कि हतियारको सामना गरेन कि, अपहरणको सामना गरेन कि आतङ्कको सामना गरेन कि अङ्गभङगको सामना गरेन कि, त्रासयुक्त वातावरणहरुको सामना गरेन कि? नेपालको प्रेस जगतले विभिन्न प्रकारका अलोकतान्त्रिक शक्तिहरुबाट यस्ता अनेक कुराहरु सहँदै आयो । क्यामरा कहिलेकहिले खोसिदिने, फुटाइदिने, आफैँले फोटो खिँचेका भरमा पनि पत्रकारहरुले जीवित उतारिदिने, क्यामरा फुटाउँदैमा चेतना फुट्दैन । चेतना बेग्लै कुरा हो । परिवर्तनको आकाङ्क्षा बेग्लै कुरा हो । त्यो यहाँहरुले गर्नूभएको छ, त्यसैले प्रशंसा गर्न चाहन्छु । आज यतिबेला जतिबेला देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ, सगज, सचेत सञ्चारकर्मीहरुको सकारात्मक भूमिका जसरी प्रकट भइरहेको छ, त्यसको म सराहना गर्न चाहन्छु । र प्रेस चौतारीले केही साथीहरुलाई सम्मानित गरेको छ, सबैलाई सम्मानित ग¥यो भने फेरि सम्मानको अर्थ नै रहँदैन । त्यसो भएर यो केहीलाई सम्मानित गर्ने नै चलन चलाउनुपर्ला । बरु पालै पालो गर्ने, तर एक पल्टमा केहीलाई गर्ने, सबैलाई एकै पल्ट ग¥यो भने त त्यति साह्रो महत्व नरहला कि? जे होस्, धेरैले सम्मान योग्य काम गरेको म ठान्दछु, त्यस मध्ये निर्णायकहरुको कष्ट कसलाई सम्मान गर्ने भन्ने अप्ठ्यारै हो । तर पनि गर्नु भएको छ, योग्य पात्रहरु छान्नुभएको छ, पुरस्कृत, प्रशंसित गर्नुभएको छ, म प्रेस चोतारीलाई त्यस निम्ति धन्यवाद भन्न चाहन्छु र जो साथीहरु पुरस्कृत, प्रशंसित हुनुहुन्छ, वहाँहरुलाई हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु । वहाँहरुले यो पुरस्कार, प्रशंसा पाउने सिलसिला अगाडि बढ्दै जाओस् मेरो धेरैधेरै शुभकामना छ । वहाँहरु प्रशंसित व्यक्तिको रूपमा, प्रशंसित संचारकर्मीको रूपमा अझ प्रस्ट ढङ्गले स्थापित हुँदै जानुुस्,। 
     मैले धेरै लामो कुरा गर्न समयले अनुमति दिइरहेको छैन, यहाँहरुलाई थाहै छ । म भन्दा पूर्ववक्ता साथीहरुले पनि सकेसम्म संक्षिप्तमा आफ्ना कुराहरु राख्नुभएको छ, कुराहरु आइ नै सके । मैले एउटा कुरा भन्नुपर्छ, नेकपा (एमाले) अप्ठेरा परिस्थितिहरु देखेर, बुझेर, सामना गरेर आएको छ र हरेश खाँदैन । नेकपा (एमाले) नेपालको समग्र सामाजिक परिवर्तनका लागि समर्पित छ, त्यस कारण वैयक्तिक विषयहरुलाई त्यत्रो ठूलो कुरै ठान्दैन । समूर्ण रूपमा देश र जनताप्रति, सामाजिक परिवर्तनप्रति यो सपर्पित छ । त्यसले गर्दा यसले कुनै आग्रहमा चल्ने वा कुनै आवेश, उत्तेजनामा चल्ने काम गर्दैन । यो आवेग, उत्तेजनामा चल्दैन । कुनै कुनै कुरा यस्ता हुन्छन्, जसको प्रश्नमा नै प्रश्न भन्दा ठूलो जवाफ प्रस्तुत भइसकेको हुन्छ, जसलाई जवाफ दिइरहनै पर्दैन । मैले कति वटा अहिले उठेका कुराहरुको जवाफ दिनुपर्छ भन्ने नै ठान्दिनँ, त्यसको प्रश्न भन्दा ठूलो जवाफ पहिले नै गइसकेको छ । प्रश्न गर्दाखेरि नै जब अलि हास्यास्पद रूपमा जनताले बुझ्छ, जवाफ काफी छ । जवाफका धेरुै प्रकार हुन्छन्, कति वटा कुराको जवाफ जनताले दिन्छ । एउटा निर्वाचन भयो, संविधान सभा असफल भयो, दोस्रो निर्वाचनमा जनताले जवाफ दियो । जनताको जवाफ दिने आफ्नो परिपक्व तरिका छ । जनताले जवाफ दिन्छ । राणाशासनलाई जवाफ दियो, राजशाहीलाई जवाफ दियो, पञ्चायती तानाशाहीलाई जवाफ दियो । प्रतिगमनतर्फ देशलाई लैजाने प्रयासलाई जवाफ दियो । हिंसातर्फ देशलाई फmर्काउने वा धकेल्ने प्रयासलाई जवाफ दियो । जनताले जवाफ दिइराखेको छ, जनताको जवाफ सुदृढ हुन्छ, स्पष्ट हुन्छ, तर जनताको जवाफ शब्दमा भन्दा, कटु शब्दमा भन्दा दृढ निर्णयमा हुन्छ, परिणाममा हुन्छ । म भन्दा अगाडि बोल्ने साथीहरुले राखिसक्नुभएको छ, हामी संविधान निर्माण गर्ने प्रक्रियामा छौँ । एउटा कुराको निप्कर्ष म तपाईंहरुलाई भन्न चाहन्छु । संविधान सभको दोस्रो निर्वाचन पछि बनेको अहिलेको संविधान सभा संविधान नदिईकन असफल भएर घोसेमुन्टो लाएर फर्कने छैन । यस संविधान सभाले संविधान बनाउँछ । सबैले सुन्ने गरी मैले भनेँ, यसले संविधान बनाउँछ, संविधान जारी गर्छ । यसो भन्दा कतिलाई धेरै रीस उठ्छ । ‘संविधान बनाउने कुरा गर्ने....? अहंकार देखाउने...? बहुमतको दम्भ देखाउने...?’ भन्छन् । बहुमतको दम्भ त भए पो देखाउने, हामीसँग एक तिहाइ पनि छैन, केको बहुमतको दम्भ ? म एमालेको अध्यक्ष, हामीसँग एक तिहाइ पनि छैन, दुई तिहाइ नभई संविधान नै बन्दैन, केको बहुमतको दम्भ ? हामी यति लचिला छौँ, यति नरम छौँ, यति कुरा गर्छौँ, यति संवाद गर्छौँ, यति सहमति गर्छौँ । एमालेले अरुसँग संवाद, सहमति नगरीकन त दूई तिहाइ पु¥याउन त कल्पनै गर्न सकिँदैन । अरुसँग कुरा गर्नै पर्छ । नेपाली काँग्रेसले दम्भ देखाउन सक्छद ? एक तिहाइ आसपास छ, दुई तिहाइ बिना संविधान बन्दैन । नेपाली काँग्रेसले मै जारी गर्छु भनेर दम्भ देखाउन सक्छ ? त्यो पनि ठाउँ छैन । एमाले र नेपाली काँग्रेस मिलेर दम्भ देखाउन पनि दुई तिहाइ पुग्दैन । दुइटा प्रमुख पार्टी मिल्दा पनि दुई तिहाइ पुग्दैन भने मैले भनिरहेँ, हामी सहमतिको बाटोबाट अगाडि बढ्छौँ, सहमतिको बाटोबाटै हामी संविधान बनाउँछौँ । 
     अब सहमतिको बाटो भन्दा कोही एक जनाले भन्ला, खोइ मेरो सहमति ? मैले सहमति दिएकै छैन । म नमिलीकन केको ृसहमति भनेर भन्लान् । मैले भन्ने गरेको छु, हामी तीन क्याटागोरीमा छौँ । पहिलो क्याटागोरी, सहमति साथ आवश्यक संख्या पु¥याउने । त्यसका निम्ति हाम्रा सहमतिका प्रयास हुनेछन् । दोस्रो, आवश्यक संख्यालाई अत्यधिक कसरी बनाउन सकिनेछ, त्यसमा लाग्ने । तेस्रो प्रयास, संविधान सभामा कसैले पनि विरोध गर्न नसक्ने परिस्थिति निर्माण गर्न सकिन्छ भने त्यसका लागि प्रयास । अझ चौथो पनि प्रयास, हामीले संविधान जारी गर्दा संविधान सभाभन्दा बाहिर पनि कसैले विरोध नगर्ने परिस्थिति बनाउने । हामी त्यसका लागि पनि प्रयास गर्छौँ । यत्रो सहमतिको मानसिकता र प्रयासमा हामी छौँ, दुई चार जनाले मैले भनेअनुसार हुँदैन भने देखि संविधान हुँदैन भनेर भनिराखेका छन् । अहिले एमाले काँग्रेस समेतका दलहरुले त संविधान बनाउन पो खोजे, यस्तो संविधान बनाउने जस्तो अपराध गर्न पाइन्छ भनेर आरोप छ । एमाले, काँग्रेसहरुले संविधान बनाउने सोच बनाएर जिद्दी गर्ने भन्ने हामी माथि आरोप छ । त्यसैकारण मैले सुरुमा भनेँ, बडा नम्रताका साथ म भन्छु, यो संविधान सभा संविधान बनाउन बनेको हो र यसले संविधान जारी गर्छ । संविधान सभाले संविधान बनाउँदा सहमति बाहेक बन्नै सक्दैन, जारी हुनै सक्दैन । त्यसकारण हामी सहमतीय प्रक्रियाबाट जान्छौँ । सबैलाई सहमतिमा ल्याउन खोज्छौँ । बलजफ्तीय प्रक्रिया सहमतीय प्रक्रिया होइन । बलजफ्तीय प्रक्रियाका अगाडि, जबर्दस्तीय प्रक्रियाका अगाडि, त्यो प्रणालीका अगाडि संविधान सभाले घुँडा टेक्दैन । 
     माघ ८ गते तपाईंहरुले देख्नुभयो, माघ ५ गते तपाईंहरुले देख्नुभएको थियो, त्यसपछि संविधान भित्रका संविधान निर्माण गर्ने थलोका गतिविधिहरु तपाईंहरुले देख्नुभएको थियो । माघ ८ गते संविधान जारी गर्नसक्ने अवस्था थिएन, तर कमसेकम नेपाली जनताको आओस् भन्ने चाहनालाई सम्बोधन गर्न एक पाइलो प्रक्रिया अगाडि बढाऔँ भनेर हामीले माघ ५ गतेदेखि भन्दै आयौँ । माघ ८ गते कसैलाइै भिक्टरी भयो । के भिक्टरी भयो भन्दा संविधान निर्माण गर्ने बाटो लिन दिएनौँ हामीले भन्छन् । अर्कोले संविधान बन्न नदिइएकोमा गर्व छ भन्यो । अर्काले भने बधाई छ, बधाई छ, बधाई छ, किन भन्दा संविधान बन्न दिइएन । माघ ११ गते भएको के थियो ? केके प्रश्नहरु रहेछन्, ती प्रश्नहरु छुट्ट्याउने समिति न बनाएको हो । त्यहाँ त छलफलका निम्ति पर्याप्त समय छ, त्यस पछि फेरि संविधान सभामा आउँछ, संविधान सभामा छलफल हुन्छ, त्यसले मस्यौदा समितिमा पठाउँछ, मस्यौदाले पठाए पछि संविधान सभामा आउँछ, फेरि जनतामा जान्छ, जनतामा गएर फर्केर आउँछ, फेरि संवाद समितिमा जान्छ, फेरि फर्केर आउँछ, अनि मात्र जारी हुन्छ । यत्रो विध्न सिलसिला त बाँकी छ, छलफल गर्नका लागि । तर एक पाइलो पनि अगाडि बढ्न नदिने अथवा संविधान बन्न नदिने प्रयासहरु क्रियाशील छन् । म त्यो आवेश, उत्तेजना बुझ्दिनँ । हामीले भनेका पत्याइराखेका छैनौँ, तिम्रा टाउका फुटाइदिन्छौँ भनेर गजबका भाषण दिन्छन् । परिष्कृत, परिमार्जित भाषा छ । संविधान सभाको माघ ५ गते रातीको भाषा त्यस्तै छ । आन्दोलन गर्छु भन्दा नपत्याउने? आन्दोलन हुँदैन भन्ने ? टाउको फुटाइदिन्छु अनि थाह पाउँछ रे । बोल्दै गएर वहाँहरुले हिंसा मच्चाएको बाहेक शान्तिप्रक्रियामा आउनु गल्ती भयो, सेना समायोजन गल्ती भयो, हतियार बुझाउनु गल्ती भयो, यो संविधान निर्माणको लफडामा लाग्नु गल्ती भयो, यो पनि गल्ती भयो, त्यो पनि गल्ती भयो, निर्वाचन गराउनु गल्ती भयो, खिलराजलाई प्रधानमन्त्री बनाउनु गल्ती भयो, उप्रेतीलाई निर्वाचन आयुक्त बनाउनु गल्ती भयो, निर्वाचन आयोग बनाउनु गल्ती भयो, संविधान सभा गठन गराउनु गल्ती भयो भनेर भनिराख्नुभएको छ । यो त के भने हिंसा मात्रै सही कदम थियो, अब फेरि त्यतै लाग्ने रे । मलाई अनौठो लाग्छ । यो नहुने हो भने देशमा रक्तपात हुन्छ भन्छन् । कसले गर्छ त रक्तपात गर्ने भन्दा मैले भन्छ । आफैँले गर्ने, अरु कसैले गर्ने होइन । रक्तपात वहाँलाई डर छ, यो भएन भने रक्तपात हुन्छ भन्ने पीर चिन्ता छ । धेरैमा खूनखराबी हुन्छ, त्यसो गर्न हुँदैन भन्नुहुन्छ । कसले गर्छ सर भन्दा मै गर्छु भन्ने जवाफ हुन्छ । हुँदैन भने किन गर्नूहुन्छ । खूनखराबा, रक्तपात हुन्छ भने किन गर्नुहुन्छ ? नराम्रो कुरा हो नि त्यो । वहाँहरुलाई पनि थाह रहेछ नि । पटकपटक भन्छ, भयङ्कर रक्तपातमा जान्छ देश, खूनखराबा हुन्छ । अनि त्यो नराम्रो चाहिँ किन गरेको नि ? तपाईंहरुले सबै देख्नै भएको छ । हाम्रो कसै प्रति कुनै आग्रह, पूर्वाग्रह छैन । हामी शान्तिप्रति प्रतिबद्ध छौँ, हामी लोकतन्त्र प्रति प्रतिबद्ध छौँ । हामी सामाजिक न्याय र समानतायुक्त समाज निर्माण गर्ने कुरामा प्रतिबद्ध छौँ । हामी एकताका निम्ति प्रतिबद्ध छौँ र नेपालको विकास हुनुपर्छ, नेपाली जनताको गरिबी हट्नपर्छ भन्ने इच्छा, आकांक्षा, सपनालाई  पूरा गर्ने समृद्धिको बाटोमा हामी प्रतिबद्ध छौँ ।
     फेरि वहाँहरुले कोकोहोलो मच्चाउन नपाइने हो कि भनेर अलिकति चित्त दुखाउनुहुन्छ होला । वहाँहरुले अलिकति भन्नुभयो, आफ्नै बैठकहरुमा पनि कार्यकर्ताहरले सोधे, २००७ सालमा त राणाशाहीका विरुद्ध आन्दोलन भयो, २०४६ सालमा पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रका विरुद्धमा भयो । २०६२÷६३ मा ज्ञानेन्द्रले शासन खोसेर लिएको विरुद्धमा जनता उत्रिएको थियो । अहिले आन्दोलनमा के भनेर जाने काम्रेड ? संविधान बन्न दिनुहुँदैन, देशमा शान्ति हुनुहुँदैन, राष्ट्रिय एकता हुँदैन भनेर जाने कि के भनेर जाने ? जनता के भनेर सडकमा उत्रन्छन् ? वहाँहरुको हिसाबकिताब सरल थियो । विश्वास छैन, आन्दोलनमा उत्रन सक्दैन भने एमाले र काँग्रेसमा जाऊ । सजिलो हिसाब किताब छ । म एमालेको तर्फबाट ती विभिन्न पार्टीमा रहेका, अहिलेसम्म अल्मल्याइएका, भ्रममा पारिएका, दुरुपयोग गरिएका, तिनका नाममा, तिनका पसिनामा, तिनका रगतमा, तिनका परिवारका क्षतिमा ऐशआराम गरेर फेरि धम्क्याउने पार्टी छोडेर एमालेमा आउनुृहोस् । एमालेमा आएर देशलाई अगाडि बढाउन, देश विकास गर्न सक्रिय हुन आग्रह गर्न चाहन्छु । आउनुहोस् एमालेमा, सुरक्षा, सम्मान, अवसर एमालेले उपलब्ध गराउँछ । अब देशमा विथोल्ने तरिका चल्दैन । देशलाई शान्ति चाहिएको छ , त्यतापट्टि जानुपर्छ । निरर्थक ढङ्गले, अनावश्यक ढङ्गले, अनुचित ढङ्गले केही पक्षहरुलाई भावनामा बगाएर नेपाली समाजलाई हिंसा र मुठभेदमा लाने खालका प्रयासहरु विल्कुलै उचित होइनन् । ती मोर्चामा रहेका पार्टीहरु, ती मोर्चामा रहेका घटक संगठनहरु र तिनमा रहेका कार्यकर्ताहरलाई म भन्न चाहन्छु, यो देश हाम्रो हो । एमाले र काँग्रेसको मात्र देश होइन, तपाईंहरुको पनि देश हो । यस देशको उन्नति नभए पछि सबै नेपालीहरलाई त्यसको प्रतिकूल असर पर्छ । मेरो विनम्र अनुरोध छ, अनावश्यक कुनै व्यक्तिका उत्तेजना, आवेश, अहंकार, अहंतुष्टिका लागि राष्ट्रकै वातावरण बिथोल्ने खालका कामहरु नलाग्नुस् । देश हाम्रो हो, समाज हाम्रो हो, मर्न तयार होउ ःभनेको छ, किन मर्नु प¥यो ? किन मर्ने ? चुनाव गराउनुस्, सांसद हुनुहोस् । मन्त्री हुनुहोस्, सरकार चलाउनुस्, मर्ने किन भनेको ? जनताकोमा जानुस्, मन जित्नुस्, भोट लिनुस्, त्यो पो बाटो हो, मर्ने किन ? मर्नुृपर्छ मर्न आऊ, टाउको फुट्छ, फुटाउन आऊ, हात खुट्टा भाँचिन्छ, भाँच्न आऊ! किन भाँच्ने हातखुट्टा ? अरुका भाँच्ने कि आफ्नै भाँच्ने कि, के गरेको यो ? यस्तो गर्नु हुँदैन । यो जरुरी छैन देशमा । आवेश, उत्तेजनामा नजाऔँ, म आवेशको जरो चढेका पार्टी, नेता र साथीहरुलाई आग्रह गर्न चाहन्छु, सिटामोल खानुुस्, पानीपट्टि लाउनुस्, आवेश, उत्तेजना बन्द गर्नुस्, देश बनाऔँ । 
     अनि हामी के मागिराखेका छौँ ? केही त मागीराखेका छैनौँ । के मागेका छौँ हामीले, के दिनुृुस् भनेका छौँ ? केही भनेका छैनौँ, यो देशका लागि यो देशका जनता लडाइँ भनेको फुटबल खेल हो? ललितपुर ११, काठमाडौँ ११ ! लडाइँ भनेको त्यस्तो हो र ? खेलिञ्जेल खेल्यो, खेल सकिएपछि हात मिलायो । लडाइँ भनेको दूरगामी रूपमा समाजलाई प्रतिकूल असर पर्ने, तत्काल रूपमा रुवावासी मच्चिने, अत्यन्त पीडाबाट समाज गुज्रने, अशान्ति, असुरक्षाको अनुभूति व्याप्त हुने कुरा हो । अनि यति बेला यो सब गर्नु पर्नाको कारण के हो? आउनुस् न छलफल गरौँ, छलफल गरे हुन्छ नि । म आह्वान गर्छु आउनुहोस्, छलफल गर्नुहोस् । प्रेस चौतारीले बोलाउँदा एउटा पार्टीले असमर्थता व्यक्त ग¥यो । एक दुई वटा सञ्चार माध्यममा बाहेक वहाँहरुले असमर्थता व्यक्त गर्दै जानुहुन्छ । के भन्ने वहाँहरुले त्यहाँ ? यहाँ आएर के भन्ने ? लौ पत्रकारहरु टाउका फुटाउनका लागि तयार हुनुहोस् भन्ने ? मर्न मार्न तयार होऊ भन्ने? के भन्ने यहाँ ? संविधान बनाऊँ भन्ने ठाउँ छैन, देश अगाडि बढाऔँ भन्ने ठाउँ छैन । वहाँहरु आउन छोड्दै जानुहुन्छ । अब छोड्दै जानुहुन्छ । मेरो विचारमा यो बाटो उपयुक्त बाटो होइन । यसमा नजान, संयम र धैर्यताका साथ सोच्न, बुझ्न, व्यवहार गर्न म आग्रह गर्न चाहन्छु । जनता सिठ्ठी बजाइदिए पछि कुदेर आन्दोलनका नाममा लाठा लिएर हान्न एक अर्काका टाउकामा हान्न तयार भइहाल्छन्, कुदिहाल्छन् सडकमा भन्ने भ्रम नपाल्दा हुन्छ । साथीहरुलाई चस्स छ, आन्दोलन चल्दैन भन्ने, चल्दैन, जनताले पत्याइहाल्छन् र ? सदस्यता खोसिन्छ भन्ने दुईचार कार्यकर्ता सडकमा निस्कन्छ । त्यही सडकमा निकाल्ने त चैत वैशाकतिर हो । माघ, फागुनसम्म त वहाँहरुको तयारी नै छ । अहिले नै भए त घाम ताप्दै ठीक हुन्छ । गर्मी सिजनमा ल्याएर सुताओ आफ्ना कार्यकर्ताहरुलाई । कोही जनता सहभागी हुनेवाला छ ? किन सहभागी हुन्छ जनता? त्यसकारण यस प्रकारका उत्तेजनापूर्ण कामकारवाही, उत्तेजनापूर्ण अभिव्यक्ति हामी त सुन्दै आइरहेका छौँ । माघ ५ गते हे¥यौँ, त्यसपछि हे¥यौँ, त्यस पछि ११ गते हे¥यौँ । त्यस भन्दा पछि सडकमा हेर्दैछौँ, अस्तिका दिन हे¥यौँ, हिजो हे¥यौँ, उत्तेजना । धेरै दाह्रा किट्यो भने बङ्गारा खिइन्छ, वहाँहरुले दाह्रा किट्दै किट्दै आफैँ बङ्गारा खियाउने हुनुभयो । मेरो आग्रह छ धेरै हाह्रा नकिटौँ । बङ्गारा खिइन्छ । त्यसो नगरौँ, उत्तरदायी ढङ्गले हामी देश र जनताप्रति वफादार भएर देश र जनताका निम्ति काम गरौँ, सिद्धिगो नि ! अहिलेको अहिले क्रान्ति गर्नुपर्ने, मारामार गर्नु पर्ने विषय के छ, मैले बुझिनँ । के विषय छ ? माघ ५ गतृ बिहान पुप्पकमल दाहाल र म डेढ घण्टा बस्यौँ । बहुत राम्रो कुरा भयो । बहुत मीठो कुरा भयो । सहमति पनि भयो । बिहान चार दलको बैठकमा पुप्पकमलजीले मलाई राखिदिन भन्नुभयो, मैले राखेँ । मैले राखेकोमा तलमाथि केही परेको छ कि तपाईं राख्नोस् भनेर मैले भनेँ । वहाँले भन्नुभयो, तलमाथि केही परेको छैन, त्यही कुरा हो भन्नुभयो । त्यही कुरा फेरि वहाँले पनि दोह¥याएर राख्नुभयो र कुरा एक ढङ्गले टुङ्गियो । बाह्र साढे बाह्र बजे कुरा टुङ्गिए पछि हाम्रो त १९ दल छ, एक पटक यसो त्यहाँ पनि छलफल गर्नुपर्छ, त्यो गरेर फर्कन्छौँ, तीन बजेलाई टुङ्ग्याएर लाने भन्ने कुरा भयो । होला भनेर हामी त पत्याएर हिँड्यौँ । वहाँहरुले त माइक कसले तोड्ने, कहाँबाट को कुदेर जाने सबै तयारी गर्नुभएको रहेछ । कसलाई हान्ने सबै तयारी गर्नुभएको रहेछ । हामी चाहिँ हो न हो यत्रो चक्मा पायौँ । पुष्पकमल दाहालजी र मेरो यत्रो सुमधुर कुरा भयो नि । साथीहरुले पनि देख्नुभयो त्यहाँ, म वास्तवमा त्यो दिन असाधारण विश्वासमा थिएँ । पछि माइकले ड्यामड्याम छातीमा हाने पछि न थाहा भयो कि.......। अनि त्यत्रो योजना रहेछ । त्यतिबेलै म छक्क परेँ । त्यस्तो गुलियो मीठो, त्यस्तो मधुर मुस्कानका साथ भएको कुराकानीका पछाडि कसले कसलाई अट्याक गर्ने, को अट्याक गर्ने, को कुदेर जाने, सभामुखलाई तानेर ल्याउन को जाने, कसले माइक थुत्ने, कसले टेबल ठोक्ने, को नारा लगाउने, कसले ठोक्ने सबै वहाँहरुलको त अघिल्लै दिनबाट प्लानिङ्ग रहेछ । बिहानको सुमधुर कुरा त...म त साँच्चि छक्क परेँ, त्यो यथार्थ त्यत्रो तयारी छ, बाहिरतिर हामीसँग त्यत्रो मित्रतापूर्ण कुरा छ, भनेपछि त....मलाई त अचम्मै लाग्यो, के खालको कुरा हो त्यो । मुख्य कुरा पत्याउनै गाह्रो पर्ने, विश्वास गर्न गाह्रो । अहिले भर्खर वहाँहरुका ओरिजिनल कुराहरु फुत्त फुत्त फुत्त निस्कँदैछन् । अलिकति राम्रो भएछ, बुझ्न चाहिँ सजिलो भएछ वहाँहरुलाई ओरिजिनल । खैर, संविधान बनाउनुपर्छ, हामी वहाँहरुलाई आग्रह गर्छौँ । संविधान बनाउने प्रक्रियामा आऔँ, संविधान बनाउन जनताले पठाएको छ । संविधान बन्छ कसरी त भन्दा अत्यधिक बहुसंख्याले जे भन्छ, त्यसैबाट संविधान बन्छ, दुनियाँभरिको कुरा त्यही हो । 
     अब एउटै मन्त्र छ, १२ बुँदे समझदारी, बृहद शान्ति सम्झौता, सम्झौताकारी दुइटा पक्षहरु, शान्ति प्रक्रियाका दुइटा पक्षहरु आदि । त्यो  फर्मुलाले संविधान सभा छोड भन्ने १२ बुँदामा कहाँ छ त्यो ?बृहद  सम्झौतामा कहाँ छ संविधान सभा छोड भन्ने ? अनि आफू उल्लङ्घन गरेर जाने अनि फेरि १२ बुँदे सम्झौता, बृहद् शान्ति सम्झौता भन्ने । बृहद शान्ति सम्झौता, १२ बुँदे सम्झौता कि समझदारी के के हुन्, यी सबै त मान्नुप¥यो नि । चुनावमा सहभागी भएर हामी संविधान बनाउन आएका छौँ के सहमति छ? संविधान सभा छोडेर बाहिर गएर आन्दोलन गर्ने सहमति छ र? के सहमति भनेको ? सहमतिमा आउनुहोस् । आवेश उत्तेजना छोड्नुस्, विनम्र आग्रह । वहाँहरुलाई पर्ला, केपी ओलीको भाषा अलि साइजमा आएछ । अब अलि ठीक होला । सँधै यस्तै हो । हामी कुनै आवेश, उत्तेजनामा छैनौँ । आवेश, उत्तेजनामा देश बन्दैन । आवेश उत्तेजनाबाट समाज परिवर्तन गर्न सकिँदैन । भावनामा बगेर समग्र राष्ट्रको उत्थान र अग्रगति हुन सक्दैन । त्यस कारण हामी अत्यन्त संयमका साथ भन्छौँ, आउनुस्, कुरा गरौँ, संविधान बनाऔँ, यो विपरीत बाटो, दुःखको बाटो, नचाहिने बाटो, विनाशको बाटो नहिँड्नुस्, मेरो आग्रह छ । 
     अन्त्यमा म फेरि एकपल्ट प्रेस चौतारी नेपाललाई हार्दिक धन्यवाद भन्न चाहन्छु । मलाई पनि आमन्त्रण गर्नुभयो, धेरै धेरै शुभकामना छ । सफलतापूर्वक अगाडि बढोस् । अप्ठेरा दिनहरु, सुरुका दिनहरु पार गर्नुभएको छ, अब सहज परिस्थिति, सहज दिनहरु अगाडि छ, आफ्नो कामहरु अगाडि बढाउनुुस् । धेरै धेरै शुभकामना!!

No comments:

Post a Comment