Pages

Wednesday, September 24, 2014

नेपाल हाइट र लाइट भएको देश हो, अाअाफ्नो कार्यक्षेत्रबाट विकास गराैं !



(शमी साहित्य प्रतिष्ठानबाट आयोजित सम्मान कार्यक्रममा सम्बोधन)

मितिः २०७१।६।५
स्थानः अनमोल पार्टी प्यालेस
सबै दाजुभाइ दिदी बहिनीहरुमा हार्दिक नमस्कार
कार्यक्रमका आदरणीय अध्यक्षज्यू,
सम्मानित व्यक्तित्वज्यू,
अरु सम्मानित साथीहरु खास गरी विद्यार्थी भाइहरु जो हामीसँगै हुनुहुन्छ,
अरु प्राज्ञ विद्वान् मित्रहरु,
माननीय सांसदज्यू र अरु साथीहरु,
यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु,
   
     मैले केही कुराहरुमा मात्रै विचारहरु राख्ने अनुमति चाहन्छु । र धेरै लामो गर्ने मन छैन । पहिलो कुरा त म आज सम्मानित हुनुहुने वरिष्ठ साहित्यकार, वरिष्ठ समाजसेवी तेजेश्वरबाबु ग्वंगः, बहाँलाई बधाइ ज्ञापन गर्न चाहन्छु, धेरै धेरै हामी सबैको तर्फबाट, र मेरो तर्फबाट हादिैक बधाइ भन्न चाहन्छु र हामी सबैको तर्फबाट नै शुभकामना भन्न चाहन्छु, बहाँबाट नेपाली समाजले अझ धेरै लामो समयसम्म लगातार यस्तै उत्कृष्ट साहित्य र सेवा प्राप्त गरिरहन सकोस् । बिद्यार्थी भाइबहिनीहरुले केही राम्रो नतिजा नै ल्याउनुभएको छ, र यस समितिको छनौट भन्दा पनि उच्च माध्यमिक शिक्षा परिषद्को तथ्याङ्कले प्रतिभाशाली भन्ने खुट्ट्याएको हुँदा त्यसअनुसार नै वहाँहरु सम्मानित पुरस्कृत हुृनुभएको हो । यसमा कुनै पुरस्कार पाउँछु भनेर, दिन्छन् भनेर, दिन्छु भनेर, लिन्छु भनेर कुनै हिसाबले त्यो नतिजा थिएन, अत्यन्तै स्वतन्त्र ढङ्गले आएको नतिजालाई शमी प्रतिष्ठानले सम्मान गरेको छ, म भाइलाई हार्दिक बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । यो पहिलो खुड्किलो होस्, यो प्रेरणाले बहाँलाई अझ अगाडि बढ्न प्रेरणा मिलोस् । र अरु सबैले पनि वहाँको जीवनबाट धेरै कुराहरु सिक्न सकून् । मैले बहाँको पनि सम्बोधन सुनेँ । बहाँले समाजका विकृति विसंगतिहरु, पछौटेपनहरुको सन्दर्भमा आफ््नो तीव्र रुचि रहेको कुराहरु र त्यसको समाधानका लागि प्रयास गर्ने कुराहरु बताउनुभयो, खुशी लागेको छ । अर्को खेलाडी साथी सायद आइपुग्नुभएको छैन, जे होस् आइपुगे पनि नआइपुगे पनि, यो कार्यक्रम भए पनि नभए पनि, यहाँबाट सम्मानित गरे पनि नगरे पनि नेपाली जनताको मनपस्तिष्कमा पारस खड्का सम्मानित हुँदै हुनुहुन्छ । आउन ढीला भो भने पनि केही छैन, वहाँ काममै हुनुहुन्छ, नेपालको प्रतिष्ठालाई माथि उठाइराख्नुभएको छ, बहाँलाई पनि बधाई भन्न चाहन्छु शुभकामना भन्न चाहन्छु । विद्वान् वरिष्ठ साहित्यकारको कुरा सुन्ने मौका मिल्यो । म आफैंले पनि धेरै कुराहरु सिक्ने अवसर पाएँ ।

   

     नेपालका राजनीतिक पार्टीहरु नेपालको राजनीतिक आन्दोलन भन्दा अगाडि नेपालमा जागरणका निम्ति साहित्यिक आन्दोलको प्रारम्भ भयो । साहित्यले चेतना दियो, झकझकायो, कोही साहित्यकार बने कोही राजनीतिज्ञ बने, कोही अरु तिर गए तर राजनीतिक संस्थाहरु, राजनीतिक आन्दोलन र अभियानहरु अरु भन्दा समाज परिवर्तनका लागि नेपालमा साहित्यले पुरानो र अनवरत भूमिका खेलेको छ, पुरानो समयदेखि । चेतनाको दृष्टिले भन्ने हो भने नेपाली साहित्य पायोनीयर नै छ । नेपाली समाजको सारा जागरणका लागि, पार्टीहरु बनव्येका थिएनन्, सायद धरणीधर कोइरालाले लेखेको छरितो र छिटो नेपाली ठिटो भनेर वहाँले लेख्नुभए जस्तै टोपी लगाएको दौरासुरुवाल लगाएको ठिटो । जसले न्याय र समानता चाहन्छ, त्यस्तो ठिटो । जसले अन्यायको विरुद्ध लड्न सक्छ, त्यस्तो छरिटो ठिटो । परिवर्तनको सपना देख्ने, परिवर्तनको प्रयास अगाडि बढाउने त्यस्तो कविता र अरु पनि जसले नेपाली समाजलाई जागरणतर्फ लग्यो । मैले भनिरहनुपर्दैन, दिवंगत हाम्रा मूद्र्धन्य साहित्यकारहरु, कविहरु, महाकविहरु, बालकृष्ण सम होस् वा लेखनाथ पौडेल हुन् अथवा लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी हुन् अथवा भवानी भिक्षु हुन्, अनेक साहित्यकारहरुलाई हामी स्मरण गर्न सक्छौँ, जसले लामो समयदेखि योगदान गरेका छन् ।
     मैले संंक्षिप्तमा राख्न खोजेको कुरा के हो भने नेपालमा सामाजिक परिवर्तन, रूपान्तरण ल्याउने चेतनाको दियो बाल्ने काम र त्यसलाई अहिलेसम्म पनि ठीक बाटोमा हिँडाउने काम साहित्यले गरिरहेको छ । आन्दोलन एकातिर भइरहेको थियो, कविहरु सडकमा उत्रिएर तानाशाहीका विरुद्ध कविता वाचन गरिरहेका थिए, जसले गर्दा राजनीतिकर्मीहरुलाई र त्यसको पछाडि हिँडेको आम जनसमुदायलाई साहस बढेको थियो । एउटा कवि, एउटा कवयत्री सडकमा निस्किएर जब  ललकारिरहेको छ, तानाशाहीलाई लोकतन्त्रको पक्षमा भने हामीले किन नगर्ने भन्ने । र हामीलाई थाहा छ, साहित्यमा, कविता र सङ्गीतमा जुन शक्ति हुन्छ, त्यो शक्ति अरु कुरामा हुँदैन । यदि कस्तो स्वार्थी रहेछ, आफैँ मात्र खान खोज्ने लाउन खोज्ने भनेर यत्रो प्रभावकारी मैं खाउँ, मैं लाउँ सुखसयलमा मैं हाँसूँ, मैं बाचूँ, अरु सब मरून् दुर्वलहरु । यो मैले उहिले जमानामा सानै छँदा पढेको यो कविता अहिले पनि याद छ। यस्ता कुरा कतिले भने भने, तर लयबद्ध पनि थिएन, छन्द पनि थिएन, स्मरण्मा आउने खालको पनि थिएन, त्यसकारण सम्झनामा रहेन । काम्रो साहितियक परम्परा वास्तवमा हाम्रा पुर्खाहरुले सानो पुलिन्दाको रूपमा, सानो क्याप्सुलको रूपमा स्वादिष्ट ढङ्गले दिएका छन्, जसमा हरेक चीज छ । के गर्नुहुनन्छ, के गर्नुहुँदैन, नीतिशास्त्र होस् कि राजनीतिशास्त्र होस् कि अर्थशास्त्र होस् कि औषधिविज्ञान होस् कि या अन्तरिक्षका कुरा हुन् कि सबै कुरा । हुन त हाम्रो साहित्य नै वेद भन्दै जाने क्रममा स्मृतिबाट सुरु भयो । त्यसकारण भन्दै जाने कुरा भन्यो भने मात्र सम्झना हुँदैन । त्यसलाई लयात्मक ढङ्गले भन्दा मात्र सम्झना हुन्छ । थुप्रै लाइन होलान् धेरै मान्छेले लेखेका, तर एउटा लाइन एउटाले लेख्छ, त्यो चाहिँ सम्झना रहन्छ । दिनेश अधिकारीले लेखेको यो मन्दिर, मस्जिद यो चैत्य, यो गुम्बा, मलाई प्यारो छ, म खुदै आफू भन्दा । यति त कतिले भन्यो, ककसले भन्यो, ककसले भन्यो नि । तर छन्दबद्ध भनेन, लयबद्ध भनेन र इम्प्रेसिभ ढङ्गले भनेन । साहित्यमा, कलामा, संस्कृतिमा त्यो मिठास, त्यो सुमधुरता हुन्छ र त्यो मात्रै होइन, त्यसको प्रभाव– त्यो अत्यन्तै भेदन क्षमता भएको हुन्छ । साहित्य कविता, विवेचना इत्यादि । साहित्य चाहिँ बढी भेदनशील क्षमता भएको हुन्छ । एउटा सानो व्यङ्ग्यकारले व्यङ्ग्य लेख्छ र त्यसले तानाशाहहरुलाई हल्लाइदिएको हुन्छ । एउटा अखबारको कुनामा लेखेको ब्यङ्ग्य हुन्छ, तर त्यसले तानाशाहहरुलाई हल्लाउँछ र लोकतन्त्रका पक्षधरहरु, न्याय समानताका पक्षधरहरुलाई उठाउँछ । असमानता, विभेदजन्य कुराहरुलाई त्यसले प्रहार गर्दछ र समताका पक्षमा उभिनेहरुलाई त्यसले प्रोत्साहित गर्दछ ।
     अब मैले विद्वान् मित्रहरुका अगाडि साहित्यको सामथ्र्यको बारेमा केही भनिरहनुपर्ला जस्तो लाग्देन । त्यसैले यस विषयमा यत्तिमै अहिले रोक्दछु ।
     एउटा अर्को कुरा, पुरस्कृत व्यक्तित्वले उठाउनुभएको हाम्रो संस्कृतिको कुरो, हाम्रो सभ्यताको कुरो । म प्रायः भन्ने गर्छू, हामीले हाम्रा पुर्खाहरुलाई स्मरण गर्न जरुरी छ । हाम्रो गौरवपूर्ण, उपलब्धिपूर्ण, सफल इतिहासलाई सम्झन जरुरी छ, तर हामीले हाम्रो प्रकृतिलाई पनि चिन्न जरुरी छ । विकास भनेको नै यही हो ।
     अर्को कुरा हाम्रौ धर्ती यो त कवितामय छ, यहाँ दिगो विकास भन्छ नि, हाम्रो परम्परा नै दिगो विकासको हो । हारित अर्थतन्त्र भन्छ नि, हाम्रो अर्थतन्त्र नै हरित अर्थतन्त्र हो । अन्त लडेर मात्र पाइन्छ तर यो देश यस्तो देश हो जहाँ आए पछि....अघि बहाँले भन्नुभयो नि बागमती पनि प्रदूषित भइसक्यो भनेर । बागमतीमा पानी निस्किँदै प्रदूषित निस्किँदैन, तलतिर आए पछि हामी त्यसलाई निकाल्छौँ, धमिल्याउँछौँ, ढल हाल्छौँ, के के गछोँ र मानवीय कारणले हामी प्रदूषित बनाउँछौँ । हाम्रा खोलानालाहरु वास्तवमा मिनरल वाटर हुन्, हाम वनजङ्गल, हामो भूमि, हाम्रो जलस्रोतहरु जे छन् तिनी असाधारण छन् हामीसँग । यो प्रकृति अन्त्यन्तै उर्वर छ, अत्यन्तै जीवनमय छ, मैले थुप्रै ठाउँमा भनेँ, यस जीवनमय देशबाट हाम्रा युवाहरु देश बनाउन पाउँ भन्छन्, देश बनाउनका लागि काम पाउँ भन्छन्, र हामी उनीहरुलाई पासपोर्ट ठमाएर विदेश पु¥याइदिन्छौँ । यस्तो विडम्बना कहाँ गएर भन्नु ? जीवनको खोजीमा कहाँ हिँड्छन्, यस्तो जीवनमय देशबाट । बादलको खेती गर्नुपदैृन, हात्तीको गर्नुपर्दैन, गैँडाको गरको होइन? मृगको गरेको होइन? यो त पछि कसैले गर्न थालेको होला, साना स्केलमा तर अहिले पोखरी खनेर माछा पाल्न थालेको होला, तर हाम्रा तलाउहरुमा हाम्रो नदीहरुमा कसैले माछाको भुरा छोडेको होइन, आफैँ उत्पत्ति भएका हुन् । चराहरु जङ्गलमा खेती गरेको होइन । यो सानो देश छ जहाँ असाधाराण विविधता छ, अनि यस्तो देश छ जहाँ । म ठूला ठूला देशहरुको आकार सम्झन साथीहरुलाई आग्रह गर्न चाहन्छु, त्यहाँ हात्ती जन्मिँदैन, त्यो जन्मिन नेपालै मात्र चाहिन्छ। किन नेपालै चाहिन्छ?  किन नेपालै तपोभूमि हो ? किन नेपालकै मान्छे बदढी क्षमतावान् हुनसक्छन् भने यहाँको गैँडा अन्त नउच्के जस्तै त्तान पनि यहींm जन्मन्छ । प्रकृतिले हामीलाई स्वाभाविक रुपमा दिएको छ, सर्र्वोच्च सगरमाथा हामीसँग छ । मैले कतिपय ठाउँमा भन्ने गरृको छु, दुईटा चीजलाई टाढाबाटै देदिन्छ, या हाइटलाई देखिन्छ, या लाइटलाई देदिन्छ । ा हाइट भयो भने टाढाबाट देखिन्छ, या लाइट भयो भने टाढाबाट देदिन्छ । हामीकखाँ हाइटको हिसाबमा सगरमाथा छ । लाइटको हिसाबले भन्ने हो भने। चेचनाका हिसावले भन्नवे हो भने पच्चीस वर्षका हिउँदपानििले ् फटाउन नसकेको बुद्धको शिक्षादीक्षा छ । दूरीले सबै कुरालाई कमजोर तुल्याउँदछ । चुम्बक राखिदिनु जति टाढा टाढा भयो, त्यसले तान्ने सामथ्र्य राख्दैन। दूरीले हरेक कुरालाई कमजोर बनाउँछ, दूरीले ध्वनिलाई, दूरीले गुरुत्वाकर्षणलाई, थुप्रै कुरालाई कमजोर बनाउँदे बनाउँदे लान्छ र अन्तमा त्यसलाई समाप्त पार्छ । यी समयको दूरी होस् वा भूगोलको दूरी होस्, यसले हामीलाई कमजोर बनाउँछ । तर २५०० वर्षभन्दा बढी समयदेखि गौतम बुद्धका शिक्षाहरु रहँदै आएका छन् । तिनीहरु कसैले भरेङ्ग चढाएर माथि पठाइदिएका होइनन् । तिनका विरुद्ध तरवार चलाएनन् कि मन्दिर भत्काएनन् कि मुर्ति तोडेनन् कि, बुद्धमार्गीहरुलाई आक्रमण गर्ने हत्या गर्ने काम गरेनन् कि तर पनि.....फेरि मानवीय भावना, जसले हत्या गर्छ, त्यसलाई पनि शान्ति भन्ने कुरा चाहिन्छ, तड्पिन्छ, घरमा गएर, मान्छे मारेर आएँ, नराम्रो भयो भनेर । ऊ तड्पिन्छ र सम्झिन्छ, बुद्धलाई । त्यसैले हाइटका हिसाबले पनि लाइटका हिसाबमा पनि यहीँ छ । अन्त छैनन् ठूलाठूला देशमा । अन्त हात्तीगैँडा जन्मँदैनन्, जन्मने भए जन्मन्थे होलान् नि, अमेरिकामा जन्मन्थे होलान्, रूसमा जन्मन्थे होलान् । त्यत्रो अस्ट्रेलिया छ, त्यहाँ जन्मियो कङ्गारू । बुद्ध जन्मन नेपालै चाहिने थियो ।
     एउटा मैले बहुतै ब्रिलियन्ट बच्चो भेटेँ । अनि मैले सोधेँ, यो बच्चाको जन्म कहाँ साउथ एसियामा भएको हो ? उनीहरुले किन भने । मैले भनेँ, अन्त जन्मेको यति उमेरमा यति फास्ट हुनै सक्दैन, यति ज्ञानगुनले सम्पन्न हुनै सक्दैन, यति जानकार हुनै सक्दैन । व्यास ऋषिको सन्तान हुनुपर्छ जसले बच्चेमा वेद बनायो । उसका सन्तानले मात्र गर्नसक्ने कुरा हो यो । त्यसकारण यसको जन्म कहाँ भएको भनेको भारतमा भएको रहेछ ।  मैले भनेँ, बागमती बगेर अलि तल पुग्छ, कोशी बगेर अलि तल पुग्छ, गण्डकी बगेर अलि तल पुग्छ ।
     कतिपय आफूलाई साहित्यकार ठान्ने साथीहरुले साहित्यिक प्रतिभाको दुरुपयोग गरेको पनि देखियो  त्यो दरुप्रयोग हो । र बुद्धिजीवीहरु सही पाटोमा हिँडेन भने खतरनाक हुन्छ । मैले थुप्रै ठाउँमा भन्ने गरेको छु, यो ‘स्वस्तिश्री गिरिराज चक्र चूडामणि नरनारायणात्यादि विविध विरुधावली........’ कसले बनायो ? गाउँको किसानले बनायो ? मजदुरले बनायो? भारी बोक्ने मान्छेले बनायो ? कोही अमेरिकामा गएर आफ्नो ढाका टोपी देखाएर राष्ट्रियता जोगाउँछन्, कोही नेपालमा स्वस्तिश्री गिरिराज चक्रचूडामणि लेख्दछन् विद्वान् भनी दर्ता गर्दछन् ।
     हामीले ध्यान दिने देशका निम्ति, जनताका लागि, मानवजातिका लागि हो । हाम्रो समय एउटा हुन्छ ।  हिजो अघिल्लो अघिल्लो शताब्दीमा हामी काम गर्न सक्दैनथ्यौँ, भोली २२औँ शताब्दीमा हामी काम गर्न सक्दैनौँ । यही २१औँ शताब्दीमा काम गर्ने हो । २१औँ शताब्दी अहिलेको समय हाम्रो समय हो । त्यस्तै कोही मान्छे  एक ठाउँमा हुन्छ, कथामा होला, १६०० गोपिनी कि १६००० गोपिनीका कोठीमा भेटिन्थे भन्ने कथामा होला, तर एउटा मान्छे एक ठाउँ हुन्छ, उसको कार्यक्षेत्र एक ठाउँ हुन्छ, त्यसैले हामीले हाम्रो कार्यक्षेत्रबाट यो नेपाल र नेपालमा विभिन्न विधा र विषयबाट विकास गर्नुपर्छ । नेपाललाई कार्यक्षेत्र भन्ने ठान्नुपर्दछ, अर्थात् नेपाल राष्ट्र नेपाली जनता । यति मात्र होइन, हामीमा समग्र मानवीय भावना पनि हुनु जरुरी छ । त्यसले समानताको पक्षपोषण गर्दछ, त्यसले जनतामाथिको थिचोमिचो भेदभाव, अन्याय, अत्याचार जस्ना कुराहरुको विरोध गर्दछ । यस पक्षमा म यो प्रगगिशील, अप्रगतिशील, परिवर्तनकारी, अपरिवर्तनकारुी, छुट्ट्याउन चाहन्न । मलाई थाह छैन लक्ष्मीप्रसाद देवकोटा के हुन्, लेखनाथ के हुन, लेखनाथका कविता अहिले पनि आउँछ ।  वामपन्थी हुन् कि गैर–वामपन्थी हुन् त्यो मलाई थाह छैन र त्यो मलाई मतलब पनि छैन । म ठान्छु, साथीहरु यस दिशामा नै क्रियाशील हुनुहुन्छ, र शमी प्रतिष्ठानले जुन यस प्रकारको कार्यक्रमको आयोजना गर्नु भएको छ, यो ज्यादै नै खुशीको कुरा हो । पुरस्कृत व्यक्तित्वको छनौट अत्यन्तै उपयुक्त छ । छनौट समितिको संयोजकज्यू लगायत सबैलाई म धन्यवाद भन्न चाहन्छु । मलाई पनि यहाँ आमन्त्रित गरेर यहाँहरुका बीचामा, विद्वत् समुदायका बीचमा केही विचारहरु राख्ने अवसर दिनुभयो, शमी प्रतिष्ठान यसका निम्ति धन्यवादको पात्र छ । र फेरि एकपल्ट म पुरस्कृत व्यक्तित्वहरुलाई बधाई, शुभकामना ज्ञापन  गदैँ सबै साथीहरुमा बडा दसैँ आउँदैछ, बडा दसैँको र अरु सबै चाडको पनि शुभकामना, मुख्यतः तपाईंहरुको स्वास्थ्य राम्रो रहोस् । समय लिन्न भन्दा भन्दै अलिक समय लिएँ, यहाँहरु सबैलाई नमन भन्दै म बिदा हुन चाहन्छु । नमस्कार!

No comments:

Post a Comment