Pages

Monday, July 20, 2015

संघीयतामा जनताले प्राप्त अधिकार प्रयोग गर्छन्, कताकताको कुरा गरेर हुन्न ।


    यतिबेला हामी जनताका विभिन्न तप्काका हितसमुदायहरुले आफ्ना आफ्ना हकहितहरुको सुरक्षा, आफ्ना आफ्ना न्ििरम्त अवसरहरुको निम्ति प्रयास गर्नु, सुझाव दिनु, ध्यानाकर्षण गर्नु बिल्कुलै उचित कुरा हो र म एकदमै सामयिक कुरा हो । संविधान बन्नुभन्दा अगाडि नै यथोचित कुराहरु आफ्ना मागहरु, आफ्ना दृष्टिकोणहरु निर्माण गर्ने ठाउँमा पु¥याउनु र आफ्ना हितहरु त्यसमा समावेश गराउन प्रयास गर्नु जायज छ । त्यसो गर्नका निम्ति विभिन्न समुदायहरु लाग्छन् । तर कानुनी पेसासँग सम्बन्धित तपार्इंंहरुले अलिक फरक कोणबाट हेर्नुपर्ने हुन्छ । यो मूल कानुन हो र तपाईंहरुको क्षेत्रको प्रश्न हो । त्यस कारण मूल कानुनको प्रश्न, त्यसले संकेत गर्ने भोलिका कानुनी प्रबन्धहरु, संविधानले निश्चितै भोलि बन्ने कानुनका कुराहरु संकेत गर्छ, निर्दिष्ट गर्छ । यसमा न्याय क्षेत्रका सम्बन्धमा त्यसको प्रभावकारिता, त्यसको स्वतन्त्रता, जसरी राज्यको एउटा महत्वपूर्ण अंगको रूपमा त्यो रहेको छ, त्यसको प्रभावकारिताको सम्बन्धमा कानुन क्षेत्रका क्रियाशील साथीहरुलाई त्यसमा चासो वा सरोकार हुनु बहुतै जायज हो । त्यस माथि पनि मैले अस्तिको दिन भद्रपुरमा बोल्दा भनेको थिएँ, प्रयोग गर्नहुने, प्रयोग गर्न नहुने ठाउँहरु, कुन कामको लागि कुन ठाउँ प्रयोग गर्ने भन्ने ज्यादै महत्वपूर्ण कुरा हो । जुन सुकै ठाउँमा जे सुकै गरिँदैन । स्थान विशेष हुन्छ । सभा गर्ने सभा गर्ने ठाउँ हुन्छ, भोजन गर्ने भोजन गर्ने ठाउँ हुन्छ । पकाउन पकाउने ठाउँ हुन्छ । भने कुन चिजको कहाँ प्रयोग गर्न हुने नहुने, न्यायमा सीमित हुनुपर्ने त्यस्तो हेक्का नभएर गरेको पाइन्छ । अस्तिका दिन मैले बोलेको थिएँ, नेपालका तुलसीको मठ पवित्र मानिन्छ, तर तुलसीको मठ पनि अन्य प्रयोजनका लागि प्रयोग गर्न बाँकी नराख्ने, बरपीपलको चौतारी पनि प्रयोग गर्न बाँकी नराख्ने खालका प्रवृति पनि रहेको अवस्था छ । 
    त्यस्तो अवस्थामा न्याय क्षेत्रलाई स्वतन्त्र राख्ने सवालमा त म संविधान बनाउने संविधान सभाको सदस्यको हैसियतमा तपाईहरुलाई प्रत्याभूत गर्छु, बिल्कुले स्वतन्त्र राखिनेछ, स्वतन्त्र हुन्छ । तर न्याय क्षेत्रलाई स्वतन्त्र राख्न संविधानमा लेखेर मात्र पुग्दैन । तपाईंहरु देखिरहनुभएको छ, न्यायालयबाट मर्यादित र स्वतन्त्र हकको सम्मान हुने काम भयो भने, आम जनताको आस्था र विश्वास त्यसमा जम्ने अवस्था भयो भने मात्र कुरा ठीक हुन्छ । स्वतन्त्र त हामी लेख्छौँ पनि, भन्छौँ पनि, हुन्छ पनि । न्यायलय त स्वतन्त्र हुन्छ, तर मर्यादित कसरी हुने ? न्याय क्षेत्र तपाईंहरुको सरोकारको क्षेत्र पनि हो । अरु समुदायहरुले पनि आफ्नो सरोकारको विषयमा कुरा उठाउने गर्छन्, त्यो तपाईंहरुको पनि क्षेत्रभित्र पर्ने कुरा हो । अर्को कुरा, तपाईंहरुले कानुनविद्को हिसाबमा, संविधानविद्को हिसाबमा, कानुनी र  संवैधानिक अभ्यासहरु गरिरहेको हिसाबमा, आजको एक्काइसौँ शताब्दीको आधुनिक समयमा मानव जातिले खोजेको सबै भन्दा महत्वपूर्ण कुरा सुख हो । सुख कसरी प्राप्त हुन्छ त्यो तपाईं हामी सबैलाई थाह छ । जैविक र मानवीय आवश्यकताहरुको परिपूर्तिबाट, सुरक्षाको परिपूर्तिबाट, हकअधिकार र अवसरहरुको उपलब्धताबाट र आफूले कसैबाट, त्रसित हुन नपरोस्, अपहेलित हुन नपरोस् अथबा सम्मानको स्थितिको प्राप्तिबाट मानिस सुखी हुन्छ । मैले उत्तिकै सम्मानको कुरा गरेँ,  अधिकार र अवसरको उपलब्धताको कुरा गरेँ । जबसम्म हामीले समान अधिकार र अवसर प्राप्त गर्न सक्दैनौँ, जबसम्म हरेक नागरिकलाई अधिकार सम्पन्नता र अवसरमा पहुँचको सुनिश्चिता हुँदैन, जबसम्म भयत्रासको वातावरणमा रहन्छ वा सुरक्षित हुँदैन, अथवा अपमानित वा प्रताडित हुने अवस्था बन्छ भने सुखी हुन सक्दैन । 
    आज संविधान बनाउँदाखेरि आधारभूत रूपमा यी प्रश्नहरु हामी सुखी हुनका लागि जे चीजको आवश्यकता पर्दछ, ती कुराहरु यस संविधाने व्यवस्थित गर्नुपर्दछ । यस्तो बेलामा देशलाई अगाडि बढाउने सन्दर्भमा राष्ट्रिय सन्दर्भमा नै तपाईंहरुको आफ्नो समुदायको हितहरु भन्दा पनि व्यापक हिसाबले कानुनविद्, संविधानविद्को हिसाबले वा त्यस क्षेत्रका क्रियाशील व्यक्तित्वको हिसाबले तपाईंहरुको चासो हुनु बहुुतै जायज हो र मैले त्यस अर्थमा तपाईंहरुको यो छलफल तथा सुझाव कार्यक्रम अत्यन्तै सामयिक छ, सान्दर्भिक छ भनेर भनेको हुँ । यस कार्यक्रमको आयोजनाको म प्रशंसा गर्न चाहन्छु । मलाई तपाईंहरुको कुरा सविस्तार सुन्ने इच्छा थियो । यो सुन्ने इच्छा मलाई धेरै हिसाबले रहेको छ । सहभागी हुने इच्छा रहेको छ । तर मेरो कार्यव्यस्तताले अलिक छिटो जानुपर्नेछ । यहाँ तपाईं हाम्रो हातहातमा संविधानको प्रथम मस्यौदा आइसकेको छ । र मस्यौदामा रहेका विशेषताहरु पनि तपाईंहरु समक्ष वितरण भएको छ । यसमा प्रस्तावना छ, प्राक्कथन होला । तर हामी कसरी यस ठाउँमा आइपुग्यौँ भन्ने कुरा अर्कै छ । यो हामी कस्तो अवस्थामा यो संविधान ल्याउँदैछौँ, हामी कता जाँदैछौँ भन्ने कुरा हो । यी धेरै महत्वपूर्ण कुराहरु हुन् । 
    नेपालमा विभिन्न किसिमका भावावेशहरु पनि छन्, संविधानका प्रसंगमा विभिन्न आग्रहहरु पनि छन्, संविधानको प्रसंगमा अलिकति आग्रहहरु पनि छन्, केही बुझ्न बाँकी रहेका, पर्याप्त नबुझेका कुराहरु पनि छन् । केही आग्रहहरुबाट थिचिएर, आग्रहहरुका बोझले मान्छेलाई उम्किन नदिएर अथवा आग्रहका धारबाट उम्किन नसकेर पनि कतिपय कुराहरु छन् । म भन्न चाहन्छौँ, हामी यी सबै कुराहरुबाट मुक्त हुन्छौँ र नेपाल राष्ट्रको अस्तित्व, यसको सार्वभौमसत्ता र स्वतन्त्रता, यसको भौगोलिक अखण्डता र सम्मानको अभिवृद्धिमा सम्झौता हुन सक्दैन भन्ने ठान्छौँ र त्यसै अनुसार हामी संविधान बनाउँछौँ । अर्को कुरा यस २१औँ शताब्दीमा कोही पनि जनताले संविधानमा आफूलाई नदेख्नु उचित हुँदैन, कसैले पनि संविधान लेख्दा उसले आफ्ना हकअधिकार, आफ्ना अवसर सबै कुरा प्राप्त गर्नुपर्छ  । कोही कोही अल्मलिन्छन् । संविधान यसो हेर्छन्, सबैको पहिचान त्यहाँ आउँछ, आफ्नो मात्र पहिचान नदेखेपछि खै मेरो पहिचान भनेर भन्छन् । मेरो आग्रहमा अग्लो मान्छे, मोटो मान्छे अगाडि उभिएर त्यसको पछाडि अर्को मान्छे उभिएर फोटो खिँच्यो भने त्यो मोटो मान्छे भन्दा पछाडि म थिएँ भन्ने स्थिति कसैलाई पनि हुनुहुँदैन । अल्पसंख्यक, लोपोन्मुख, अविकसित, पछाडि परेको कुनै पनि समूह, समुदाय, त्यो बोल्न नसक्ने हुनसक्छ, कहिलेकहिले आन्दोलन गर्न नसक्ने हुनसक्छ । आन्दोलन गर्न नसक्ने समुदायहरु, वर्गहरु मैले थुप्रै देखेको छु । तिनीहरुको स्थिति चाहिँ अग्लो मान्छेको पछाडि उभिएर फोटो खिँचेको जस्तो भइराखेको छ । त्यस प्रकारको अवस्था हुनुहुँदैन । २१औँ शताब्दीको उचाइ आज बन्ने संविधानले छुनुपर्दछ । सबै नेपालीको संविधान हो, हरेकले आफ्नो अपनत्वबोध गर्न पाउने, त्यसमा ठाउँ हुनुपर्दछ । उसका निम्ति अधिकार अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति संविधानले गर्नुपर्छ । यसको अर्थ संविधान अग्रगामी हुनुपर्दछ, संविधान सबैका निम्ति हुनुपर्दछ । विगतका हाम्रा इतिहासले, उपलब्धिहरुले हाम्रा धेरै गौरवपूर्ण कुराहरुको, हाम्रा संघर्षको गाथाहरुको हाम्रा बलिदानहरुको सम्मान गर्न सक्ने हुनुपर्दछ । र, आज जुन समस्याहरु समाजमा छन्,, त्यसलाई अत्यधिक रूपमा समाधान गर्नसक्ने हुनुपर्छ । भोलिका निम्ति हामीलाई अनुकूलता प्रदान गर्ने, वातावरण दिने, गार्गदर्शन दिने काम संविधानले गर्नुपर्छ । राजनीतिक क्षेत्रमा यी कुराहरु प्रतिविम्बित हुनुपर्छ । विगतको सम्मान, अहिलेको समस्याको समाधान र आगामी दिनमा दिशानिर्देश हुने कामहरु संविधानले गर्नुपर्छ । 
    अब यस हिसाबले हामी अगाडि बढ्न खोजेका छौँ, साथीहरुले महत्वपूर्ण सुझाव दिनेछन्, ती आउने नै छन्, । म यतिबेला यहाँहरुको बीचमा राख्न चाहन्छु– नेपाली जनताले लामो समयदेखि अनेक संघर्षहरु गरेको छ । संघर्ष सफतामा पनि पुगे । २००७ सालको आन्दोलन सफल भयो । तर त्यस आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न सुरक्षित गर्न र अगाडि बढाउन सकिएन । फलतः राजतन्त्र फेरि सक्रिय नेतृत्व भन्दै, राजनीतिक प्रणाली फेरि निर्दलीय परिपाटी भन्दै तानाशाही तन्त्र आयो । अर्थतन्त्रमा, सामाजिक प्रबन्धमा, हाम्रा संस्कृतिहरुमा त्यसका नकारात्मक असरहरु परे । फेरि हामीले लामो संघर्ष गर्नुप¥यो र २०४६ सालको आन्दोलन सफल भयो । उपलब्धिहरु भए, संविधान बनाएर हामीले त्यसलाई संस्थागत ग¥यौँ तर राजनीतिक क्षेत्रमा भएका उपलब्धिहरुलाई समय चिनेर सामाजिक, आर्थिक, साँस्कृतिक क्षेत्रहरुमा पनि विस्तार गर्नुपथ्र्यो । अथबा लोकतन्त्रलाई सीमित राजनीतिक अधिकारको रूपमा मात्र होइन, त्यो भन्दा व्यापक समग्र सामाजिक प्रणाली र जीवन–पद्धतिको रूपमा बुझ्नुपर्दथ्यो, ती कुरा भएन । जसले गर्दा राजालाई कस्सिएर अनेक तानाशाहीका लागि ्प्रयासहरु गर्ने जमर्कोको लागि ठाउँ दियो, उग्रता देशैभरि फैलियो र हिंसातर्फ देशले बाटो लियो । फेरि त्यस परिस्थितिबाट अगाडि बढाउनका निम्ति २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलन भयो, जुन आन्दोलन सफल भयो  र त्यसका उपलब्धिहरुलाई संस्थागत गर्ने, सुदृढ गर्ने र अगाडि बढाउने प्रयासमा हामी छौँ । यस पल्ट हामी ती उपलब्धिहरुलाई खेर जान दिँदैनौँ । विभिन्न भावनामा बगेर बरु संविधान नबनोस्, यति नभई छोड्दिन भन्ने खालका दृष्टिकोणहरु छन् । देश अगाडि बढ्दै जाँदा हामी थुप्रै समस्याहरुको समाधान गर्नसक्छौँ । तर बढ्दै बढेन भने समस्याहरुको समाधान हुँदैन । अहिलेको संविधानको मस्यौदाको सम्बन्धमा म टिप्पणी गर्न चाहन्न । हामी अहिले वास्तविक रूपमा लोकतान्त्रिक प्रणालीको अभ्यास आंशिक रूपमा मात्रै गरिहेका छौँ, बढ्ता बाँडीचुँडी खाने अभ्यासमा हामी छौँ । अहिलेको देशको  अवस्था भनेको बाँडीचुँडी खाने हो, लोकतान्त्रिक अभ्यास भन्दा । लोकतन्त्रका परिभाषा भन्दा भागबन्डाका परिभाषा हाम्रा प्रबल छन् । मैले धेरै मागहरु, नाराहरु, प्रतिनिधिमण्डलहरु, तिनका धेरै मागपत्रहरु हेरेको छु, त्यसमा नेपाल कसरी बनाउने भन्ने त्यति सारो चर्चा, छलफल गरेको थाह पाएको छैन । मेरो भागमा के पर्छ, चोक्टा प¥यो कि परेन मेरो भागमा, झोल मात्र प¥याृे कि भन्ने खालका हाम्रा दृष्टिकोणहरु छन् र मैले के पाउँछु, मलाई के हुन्छ भन्ने मात्रै कुरा छ, देश बनाउने कुरा छैन । म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, तपाईंहरुले कमसेकम देश बनाउने कुरामा अलिकति ध्यान दिनुहोला । नभए देशको उन्नति कसरी हुन्छ ? हामी तीता अनुभवहरुबाट आएका छौँ । मलाई नै लागेनको थिएन, २०६२÷६३को आन्दोलन भन्दा पछि यतिबेला सम्म पनि आन्दोेलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बनाउन र सङ्क्रमणकाल टुङ्ग्याएर देशलाई अगाडि बढाउन यति लामो समयसम्म पनि यही ¥याइँ¥याइँ गरिरहेका हुन्छौँ । तर अहिले पनि हामी २०६२÷६३ को आन्दोलनले प्राप्त गरेका  उपलब्धिहरु, गणतन्त्रलाई संस्थागत गर्ने कुरा गर्दैछौँ र लोकतन्त्रलाई संस्थागत गर्ने कुरा गदैछौँ । अरु हामीले विभिन्न हक अधिकारहरु प्राप्त गरेका छौँ र तिनलाई संस्थागत गर्ने कुरा गर्दैछौँ । अहिले पनि हामी यहीं छौँ । संविधान सभामा ६०१ सप्तरङ्गी, रङ्गीचङ्गी, इन्दे्रणी, कलरफुल छ, कसको प्रतिनिधित्व भएन त्यहाँ ? विद्वान्, डाक्टर, प्राडादेखि लिएर, ल्याप्चे ठोक्ने सम्म सबे हाम्रो प्रतिनिधित्व थियो । संविधान त बनेन । हामी एउटा तीतो यथार्थबाट आएका छौँ र म तपाईहरुलाई भन्न चाहन्छु । म संविधान सभाको सदस्यको हिसाबमा पनि तषाईंहरुलाई भन्न चाहन्छु, नेकपा (एमाले)को अध्यक्ष वा एमाले संसदीय दलको नेताको हिसाबमा पनि भन्न चाहन्छु, यो संविधान सभा त्यो संविधान सभाको नियति बोकेर घोसेमुन्टे लगाएर गाउँ फर्किँदैन, संविधान जारी गर्छ, गर्छ । यसले संविधान जारी गर्छ । अधिल्लो संविधान सभामा राजनीतिक दलहरुका बीचमा, विभिन्न समूह र समुदायका बीचमा जुन मतभेदहरु रहे, ती मतभेदहरुका कारणले संविधान बन्न सकेको थिएन । अहिले हामीले, तपाईंहरुलाई अनौठो लाग्ला, निक्के अनौठो लाग्न सक्छ, माघ ५ गते म माइक्रोफोन ड्यामड्यामती खाँदै थिएँ, अहिले हामी एक ठाउँमा बसेर १६ बुँदे सहमति गरेर असहमतिका विन्दुहरुलाई ठीक ठाउँमा ल्याएर अब संविधान बनाउने कुराको आधार तयार गरेका छौँ । धेरै मान्छेलाई लाग्न सक्छ, एमाओवादी र एमाले एकै ठाउँमा आएर, लोकतान्त्रिक मधेसी मोर्चा कसरी एक ठाउँमा आइपुग्यो ? अरु विभिन्न मधेसवादी भनिएका पार्टीहरु कसरी एक ठाउँमा आइपुगे ? सबैको यसमा योगदान छ । सबैको प्रयास रहेको छ र यो प्रयास खेर जाँदैन । यस पृष्ठभूमिमा हामीले एउटा ठूलो उपलब्धि प्राप्त गरेका छौँ । संविधान बन्न नदिने जुन मतभेदहरु हुन्, तिनीहरुलाई हामीले व्यवस्थापन गरेका छौँ र सहमति बनाएका छौँ । एउटा कुरा बुझ्नुभए हुन्छ, अब बन्ने संविधान वा यस मस्यौदामा मेरो सहमति छ, म प्रसन्न छु, मलाई खुसी लागेको छ, राम्रो मस्यौदा आयो भनेर गदगद् छु यस्तो होइन । मैले भनेको कुरा आएको छैन । मैले भनेअनुसारको मस्यौदा छैन । तर यस मस्यौदामा म मैले भनेको कुरा नहुँदानहुँदा पनि सहमत छु, किनभने कसैले पनि सहमति नगर्ने, अडानको विषय बनाउने, सबैले आफ्नाआफ्ना पोजिसन लिने हो भने एक ठाउँमा उभिँदैन, संविधान जारी हुँदैन । मैले भनेअनुसार छैन, तर  अर्कोले भने अनुसार पनि छैन । कतिपयले मैले भनेको भएन भन्छन्, हुँदैन । नेकपा (एमाले)को अध्यक्ष म भनिरहेको छु, साह्रै राम्रो दृष्टिकोण छ मेरो पार्टीको संविधानको सम्बन्धमा । तर राम्रो दृष्टिकोण भएर मान्ने भए त अघिल्लै संविधान सभामा संविधान बनिहाल्थ्यो नि । हामी भनिराखेकै थियौँ । हुँदैन । एक ठाउँमा आउनुप¥यो । एक ठाउँमा आएर हामी सहमत हुनुप¥यो । अरुले भनेका पनि हुन्छन्, हामीले भनेका पनि हुन्छन् । अरुले भनेका पनि हुँदैनन्, हामीले भनेका पनि हुँदैनन् । तर आधारभूत रूपमा, मूलभूत रूपमा राम्रो कुराका साथ । मैले अघि संविधान कस्तो बन्छ भन्ने सम्बन्धमा यसो हुनुपर्छ भनेको थिएँ । म तपाईंहरुलाई भन्न चाहन्छु, अब बन्ने संविधानले पाँच बटा कुराहरुमा गम्भीर रूपमा ध्यान दिन्छ, मैले धेरै वर्ष अगाडि, संविधान सभाको चुनाव हुनुभन्दा धेरै वर्षदेखि अब संविधानले के गर्छ भनेको थिएँ । अब बन्ने संविधानले जनताको शान्तिको चाहना, शान्तिपूर्वक बाँच्न पाउने चाहनालाई सम्बोधन गर्छ  । हिंसा यसले बढाउँदैन, हिंसालाई प्रोत्साहित गर्दैन, हिंसालाई यसले स्पेस ठाउँ दिँदैन । यो शान्तिको पक्षधर संविधान बन्छ । हामीले लामो समयदेखि लोकतन्त्रको इच्छा राखेर लोकतन्त्रका लागि संघर्ष गरेका छौँ, बलिदान दिएका छौँ, विभिन्न ढङ्गले योगदान गरेका छौँ । आफ्ना आफ्ना ठाउँमा आफ्ना आफ्ना  विश्वासअनुसार आफ्नो ढङ्गले लोकतन्त्रलाई हामीले योगदान गरेका हौँ । तर लोकतन्त्र सबैको चाहना हो । हिजो सशस्त्र सघर्षबाट जनसत्ता भनेर जनवादी शासन अथवा क्रान्तिकारी जनवादी शासन भनेर आफ्नो कायम गर्न खोज्ने एनेकपा (माओवादी) पनि लोकतान्त्रिक प्रणाली र प्रक्रियामा विश्वास गर्ने ठाउँमा आइपुगेको छ । निरङ्कुश राजतन्त्र चाहिन्छ भन्नेहरु पनि लोकतन्त्र चाहिन्छ भन्ने ठाउँमा आइपुगेको छ । भौगोलिक साम्प्रदायिक, जातीय साम्प्रदायिक र अरु प्रकारको सङ्कीर्णता र साम्प्रदायिकताको खुलेआम वकालत गर्नेहरु पनि लोकतान्त्रिक मूल्य मान्यताको विन्दुमा आइपुगेका छन् । हामी यस संविधानबाट लोकतान्त्रिक विधि र लोकतान्त्रिक प्रक्रियाको स्थापना गर्छौँ । लोकतान्त्रिक प्रणाली भन्दा म तपाईंहरुलाई भन्न चाहन्छु, स्वाभाविक रूपको लोकतान्त्रिक प्रणाली भन्दा आजको २१औँ शताब्दीको अन्तर्राष्ट्रिय स्तरमा बुझिने लोकतन्त्र, लोकतन्त्रका आधारभूत विशेषताहरु, त्यसको आधारभूत मूल्यमान्यताहरु, सबैले बुझ्ने, सबैले स्वीकार्ने अथवा सार्वभौमसत्ता जनतामा रहेको, शासन जनताको हातमा रहने, आवधिक निर्वाचनबाट शासन चुनिने, सन्तुलन र नियन्त्रण कायम भएको अर्थात् स्वतन्त्र न्यायालय र अन्य संवैधानिक अङ्गका आफ्ना स्वतन्त्र हक अधिकारहरु भएको प्रणाली त्यस लोकतन्त्रलाई हामी यस संविधानबाट ग्यारेन्टी गर्छौँ ।  
    हाम्रो समाज असमानता र विभेदबाट गुज्रिएका, हामी कुनै पनि चरित्रका असमानता र विभेदलाई स्वीकारिरहेका छैनौँ र स्वीकार्दैनौँ । अब बन्ने संविधानले सबै प्रकारका असमानता, विभेद, त्यस कारणले हुने भेदभाव वा त्यस कारणले हुृने अपमान जस्ता कुराहरु अन्त्य गर्दछ र सामाजिक न्याय र  समानताको प्रत्याभूति गर्दछ । हिजो राज्यसम्बन्धी अवधारणा बेग्लै प्रकारका रहे । अब लोककल्याणकारी राज्य जनताप्रति उत्तरदायी राज्य पारदर्शी राज्यका साथ जनता अगाडि बढ्छ र हामी यस्ता नयाँ प्रणालीहरुका साथ उत्पादन र उत्पादकत्वलाई तीव्रताका साथ विकास गर्ने, सँगसँगै वितरणको न्यायोचितता या औचित्यपूर्ण वितरण, यथोचित वितरण जस्ता कुराहरुलाई पनि अबको संविधानमा व्यवस्था गर्छौैँ  । त्यस कारण यी कुराहरु अबको संविधानले व्यवस्था गर्छ । हामी सामाजिक न्याय र समानताको पक्षमा, लोककल्याणकारी राज्य हुँदै समाजवादतर्फको यात्रा अगाडि बढाउने कुरामा जान्छौँ । मेरो पार्टीले जनताको बहुदलीय जनवाद जस्तो वैज्ञानिक, मौलिक, आधुनिक, जनपक्षीय, लोकतान्त्रिक, समतामूलक, अग्रगामी, परिवर्तनकारी विचारहरु अङ्गीकार गरेको छ र त्यसै दिशामा मन पराए पनि मन नपराए पनि नबुझेर अलिक समय मन नपराए पनि त्यसमा जान अनिवार्य छ, त्यतै उन्मुख हुन्छ देश । हामी १२५ जातजाति छ, १२३ भाषाभाषी छ, हामी हिमाल, पहाड, तराई छौँ । एउटा देश भने पछि त्यो देश अलि उत्तरसम्म पनि हुन्छ, अलि दक्षिणसम्म पनि हुन्छ । एउटा देशको,  एउटा भूगोलको कुरा गर्नुहुन्छ भने अलिक उत्तरदेखि दक्षिणसम्म, अलिक पूर्वदेखि पश्चिमसम्म हुन्छ । एकैनासको पनि भूगोल हुन गाह्रो छ । हाम्रोमा विविधता छ, भूगोलको छ, अरु चीजको छ, र हामीकहाँ विभिन्न प्रकारका भौगोलिक मात्र होइन, हाम्रो देश एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न अभिवाज्य, स्वाधीन राष्ट्र हो । भौगोलिक विविधता यहाँ छ, सार्वभौमसत्ता सम्पन्न हाम्रा जनता कोही हिमालमा बस्छन्, कोही पहाडमा बस्छन्, कोही तराईमा बस्छन् । कोही पूर्वमा, कोही पश्चिममा, विभिन्न पेशा, व्यवसायमा छन् । भूगोल र वातावरणका कारणले वा कतिपय ऐतिहासिक कारणले तिनका रङ्गहरुमा केही भिन्नताहरु हुन सक्दछन् । तिनका आस्था, दृष्टिकोण, विश्वासहरुमा केही भिन्नता हुन सक्दछन् । ती बेग्लै कुरा हुन्, तर त्यसका आधारमा जुन जहाँनिर भेद देखियो, जहाँ भिन्नता देखियो, त्यहीं फेसा ठोक्ने र भिन्नता बढाउने, त्यसलाई कलह, घृणा र द्वन्द्वको विषय बनाउने प्रयासहरु उचित होइनन् । ती स्वीकार्य हुन सक्दैनन् र हामी त्यस्ता कुराहरुलाई ठाउँ दिँदैनौँ । अबको संविधानले विविधता सुन्दरता हो, विविधता सम्पन्नता हो, हाम्रो समृद्धि हो र समृद्धिको आधार हो । त्यसलाई स्वीकारेर हामी एकतामा जोड दिन्छौँ र सामाजिक सद्भाव कायम गर्छौँ, भेदभाव होइन । सामाजिक सद्भावमा आधारित, विविधतालाई स्वीकारिएको, उन्नति संस्कृति र  राष्ट्रिय एकता, सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता हामी कायम गर्छाैँ । 
    हाम्रो सबभन्दा ठूलो समस्या देश पछाडि परेको छ, यस अविकसित, पछाडि परेको देशलाई आधुनिक, विकसित देश बनाउनुछ । त्यसका निम्ति हामीले बाटो बनाउने संविधान निर्माण गर्नुछ । यस देशका जनता गरिब छन्, यिनलाई समृद्ध बनाउने, समृद्धि दिने,, यिनलाई सम्पन्न बनाउने र समग्रतामा भन्ने हो भने नेपाली जनतालाई सुखी जनता बनाउने कुराको आधार, विकास  गर्ने आधार, सुसम्पन्न बनाउने आधार यस संविधानले दिन्छ र दिनुपर्छ । मुख्य कुरा यो हो । अब मुख्य कुरा भइसकेपछि तपसिलका स–साना कुराहरुमा पनि मान्छे नचाहिने गरी अल्झिएको पनि देखिन्छ । हामी अत्यन्तै ‘रिसेप्टिभ’ छौँ । हामीमा ग्रहणशीलता छ र हामी सुझावहरु संकलन गर्नका लागि पनि सबै निर्वाचन क्षेत्रमा जाँदैछौँ । हामी जनताको सुझावहरु पनि संकलन गर्छौँ । 
    कसैले नागरिकतामा बेसरी टाउको दुखाएको देखिन्छ । म व्याख्या गर्दिनँ ।  मसँग समय छैन । कोही पनि नागरिक नागरिकताको प्रमाणपत्रले नागरिक भएको होइन । मेरो हजुरबासँग नागरिकता थिएन, वहाँ नेपालको नागरिक हुनुहुन्थ्यो । हजुरआमासँग नि थिएन । नागरिक भएन र ? सरकारले नागरिकलाई नागरिकताको प्रमाणपत्र दिने हो, जो नेपाली नागरिक हो । म तपार्इंहरुलाई दाबाका साथ भन्छु सबै नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र सरकारले दिन्छ, त्यो सरकारको कर्तव्यभित्र पर्छ । अब धेरै रडाको नगरौँ, त्यो भन्दा बाहिर कसलाई चाहियो नागरिकता ? सबै नेपालीहरुलाई नागरिकताको प्रमाणपत्र दिने सरकारले जिम्मा लिन्छ । नेपालीले नेपालको नागरिकता पाउनुपर्छ । यसमा दुइटा कुरा छन् – मौलिक नेपाली र भएको नेपाली  । मौलिक नेपालीले यसै पाउँछ । भएको नेपालीले विधिसम्मत ढङ्गले पाउँछ । विधिका साथ हुने भएका नेपालीलाई पनि नेपाली नागरिकता दिने । यसमा धेरै विवादमा गइराख्नु म उचित ठान्दिनँ । जरुरी पनि छैन । सेन्टिमेन्टको विषय बनाउनुपर्ने पनि केही छैन । अब यसमा बहस  त काफी गर्न सकिन्छ । तर सबै नेपालीले नेपालको नागरिकता पाउँछ । यसमा ढुक्क हुनुहोस् साथीहरु । हामीले बिहे गरेर ल्याएकी बुहारीले नागरिकता पाउँछिन् । हाम्री छोरीसँग बिहे गरेर बस्ने ज्वाइँले समेत नागरिकता पाउँछ । फेरि नागरिकता नागरिकता, नागरिकता भनेर यस्तो टिनटिन किन बजाउने ? पाउँछ त, सकियो त । अब एउटा भावनात्मक कुरा छ । यो मस्यौदामा के लेखेको छ भने बाबु र आमा दुवै नेपाली नागरिक छन् भने त्यस्ताका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन् । बाबु वा आमा भनेको ठाउँमा बाबु र आमा किन लेख्यो ? बाबु र आमा दुइटै नेपाली छन् भने तिनले त पायो पायो, त्यो पो भनेको हो । बाबु र आमा दुवै नेपाली छन् भने तिनले त पाउने नै भयो । बाबु वा आमा हो भने अलिकति प्रक्रिया छ, तर नागरिकता पाउँछ । त्यसो भए वंशजको आधारमा पाउँछ त ? आएकै दिन वंशजको आधारमा कसरी हुन्छ होला । त्यो त हुन्न होला । नागरिकताको प्रश्नलाई भावनात्मक विषय नबनाऔँ । भइरहेका नेपाली र पछि बनेका नेपाली सबैले पाउने प्रबन्ध छ । अब बाघका खाल उता¥यो भने त गाह्रो हुन्छ । 
    प्रदेशका कुरा कतिपय साथीभाइहरुले गर्छन् । सीमाङ्कन किन भएन ? जे गर्दा संविधान नबनेर एउटा संविधान सभा समाप्त भयो, कसलाई ब्याक गियर लगाउनु भन्नु, कसलाई पछाडि फर्कन भन्नू? ऊ आफ्नो अडानबाट फर्कन्न भन्छ । अध्ययन सध्ययन त गरेको होइन । अहिले भर्खरका मानिसले संघीयता काफी सुनेको होला, अलिक बुढापाका मान्छेले, उहिलेका मान्छेले संघीयता सुनेको पनि थिएन नेपालमा । अब अहिले संघीयता सुनेपछि, संघीयतामा अभ्यास गरेर संघीयतामा खली  खाएर संघीय शासन व्यवस्था सञ्चालन गरिआएको त कोही पनि छैन । संघीयता भनेको के हो भनेको सुनेको होला कोही कोही, गुगलमा गएर, इन्टरनेटमा गएर यसो  चास्स चुस्स हेरेको होला । नेपालमा धेरै संघीयतासम्बन्धी यस्ता विद्वान्हरु मैले देखेको छु । होल्डिङ्ग टुगेदर, ब्रिङ्गिङ्ग टुगेदर, कमिङ्ग टुगेदर दुइवटा, चार वटा शब्द जाने पछि पण्डितले पोथा पल्टाइहाल्यो । नेपालमा संघीयता  न होल्डिङ्ग टुगेदर,  न ब्रिङ्गिङ्ग टुगेदर, न कमिङ्ग टुगेदर । नेपाल एउटा यस्तो राष्ट्र हो जहाँ होल्डिङ्ग टुगेदरको समस्या छैन । यो ब्रिङ्गिङ्ग टुगेदरको केही पनि होइन । यहाँ अलास्का पनि छैन, यहाँ हवाई पनि छैन । यहाँ अनेक प्रकारका परपरका टापुहरु पनि छैनन् । यो त एउटा भूगोलभित्र प्रकृतिले यस्तो बनाएको छ यो देश – हिमाल, पहाड तराई यसभित्र छ । त्यस कारण जनतलाई हामीले हेर्नुपर्छ र जनतालाई हामीले अधिकार सम्पन्न बनाउनुपर्छ । यसका कसैले नाफा, कसैले नोक्सान पाउने, कसैको खल्ती भरिने विषय त होइन यो । कसैले प्रेस्टिजको विषय बनाएर झर्नु पर्ने विषय पनि होइन । कसैको इज्जत जाने, कसैको इज्जत थपिने विषय पनि होइन । संघीयता नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनुप¥यो ।  उसले प्राप्त गरेका हकअधिकारलाई सुनिश्चित गरी प्रयोग गर्न पाउनुप¥यो । उसले राज्यबाट पाउने सुविधा, सहुलियत शिक्षा, स्वास्थ आदि सुरक्षाका विषयहरु सजिलोसँग प्राप्त गर्नसक्नुप¥यो । उसले प्राप्त गर्ने कानुुनी वा न्यायिक संरक्षणका कुरा सहज ढङ्गले उसले कसरी प्राप्त गर्न सक्छ त्यो हो । राज्यमा नीति निर्माणमा कसरी अभिवृद्धि हुन सक्छ, कसरी सहभागितालाई सहज बनाउन सकिन्छ, त्यो हो । राज्यलाई कसरी प्रत्यक्ष बनाउन सकिन्छ त्यो हो । कुन राजाको पालामा धुरीमा निस्कने धुवाँ हेर्ने अनि किन धुवाँ आएन सोध्न पठाउने जस्तो कुरा आजको जमानामा सायद सम्भव नहोला । सबै ग्याँसमा पकाउँछन्, चुल्हो पाउँदैन के गर्ने ? समय बदलिएको छ, बदलिएको समयमा हामीले त्यस बदलिएको समय अनुुसार जनताका हक अधिकार सुरक्षा, राष्ट्रको एकता कसरी सुदृढ हुन सक्छ, सामाजिक सद्भाव कसरी सुदृढ हुनसक्छ, देशको आर्थिक उन्नति कसरी सबल हुन्छ, रोजगारीका अवसर हामी कसरी वृद्धि गर्नसक्छौँ, हाम्रा प्राकृतिक स्रोतसाधनहरुलाई हामीले कसरी अधिकतम ढङ्गले सही प्रयोग गर्न सक्छौँ ? संघीयता चाहिएको यिनै विषयहरुको उचित व्यवस्थापन गर्नका लागि हो । अब सेन्टिमेन्ट के लिइएको छ भने एक जना साथी घुम्न जाँदाखेरि एक जनालाई फेला पार्नुभएको रहेछ, चौतारामा बसिरहेको कहाँ हिँडेको माइला कता हिँडेको भनेर सोध्दा भनेछ, अब हिँडियो, क्रान्तिमा परिवर्तनमा हिँडियो, केका लागि भन्दा अब आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्य चाहियो । स्वायत्त भन्ने त सुन्यो उसले तर स्वायत्त भन्ने थाह थिएन । हाम्रो देशमा एक थोक भन्दाखेरि अर्को थोक हुने धेरै वटा कुरा छ । स्वायत्त भनेको कहिले सुनेकै थिएन पहिले विचरा अनि आत्मनिर्णयको अधिकारसहितको स्वायत्त राज्य चाहियो, गणराज्य चाहियो, त्यो बनाउन हिँडे भन्छ । छोराछोरी कसले पालिदिने, के कसले गरिदिने ? स्वायत्तता के हो उसलाई थाह छैन, तर स्वायत्त गणराज्य बनाउन ऊ हिँड्यो । अब त्यहाँ बहस गर्ने हो भने त्यो स्वायत्त गणराज्य नभईकन त्यो मान्दै मान्दैन । केले पार लगाउनुहुन्छ ? राष्ट्रिय बहस त्यसरी हुँदैन । देश र जनताको हक, अधिकार,  सुरक्षा, सम्मान, समृद्धि त्यसका लागि यो संघीयता चाहिएको हो । राज्यमा सहभागिताको लागि हो यो चाहिएको । त्यताबाट बहकिएर अन्तअन्तअन्त लगेर हुन्छ र ? एउटा फेसन कस्तो छ भने मेरो खेत बाँझो छ, मेरो खेत नजिकैबाट खोलो हिँड्छ । त्यो खोलो थुनेर एउटा कुलो बनाउन मेरो पैसाले पुग्दैन पुँजीले पुग्दैन । हाम्रो गाउँतिर, हाम्रो खेततिर पानी लगाउने बनाइदेऊ न भन्दा के खेतको कुरा गरिराखेको, के धानको कुरा गरिराखेको नचाहिने कुरा राकिन गरेको कमसेकम अलिकति संविधानको कुरा गर, राज्यका कुरा गर, प्रदेशका कुरा गर भन्छन् । खेत बाँझो छ, खेत सुख्खा छ, त्यता कसैलाई ध्यान छैन, अनि स्वायत्तता सिकाइदिएको छ । साँच्चै अहिलेको स्थितिमा भन्ने हो भने कतिपयलाई यस्तो स्वायत्तता चाहिएको छ कि गावैँपीच्छे, टोलैपीच्छे स्वायत्तता चाहिएको छ । एउटा भ्रम के परेको छ भने ५ वर्षअगाडि मैले खोला किनारमा बस्ती बसायो भने अब आज मलाई थाह भयो, ए, स्थानीय जनताको हुने रहेछ, पहिलो अधिकार त । मेरो घर यहाँ छेउमा छ, ५ वर्ष अगाडिदेखि म खोलो किनारमा घर बनाएर बसेको छु । अब ५ वर्ष अगाडिदेखि म खोला किनारमा बसेको हुनाले खोलो मेरो भयो । मेरो अग्राधिकारबाहेक अरु हुँदैन । खोलो पहिलेदेखि त्यहाँ थियो, कति हजार, कति लाख, कति करोड वर्षदेखि खोलो त्यहीं छ । पाँच वर्षअगाडि गएर मैले त्यो खोलो अग्राधिाकार रे, के जाति रे भनेर भनेको छ । 
    अब राष्ट्रिय हितको कुरा गर्न पाउँदैन, सरकारले केही गर्न पाउँदैन, म गर्छु । स्थानीय मान्छे भएकोले त्यसको प्रतिफल मैले पनि पाउने, त्यहाँको विकासले मलाई विस्थापित गर्छ वा बेदखल गर्छ कि त्यसरी नगरोस् भन्ने अर्कै कुरा हो । तर खोलै मेरो हुन्छ, डाँडै मेरो हुन्छ, जङ्गलै मेरो हुन्छ भन्ने जुन भ्रान्तिहरु छन्, त्यस्तो कुराहरु राज्यका कुराहरुमा हामीले अलिकति फराकिलो ढङ्गले जानुपर्दछ । त्यसकारण म के आग्रह गर्न चाहन्छु भने यी यावत् विषयहरुमा तपाईंहरुले ध्यान दिनुहुनेछ । न्यायालयका कुरा स्वतन्त्रताको कुरा, कतिपय कुराहरु धर्मका कुरा छन्, कसैले निरपेक्षता नभई हुँदैन भन्छ, कसैले हिन्दू राष्ट्र चाहिन्छ भन्छ, कसैले  के भन्छ । स्वाभाविक रूपमा आज पूर्वीय दर्शन, पूर्वीय सभ्यता, पूर्वीय संस्कृति  पूर्वीय ऐतिहासिकता, पूर्वीय गौरव, जुन विकासको गौरव छ जुन हाम्रो सभ्यता छ, त्यस कुराको हामी संरक्षण गर्छौँ । त्यससँग वैरभाव राख्ने र आफ्ना कुरा फैलाउन खोज्ने प्रयासहरु पनि भएका छन् र ‘क्ल्यास अफ सिभिलाइजेसन‘ पनि छ, हामी बढी कुरा गरिराख्दैनौँ, तर हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो दर्शन, हाम्रो गौरवपूर्ण इतिहास र गौरवपूर्ण पृष्ठभूमिहरु हामी बिर्सँदैनौँ । हामी संरक्षण गर्छौँ । ती हाम्रा प्रतिबद्धताहरु हुन् । यी पक्षहरुमा ध्यान दिएर हामी संविधान निर्माण गछौँ । मैले धेरै ठाउँमा भनेको छु, धर्म निरपेक्षता भन्ने शब्द गलत अनुवाद भएको छ, धर्म निरपेक्षता नराखे हुन्छ, तर मैले अघि नै भनेँ, कम्प्रमाइज पनि गर्नुपर्ने हुन्छ । धर्म निरपेक्षता भन्ने शब्द उपयृक्त अनुवाद होइन । एउटा राष्ट्र एउटा जाति, एउटा भाषा, एउटा धर्म, एउटा आस्था, एउटा विश्वास राख्नेको पनि हुँदैन । त्यस कारण हामी धर्महरुको सम्बन्धमा हाम्रो संस्कृति पहिचानको सम्बन्धमा यति कुरा चार बटा कुरा छ । नेपाल एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधीन राष्ट्र हो । यो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक छ । अथवा नेपाल एउटा बहुजातीय बहुभाषिक, बहुसाँस्कृतिक, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । यस देशका बासिन्दा बा नागरिकलाई आफ्ना, आफ्ना विश्वास, पन्थ बा धर्महरु मान्ने स्वतन्त्रता छ । यो धार्मिक स्वतन्त्रता हो, दोस्रो कुरा भयो  । कसैले पनि कसैको आस्था, विश्वास, पन्थ वा धर्मलाई बलजफ्ती, डरत्रास, लोभलालच वा अन्य कुनै विधिबाट परिवर्तन गर्न पाइने छैन । यो प्रतिबन्धात्मक बाक्यांश छ, यो तेस्रो भयो । चौथो, राज्य सबैको साझा हो र राज्य सबै विश्वासहरु, आस्थाहरु सबैप्रति, धर्महरुप्रति संस्कृतिहरुप्रति समभाव राख्दछ । हामीले गर्नुपर्ने व्यवस्था त्यही हो, हामी त्यो व्यवस्था गर्छौँ । यसै पृष्ठभूमिमा जे भाषा लेखिए पनि यस अर्थ भन्दा बाहिरबाट प्रयोग गरिने छैन । यसमा धेरै रडाको मचाइरहनुपर्ने कुनै आवश्यकता छैन । र यसका सीमाहरुका सम्बन्धमा मिल्यो भने सकियो, मिलेन भने यसो नभईकन हुँदैन भनी संविधान जारी हुन नदिनका निम्ति यो भएन भने हुँदैन भन्ने खालका विभिन्न खालका प्रपञ्च स्वीकार्य हुनै सक्दैन । संविधान निर्माण गर्ने कुरामा संविधान सभा स्वतन्त्र छ, सार्वभौमसत्ता सम्पन्न जनताले छानेर पठाएको यो संविधान सभा संविधान बनाउने अभिभारा दिएर बनाएको छ, यसले संविधान बनाउनुपर्छ र बनाउँछ । अब यसो भइसकेपछि अरु धेरै विवाद गर्नुपर्दैन हामीले भनेका छौँ, यसो यसो कुरा गरेर समयमा रिपोर्ट दिएर यसरी टुङ्ग्याउने भनेर हामीले भनेका छौँ । सहमति प्राप्त गर्नका लागि पनि त्यो बाटोबाट सहजता हुन्छ, सजिलो हुन्छ । त्यस कारण म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु, ती विषयहरुमा गहन ढङ्गले चिन्तनमनन गरौँ । भावावेशमा बग्ने कामै छैन । बडो शिष्ट ढङ्गले अगाडि बढौँ,  यही आग्रह सबैलाई गर्न चाहन्छु । अत्यन्त सामयिक कार्यक्रमका लागि तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु । त्यसका निष्कर्पहरु, छलफल राम्रो हुनेछ, सुझाव राम्रो आउनेछ । निष्कर्ष अत्यन्तै उत्कृष्ट निस्कन्छ भन्ने पनि म विश्वास गर्दछु । धन्यवाद !
(मिति २०७२ असार ३० गते प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको आयोजनामा भएको अन्तर्केिया कार्यक्रममा सम्बोधन)

Monday, June 1, 2015

विकसित नेपाल र समृद्ध नेपाली जनता, शान्तिपूर्ण र सुशासन भएको देशः नेकपा (एमाले)को मूलमन्त्र

स्वयंसेवक बिदाइ कार्यक्रम
मितिः २०७२।२।१०
स्थानः भृकुृटीमण्डप

पार्टीका नेता कमरेड माधवकुमार नेपाललगायतका सम्पूर्ण नेता कमरेडहरु,
यस कार्यक्रमका अध्यक्ष कमरेड गोकर्ण विप्टज्यू, यस परिचालनका संयोजक हुनुहुन्छ । वहाँ र अरु सम्पूर्ण स्वयंसेवी साथीहरु !
आज नेकपा (एमाले)का तर्फबाट तपाईंहरु दुःखमा परेका कठिनाइमा परेका जनतलाई राहत सहुलियत उपलब्ध गराउन र खास गरी निर्माणका कामहरुमा जनतालाई सहयोग पु¥याउन तपाईंहरु जाँदै हुनुहुन्छ । मौरी दुई प्रकारका हुन्छन् । एउटा कर्मी मौरी, अर्कोे काम नगर्ने, मह मात्र खाने मौरी । नेकपा (एमााले) भनेको कर्मी मौरी जस्तो हो । यो काम गर्ने र यसले मेहनतका साथ पवित्र भावनाले जनतालाई साथ सहयोग पु¥याउँछ । तपाईहरु त्यस काममा जाँदै हुनुहुन्छ । क.माधव नेपालले तपाईंहरुलाई बताइसक्नुभएको छ, त्यसै गरी यस अभियानका संयोजक क. गोकर्ण विष्टले बताइसक्नृभएको छ, क. प्रदीप ज्ञवालीले तपार्इंंहरुले प्राप्त गरेको निर्देशिकामा उल्लेख भएका कुराहरु समेत पुनः स्मरण गराउनुभएको छ । त्यस अनुसार तपाईंहरु पवित्र भावनाले दक्षता र सक्षमताका साथ काम गर्नुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । 


नेकपा (एमाले) खाली राजनीति गर्ने, संगठन गर्ने पार्टी होइन । देश र जनताका समस्यालाई बुझ्ने, ती समस्या समाधान गर्दै अगाडि जाने र समग्र नेपाललाई एउटा नवनिर्मित नेपाल, सुन्दर नेपालको रूपमा अगाडि बढाउने उद्देश्यका साथ अगाडि बढेको छ । विकसित नेपाल र समृद्ध नेपाली जनता, शान्तिपूर्ण र सुशासन भएको देश यी नेकपा (एमाले)का मूलमन्त्रहरु हुन् । यी मूलमन्त्रहरुलाई लिएर नै नेकपा (एमाले) अगाडि बढिरहेको छ । यति बेलाको विपत्तिमा यी मूलमन्त्रहरुको सारतत्वको रूपमा यिनीहरुको संवाहक शक्तिको रूपमा तपाईंहरु कार्यक्षेत्रहरुमा जाँदै हुनुहुन्छ र निर्दिष्ट ढङ्गले खटाइएका ठाउँहरुमा जाँदै हुनुहुन्छ र खटाइएका कामहरुमार्फत तपाईंहरुले जनतालाई सेवा पु¥याउनुहुन्छ । मैले धेरै समय लिनुभअन्दा पनि भन्ने गरेको छु, तषाईंहरुमा दृढ अनुशासन चाहिन्छ, दृढ संकल्प चाहिन्छ, तपाईंहरुमा कसरी काम गर्ने भन्ने रचनात्मक सोच चाहिन्छ । तपाईंहरु एकताबद्ध भएर टिम स्पिरिटका साथ यी कामहरु गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । मैले यस अगाडि पनि धेरुै पल्ट भन्ने गरेको छु, तपाईंहरुले आफ्नो सुरक्षामा ध्यान दिनुहोला । आफू सुरक्षित हुन सक्नुभएन भने अरुलाई सुरक्षित गर्न सक्नुहृुन्न, सेवा गर्न सक्नुहुन्न । एडभेन्चरिस्ट ढङ्गले, दुस्साहसिक ढङ्गले काम गर्ने होइन । सुरक्षाका साथ, सुझबुझका साथ तपाईंहरु भित्र रहेको ऊर्जा, संकल्प सबै चीज त्यसरी प्रकट हुनुपर्छ । यतिबेला म तपाईंहरुमा जुन उत्साह छ, एक महिना गएरु जनताको बीचमा पाहुना लाग्न जाने होइन, मेजमान खान जाने होइन, त्यहाँ दुःख पाउन जाने हो, दुःख गर्न जाने हो र जनताको दुःख हटाउन आफूले दुःख गर्न जाने हो । जनतालाई दुःखबाट मुक्त पार्नका लागि आफैँले दूःख गर्न तपार्इंहरु जाने हो । यो तपाईंहरुको उत्साह बहुतै प्रशंसनीय छ, सराहनीय छ । यस उत्साहमा सहयोग पु¥याउने सबैलाई म धन्यवाद दिन चाहन्छु । विभिन्न संघसंस्थाहरु, विभिन्न व्यक्तिहरु जसले यस अभियानमा, नेकपा (एमाले)को यो पवित्र अठोटमा, र यस महान् काममा सहयोग पु¥याउनुभएको छ, म वहाँहरुलाई धन्यवाद दिन चाहन्छु । म अरुलाई पनि विभिन्न संघसंस्थाहरु र व्यक्तिहरुलाई पनि भन्न चाहन्छु, यस अभियानलाई सफल पार्न यहाँहरुको सहयोगको म अपेक्षा गर्दछु र आह्वान पनि गर्दछु । 
अघि नै साथीहरुले भनिसक्नुभएको छ, हामी त्यहाँ कसैसँग तनाव गर्न गएका होइनौँ, झगडा गर्न गएका होइनौँ । एक–अर्काका राम्रा बानी, राम्रा कुराहरुबाट सिकौँ, बोल्दा पनि राम्रो भाषाले, राम्रो तरिकाले बोल्ने, आफ्नो भन्दा अरु साथीको राम्रो शैली छ भने त्यसबाट सिकौँ । नराम्रो, रुखो वचन व्यवहार हुनुहुँदैन । कहिले कहिले भन्छन्, थकाइ लागेपछि, कहिलेकहिले भन्छन् भोक लागेपछि कहाँ उस्तै हुन्छ भन्छन् । हाम्रा भोलन्टियरहरुलाई थकाइ लागे पनि, मुस्कानसहितको मृदुभाषी वचन हुनुपर्छ । भोक लागे पनि मृदुभाषी हुनुपर्छ । अत्यन्त सहृदयी व्यवहार हुनुपर्छ । यो व्यवहार तपार्इंहरु प्रतिनिधिका लागि कसरी बोल्ने, कसरी व्यवहार गर्ने त्यो सभ्यता, त्यो संस्कृतिको पनि संवाहकका रूपमा जाँदै हुनुहुन्छ । नेकपा (एमालें) कस्तो सामाजिक प्रबन्ध, कस्तो सामाजिक सम्बन्ध चाहन्छ, कसरी बोल्न चाहन्छ, कसरी व्यवहार गर्न चाहन्छ, त्यो कृराको पनि प्रतिनिधि हामी हौँ भन्ने कुरा हामीले बुझाउनु पर्दछ । घर त बनाउन आए, तर बोलाइएन, सहयोग त गर्न आए, तर बोलाइ छुचो, अलिकति सहयोग त पु¥याए, तर मनमै किरकि¥याउने खालका बोलीवचन यस्तो जनताले कमेन्ट गर्न नपरोस्, मैले तपाईंहरुलाई भनिरहनु पर्दैन । सबै अनुृशासनहरु, अनुशासनका सबै पक्षहरु, सामाजिक प्रबन्धका सबै पक्षहरु, सामाजिक मर्यादाका सबै पक्षहरु, तपाईंहरुले कडाइका साथ पालना गर्नुपर्छ । त्यस बाहेक आफैँलाई सेवकका रूपमा घोषणा गरेका स्वयंसेवीहरुले थप स्वयंसेवीका हैसियतमा अपनाउनुपर्ने अनुशासन, त्यसमा अपनाउनुुपर्ने आचरण र व्यवहारहरु ती पनि तपाईहरुले लिन सक्नुपर्दछ । म तपाईंहरु कामबाट फर्कँदा ठूलो प्रशंसाका साथ, आफ्नो कार्यक्षेत्रबाट फर्कँदा तपाईंहरुले चित्त दुःखाएर, मन दुःखाएर, मन दुःखाएर बिदा गर्नुपर्ने स्थितिमा तपाईंहरुले पु¥याउने, यति राम्रा छोराछोरी, यत्रा राम्रा भाइबहिनीहरु, यति असल भाइबहिनीहरु फेरि फर्किएर जाँदैछन् भन्ने पीर परोस् जनताका मनमा । त्यो ढङ्गले तपाईंहरु जनताको मनमा बस्नुभए पर्छ । स्वार्थबाट होइन, सेवाबाट सेवाभावबाट त्यस स्थितिमा तपाईंहरु जानुपर्दछ । तपाईंहरुले, कतिपय युवा विद्यार्थीहरुले यस प्रकारका शारीरिक श्रम बिहान ८ बजेदेखि सुरु हुने र बेलुका ६ बजेसम्म कार्यदिवस रहने, यस प्रकारका शारीरिक श्रमहरु अगाडि बढाउन सक्नेछ । हातमा ठेला उठ्नेछ, ठेला उठेपछि समाउन पाउँदैन, ती ठेलाहरु विस्तारै उठ्ने, विस्तारै बस्ने, विस्तारै बलियो हुने बनाउँदै जानुपर्छ । म आशा गर्छु, तपाईंहरु हरेकका हातमा ठेला उठ्छ, पसिना बगाइयो भन्ने ठान्ने हो भने अहिले त गर्मीको मौसम पसिना त अहिले उभिँदाउभिँदा पनि बग्दो रहेछ । कामबाट बगाउनुपर्छ पसिना र तपाईंहरुले अरु पक्षहरुमा ध्यान दिएरु बडो जिम्मेवारपनका साथ लाग्नुपर्छ । तपाईंहरुलाई कसैले एमाले भनेर हेर्छ भने तपाईंहरुलाई हेरेर एमाले हुन्छ । तपाईंहरु त्यहाँ जाँदा, तपाईंहरुले सम्बन्ध, व्यवहार गर्दा एमालेको व्यवहार भनेर बुझ्छ । त्यसकारण तपार्इंंहरुले एमालेको प्रतिनिधित्व त्यहाँ गरिरहेको हुन्छ । नेता कसरी बोल्छ, को कसरी बोल्छ, त्यहाँ हेर्दैन, त्यहाँ एमाले भएर तपाईंहरले सबैले देख्ने गरी पहेँला हेल्मेट लगाएर गएपछि, रातो जर्सी लगाएर गए पछि, तपाईंहरुलाई नै एमाले हेर्छ र एमाले भनेको यही हो भन्ने ठान्छ । तपाईंहरुको व्यवहार जस्तो छ ,त्यस्नै हो एमाले भनेर ठान्छ । त्यसकारण एमालेको इज्जत उठाउने गरी नै तपार्इंंहरुले काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।  
अहिले धेरै कुराहरु नराखौँ, तषाईंहरु सुस्वस्थ ढङ्गले फर्कनुस् । नयाँ अनुभवका साथ फर्कनुस् । श्रमलाई सम्मान गर्ने र श्रमप्रतिको निकटता, त्यो एउटा नयाँ उद्घोषका साथ तषाईंहरु फर्कनुस् । अघि नै साथीहरुलृे भन्नुभयो, तपाईंहरु सबैको लेखाजोखा राखिन्छ, मूल्यांकन हुन्छ । तपार्इंंहरुलाई प्रमाणपत्र पनि प्रदान गरिन्छ । तर ती सबै कुरा भन्दा तपार्इंको प्रमाणपत्र जनताका मनमा तपार्इं पुगेका ठाउँमा, तपाईं सेवा गरेका जनताका मनमा जुन प्रमाणपत्र हुन्छ, त्यो सुनौला हुन्छ कि पहेँलो हुन्छ कि रातो हुन्छ कि कालो हुन्छ कि त्यो बाटै सबभन्दा नमेटिने गरी हुन्छ । त्यस कारण त्यहाँको प्रमाणपत्रमा विशेष ख्याल राख्नुहोला । 
अब धेरै घाम छ, धेरै चर्को छ, तपाईंहरुलाई गाँठी कुराहरु आइ पनि सकेको छ, म धेरै समय भन्न चाहन्न । नेकपा (एमाले) देश बनाउने पार्टी हो, देश बनाउन अगाडि बढ्छ, यो प्रारम्भ हो, यसलाई हामी अझै अगाडि  बढाउँछौँ । हामीसँग रकम छैन, हामीसँग साधनस्रोत छैन, साधनस्रोत हामी बन्दोबस्त गर्दै जान्छौँ । साधनस्रोत भन्दा हामी मनले अगाडि बढेर सेवा पु¥याउँदै जान्छौँ । यही भावनाका साथ बढ्दै जानेछौँ । साथीहरु तपाईंहरुलाई धेरैधेरै शुभकामना छ, पार्टीले आवश्यक संयोजन, आवश्यक जे गर्नुपर्छ तपाईंहरुका निम्ति सक्दो ती कामहरु गर्ने, तपाईंहरुका आवश्यकता, तपाईंहरुका बरका कुरा गर्ने ती कामहरु गर्छ । तपाईंहरुले स्थानमा प्राविधिक सहयोग, स्वास्थ्य सम्बन्धी सहयोग आदि कुराहरु पनि प्राप्त गर्नुहुनेछ । कुनै समस्या प¥यो भने त्यस पछि पनि हामी पार्टीका तर्फबाट त्यसमा हेरविचार गर्नेछौँ । त्यसो भएको हुनाले तपाईंहरु ढुक्क भएर तीव्रताका साथ अगाडि जानुुस् । नयाँ अनुभव र विनाशको ठाउँबाट देशलाई अगाडि बढाउनुछ, दृढ संकल्पका साथ तपाईंहरु जानुस् । म तपाईहरुलाई शुभकामनाका साथ पार्टीको तर्फबाट बिदाइ गर्न चाहन्छु । धेरैधेरै शुभकामना, बिदाइ छ । धन्यवाद!

Thursday, May 28, 2015

एमालेले के गर्न सक्छ, त्यो एमालेले देखाउँदै जान्छ ।

नेकपा (एमाले) अध्यक्ष के. पी. शर्मा ओलीबाट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनका लागि स्वयंसेवक परिचालन अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रममा सम्बोधन ।)
मितिः २०७२।२।७
स्थानः सिद्धार्थ कटेज, धोबिघाट ।
पार्टीका महासचिव कमरेड,
उपमहासचिव कमरेड,
सचिब कमरेडहरु,
स्थायी समितिका सदस्य कमरेडहरु 
र जुनजुन तहमा जुनजुन संगठन जहाँजहाँ भए पनि भोलन्टिरमा लाग्न समर्पित भएका कमरेडहरु !

     हामी कसरी अगाडि बढ्छौँ भन्ने कुरा गोकर्णजीको जर्सी र हेल्मेट हेरेर तपाईंहरुले थाह पाइहाल्नुभयो । कसरी अगाडि जान्छौँ अब ?


    नेपाल एउटा असाधारण संकटग्रस्त अवस्थामा छ, विपत्तिको अवस्थामा छ । भूकम्प देशको केही भागमा गयो, केही भाग बाँकी छ, तर सिङ्गै देश यसबाट अत्यन्तैै पीडित छ,  दुःखित छ । मैले भनिरहनुपर्दैन, १२ गतेको भूकम्प, १३ गतेको भूकम्प, त्यसपछि पछिल्लो आएर २९ गतेको भूकम्प यी कुराहरुलाई मैले सम्झाइरहन पर्दैन । हाम्रो देश भूकम्प आउन सक्ने भूकम्पीय क्षेत्र हो । त्यो हामीलाई थाह हुँदैहुँदै पनि स–साना भूकम्पको क्षति उहिले पूर्वाञ्चलमा भयो, कहिले कहाँ भयो, ती कुराहरु हामीले भोग्यौँ । तर पनि हामीले पर्याप्त ध्यान दिन सकेनौँ । सरकारले ध्यान दिन सकेन र त्यसको उपयुक्त तयारी हुन सकेन । यसले गर्दा यसपल्ट हामीले धेरै ठूलो नोक्सानी व्यहोर्नु प¥यो । भूकम्पले जस्तो झट्का दियो, त्यो भन्दा ठूलो नोक्सानी भयो कि भन्ने आशंका थियो, तर त्यति मात्र भएको रहेनछ । मैले पहिले भूकम्प जाने बित्तिकै त्यस झट्कालाई हेर्दा काठमाडौँका घर, आसपासका घर, ढृङ्गामाटाका घरहरु कसरी अडिए होला, धेरै ठूलो भयावह स्थिति छ, धेरै ठूलो नोक्सानी भएको छ, आठ हजार भन्दा बढी मानिस मरेका छन्, सत्र हजार भन्दा बढी घाइते भएका छन् र सात आठ लाख भन्दा बढी घरहरु ध्वस्त भएका छन् । सात आठ हजारको संख्यामा विद्यालयहरु ध्वस्त भएका छन् । सरकारी कार्यालयहरु ध्वस्त भएका छन् । महत्वपूर्ण कार्यालयहरु ध्वस्त भएका छन् । र हाम्रा ऐतिहासिक पुरातात्विक महत्वका धरोहरहरु समाप्त भएका छन् । यसले हाम्रो जनजीवनमा, जनताको मानसिकतामा जनताको जीवनदेखि लिएर दैनिक कारोवार, दैनिक जीवन, अथवा हाम्रो कृषि,  हाम्रो पर्यटन सबै कुरामा अत्यन्तै गम्भीर प्रभाव पारेको छ । यस्तो अवस्थामा यो जुन भयावह विपत् आइलाग्यो, हामी त्यसको सामना गर्नका लागि स्वयंसेवकको रूपमा हाम्रो पार्टीले योगदान गर्ने कुरा गरिरहेका छौँ । 
हामी एकदम छिटै तुरन्तै हाम्रो पार्टीले नै सबै गर्न सक्छ भन्न सक्दैनौँ, हामीसँग पैसा छैन, तर विभिन्न ढङ्गले तत्कालका आवश्यकता पूरा गर्दै जान्छौँ, तत्कालका विपत्तिलाई सम्बोधन गर्दै समाधान गर्दै जान्छौँ । अब नेपाललाई नयाँ निर्माणको दिशामा लिएर जाने र यस्ता विपत्तिहरुसँग सामना गर्नसक्ने गरी अगाडि लाने पक्षमा छौँ । हाम्रो सिङ्गै पार्टी पीडित छ र हाम्रो सिङ्गै पार्टी स्वयंंसेवक पार्टी हो, स्वयंसेवामा लाग्छ । हामीले स्वयंंसेवा गर्दा मुख्य रूपमा अस्थायी घरहरु निर्माण गर्ने भनेका छौँ । तर अस्थायी घर निर्माण गर्ने कुरासँग थुप्रै कुराहरु जोडिएर आउँछ । जनता त्रसित छ, आतंकित छ, भयातुर छ, अहिले पनि । जनताको मनबाट त्रास घटाउने र हटाउने पनि हामीले गर्नु जरुरी छ । अर्थात् काउन्सिलिङ्ग पनि हामीले गर्नुपर्छ । काउन्सिलिङ्ग मनोबैज्ञानिक वा मनोचिकित्सकले मात्र गर्छ भन्ने होइन, हामी आफैैले पनि जनताको मनोबल उठाउन गर्नुपर्ने अवस्था छ । जनतालाई त्यो भन्दा अगाडि त हामीले खुल्ला आकाश मुनिबाट आश्रयमुनि पु¥याउनु छ । हाम्रो बालबालिकामा आतंक छ, विद्यालय छैनन्, पढाइ बन्द छ । सकेसम्म सामान्य जनजीवन तर्फ देश फर्कन्छ भन्ने बालमनोविज्ञान पनि उठाउन हामीले तत्काल विद्यालयहरु निर्माण गर्ने र पठनपाठन सुचारु गर्ने काम गर्न जरुरी छ । त्यसपछि सरकारी संरचनाहरु, कार्यालयहरु, भवनहरु, बाटाहरु बनाउन  जरुरी छ र हाम्रा पुरातात्विक महत्वका साँस्कृतिक, ऐतिहासिक धार्मिक भावनाका धरोहरहरु जससँग जनताका भावनाहरु गाँसिएका छन्, ती पनि निर्माण गर्न जरुरी छ । यसका निमित्त हामीले एउटा योजनाबद्ध ढङ्गले एउटा प्राथमिकता तोकेर पनि काम गर्नुपर्दछ । पहिलो प्राथमिकता खाना पनि जनतालई ल्याउने हो । खाद्यान्नको कुरा गर्नुप¥यो हामीले । औषधि उपचारको कुरा गर्नुप¥यो हामीले । र हामी भोलन्टियर भएर जाँदाखेरि कति सक्छौँ, के सक्छौँ, त्यो कुरा पनि गर्छौँ हामी । हामीले भनेका पनि छौँ, हामीले पार्टीगत रूपमा आफ्ना स्रोतहरुलाई परिचालन गरेर थुप्रै ठाउँमा राहतका कार्य गरेका छौँ । म धन्यवाद भन्न चाहन्छु । युवा विद्यार्थीहरुले, युवा संघले, युवा संघले, अनेरास्ववियुले थुप्रै भवनहरु बनाइसकेका छन् । दुई तीन सय भन्दा बढी भवनहरु बनाइसकेका छन् । अनेरास्ववियुले विद्यालय भवनहरु निर्माण गरिराखेको छ । यी अत्यन्त सकारात्मक सराहनीय कुराहरु हुन् । अघि यहाँ इञ्जिनियरले बताउनुभयो, वहाँहरुले पनि विभिन्न ठाउँमा भवनहरु बनाइराख्नुभएको छ । वहाँहरुले कुनै अपेक्षा राख्नुभएन । आदेश, निर्देश, अनुनय कसैको अपेक्षा राख्नुभएन । र कसैको कति सहयोग हुन्छ, त्यसलाई पनि पर्खनुभएन, आफ्नै तर्फबाट जे गर्न सकिन्छ, गर्नुभयो । वहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । तर त्यति नै मात्र पनि कुरा छैन । यसका दुई वटा पक्ष छन् । अहिले जनतालाई सहयोग पु¥याउने, छतमुनि ल्याउने, सामान्य जनजीवततर्फ फर्काउने, अर्कातिर जनताको मनोबल यसरी उठाउने कि हामी बनाउन सक्ने रहेछौँ है, आश्रय भनेको लाखौँ करोडौँको कुरा होइन, थोरैमा पनि सुरक्षित आवासमा बस्न सकिने रहेछ । त्यो भावनालाई जगाउने र सामान्य जनजीवन तर्फ फर्काउने यो महत्वपूर्ण कुुरा छ । यसभित्र हामीले निर्माणका कामहरु र काउन्सिलिङ्ग दुइटै चिजलाई सँगसँगै लानुपर्दछ । अब तपाईंहरले निर्देशन पुस्तिका नै पाउनुभएको छ, त्यो पुस्तिकाले तपाईहरुलाई गाइडलाइन गर्छ । तपाईं हामीलाई थाह छ, यस विपत्तिको सामना गर्न नेकपा (एमाले)ले बढी गम्भीरताका साथ लिएको छ । 
     वैशाक १२ गते भुइँचालो जाने वित्तिकै त्यसको सामना कसरी गर्ने, जनतालाई हरेश नखान र हाम्रो पार्टी पंक्ति, सभासद्हरु, नेता कार्यकर्ता सबैलाई स्वयंसेवकको रूपमा जनताको उद्धार र राहतमा तत्काल जुट्न हामीले आग्रह ग¥यौँ । भोलिपल्टै हामी बैठक बस्यौँ र त्यसले थप निर्णयहरु ग¥यो । २० गते फेरि स्थायी कमिटी बस्यो र हामीले स्वयंसेवक परिचालन गर्ने विधिवत् निर्णय ग¥यौँ । त्यसको दुई दिन पछि नै हामीले उत्साहित साथीहरु अगाडि बढ्नुस् भनेर एउटा परिचालन कमिटी निर्माण गरिहाल्यौँ । वैशाक १३ गतेको बैठकबाटै हामीले महासचिवको नेतृत्वमा राहत तथा पुननिर्माण समिति गठन ग¥यौँ र त्यसले आफ्नो काम अगाडि बढायो । वैशाख २० गतेको स्थायी कमिटीको बैठकपछि हामी फेरि जेठ ३ गते मदन आश्रित स्मृति दिवसकै दिन हामी फेरि स्थायी कमिटीको बैठक बस्यौँ । त्यसले त्यसलाई विस्तार पनि ग¥यो र त्यसलाई बढी व्यवस्थित ढङ्गले अगाडि बढाउने निर्णय ग¥षो र व्यापक परिचालनमा जानका लागि निर्णय ग¥यो । हामीले बैशाख २२ गते क. गोकर्ण विष्टको संयोजकत्वमा एउटा परिचालन कमिटी बनाएका थियौँ, त्यसलाई व्यवस्थित ग¥यो र त्यसले अब गति लिन थालेको  छ । अस्ति पनि हामीले केही कार्यक्रमहरु ग¥यौँ । आज हामी गर्दैछौँ र अघि नै क. गोकर्ण विष्टले राखिसक्नुभयो १० गते हामी विधिवत् भोलन्टियर साथीहरुलाई विभिन्न ठाउँबाट, जहाँबाट जता अनुकूल हुन्छ, ती ठाउँहरुबाट बिदाइ गर्दैछौँ र काठमाडौँ र त्यसका आसपासका ठाउँहरुमा १० गते ११ बजे हामी साथीहरुलाई बिदाइ गर्छौ । त्यसो भएर कमरेडहरुले गाइडेन्स प्राप्त गर्नुहुनेछ । क. ईश्वर पोखरेलको नेतृत्वमा समग्र उद्धार, राहत, पुनस्र्थापनाको पार्टीको तर्फबाट जे काम गर्नुपर्ने हो त्यसको समन्वय भइरहेको छ । यो भोलन्टियर परिचालन पनि त्यसभित्र पर्छ । क. महासचिव ईश्वर पोखरेलको नेतृत्वमा राहत तथा पुनस्र्थापन समिति बनेको छ, त्यसको एउटा पक्ष यो भोलन्टियरको हो ।  अहिले भोलन्टियरको काम, स्वयंसेवाको काम, निर्माणका काम अत्यन्त जरुरी छ र यो एमाले जसरी अरु कसैले गर्न नै सक्दैन । अरुले पनि अलिअलि सिक्न खोजेका छन्, नक्कल गर्न खोजेका छन् । एमालेबाट सिक्न खोज्नु राम्रो कुरा हो । तर एमालेले एक झट्कामा १० हजार व्यवस्थित ढङ्गले गाउँगाउँमा खटाएको छ । अरुका लागि १० हजार भोलन्टियर खटाउन सम्भव छैन । हामीले हे¥यौँ, एमालेको तर्फबाट कार्यकर्ताहरुले थुप्रै निर्माणका काम गरिसकेका छन्, निर्माणका काम गरिसकेका छन् । एमलोले फोटो खिँचाउने खालका र फेसबुकमा प्रचार गर्ने खालका होइन, राहत पु¥याउने खालका कामहरु गरेका छन् । हाम्रो ध्यान नेकपा (एमाले)ले जस लिन श्रेय लिन, एउटा भावना के भने हामी राजनीतिक पार्टी र राजनीतिक पार्टीले श्रेय लिन संगठन, संस्था, व्यक्तिहरु भएको हुनाले हामीलाई राजनीतिको अलिकति लोभ लाग्न सक्छ । तर यस प्रसंगमा हामीले राजनीतिको लोभ होइन, पार्टीको लोभ होइन, संगठनको लोभ होइन, नेपाली जनताको खातिर गर्नुपर्दछ, नेपाली जनतालाई सेवा पु¥याउनका लागि व्यापक भावना राख्नुपर्दछ, पार्टी तिनै उद्देश्यका लागि हो । त्यस कारण हामी प्रचारका लागि काम गर्दैनौँ । मैले अस्ति पनि केही ठाउँहरुमा भनेको थिएँ, हामी मूल्याङ्कनका पछि कुद्दैनौँ, प्रचारका पछि कुद्दैनौँ । तर यसको अर्थ यो होइन कि हाम्रा काम कसैले थाह नै नपाओस् । कोही त्यसबाट उत्साहित हुन नपरोस् । त्यसबाट शिक्षा लिन नपाओस् । त्यसबाट उत्साहित भएर अगाडि बढ्न नसकोस् । त्यसरी गुपचुप राख्ने भनेको होइन । जो फिल्डमा जानुहुन्छ कमरेडहरु, तपाईंहरुलाई केन्द्रीय कार्यालयले नम्बरहरु दिएको छ । त्यस नम्बरमा तषाईंहरुले गरेको कामको कम्तीमा दैनिक हरेक ग्रुपले रिपोर्ट गर्नुपर्छ । बीचमा कतिपय कुराहरु हुनसक्दछ, स्वास्थ्यका समस्याहरु आउन सक्दछ । मैले. धेरै अगाडिदेखि भनेको छु, साथीहरुलाई पूर्ण रूपमा सेवाभावले समर्पित भएर काम गर्ने, तर भोलन्टियर भएर काम गर्ने मानिस बढी युवा उमेरका हुने भएर एडभेन्चरिस्ट तरिकाहरु कताकता देखापर्न सक्दछ, मैले साथीहरुलाई भन्ने गरेको छु, एडभेन्चरिस्ट नहोऔँ, दुस्साहसिक ढङ्गले पेश नहोऔँ । कुनै अनावश्यक बहादृरी देखाउनुपर्ने कुनै आवश्यकता छैन । सुरक्षित रहने कुरामा ध्यान दिने । त्यसैकारण स्वास्थ्यको फस्र्ट एड किटबक्सदेखि लिएर अनेक किटहरु कसरी बनाउन सकिन्छ, यी कामहरु गर्ने र आफू सुरक्षित भएर अरुलाई सुरक्षित गराउने, अरुलाई सहयोग गर्ते । आफू नै सुरक्षित नहुने ढङ्गले नचल्ने भन्ने कुरा मैले साथीहरुलाई भनेको छु । सुरक्षित नै भइएन भने योगदान पु¥याउन सकिँदैन । यसको अर्थ काथर हुनु भनेको होइन । कायरता र हाम्रो भेटघाट हुँदैन । तर हामी कायर नहुने अर्थमा दुस्साहसिक हुनुहुँदैन । पौडी खेल्न जानेको छैन, म त एमालेको कार्यकर्ता, युवा संघको कार्यकर्ता, विद्यार्थीको कार्यकर्ता, गोकर्ण विष्टले चलाएको कार्यकर्ता, ईश्वर पोखरेलले चलाएको के गर्छ त्यो भनेर पौडी खेल्न पस्यो भने त्रिशूलीको माइ डियर हो, नो इस्क्युज भन्छ र ? यस्ता कुराहरु हामीले बुझ्नुपर्दछ र एड्भेन्चरिस्ट हुनुहुँदैन । 
     पवित्र, निःस्वार्थ, निडर सेवाभावले हामी अगाडि बढ्नुपर्दछ । कमरेडहरुलाई गाइडेन्सका लागि पर्याप्त सामग्रीहरु आएका छन् र अरु थप पनि आउँछन् । हरेक टिमले आफूले त्रिपालहरु बोकेर जान्छ र त्रिपालहरुको व्यवस्था गरेका छौँ, पालहरुको व्यवस्था गरेका छौँ र जे गर्न सकिन्छ, त्यो गर्छौ । कोही पनि ती कामहरुबाट, अनुगमनका काम, अनुगमन मात्र होइन संभवतः अरु पनि काम गर्छौँ, जसको स्वास्थ्यले जति दिन्छ, देखावटी गर्ने होइन, यथार्थमा गर्ने हो । त्यसकारण ती कामहरु हामी गर्छौँ । एक जना कमरेडले उठाउनुभएको छ, फलाना जिल्ला किन परेन, त्यतातिर पनि काम हुन्छ । एक जना कमरेडले उठाउनुभएको छ, फलाना कमरेडले यसो गर्ने, उसो गर्ने भन्ने । त्यहाँका पार्टीहरुसँग तालमेल गरेर नै काम गर्ने हो । त्यहाँका सगठनहरु छन्, तिनीहरुसँग तालमेल गरेर नै काम गर्ने हो । यहाँबाट त हामी दश हजार भोलन्टियर छौँ । नेकपा (एमाले) का भोलन्टियरहरु भोलन्टियरको रूपमा बर्दीधारी त्यो अनुशासनभित्र बस्ने, आदेशको पालना गर्ने, त्यो भोलन्टियरको संख्या दस हजार हो । तर सिङ्गै एमाले, अध्यक्षदेखि लिएर तमाम एमाले, जनवर्गीय, पेशागत संगठनका सदस्यहरु समेत जति मोबिलाइज गर्न सक्छ, एमाले पार्टीले माया गर्ने, सद्भाव राख्ने मान्छेहरु पनि भोलन्टियर हुन्, योगदानकर्ता हुन् । हामी सबैलाई समेट्छौँ र अगाडि बढाउँछौँ । यतिबेला तत्काल बिपत्ति आइपर्दा देशभित्र पनि एक खालको अन्यमनस्कता रह्यो । के भन्ने कसो भन्ने खालको रह्यो, एउटा कुरा । बाहिरबाट आएको सहयोग पनि त्यस्तै ढङ्गले रह्यो, त्यो एउटा कुरा हो । तर अब हामीले ती सबै कुरालाई व्यवस्थित गर्नुपर्दछ । र हामीले प्राप्त गरेका र हामीले पठाएका राहतहरुको लेखो राखेर, कहाँकहाँ हामीले केके ग¥यौँ भन्ने कुरा राखेर नै काम गर्नुपर्दछ । त्यस हिसाबले पहिले अलिकति हामीलाई जे प्राप्त भयो त्यो वितरण ग¥यौँ । तर आफूलाई चाहिने सामानहरु पाल, त्रिपालदेखि लिएर ब्रस, मञ्जनदेखि लिएर अघि गोकर्णजीले भन्नुभयो जुत्ता कस्तो लगाउने हो, चप्पल कस्तो लगाउने हो, सजिलो ठाउँमा जाने होइन, काम कस्तो गर्ने हो, ती कुराहरु बुझेर हामीले आफ्नो पहिरन,  आफ्नो भेषभूषादेखि लिएर त्यस ढङ्गको तयारी गर्नुपर्छ । 
     म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने स्वास्थ्य बिग्रियो भने त्यसको तत्काल उपचार गर्नुपर्छ । स्वास्थ्य बिग्रिए पनि लागिरहने, त्यसमा पनि एडभेन्चर देखाउने होइन, स्वास्थ्य बिग्रियो भने त्यसको रिपोर्ट गर्ने र त्यसको समयमै उपचार गराइहाल्नुपर्छ । म तपाईंहरु सबैलाई र हाम्रा दश हजार भोलन्टियर सबैलाई शुभकामना भन्न चाहन्छु, दश हजारमध्ये एक जना पनि भोलन्टियर बिरामी पर्नु हुँदैन, अस्वस्थ हुनुहुँदैन  अस्वस्थ हुनुहुँदैन, केही हुनुहुँदैन । 
     धेरै साथीहरु, युवा साथीहरु घर बनाएर सिकेर तालिमप्राप्त भएर आएका छैनन् । काँटी ठोक्ने भन्दा हातैमा ठोक्ने हुन सक्छ । यस्ता समस्याहरु हुन्छन् । देख्दा खेरि ट्वाँङ्गट्वाँङ्ग हान्दा गइहाल्छ भन्ने होला । तर होइन ।  एउटा ठोक्यो बाङ्गिन्छ, अर्को ठोक्यो बाङ्गिन्छ हुन्छ । काँटीले कसले ठोक्दैछ भन्ने जान्ने हुन्छ । त्यसैले जान्ने मान्छेसँग सोधेर गर्नुपर्ने हुन्छ । त्यो कुरा हामीले सिक्नुपर्छ । मामुली कुरा हो जस्तो लाग्छ, तर सिक्नुपर्छ, सावधानीका साथ काम गर्नु पर्ने हुन्छ । 
     हामीले सेवा गर्न खोजेका हौँ, समस्या निम्त्याउन खोजेका होइनौँ । अरु हाम्रा निर्देशनमा नै आइसकेका कुरा छन् । अनृुशासन हुनुपर्छ, अनुशासित ढङ्गले काम गर्नुपर्छ । मैले विद्यार्थीहरुलाई निर्देशन दिने क्रममा पनि ‘फोर डी’को कुरा गरेको थिएँ । पहिलो कुरा समर्पण भाव, सेवाभाव, डेडिकेसन चाहिन्छ । त्यो डेडिकेसनलाई हामीले एकदम डिसिप्लिनका साथ काम सम्पादन गर्न प्रयोग गर्नुपर्छ । कमाण्डर भनेको कमाण्डर हो । स्वास्थ्यले साथ दिँदैन भने विधिवत् कमाण्डरलाई भनेर छुट्टी लिनुपर्दछ । विधिवत् ढङ्गले चल्नुपर्दछ । अघि मैले यहाँ गाउँगाउँबाट उठ भन्ने गीत सुनेँ । यत्रो मान्छेले गीत गाएको खासै बुझिएन । यत्रो मान्छेले गीत गाउँदा त त्यहीँ भत्किएला कि जस्तो हुनुपर्ने, उचालिएला कि जस्तो हुनुपर्ने । अलि भएन । हामी हरेक कुरामा उत्साहित हुनुपर्छ । गाउँमा गएर गीत गाउँछौँ भने उठ्ने सन्देश जानुपर्छ, हामी आफैँ पनि प्रेरित हुनुपर्छ र अरुलाई पनि प्रेरित गर्नुपर्छ, नत्र हामीले भोलन्टियर परिचालन गीत किन राख्ने ? हामी पनि उत्साहित हुनुपर्छ, अरु पनि उत्साहित हुने स्वर र लयमा गाउनुपर्छ । त्यसले मान्छेहरुको भावनालाई बलियो बनाउँछ । यो मान्छेहरुको भावनालाई बलियो बनाउनका लागि हो, उत्साहित बनाउनका लागि हो, हिम्मतिलो बनाउनका लागि हो । मेलोडी, भोकल र हाई लोको कुरा छोडिदिनुुस्, उत्साहित बनाउन जान्नुप¥यो । त्यसकारण गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ....। त्यसलाई सबैको भन्दा बढी भोल्युमका साथ, सबैको भन्दा बढी उत्साहका साथ । यति उत्साहित कि यति उत्साहित कि पढ्नेलाई पनि यति तगडा रहेछ भन्ने पर्ने गरी, लेख्नेलाई पनि यति तगडा रहेछ भनी पर्ने गरी ।
     अब धेरै कुरा नभनूँ । एज ए  होल नेतृत्व महासचिव कमरेडले गर्नुहुन्छ, भोलन्टियर परिचालनको सम्पूर्ण अथोरिटी गोकर्ण कमरेडले त्यो गरिराख्नुभएको छ । अघि तपाईंहरुले सुन्नुभयो, को को कहाँ खटाइएको छ भन्ने कुरा । हो खटाइन्छ, अध्यक्षलाई पनि खटाइन्छ, उपाध्यक्षहरुलाई खटाइन्छ । वरिष्ठ नेताहरुलाई खटाइन्छ । जसलाई जुन कामको जिम्मा छ, त्यसलाई सफल पार्न उसले सबैलाई खटाउँछ, मलाई यहाँ किन खटायो भन्ने छैन, त्यो काम गर्नुपर्छ । 
     साधारणतया राजनीतिक पार्टीहरुको काम राजनीति गर्ने, संगठन गर्ने, प्रचार गर्ने सभा गर्ने हो । कहिलेकहिले यस्तो अवस्थामा संगठन गर्ने होइन, सेवा गर्ने परिस्थिति हुन्छ, जुन परिस्थितिमा सेवा गर्नुपर्छ । म सबै साथीहरुलाई त्यो पवित्र, उदात्त भावनाका साथ डिटर्मिनेसन र डाइनामिज्मका साथ मैले फोर डी भनेको छु, त्यसका साथ अगाडि बढ्नुस् । पार्टीले यसलाई संयोजन गरिराखेको छ, गर्छ । तोकिएका नतोकिएका सबै भोलन्टियर हौँ । यो ज्याकेट लगाएर भोलन्टियरको काम गर्नुपर्छ । त्यसकारण म जति सक्छु त्यो म गर्छु, अरुले जति सक्छ त्यो गर्छ, हामी सबैले यस संकटबाट देशलाई पार लगाउनुछ । यसलाई भोलिपर्सि हुँदा हामी हाम्रो भूमिकालाई बढाउँदै लानुपर्छ । विचारको हिसाबले, संकल्पको. हिसाबले सामथ्र्यको हिसाबले देश निर्माण गर्ने पार्टी यही हो ।  अनि देश बनाउने पार्टीको रूपमा, त्यसको कार्यकर्ताको रूपमा हामी अगाडि बढ्छौँ । आत्मविश्वासका साथ हामी बनाउँछौँ यो देश, हामी जोगाउँछौँ यो देश । हामी नयाँ निर्माण गर्छौैँ । र अहिले हामीले सामना गरिरहेको अप्रत्यासित विपत्तिको जुन समस्या छ, तिनको समाधानमा नेकपा (एमाले)ले अगुवाइ गर्छ, नेतृत्व गर्छ । अब दस गते पछि देशले थाह पाउँछ, एमाले के हो भन्ने कुरा । 
     एकपटक चाइनिज सेनाले बाढीलाई मान्छे हातेमालो गरेर रोक्यो । त्यत्रो याँग्सेको कटानलाई रोक्यो । दुनियाँ छक्क प¥यो । पानीको बहाव मान्छेमा लागेपछि भित्तामा लागेन । त्यसपछि उनीहरुले मिलाउँदै लगे । मान्छे खाली कम्प्युटर चलाउने, अनुसन्धान गर्ने, अनौठा, अनौठा काम मात्र गर्ने होइन कि कहिलेकहिले पत्यार नहुने काम गर्छ । हाम्रा दश हजार भोलन्टियरले यस पालि देखाउने काम गर्नेछ । एमालेले के गर्न सक्छ त्यो एमालेले देखाउँदै जान्छ । सबैमा शुभकामना भन्न चाहन्छु । यो सबै कामको संयोजनका लागि कमरेड महासचिव, गोकर्ण विष्टलगायत हुनुहुन्छ । मेरो त काठमाडौँमा अनुगमन छ, युवाहरु साथमा हुनुहुन्छ, भनेपछि काठमाडौँमा अनुगमन दरिलै हुन्छ । सबैलाई धन्यवाद, सबैलाई शुभकामना । 

यो ध्वंसलाई हामीले नवनिर्माणको अभियान प्रारम्भ गर्ने समयको रूपमा लिनुपर्छ ।

कार्यक्रमः नेकपा (एमाले), पर्यटन प्रबद्र्धन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रम
मितिः २०७२।२।४
स्थानः होटेल मल्ल, लैनचौर ।

यस कार्यक्रमका अध्यक्ष महोदय, 
मञ्चमा आसीन नेता साथीहरु,
र सम्पूर्ण पर्यटन व्यवसायी र पर्यटन क्षेत्रका संगठनसँग सम्बद्ध साथीहरु,
र पर्यटन क्षेत्रलाई माया गर्र्न साथीहरु !
     मैले पनि धेरै लामो भन्नु छैन । हामी लामो कुरा गरेर समय खेर फाल्ने अवस्थामा पनि छैनौँ । हामीले सकेसम्म छिट्टै वा तीव्रताका साथ यो विनाशकारी भूकम्पका प्रभावहरुलाई झेलेर, समाप्त पारेर पुनर्निर्माण गर्नुछ, जनजीवनलाई सामान्य बनाउनुछ, र संरचनाहरुलाई पनि पहिलेकै जस्तै तर  पहिलेका भन्दा दह्रा, बलिया रूपमा प्रस्तुत गर्नुछ । विभिन्न क्षेत्रलाई, यहाँ हामी पर्यटनको क्षेत्रको कुरा गर्दैछौँ । पर्यटन क्षेत्रलाई सबभन्दा माथि उठाउनुछ । त्यसै गरेर अरु क्षेत्रहरुलाई पनि, विद्यालयहरु बन्दछ, पठनपाठन बन्द छ, त्यसलाई पनि अविलम्ब सुचारु गर्नुछ । मान्छेहरु खुला आकाशमै छन्, तिनलाई छानामुनि ल्याउनुछ । मान्छेहरुको मनमा एउटा त्रासको भावना छ, त्यस त्रासको भावनालाई सामान्य अवस्थामा फर्काउनुछ । मनोवैज्ञानिक ढङ्गले कामहरु गर्नुछ । यी सबै कामहरु गर्नुपर्ने भएको हुनाले अलिक छोटोछोटो कार्यक्रम हामी गर्छौँ । यस कार्यक्रमको आयोजनाको निम्ति म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु । यसले नेपालको अलिकति नोक्सान पुगेको पर्यटन क्षेत्रलाई अलिकति उठाउने सन्दर्भमा केही नयाँ संकल्प नयाँ विश्वास, नयाँ विश्वासका साथ अगाडि बढ्नेछ, मैले विश्वास लिएको छु । यस प्रसंगमा आज जिम्मेवारी हस्तान्तरण पनि भएको छ । क. मुकुन्द न्यौपानेले लामो समय यस क्षेत्रमा नेतृत्व प्रदान गर्नुभयो । यस क्षेत्रलाई सुसंगठित गर्ने र एउटा सुस्पष्ट दृष्टिकोणका साथ, उद्देश्यका साथ अगाडि बढाउने कुरामा वहाँले ठूलो योगदान गर्नुभएको छ, म वहाँलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, वहाँले धेरै राम्रो सेवा पु¥याउनुभएको छ । कमरेड सूर्य थापालाई बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । वहाँलाई यतिबेला धेरै शुभकामना चाहिएको छ । ठूलो क्षति भएको बेला, चुनौतिपूर्ण अवस्थामा वहाँले यो जिम्मेवारी लिनुभएको छ । वहाँले जिम्मेवारी लिनुभएको छ । वहाँले जिम्मेवारी लिनुभयो, गम्भीर चुनौतिहरु थपिए । यस चुनौतिको सामना गर्न नेतृत्वदायी भूमिका खेल्न सक्नुस्, यसमा साथीहरुलाई, देशलाई नयाँ दृप्टिकोणका साथ अगाडि बढाउन सक्नुु्स्, एकताबद्ध ढङ्गले अगाडि बढाउन सक्नुस्, सफलता प्राप्त गर्न सक्नुस्, धेरैधेरुै शुभकामना छ ।

     यस कार्यक्रममा महासचिव क. ईश्वर पोखरेल र म पनि आएका छौँ । हामी पार्टीका तर्फबाट तपाईंहरुको साथमा छौँ, पर्यटन क्षेत्रलाई पर्यटन व्यवसायलाई अगाडि बढाउन हामी कृतसंकल्पित छौँ, पार्टी कृतसंकल्पित छ, त्यो कुरा बताउन पनि तपाईंहरुका बीच हामी आएाका हौँ । तपाईंहरुले १२ बुँदे प्रस्ताव अगाडि सार्नुभएको छ । बुँदाहरु महत्वपूर्ण छन् र तिनीहरुलाई अझ परिप्कृत, परिमार्जित र व्यावहारिक ढङ्गले सम्पादन गरी अगाडि बढाउनुपर्छ भन्ने कुरा मैले ठानेको छु । त्यो साथीहरुले गर्नु नै हुनेछ । त्यसै गरी बच्चुजीले जुन पर्यटन क्षेत्रको क्षति र त्यसबाट उठ्नसक्ने केही हाम्रा  सम्भावनाका सन्दर्भमा फरक पनि राख्नुभएको छ, बेग्लै पनि ती कुराहरु पनि अत्यन्तै महत्वपूर्ण छ । 
     हामीकहाँ धार्मिक पर्यटन छ, हामीकहाँ प्राकृतिक पयृटन छ । हिमाल आरोहण, ट्रेकिङ्ग, माउन्टेन फ्लाइट, अरु दृश्यावलोकन, हामीकहाँ हात्ती हेर्न आउने (युरोपमा हात्ती हुँदैन), हाम्रो गैँडा हेनै आउने (युरोपमा गैँडा हुँदैन, अष्ट्रुलियामा गैँडा हुँदैन) । यी प्राकृतिक पक्षका कुरा हुन् । अरु धार्मिक पक्षका कुरा भए– पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनी, जनकपुर । दुइटै पक्षलाई हामीले अगााडि बढाउनु जरुरी छ, उठाएर अगाडि बढाउनु जरुरी छ । अहिले प्राकृतिक रूपमा हामीलाई विपत्ति आइलाग्यो । देशले ठूलो नोक्सानी व्यहोर्नुप¥यो । पर्यटन क्षेत्रले मात्र होइन, सम्पूर्ण क्षेत्र– शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, निर्माण क्षेत्र, यातायात क्षेत्र, उद्योग क्षेत्र, व्यापारिक क्षेत्र यी सबै क्षेत्रहरु यसबाट प्रभावित भएका छन् र सिङ्गै नेपाली समाज मर्माहत भएको छ । यसलाई सिङ्गै नेपाली समाजले मिलेर एकताबद्ध ढङ्गले सामना गर्नुपरेको छ, समाजलाई र हाम्रो सिङ्गो देशलाई सामान्य अवस्थामा फर्काएर तीव्र गतिका साथ अगाडि बढाउनुपरेको छ । 
अघि पूर्ववक्ता नेताहरुले भनी पनि सक्नुभएको छ, राखी पनि सक्नुभएको छ, यो विमत्तिको घडी हो तर यसबाट हामीले शिक्षा लिनसक्नु पर्छ । यसबाट हामीले यस विपत्तिलाई, यस ध्वंशलाई नवनिर्माणको फरक अभियानको प्रारम्भ गर्ने एउटा समयको रूपमा पनि लिनुपर्छ । र हामीले यस शोकमा मात्र होइन, दुनियाँमा अनेक प्रकारका विपत्ति, कहिले लडाइँ भए, कहिले बमबारी भए, कहिले के भए, ठूलाृ क्षति भयो,  तर मानव समाज सम्हालिएर अगाडि बढ्यो । परिवर्तनशील छ संसार, परिवर्तनका विभिन्न रूपहरु हुन्छन् । भूभागमै, भूबनोटमै अथवा भौगर्भिक हिसाबले नै परिवर्तनशील छ । यो भूकम्प के हो त भन्दा त्यही परिवर्तनशीलताको, धर्तीको भौतिक अवस्थितिको परिवर्तनशीलताको एउटा पक्ष हो र हाम्रो चाहिँ यो भूकम्पीय क्षेत्रभित्र नेपाल पर्छ र त्यो लक्षण कहिलेकहिले देखाउँछ । सामान्यतः असी, बयासी, सत्तरी,, सय वर्षमा यस्तो देखाउने गरेको छ । यो भूकम्पको झट्का । हामी सबैलाई गाह छ, भारतीय र तिब्बती प्लेट भनेको दुई वटा प्लेट जोडिँदै जाने र दक्षिणको क्षेत्र तिब्बतको पठारमुुनि धुस्रँदै जाने, त्यसले गर्दा हिमाल उठ्दै जाने जस्ता कारणहरु यसमा छन् र अझ यो ठाउँ कुनै समयमा समुद्र थियो । समुद्रका फोसिलहरु शालिग्रामका रूपमा कालीगण्डकीमा भेटिइरहेकै छन् । समुद्रको नुन हिमालमा भेटिन्छ । हिमालमा नुन हुने ठाउँ होइन, तर हिमालमा किन नुन छ भन्दा त्यो समुद्र उठेर बनेको हो र समुद्रका ती पक्षहरु अहिले पनि त्यहाँ छँदैछन् । यसरी यो भूबनोटकै एउटा सिलसिला हो । कहिले कहिले हामलाई ज्यादै नराम्रो अनुभवको रूपमा, एउटा  भोगाइको रूपमा यो प्रकट हुन्छ । तर प्रकृतिका हिसाबले भन्ने हो भने कहिले ठूलाठूला हिमयुगहरु आए, कहिले के आए, र यसरी एउटा भूभाग र अर्कोको त्यत्रो घर्षण हुनु र अत्यन्त असाधारण ऊर्जा पृथ्वीभित्र हुनु, त्यसले बढी चेपाइमा पर्नु, त्यसले उक्सिन खोज्नु, त्यसबाट विस्फोट हुनु जस्ता कुराहरु प्राकृतिक नियमका कुरा हुन् । यसरी यो एउटा सिलसिला नै हो जसलाई हामीले सामना गर्नुछ, यसबाट शिक्षा लिएर हामी अगाडि बढ्नुछ । एउटा कुरा कस्तो छ भने मध्यपेत्रमा यसपल्ट बढी घरहरु, संरचनाहरु ध्वस्त भए । पूर्वी नेपाल र पश्चिम नेपालमा घरहरु ध्वस्त भएनन् । त्यसको अर्थ त्यहाँ चाहिँ बलिया घर, भूकम्प थेग्ने घर भएर होइन, त्यहाँ झट्का नगएर होइन । हाम्रा विकासका स्तरले पूर्वका घरहरु पनि त्यस्तै छन्,, झट्का गयो भने  ती पनि केही बाँकी रहँदैनन्, यहाँकै हालत हुन्छ, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, यताकै हालत हुन्छ । तर त्यहाँ झट्का गएन । पश्चिमतिर झट्का गएन, त्यस कारण त्यहाँका घरहरु बाँकी छन् । यसर्थ हामीले अहिले पुनर्संरचना  गर्ने कामसँगै नभतकेका घरहरुलाई पनि विस्थापित गर्ने, असुरक्षित बस्तीलाई सुरक्षित ठाउँमा सार्ने लगायतका कामहरु पनि यसबाथ शिक्षा लिएर ध्यान दिन जरुरी छ । 
     मलाई लाग्छ हाम्रा धार्मिक स्थलहरु धार्मिक पर्यटनका सन्दर्भमा भयावह स्थिति सिर्जना गरेको छ, त्यो त्यस्तै मात्रै चाहिँ होइन । हाम्रा मन्दिरहरु भत्किए, तर पीठहरु मन्दिरका कारण बनेका होइनन्, मन्दिरहरु पीठका कारण बनेका हुन् । त्यसकारण गुह्यश्वरी पीठ हो, त्यसकारण त्यहाँ धार्मिक हिसबमा महत्व छ, त्यहाँ मन्दिर छ कि छैन भन्ने कुराको त्यत्रो महत्व होइन । पीठको महत्व हो । त्यस्तै पशुपतिको अर्को महत्व हुन्छ । त्यस कारण विभिन्न पीठहरुको आफ्नो ढङ्गको महत्व छ । त्यहाँ मन्दिर बन्यो कि बनेन भन्ने होइन, यो भूमि पवित्र भूमि हो । यो भूमि देवभूमि हो । र वास्तवमा योग गरेर ध्यान गरेर मान्छेहरुले मानिसहरुले बेग्लै मानसिक सन्तुष्टि प्राप्त गर्छन् भने नेपाल आए पछि मानिसहरुले त्यस्तो सन्तुष्टि प्राप्त गर्छन् । नेपालको हाबामा सास फेरेपछि त्यो सन्तुष्टि प्राप्त गर्छन्, हामीले भनेको छैन मान्छेलाई । यो ध्रवीय प्रदेशको चीसो होइन, यहाँ हिमालको पवित्र चीसो आउँछ, यो कुरा हामीले प्रचार गर्न सकेको छैन । यहाँ त रूख हेर्न आउनुपर्छ, यहाँ चरा हेर्न आउनुपर्छ । यहाँ जीवजन्तु हेर्न आउनुपर्छ । मान्छेहरु यस ठाउँमा आउँछन् र हामीले जुन क्षति भएको छ, त्यसलाई सकेसम्म छिट्टै त्यस क्षतिलाई भरपूर गरेर अगाडि बढ्न जरुरी छ । तपाईंहरु संगठित रूपमा दृष्टिकोणसहित, योजनासहित, संकल्पसहित अगाडि बढ्न चाहनुभउको छ, यस परिस्थितिको सामना गर्नलाई र देशलाई अगाडि बढाउनका लागि । त्यसमा आन्तरिक पर्यटन र बाह्य पर्यटन यी सबै कुराहरुलाई अगाडि लान सकिन्छ । त्यस कारण तपाईहरुको अठोट सराहनीय छ, यस परिस्थितिमा यो कार्यक्रम सराहनीय छ र यसले मनोबल उठाउने काम गर्दछ । 
     एउटा मान्छेहरु घर छ तर  बाहिर बस्छन् । मैले सुनेको छु, स्लाइड शो देखाउन पाइएन, सायद भित्र बस्न     मान्छेहरुलाई असजिलो भएर हो कि ? त्यस्तै असजिलो चाहिँ छैन । (यो होटेल मल्लले भन्छ भने म आएर बसिदिन्छु दुई चार दिन तर भाडा लिनुहुँदैन है! प्रमोसनका लागि ! ) खैर तर त्यत्रो डराउनुपर्ने किन ? जे भयो त्यो एकपल्ट भयो, सँधै त्यही भइरहन्छ, यहाँ भुइँचालो मात्र गइरहन्छ, यहाँ प्रकृतिले हामीलाई मार्नकै लागि मात्र आइरहन्छ, थिच्न नै मात्र आइरहन्छ भन्ने होइन । आफ्नो तरिका छ, कहिलेकहिले त्यस्तो भइरहन्छ । पाकिस्तानमा त्यस्तो भएको थियो, पाकिस्तानमा सन् २००५ मा ७५ हजार मानिसहरु मरे, ७६ हजार घाइते भए, सिङ्गै आजाद काश्मिर भनेको ध्वस्त भयो । ७५ हजार मान्छे मर्नु भनेको सामान्य कुरा होइन । र फेरि राजधानीमा कस्तो भयो भने आज बिहान साढे आठ बजे तिर भुइँचालो गएको छ, भरे बेलुका सम्म त्यत्रो भुइँचालो कम्पन भएको जस्तो मात्र मान्छेहरुले । त्यत्रो भुइँचालो गएको छ, उत्तर पूर्वी पाकिस्तानमा त्यो मान्छेहरुले अनुमान गरेन । त्यसैले बेलुकातिर मात्र खोजी धन्दा भयो । त्यत्रो भूकम्प गएको छ, सञ्चार ध्वस्त थिायो । त्यस कारण त्यहाँबाट कुनै सञ्चार सम्बन्ध आएन । मिलिटरीबाट जुन इन्फर्मेसन आयो, धेरै ध्वस्त भएको छ भन्ने त्यसपछि भोलिपल्ट बिहान उनीहरुले बल्ल राहत उद्धारका लागि केन्द्रले ध्यान दियो र त्यसरी बन्यो । 
     यस्तै भूकम्पहरु १९७६ मा चीनमा त्यत्रो भूकम्प गयो, सिङ्गै शहर ध्वस्त भयो, लाखौँ मान्छे मरे । हैटीको भूकम्प हामीले सुनेका छौँ । जापानमा गएको भूकम्प, त्यसपछि आएको सुनामी र बस, कार, घर सबै बगाएर गुटुटु लगेको हामीलाई थाह छ । बाटामा जाँदै गर्दा उताबाट टूलो बाढी आयो उताबाथ सडकमा गाडीहरु हातरहतारमा फर्काएर स्पिडमा भगाएको हामीले देखेका छौँ ।  भगाउँदा बगाउँदा बाढीले छोपेर लिएर गएको हामीले देखेका छौँ । त्यस्तो खालको भयावह स्थिति! संसारमा जहाँ पनि हुन्छ । त्यो भयो भनेर जापानमा आवागमनमा मान्छेले छोडे ? चीनमा छोडे ? पाकिस्तानमा छोडे ? अन्त छोडे ? घर भत्किन्छ भनेर मान्छेले घर बनाउन छोड्छन् ? छोड्दैन । चराहरु भइँचालो गएको बेला रूखबाट उडेर कराउँदै भाग्छ । भइँचालो गइसकेपछि रूखमा नबसेर कहाँ बस्ने ? पानीमा बस्छ ?रूखैमा बस्छ । के गर्ने ? यो प्रकृतिको कुरा हो । त्यस कारण हामी पनि यस्ता कुराको सामना गर्छौ र अगाडि बढ्छौँ । अलिकति हामीले काउन्सिलिङ्ग गर्न जरुरी छ । 
     तपाईंहरुलाई एउटा सानो जानकारी गराऊँ । भइँचालो जाँदा सँधै म माथिल्ले तलामा हुने गरेँ र अहिलेसम्म पाल त्रिपालमा बसेको छैन, घरभित्रै बसेको छु । कोहीकोही ठाउँमा केही केही हिसाबमा केही भत्कने कुराहरु हुन्छन् । कहींकहीं त्यस्तो हुँदैन । अब नेपालमा भत्कने गरी त्यस्तो भूकम्प आउँदैन । चर्किएका धराप घरहरु, बाङ्गा परिराखेका घरहरु त्यसमा रातो स्टिकर टाँसेकामा बस्न हुँदैन, अथवा रातो स्टिकर इञ्जिनियरले टाँस्नुअगाडि तषाईंको आँखाले सातो स्टिकर टाँसिसकेको हुन्छ नि, टाँस्दैन ?तर  पहैंलो पनि रातै टाँस्ने आँखाले, हरियोमा पनि रातै टाँस्ने आँखाले जुन भइराखेको छ, यसलाई हटाउन पर्छ । हरियोमा आपत्ति छैन, त्यो आँखैले थाह पाउँछ नि, हरियो छ कि छैन भन्ने कुरा, इञ्जिनियरले टाँस्नुभन्दा अगाडि यो त ठीकै छ । त्यतिको भुइँचालोले, जब ८ रेक्टर स्केलको भुइचालोले केही भएन, त्यसपछि ६.९कोले केही भएन, त्यसपछि ७.३ कोले केही पनि भएन भने केही पनि हुँदैन । त्यसकारण म साथीहरुलाई पनि एकदमै असुरक्षित ठाउँमा दुस्साहसिक ढङ्गले बस्नु भन्दिनँ, तर ग्रीन स्टिकर टाँस्न मिल्ने घरहरु हाम्रो आँखाले पनि थाह पाउँछ त्यो, ती ठाउँहरुमा ढुक्कैले बसे हुन्छ, केह िछैन । यो भूकम्प भनेको दिनैपीच्छे आउँदैन, त्यत्रै स्केलमा आउँदैन । पराकम्पनहरु अलिअलि कम स्केलमा आउँछन्, त्यसकारण हामीले अरुलाई पनि विश्वास दिलाउन जरुरी छ । 
यस घर्तीमा अनेक भए, कहिले हिमयुग आए, हिमयुग यस्तो थियो कि यहाँ मात्र होइन, यो त हिमालय थियो एक समय । पटनासम्म हिउँ पथ्र्यौ, पटनासम्म । विस्तारै विस्तारै हिउँ परपर पर सर्दै गएर नेपालमा मात्र सीमित भयो, त्यस समयमा बाँच्न कठिन भयो । अनेक समयमा यस्ता घटनाहरु, परिघटनाहरु भइरहन्छन्, पृथ्वीमा । त्यसलाई मान्छेले अत्यन्त विकट अवस्थाहरु सामना गरेर आएको छ । अनि हिमयुग पार भयो, मान्छेले सामना गरेर आयो ।  अनेक प्रकारका विपत्तिहरु भए, सामना गरेर आएको छ, त्यसकारण अहिले हामी साधनस्रोतले समेत  सम्पन्न छौँ, अलिकति नोक्सान भयो, तर यसलाई सामना गरेर हामी अगाडि जान सक्छौँ । त्यो मनोबलका साथ जानुपर्छ । हामीले जुन नारा दिएका छौँ, हाम्रो देशको निर्णय, हाम्रो अठोट, बाह्य, अन्तर्राष्ट्रिय सहयोग, अनि हामी आष्m्नो हातले काम गर्ने, नेपालीहरुका हातले, अरुको साथमा काम गर्ने । हामी बढ्ता अरुमाथि भर पर्ने होइन । हामील्े आत्मनिर्भर हुने, आफूले केही गर्ने कुरा छोडेर परमुखापेक्षी हुन थाल्यौँ भने त्यसले हाम्रो, यस महाविपत्तिले हाम्रो आदतलाई झन् बिगार्छ । जति भूकम्पले बिगारेको छ, त्योभन्दा बढी हाम्रो आदत बिग्रियो. भने झनै खतम हुन्छ । त्यस कारण हामीले सकारात्मक आदतका साथ राष्ट्र निर्माणको काममा अगाडि बढ्न जरुरी छ । आफूमाथि विश्वास गर्न जरुरी छ । राष्ट्रिय गौरव, आत्मसम्मान, आत्मविश्वासका साथ  हामी अगाडि बढ्न जरुरी छ । यस अवस्थामा हामी जाऔँ, हाम्रा ¥याफ्टिङ्गहरु हामी चलाउन सक्छौँ, हाम्रा ट्रेकिङ्गहरु हामी चलाउन सक्छौँ । अलिकति केही ठाउँहरुमा पहिरो गयो, अलिकति भइँचालोले घरहरु ध्वस्त भए । हाम्रा पर्यटन क्षेत्रका सेवाका कुराहरु, हाम्रा होटेल व्यवासायहरु अथवा अरु ट्रेकिङ्गका कुराहर विभिन्न कुराहरुलाई केही नकारात्मक असर त प¥यो नै, तर यसलाई हामी मेकअप गरेर जानसक्छौँ र त्यो संकल्प हामीसँग हुनुपर्छ । 
     एउटा के भने बाहिरतिर अनेक प्रकारका प्रचर भएका छन् । मैले हिजो एउटा इमेल हेरेँ, यति भएको छ,  दुई लाख भन्दा बढी विद्यार्थीले पढ्न पाएका छैनन् । १६ हजार भन्दा बढी विद्यालयहरु ध्वस्त भएका छन् । यस्तो भएको छ, सरकारले केही गरिराखेको छैन, खाली अनुदान, सहायता संकलन गरेर बसेको छ । अनि त्यो सरकारले सहायता कलेक्सन गरेर के हुन्छ ? सरकारको आफ्नो पारदर्शिता, आफ्नो खाता, आफ्नो लेखाजोखा सबै हुन्छ नि । महालेखा छ त्यहाँ । अरु छन् त्यहाँ । एकाध मान्छेले कुनै सामान यसो किन्दा बिलको तलमािथ ग¥यो भने त्यो बेग्लै कुरा होला । तर विदेशबाट सहयोग मगाएर खुरुखुरु सरकारले खान्छ भन्ने यस्तो पनि प्रचार त्यही पनि पढेलेखेका मान्छेहरुले !  म त छक्क के परेँ भने नेपालीमा होइन, अङ्ग्रेजीमा लेखेको छ त्यो । भनेपछि त पढेलेखेकै हुनुप¥यो नेपालमा । सरकारले खाली खान्छ मात्रै भन्ने । मगाउँछ खान्छ मात्र भन्ने त्यस्तो अङ्ग्रेजी समेत पढेलेखेका मान्छेले भन्छ भने स्कुल कलेज पनि गएकै मान्छे हो । यस्तो खालको भ्रम छर्नु आजको संचारमाध्यमहरुको जमानामा त्यस्तो खालको सम्प्रेषण गर्नु यो देशप्रतिको निष्ठा, देशप्रतिको संकल्प हो कि ? म चाहिँ एउटा नेपालमा इमान्दार छु भन्न खोजेको हो कि? अनि ऊ इमान्दार भएर के गर्छ  त  नि ? उसले इमान्दार भएर के गर्छ ? अनि गर्वले भन्छ म एक पैसा पनि सरकारलाई दिन्न । राख न त घरमा, के भएको छ र ?  एक पैसा सरकारलाई दिन्न, राहत दिन्न । यो कुरा त भएन । हामीले देश निर्माण गर्न सकैले एकअर्कामा मिलेर र जुटेर अगाडि बढ्नुपर्नेछ । अनि मान्छेहरुको सहयोगी भावनालाई कमजोर बनाउने खालका, विश्वासको भावनालाई कमजोर बनाउने खालका, मनोबल, आत्मबललाई कमजोर बनाउने खालका, डरपोक बनाउने खालका । यो नेपाली भनेका लडाइँमा गयो भने भीसी प्राप्त गर्ने जात हो । लडाइँमा गयो भने पनि सुरो भनेर दुृनियाँले जानेको जात हो । यति अरु देशमा भयो भने धेरै चीज हुन्थ्यो । धेरै तलवितल हुन्थ्यो । नेपाली समाज नर्मल नै हो कि जस्तो । यो त असाधारण पुर्खाका सन्तान बसेको असाधारण प्रकृति भएको देश  हो । यसलाई मेकअप गर्न सकिन्छ । आत्मविश्वास हामीले लिनुपर्छ ।  तपाईंहर आफ्नो क्षेत्रमा आफ्ना. ढङ्गले योगदान गर्न तयार हुनुहुन्छ । यो बहुत राम्रो कुरा हो । यसमा यस क्षेत्रबाहेक सिङ्गै नेकपा (एमालें) तपाईंहरुको साथमा छ । म तपाईंहरुलाई मनोबल कमजोर बनाउनुस् भनेर सुझाव दिन चाहन्छु । र नेकपा एमाले साथमा छ । सम्पूर्ण एमाले, यो पर्यटन क्षेत्र मात्र होइन । हामी राष्ट्र निर्माणमा कृतसंकल्पित छ,, एमालेले बनाउँछ । एमाले देश बनाउनका लागि जनताका दुःखकष्ट हर्नका लागि, जनतालाई सुविधा सहुलियत पु¥याउन जनताका अप्ठेरा समाधान गर्न बनेको पार्टी हो ।त्यस कारण यसले यो काम गर्छ, यसले देश बनाउँछ । 
     व्यवधानहरु थुप्रै छन् । नेकपा (एमाले)ले यी कामहरुमा अगुवाइ गरेर अगाडि बढ्छ, त्यसैकारण हामीले भोलन्टियरहरुको संख्या भनेका छौँ । २२ गते हामीले भन्यौँ । अहिलेसम्म कसैले भनेको छैन । विद्यालयहरु बनाएका छौँ । हाम्रो अनेरास्ववियुले विद्यालयहरु बनाएको छ । हिजो मात्र एउटा विद्यालय काभ्रेमा बनाएर फर्केको छ । हाम्रा विद्यार्थीहरुले अनेक ठाउँमा स्थानीय साधन स्रोतको विकास गरेर, प्रयोग गरेर भवनहरु बनाएका छन् । युवा संघले भवनहरु बनाएको छ । दुई सय भन्दा बढी भवनहरु बनाएको छ । हामीले युवासंघलाई मैले आफैँले ८ सय के.जी. काँटी, किल्ला, ५ सय थान ह्याम्मर, ५ सय थान आरी दिएर गाउँमा पठाइएको छ । आरीले घर बनाउने होइन, घर बनाउन सामान चाहिन्छ, तर आरीले सामान निकाल्छ । काँटीले ठोक्छ । त्यहाँ ह्याम्मरले काँटी ठोक्छ । काँटीले जोडेर बनाइन्छ घर । दुई सय भन्दा बढी घर काभे्र, सिन्धुपाल्चोक, दोलखा, अनेक ठाउँमा घरहरु बनेका छन् । त्यो यसैबाट हामी बनाएर सिद्ध्याउँछौँ भन्ने होइन । आफैँ आफैँ पनि जनताले बनाउन थालेका छन् जनताले । ह्यामरले ठोकेर, आरीले काटेर भएको छ भने हामी पनि बनाऊँ न भनेर बनाउन थालेका हुन् । हिजो मैले सुनेँ, एउटा विद्यालय बनाउँदै गर्दाखेरि जनताहरु आएर हेरे । त्यस पछि विद्यालय बनाउने कुरामा तपाईंहरु बनाउनुुस्, हामी आफ्नो ठाउँ बनाउँछु भनेर आफ्नो आफ्नो घर गए । त्यसले मान्छेलाई मोटिभेट गर्छ, त्यसले प्रेरित गर्छ, प्रेरणा दिएको छ । अहिले हामी अस्थायी कमसेकम छानामुनि बसाउने प्रयास गर्छौँ । त्यसपछि स्थायी खालका कामहरु गर्छौँ, र संरचनाहरु बनाउँछौँ । यो भूकम्पीय क्षेत्र हो । भूकम्पबाट केही नहुने घरहरु, पहिरोले भरसक नलाने ठाउँमा बस्तीहरु त्यसका योजना र प्रबन्धका साथ काम गर्छौँ । 
     हाम्रा ट्रेकिङ्ग भनेको रिस्की नै ठाउँ हो । म किन सगरमाथा जान्न ? सगरमाथाले यति प्रेम गर्छ, फर्काउन मान्दैन । थाह छ नि त रिस्की काम हो त्यो । म गएँ भने यति माया गर्छ कि आइछस् बाबु भनेर.....ट्रेकिङ्ग भनेको त रिस्की कुरा हुँदै हो । पवर्तारोहण भनेको रिस्की हुँदै हो । जो हिमालमा जान्छ, सुखभोगका लागि जाँदैन । एडभेन्चर नै हो त्यो । त्यसले मनको आनन्द, जिन्दगीको सफलता, सगरमाथाको चुचुरोमा पुगेर उभिएका मान्छेहरुले भन्छन्, ल्होत्से पनि सानै देखिन्छ, नुप्से त देखिँदै देखिँदैन । तल आयो कतै हुन्छ । साह्रै अग्लो छ सगरमाथा । हामीलाई फुल्चोकी पुग्दा कस्तो कस्तो हुन्छ, त्यो त २९ हजार छ । कति अग्लो होला ? त्यति अग्लोमा जाँदा, जहाँ अक्सिजन पनि हुँदैन, त्यस्तोमा जान बहुतै कठिन छ । त्यो काम मानिसहरुले गरिरहेका छन् । कसैले मुन्ट्याएर कसैलाई सगरमाथा पठाएको छ र ? सगरमाथामा जाँदा वरिपरि ढलिरहेका लाशहरु मान्छेले देखेको छैन र ? ढलिरहेका, लडिरहेका लाशहरु देखेको छ, तर पनि सगरमाथा चढ्छु भनेर जान्छ । गइराखेको छ । तर पर्यटन भनेको आनन्दका लागि हो । थकाइ लाग्छ नि हिँड्दा । थकाइ लगाउन किन जान्छ ? जान्छ । त्यसैले यो क्षेत्र मर्छ भन्ने होइन । यो क्षेत्र अलिकति घाइते भएको छ, फेरि उठ्छ, व्यान्डेज गर्छ, अगाडि बढ्छ । तपाईंहरुलाई धेरैधेरै शुभकामना । पार्टीको साथ हुन्छ । यो आयोजनाका लागि धन्यवाद । इन्चार्जले सफलता प्राप्त गर्नुुस् । धेरैधेरै शुभकामना !

Monday, May 18, 2015

विचारका नक्षत्र क. मदन भण्डारी र कुशल संगठक क. जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली

     विचार प्रणालीहरु, चिन्तनहरुको बीचमा उदाएका एक सशक्त नक्षत्र क.. मदनकुमार भण्डारी, र त्यसै गरी नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि विभाजित अवस्थाबाट कम्युनिष्ट आन्दोलनलाई सुगठित र सशक्त ढङ्गले अगाडि ल्याउन सांगठनिक हिसाबले महत्वपूर्ण भूमिका खेल्नुभएका नेकपा (एमाले)का संगठन विभागका प्रमुुख नेता क. जीवराज आश्रितको निधन भएको आज २२ वर्ष पूरा भएको छ । आज हामी वहाँहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र वहाँहरुका विचारहरुबाट निर्देशित भएर अगाडि बढ्ने अठोट गराउन, र वहाँहरुले प्रस्तुत गर्नुभएका विचारहरुलाई कार्यरूप दिएर नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ यहाँ भेला भएका छौँ । यतिबेला म क. मदन भण्डारी र क.जीवराज आश्रितलाई सिङ्गै पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।


     नेपालमा कम्युनिष्ट आन्दोलनले अहिले ६६ वर्षहरु पार गरिसकेको छ । कहिले कम्युनिष्ट आन्दोलन अलिक अगििड बढेको छ, कहिले पछाडि परेको पनि छ । आम रूपमा विचारधारात्मक हिसाबले सहीपनका साथ आफ्ना परिस्थितिअनुसार माक्र्सवाद लेनिनवादका परिवर्तनकारी सिद्धान्तलाई कार्यान्वयन गर्न कति सफलता पाइयो त्यसमा पनि भर परेको छ र अन्तर्र्राष्ट्रिय रूपमा के कस्ता उताचढावहरु आए, कस्ता दिनहरु भए, त्यसमा पनि नेपालको कम्युनिष्ट आन्दोलन भर परेको छ । तैपनि नेपालको कम्युनिष्ट आन्दोलन शासनमा नरहेको सत्ता कब्जा नगरेको र हतियार नभएको पार्टी, आन्दोलन हो र सोभियत संघ र पूर्वी युरोप विघटन भएको बेला नेपालमा एउटा प्रमुख राजनीतिक शक्तिको रूपमा र जनताको आकर्षण र आशाभरोसाको केन्द्रको रूपमा स्थापित हुनसक्यो । हामीलाई थाह छ, त्यसका पछाडि परम्परागत विचार वा व्यवहार होइन, समयानुकूल नीति र समयानुकूल व्यवहारबाट आन्दोलनलाई अगाडि बढाउने कुरा त्यसमा हाम्रो पार्टी अगाडि गयो जसमा जननेता मदनभण्डारीको विशेष योगदान रह्यो । आज नेपालमा कम्युनिष्ट आन्दोलन विभिन्न प्रकारका प्रवृत्तिहरु छेउछाउमा रहेका मुख्य रूपमा कम्युनिष्ट आन्दोलन नेपाली समाजको परिवर्तनको आकांक्षाको रूपमा नेपालको कम्युनिष्ट आन्दोलन न्यायपूर्ण समाज निर्माणको प्रयासको रूपमा स्थापित छ र त्यो विश्वास यसले आर्जन गरेको छ । यसका पछाडि जनताको जनवादको भूमिका छ । हामी यस अवसरमा पनि मदन आश्रितका योगदानहरुलाई स्मरण गर्छौँ, कदर गर्छौँ र जनताको बहुदलीय जनवादको मार्गदर्शनलाई पछ्याउँदै अगाडि बढ्ने फेरि पनि प्रतिबद्धता जाहेर गर्छौँ । 
     हामी संविधान निर्माणको  एउटा प्रक्रियामा अगाडि बढिरहेका छौँ । केही वैचारिक, केही वर्गीय हितका, केही शक्तिहरुका स्वार्थहरुका पनि टकराव छन्, जसले गर्दा संविधान निर्माण एउटा अवधि एउटा संविधान सभा असफल भइसकेको पृष्ठभूमिमा दोस्रो संविधान सभा, यस संविधान सभालाई असफल हुन नदिने गरी हामी अगाडि बढिरहेका छौँ । हाम्रो पार्टीले राष्ट्रहितका सन्दर्भमा, राष्ट्रिय एकताका सन्दर्भमा सामाजिक न्याय र समानताका सन्दर्भमा, शान्ति स्थापनाका सन्दर्भमा राष्ट्रिय एकताका सन्दर्भमा र समृद्धिको बाटोमा नेपाललाई अगाडि बढाउने सन्दर्भमा स्पष्ट नीति निर्धारण गरेर अगाडि बढिरहेको थियो र नेपाली समाजमा व्यापक सकारात्मक प्रभाव पारिरहेकै थियो । 
     यस्तो बेलामा अचानक वैशाक १२ गतेबाट अचानक भयानक भूकम्पको सिलसिला सुरु भयो । पहिले हामीले लियौँ, एउटा भूकम्प गयो, त्यस भूकम्पका अन्य पराकम्पनहरु अरु हुन्छन्, तर त्यस दिन एकै छिन पछि अर्को भूकम्प गयो । भोलिपल्ट २४ घण्टामा लगभग अर्को शक्तिशाली भूकम्प गयो र फेरि धेरै दिनपछि १७, १८ दिन पछि फेरि २९ गते लगभग ७ रेक्टर स्केलको अर्को भूकम्प गयो । जहाँ चर्किएको घर, चर्किएको जमिन र अलिकति क्षतिग्रस्त भएका संरचनाहरु ध्वस्त भए । भूकम्पले पनि आफ्नो एपिसेन्टरलाई विभिन्न तिर सारिरहेको छ र एपिसेन्टर सरेअनुसार नै विशाल क्षति पनि भइरहेको छ । कहिले गोरखा बारपाकमा एपिसेन्टर भयो, त्यसले हाम्रो मध्यनेपालका खास गरी पहाडी जिल्लाहरु र त्यसको पनि उत्तरी भेग हिमाल छेउका जिल्लाहरु ध्वस्त बनाए । त्यसपछि सिन्धुपाल्चोक एपिसेन्टरले भोलिपल्ट झनै क्षतिग्रस्त बनायो । फेरि अर्को २९ गतेको दोलखा एपिसेन्टर गरी आएको भूकम्पले अरु क्षति बनायो । 
     हामी यतिबेला एउटा राष्ट्रिय शोकको घडीमा छौँ, राष्ट्रिय विपत्तिको घडीमा छौँ र राष्ट्रिय शोक र विपत्ति असाधारण छ, एउटा हिसाबको छैन । हामी साधारणतया भन्नसक्छौँ, १० हजार जति मान्छेको ज्यान गयो । १५, १६ हजार भन्दा बढी घाइते भए । सात लाख घरहरु या त पूर्ण रूपमा वा पूर्ण रूपमा जस्तै बस्न नमिल्ने गरी ध्वस्त भए । नेकपा (एमाले)को कार्यालय हेर्दा उभिएको छ, तर भर्खरै पनि हाम्रा सचिव कमरेडले साथीहरुलाई घरको नजिक नजान आग्रह गर्नुभयो किनभने घर अत्यन्त खतरनाक अवस्थामा उभिएको छ । यसरी काम नलाग्ने अवस्थामा ७ लाख घरहरु छन् । लगभग आधा जनसंख्या प्रभावित छ, सरदर ८० लाख जनसंख्या यसबाट प्रभावित छ । मनसुन आउँदैछ, लामो वर्षायाम आउँदैछ, आम रूपमा हाम्रा जनता खुला आकाशमुनि छन्, यो पीडाको अवस्था छ । विद्यालयहरुको पठनपाठन अहिले रोकिएको छ । १५ गतेदेखि सुचारु गर्ने हामीले भनेका छौँ, तर विद्यालय भवन नै सात हजार भन्दा बढी भत्किएका छन्, जहाँ सञ्चालन गर्न गाह्रो भइरहेको छ । तिनीहरुको संरचना फेरि कसरी तयार पार्ने, कहाँ विद्यार्थी राखेर पढाउने ? अब प्रिमनसुन र त्यसपछि मनसुन आउँछ र त्यो मनसुनले लगातारको वर्षाले यो धकधकाएको, यो फुटाएको, चर्काएको जमिनलाई पहिरोमा परिणत गर्ने र धेरै पहिरो जाने र धेरै क्षति फेरि हुने सम्भावनाहरु छन्, जसको हामीले अहिलेदेखि तयारी र ध्यान पु¥याउनुपर्ने अवस्था छ । अघि नै कमरेड प्रदीप ज्ञवालीले भनिसक्नुभयो, हाम्रा पुरातात्विक महत्वका ऐतिहासिक धरोहरहरु धेरै ठूलो मात्रामा ध्वस्त भएका छन् । हाम्रो नामै धरहरा गरिएको धरोहर ध्वस्त भएको छ, अरु यस्ता धेरै धार्मिक, पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त भएका छन् । जहाँ हजारौँ वर्षको हाम्रो सम्झना, हाम्रो स्मरण, हाम्रो इतिहास, हाम्रा कलासंस्कृति ती पनि समाप्त भएका छन् । र जनजीवनलाई सामान्यमा ल्याउन गाह्रो छ, हिजो अपरान्ह सम्म पनि ५.५ रेक्टर स्केलको भुइँचालो आइरहेको छ । त्यो अवस्थामा मानिस अलिकति मन अड्याउन खोज्छ । तर फेरि भूकम्प जान्छ । त्यसले मानिसहरु आतंकित हुने, कतिपय हृदयगति नै बन्द भएर देहावसान हुनेसम्मको र कतिपयलाई मानसिक रूपमा काउन्सिलिङ्ग गर्नुपर्ने, केही मनोवैज्ञानिक उपचारको आवश्यक पर्ने, निक्के ठूलो संख्यामा अनुभव हुन थालेको छ, यस्तो अवस्थामा हामीले पुनर्संरचनाका काम, समाजलाई सामान्यतिर फर्काउने काम गर्नुपरेको छ र यस निम्ति पनि हामीले दृढ अठोट लिनुपरेको छ । धेरै प्रकारका विचारहरु कोही अव्यावहारिक, कोही आंशिक, कोही अरु प्रकारका साथसहयोगलाई पनि सफल ढङ्गले प्राप्त गर्ने र सञ्चालन गर्ने कामहरु गरेर अगाडि बढ्न हामीलाई जनताको बहुदलीय जनवादले मद्दत गर्छ र हामीले त्यसअनुसार नै देशको पुननिर्माण गर्ने, देशलाई सामान्य अवस्थामा फर्काउने कामहरु गर्न जरुरी छ । 
     यतिबेला मैले धेरै समय लिने भन्दा हामीले यस राष्ट्रियरू विपत्तिबाट कुन ठाउँमा हामीले बस्ती बसाउने हो, कुन ठाउँमा बस्ती बसाउन नहुने हो, असुरक्षित बस्तीहरुलाई सुरक्षित ठाउँमा, असुरक्षित प्रकारका घरहरुलाई भवनहरुलाई सुरक्षित प्रकारकामा कसरी परिणत गर्ने भन्ने कुरा पनि एउटा चुनौतिको रूपमा छ । यसलाई हामीले एउटा शिक्षाको रूपमा लिनुपर्दछ । अहिले पश्चिम नेपालका घरहरु, कास्कीभन्दा उताका घरहरु त्यति भत्किएनन् । अथवा रामेछाप, ओखलढुङ्गा भन्दा पूर्वका घरहरु कम हुँदै गएर भत्किएनन् । घरहरु किन भत्किएनन् भन्दा कुृनै राम्रा पक्की घर भएर नभत्किएका होइनन्, जस्ता घरहरु भत्किएका छन्, त्यस्तै घरहरु पनि छन्, तर त्यहाँ धक्का नपाएको, झट्का नपाएको, भुइँचालो महसुस नभएको हुनाले भत्किएनन् । भत्किएका यस ठाउँमा नभत्किएका तर कमजोर घरहरुलाई पनि, अर्को विपत्ति निम्त्याउनु छैन, हामीले विस्थापित गर्नुछ,। अरु घरहरु अरु ठाउँमा सार्ने कुरामा पनि ध्यान दिनुछ । यी यावत् कामहरु गर्नका लागि हामीले ध्यान दिनुपरेको छ । यस्तो बेला सिङ्गै देशले एकताबद्ध हुने, सिङ्गो देशले एउटा नयाँ अठोटका साथ यस शोकलाई शक्तिमा बदलेर अगाडि बढ्ने कुराको अहम् महत्व छ । 
     अलिकति म सरकारको पनि ध्यान आकर्षित गर्न चाहन्छु । सुनिन्छ, सरकारले सबैलाई समेटेर, जुन व्यापकताका साथ लाग्नुपर्ने त्यो भइरहेको छैन । कहाँबाट कति राहत आएको छ, कति सहयोग आएको छ, त्यो जनतालाई बताइराखेको छैन । कुन कुन सहयोग कहाँकहाँ पु¥याइयो र कहाँकहाँ वितरण गरियो कमसेकम बेलुका एउटा समयमा भनिदिए पनि हुन्छ नि ! रेडियोमा भनिदिनुप¥यो, टेलिभिजनमा भनिदिनुप¥यो । सरकारले यो यो ठाउँबाट यति यति राहत आयो, यसरी राहत फलाना ठाउँमा पु¥याइयो, त्यो कुरा बताउनुप¥यो । बङ्गलादेशबाट एक लाख क्विन्टल चामल आयो, त्यो कहाँ वितरण भइरहेको छ, कसरी पठाइएको छ, नेपाली जनतालाई बताउनुप¥यो । अब पालहरु कति आयो, कहाँकहाँ वितरण भयो भन्नेदेखि लिएर अरु कामहरु पनि गर्न जरुरी छ । (मलाई बताउने भन्दा पनि एउटा मेकानिज्म बनाएर नेपाली जनतालाई बताउनुुप¥यो ।¬) म आग्रह गर्न चाहन्छु, सरकारले त्यो गर्नुप¥यो । 
     हाम्रो पार्टी प्रमुखै पार्टी हो, हामी सरकारमै छौँ, तै पनि सबै कुरा हामीलाई नै थाह छैन भने सर्वसाधारण जनतामा कसरी थाह होला ? यसर्थ म सरकारलाई भन्न चाहन्छु, यति बेला सबै जनताको साथ बिना हामी अगाडि जान सक्दैनौँ, सबै पार्टी, सबै पक्षहरु, संघसगठन, संघसंस्था, सबै जनता, सबै क्षेत्रको साथ लिने विधिहरु अपनाउन जरुरी छ, यस परिस्थितिको हामीले सामना गर्न जरुरी छ, आज जेठ तीन गते मदन आश्रितको २२औँ स्मृति दिवस, यतिबेला हामी हाम्रा अत्यन्त दूरदर्शी, अत्यन्त सही विचार भएका नेताहरुलाई स्पमरण पनि गरिरहेका छौँ, श्रद्धाञ्जली पनि दिइरहेका छौँ, वहाँहरुको  विचार र कामहरुबाट प्रेरणा लिने काम पनि गरिरहेका छौँ भने यतिबेला यस स्थितिको सामना गर्नका लागि पनि हामी यी कामहरुलाई बढाऔँ भन्ने आग्रह गर्न चाहन्छु । 
     मैले धेरै कुरा भन्नु भन्दा पनि कमरेड मदन भण्डारी, जीवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, सिङ्गै पार्टीको तर्फबाट, हामी सबैको तर्फबाट र मेरो तर्फबाट पनि भन्दै आफ्नो भनाइ यहीं टुङ्ग्याउन चाहन्छु, धन्यवाद!

Friday, May 15, 2015

भूकम्प पीडितको सेवामा खटिने अनेरास्ववियुका स्वयंसेवकहरूलार्इ मार्गदर्शन

(अनेरास्ववियु केकद्वारा भूकम्पपीडितहरूको सहयोगार्थ परिचालित स्वयंसेवकहरूको बिदाइ कार्यक्रममा एमाले अध्यक्ष के.पी. शर्मा अोलीद्वारा मार्गदर्शन, २०७२ वैशाख २६, नेपाल ल क्याम्पस)
यस कार्यक्रमका अध्यक्षज्यू,

मञ्चमा रहनुभएका पार्टीका नेताज्यूहरु,
विभिन्न जनवर्गीय संगठनका नेताज्यूहरु
र विद्यार्थी साथीहरु ।
     आज तपाईंहरु सायद जीवनमा यस भन्दा अगाडि नगरेका नयाँ प्रकृतिका कामका लागि नयाँ ढङ्गको जिम्मेवारी लिएर नयाँपनका साथ नयाँ अनुभवका साथ विभिन्न कार्यक्षेत्रहरुमा जाँदै हुनुहुन्छ । सन्दर्भ हामी सबैलाई थाह छ नेपाल अत्यन्तै पीडाको अवस्थामा छ, दुःखको अवस्थामा छ, भूकम्पले ६,७ लाख आवासीय घरहरु भत्किएका छन् । पूर्ण ध्वस्त भएका वा आंशिक ध्वस्त भएका भन्ने कुराको त्यति फरक छैन । बस्न नहुने घर उभिएकै छ भने पनि झन् खतरा छ, के फरक पर्छ त्यसले? नेकपा (एमाले) को केन्द्रीय कार्यालय उभिएकै छ, तर छेउमा जानलाई साथीभाइ घर परिवारसँग बिदा लिएर जानुपर्ने हुन्छ । त्यो घर पूर्ण भत्कियो कि आंशिक भत्कियो कि, चर्कियो कि, मर्कियो भन्ने  कुराको के अर्थ छ ? त्यो पूर्ण भत्किएको भन्दा कुनै फरक छैन, अरु बढी खतरा छ । यसरी ६, ७ लाख घरहरु भत्किएका छन् । आठ हजार भन्दा बढी जनताको ज्यान गएको छ । हाम्रो जस्तो सानो जनसंख्या भएको देशमा, हाम्रो जस्तो पहाडी जिल्लाहरु र छरिएको बस्तीहरुमा ८ हजार जनसंख्याको क्षति सानो कुरा होइन । यस पटकको भूकम्प मूलतः नेपालको मध्यउत्तर, मध्यभाग र पहाडी भागमा बढी केन्द्रित भएको छ । हामी सबैलाई थाह छ, बारपाक केन्द्र गरेर गएको छ, गोरखाको । अर्को सिन्धुपाल्चोक केन्द्र गरेर गएको छ, अर्को भुइँचालो भनेर बुझिने मान्छेले महसुस, अनुभव गर्नेसकिने ४ रेक्टर, ५ रेक्टर भन्दा ठूला भइँचालोहरु नै डेढ सय भन्दा बढी पटक गइसकेको छ । १५ दिनमा डेढ सय भन्दा बढी अनुभूत हुने भूकम्प र अनुभूत नहुने ४ रेक्टर स्केल भन्दा मुनिका भुइँचालोहरु धेरै गएका छन्, त्यो हजारौँको संख्यामा छन् । नेपालको धर्ती अहिले पनि स्थिर हुनसकेको छैन । भूकम्पले जुन पृथ्वीको भित्री सतहलाई चिरा पा¥यो, खल्बल्यायो, धस्कायो त्यसको असर बाहिर पनि प¥यो र बाहिर पनि जमिनहरु फाटेका छन् । अनेक ठाउँमा जमिनहरु फाटेका छन् । ती कुराहरु हामी सतहमा पनि देख्न सक्छौँ, बाहिर पनि देख्न सक्छौँ ।


     सन् २००५ मा पाकिस्तानमा भूकम्प गएको थियो, पाकिस्ताको पूर्वोत्तर क्षेत्रमा । त्यसमा बाहिरबाटै देख्न सकिन्थ्यो, त्यो पहाडी भूभाग कहाँदेखि कहाँसम्म अनेक किलोमिटर चिरिएको थियो । पूरै चिरिएको थियो, त्यसले गर्दा त्यहाँ पनि पछिसम्म झट्का आइरहनु स्वाभाविकै थियो । त्यो एउटा चिरिएको होइन, अनेक चिरिएका थिए, ठूलो चाहिँ पहाड नै चिरिएको थियो, पश्चिमदेखि पूर्वसम्म । हाम्रो अवस्था लगभग यस्तै छ । एउटा चिरो नै खर्लप्प चिरिएको भन्दा पनि अनेक चिराहरु परेका छन् । हाम्रा बाटाहरु भत्किएका छन् । हाम्रा पुरातात्विक महत्वका ठाउँहरु भत्किएका छन् । मन्दिरहरु भत्किएका छन् । अनेक भत्किएको छ । सबभन्दा ठूलो कुरो त आठ मान्छेको ज्यान लिने काम ग¥यो भूकम्पले । पन्ध्र हजार भन्दा बढी मान्छे घाइते छन् । र अहिले पनि सात, आठ हजार मानिसहरु अस्पतालमै उपचार गराइरहेका छन् वा स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् र शिविरहरुमा उपचार गराइरहेका छन् । यो आकस्मिक व्यवस्था अन्तर्गत भइरहेको छ । यस्तो भयावह स्थितिमा हामी छौँ ।  सात हजार भन्दा बढी विद्यालयहरु भत्किएका छन् । बालबालिकाहरुको, विद्यार्थीहरुको पढाइ रोकिएको छ । र हामीले यसलाई सुचारु गर्नुपर्ने छ । जनताका घर भत्किएका छन्, बस्ने ठाउँ छैन । अझै पनि महामारी फैलने खतरा छ, त्यसको व्यवस्थापन गर्न सकिएको छैन । उद्धार कार्य मूलतः सिद्धिएको छ, तर अझै पनि उद्धार कार्य केही मात्रामा बाँकी पनि छ । र उद्धार कार्य अगाडि बढाउँदै राहतलाई प्रभावकारी ढङ्गले लान खोजिएको छ ।  राहतलाई प्रभावकारी ढङ्गले वितरण गर्न एक छिनका लागि केही समयका लागि, छोटो समयका लागि विभिन्न मान्छेहरु विभिन्न ठाउँमा आफ्ना भावना, सहयोगको भावना, एकता, सहानुभूति प्रकट गर्न दौडने पनि स्थिति रह्यो र त्यसभित्र मिसिएर अरु प्रकारका उद्देश्यहरु पनि सक्रिय रहे । यो आवधिक कुरा हो । जब हामी निर्माणको अवस्थामा प्रवेश गर्छौ, त्यसपछि हामीलाई विशाल धनराशिको आवश्यकता छ,,हाम्रा सम्पूर्ण स्रोतसाधनहरुको, स्थानीय साधनस्रोतहरुको प्रयोग गर्न आवश्यकता छ । विद्यार्थीहरुको पठनपाठनको व्यवस्था १०ं+२ सम्म वा बाह्र कक्षासम्म कसरी निःशुल्क ढङ्गले गर्ने, बस्ने ठाउँ नभएका गरिबका छोराछोरीलाई कसरी आवासीय ढङ्गले पढाउने, तिनीहरुलाई मनोवैज्ञानिक रूपले उपचार गरेर आतंकबाट मुक्त गरेर, केटाकेटीहरुको कलिलो मनमा, बालबालिकाहरुको कलिलो मनमा जुन त्रास भएको छ, एक छिनमा भयो, फेरि हििल्लन्छ, अर्को क्षणमा भयो फेरि हल्लिन्छ, तिनका अभिभावहरु गुरुरर कुदेर बाहिर निस्कन्छन् । भयावह स्थितिमा तिनीहरुको मानसिकतामा गम्भीर चोट परेका छ, कलिलो मनहरुमा गम्भीर धक्का परेको छ, त्यसबाट उनीहरुलाई मुक्त गर्नुपरेको छ । र पढाइको सुविधा उनीहरुलाई उपलब्ध गराउनुपरेको छ । जनतालाई आवासको व्यवस्था गर्नुछ । पढ्ने ठाउँहरुको व्यवस्था गर्नुछ । यी तमाम कामहरु नेपालका अगाडि, नेपालीहरुका अगाडि चुनौतिको रूपमा उभिएका छन् । मनसुन आउँदैछ, केही हप्ताभित्रै । अब मनसुन आउन दुई हप्ता, तीन हप्ता पनि राम्रो  लाग्दैन ।अहिले प्रि–मनसुन लगभग सुरु हुन थालेको छ । अहिले पनि मौसम त्यति राम्रो छैन । पछि मनसुन सुरु भइसकेपछि दुर्गम ठाउँहरुमा हेलिकप्टर पु¥याउन पनि सजिलो हुँदैन । बादल लागेर, कुहिरो लागेर हेलिकप्टर उड्न नसक्ने अवस्था हुन्छ । उचाइबाट उड्ने जहाजहरुको कामै हुँदैन । उचाइबाट बस्ती छोपिन्छ, माथिबाट उड्ने बस्तुहरुको काम के ?
प्लेन उडाएर देख्दा पनि देख्दैन, किनकि ठूला प्लेनहरु पहाडका टाकुराहरुभन्दा माथिबाट उडाउनुपर्ने हुन्छ । साना प्लेनहरु त्यस्ता ठाउँमा जान पनि सक्दैन । हामी भयानक प्रतिकूलतामा छौँ । निर्माणको सन्दर्भमा पनि निर्माण सामग्रीहरु पु¥याउने सन्दर्भमा पनि । अस्ति मात्र मैले उत्तरका दृर्गम भागहरु धादिङ्गका लापा भन्ने ठाउँहरु, त्यो लापाबाट मोटरको बाटो भेट्न तीन दिन हिँड्नुपर्छ, र हिँड्ने बानी भएका मान्छे मात्र त्यो बाटो हिँड्न सक्छ,  भीरैभीर मात्रै छ । पहिरैपहिरो भीरैभीरको त्यस्तो बाटो भनेको जो सुकै हिँड्न सक्दैन । तसर्थ अत्यन्त विकट भौगोलिक अवस्था,  छरिएका गाउँहरु,  राहत सामग्री पु¥याउन कठिन, निर्माण सामग्री पु¥याउन झनै कठिन र त्यसलाई कसरी पुनव्र्यवस्थामन गर्ने भन्ने हाम्रो समस्या छँदैछ । ती कुराहरुलाई हामी गम्भीरताका साथ छलफल गरिरहेका छौँ, ध्यान दिइरहेका छौँ । विशेष ढङ्गले तत्काल संसदका अधिवेशन बोलाएर काम सुरु गरिएको तपाईंहरुलाई थाह छँदैछ । त्यहाँ पनि छलफल सुरु भएको छ । हिजोको छलफलमा आम रूपमा राम्रा विचारहरु आएका छन् । सिङ्गो राष्ट्र एकताबद्ध भएर, मतभेदहरुलाई थाती राखेर अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले सबै दलका नेताहरुबाट सुन्यौँ, सबै पक्षबाट सुन्यौँ, जो अत्यन्तै राम्रो कुरा हो । अब यस्तो बेलामा हामी नेपालीहरु जो बाँचेका छौँ,  आठ हजार भन्दा बढी मानिसहरु त मरेर गइसके, जो मानिसहरु मृत घोषित गरिएका छैनन्, किन मृत घोषणा गरिएको छैन भन्दा यसरी पहिरोमुनि पुरिएको छ कि निकाल्न सकिएको छैन । मृत घोषणा गर्न सकिएको छैन, किन कि मृत भनेर बाहिर निकाल्न सकिएको छैन । किन घोषणा गर्न नसकिएको किन नपाइएको भन्दा गाउँ नै भेटिँदैन, त्यो कहाँ पु¥यायो, कहाँ पु¥यायो ।  म लाङ्गताङ्गको बस्ती हेर्न गएँ, घोडातबेला भन्ने बस्तीहरु हेर्न गएँ, त्यहाँ बस्ती थियो भन्ने कुरा मात्र सुन्न पाइन्छ । बस्ती थियो, तर त्यहाँ बस्तीको कुनै चिनो बाँकी छैन । त्यहाँका मान्छे फेला परेनन्, पर्नू सम्भव छैन । तर फेला नपरीकन मृत घोषणा गर्न नमिल्ने । मैले हिजो संसदमा बोल्दा पनि भनेको छु, निश्चित समय तोकेर निश्चित अवधि राखेर गायब भएकाहरुलाई मृत घोषणा गरे पनि नगरे पनि त्यो मृत घोषणा गरिएका सरह उनीहरुका परिवारलाई सहयोग उपलब्ध गराउनुपर्छ, राहत उपलब्ध नगराउनुपर्छ ‘। नत्र गावैँ बगेको छ, बस्ती नै गएको छ, परिवारका सारा मान्छे गएका छन्, एक जना मान्छे बाँकी छ, चार जना मान्छे गएका छन्, भेटिएको पनि छैन,  थप पीडामा छन्, तर पनि उसलाई मृत पनि नभनेको हुनाले उसले सहयोग पनि पाउन गाह्रो छ, त्यस्तो अवस्था आउन दिन हुन्न ।
     जे होस् हामी एउटा भयावह स्थितिमा छौँ, र हामी यो संगठन,  जो आज स्वयंसेवी भएर जाँदैछ, त्यो संगठन उद्यमीहरुको संगठन होइन । बिजनेस संगठन होइन, यो आयात निर्यातवाला पनि होइन, र यो संस्थाको नामको सुरुमा आखल छ, अखिल नेपाल भनेको नेपालव्यापी, अल नेपाल, भनेको हो । नेपालव्यापी संगठन त दुःख परेको ठाउँमा पनि पुगेकै हुन्छ,  सुख परेको ठाउँमा पनि पुगेकै हुन्छ । जनता .अष्ठेरामा परे भने पनि पुगेकै हुन्छ र यो संगठन जेष्ठ नागरिकहरुको संगठन होइन । जेष्ठ नागरिकहरुको निम्ति आश्रयस्थल होइन । यो सबै कुराहरुसँग जुधेर, प्रतिकूलताहरुलाई बुझेर तिनलाई पराजित गरेर, नयाँ नेपाल, उज्यालो नेपाल, सुन्दर नेपाल बनाउँछौँ, प्रतिकूलता जतिसुकै बलिया हुन्, तिनलाई लच्काएर, बङ्ग्याएर, ठेल्न लगाएर छोड्छौँ भन्ने संगठन हो । नयाँ नेपाल बनाउँछौँ भन्ने संकल्प बोकेर आएको संगठन हो र यो संगठन देशव्यापी, राष्ट्रव्यापी, जनव्यापी संगठन हो, सर्वत्र पुगेको संगठन हो ।
     अखिल नेपाल अर्थात अल नेपाल । यो एउटा भूगोल विशेषको, कुनै जात विशेषको, एउटा के विशेषको मात्रै होइन, यसको नाम सुरुदेखि नै बहुत राम्ररी राखिएको छ । यो हिमाली संगठन होइन, पहाडी संगठन होइन,  मधेसी संगठन होइन । पूर्वीया संगठन होइन, पश्चिमा संगठन होइन, फलना जातको संगठन होइन, जनजाति संगठन होइन, दलित संगठन होइन । यो जनजाति, दलितदेखि लिएर मधेस, पहाड, हिमाल सबै, पूर्वदेखि पश्चिमसम्म सबै, लामो समय धर्तीमा बाँचौँला, बाँच्न लायक धर्तीलाई बनाउँला, देशलाई बाँच्न लायक बनाउँला, सुव्यवस्था, सुशासन र सुन्दर समाज रचना गरौँला भन्ने संकल्प र अभियानमा जुटेको राष्ट्रव्यापी संगठन हो । यसले आफ्नो भूमिकालाई त्यसै गरी प्रस्तुत गर्न खोजेको छ । सबैभन्दा ठूलो कुरा मन हो । सबै भन्दा ठूलो कुरा अठोट हो, संकल्प हो, प्रतिबद्धता हो । सबै भन्दा ठूलो आत्मविश्वास हो ।
मैले धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, धनी भएर पैसा कमाएर कुनै देशले विकास गर्दैन, विकास गर्छ, पंैसा कमाउँछ, धनी बन्छ । चीनले बेसरी पैसा कमायो, धनी भयो, अनि विकास ग¥यो, होइन । विकास ग¥यो, अनि धनी भयो, पैसा कमायो । कुनै पनि देश धनी भएर, बेसरी पैसा थुप्रिएर विकास गर्ने होइन । पैसाबाट विकास हुने होइन, विकासबाट पैसा हुन्छ । विकास चाहिँ एउटा दृष्टिकोण हो । कसरी गर्ने भन्ने कुरा हो । आजको हाम्रो पुस्ता भनेको कम्प्युटर, मोबाइल चलाउन मात्र होइन, प्लेन बनाउने, हवाईजहाजको अभ्यास गर्ने पुस्ता हो । यो इनोभेटिभ, हृन त यसै पनि हाम्रो वंश, खानदान, पुस्ता, परम्परा सबै इनोभेटिभ हो । हाम्रा पुर्खाहरु, ऋषिमुनिहरु विद्वान् छँदै थिए, तिनका सन्तानहरु झन् आज आएर प्रतिकूलताका बावजूद अत्यन्त इनोभेटिभ, अत्यन्त रचनात्मक, अत्यन्त खोजमूलक ढङ्गले अगाडि बढेका छन् । यस्तो अवस्थामा तपाईंहरु जनतासँग एकाकार हुन, जनताका समस्याहरु सही ढङ्गले बुझ्न, आफ्नो देशलाई सही ढङ्गले बुझ्न र आफ्नो देशका देशबन्धुहरु, आफ्ना देशका गार्डियनहरु तपाईहरु जहाँ जानुहुन्छ, ती तपाईंहरुका गार्डियन हुन्, तपाईंहरुका अभिभावक, मित्र तपाईंहरुका त्यहाँ भाइबहिनी भेटिन्छन्, तपाईंहरुले सम्मान गर्नुपर्ने मान्छेहरु भेटिन्छन्, तपाईंहरुले माया गर्नुपर्ने मान्छे भेटिन्छन्, र पीडामा परेका हुनाले सबै तपाईंहरुले सम्मान गर्नूपर्ने र माया गर्नुपर्ने नै हुन्छ । जसलाई तपाईंहरुले सहयोग गर्नुपर्छ । यो सहयोग गर्दा तीन चार बटा कुराहरुको आवश्यकता पर्छ । तपाईंहरु अत्यन्तै अनुशासित हुन जरुरी छ । भोलि आठ बजे भनेको ठाउँमा साढे नौ बजे पुग्यो भने भोलिन्टियर भएन । त्यो त बजार भर्न जाने कृुरा भयो । रङ्गीन बजार लाग्छ, शनिवार बजार लाग्छ, शनिवार जाउँला । एकछिन पछि कोही जान्छ, एक छिन अघि कोही जान्छ, बिस्तार बिस्तार मान्छे जम्मा हुँदै जान्छ । त्यस्तो होइन । अथवा आमसभामा आह्वान गरिएका मान्छे हुन्छन् नि बिस्तार बिस्तार जान्छन् । यति नै बजे भन्ने केही पनि हुँदैन । तर तपाईंहरु जे कामलाई जाँदै हुनुहुन्छ, त्यो अलिकति कठिन पनि छ । सुत् भनेको बेला सुत्नुपर्छ, खा भनेको बेला खानुपर्छ, हिँड् भनेको ठाउँमा हिँड्नुपर्छ, गर् भनेको काम गर्नुपर्छ । त्यसकारण यो स्वयंसेवी भावना र आफू सेवक हुँ भन्ने भावना स्वयंसेवक, तपाईंहरुले आफूले आफैंलाई सेवकको रूपमा, सेवक भनेको सबभन्दा तलको हुन्छ, माथि होइन । मालिक हुँदेन, सेवक भनेको चाहिँ । विभिन्न भाषा छन् सेवकका, कोही धार्मिक भाषा छन्, कति धार्मिक सम्प्रदायहरुले दास भनेर लेखेको हुन्छ । फलाना दास, फलाना दास....नाममै दास लेखिएको हुन्छ । कसैले सेवक लेखेको हृुन्छ, कसैले के लेखेको हुन्छ । जे होस् तपाईंहरु सेवकको रूपमा जाँदै हुनुहुुन्छ, आफैंले आफैंलाई सेवकको रूपमा घोषणा गरेर । सेवक भइसकेपछि तपाईंहरुले तिनका हितप्रति निष्ठा र वफादारिताका साथ तिनका आवश्यकता परिपूर्ति गर्न सम्पूर्ण रूपले, होल हार्टेडली भन्छन् नि, सम्पूर्ण मन बचन र कर्मले काम गर्नुपर्छ । तपाईंहरु बिल्कुल अनुशासित हुनुपर्छ, अनुशासन फिल्डमा, अनुशासन वैयक्तिक तवरमा । म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, अनुशासनमा बस्न सक्छु जस्तो लाग्छैन भने कृपया लेखाएका नाम कटाइदिनुस् । यदि अनुशासनमा बस्न सक्दिनँ भन्ने लाग्छ भने नाम कटाइदिए हुन्छ, त्यस ठाउँमा अर्कोले रिप्लेस गर्छ । तर तपाईंमा त्यो आत्मविश्वास हुनुपर्दछ, अनुशासनमा बस्न सक्छु भन्ने । वैयक्तिक जीवनमा अनुशासन, आचरणमा अनुशासन, अरु पक्षहरुमा अनुशासन, कहिले भोक पनि लाग्छ, कहिले प्यास पनि लाग्छ, कहिले  दुःख पनि सहनुपर्छ कहिले के गर्नुपर्छ । तपाईंहरुमा लोभलालच भन्ने कुरा हुनुहुँदैन । तपाईंहरुमा स्वार्थ हुनुहुँदैन । तपाईंहरुमा कुनै आकर्षण र आशक्ति हुनुहुँदैन, जनताको सेवा पु¥याउने कुरामा एकचित्त हुनसपर्दछ । लोभ, लालच, आशक्ति कुनै कुरामा पनि अनुराग हुनुहुँदैन । यी कुराहरु भोलिन्टियर्सका हुन् । यी कुराहरुमा तपाईंहरुको ध्यान जाओस् । र तपाईंहरुको जीवनलाई नयाँ ढाँचामा, नयाँ स्तरमा, स्तरीयतामा उठाउने एउटा  ठूलो अवसर पनि हो ।
     आत्मानुशासन, आत्मनियन्त्रण, आत्मबन्धन, यस्ता सबै कुराहरु स्वयंसेवक भनेपछि तपार्इंंहरुले त्यहाँ राख्नुपर्दछ । महिलाहरु व्रत बस्छन् नि, कसैले खान नदिएर होइन, खाना अगाडि राखेको हुन्छ, मेरो त व्रत भनेर नखाइबसेको हुन्छ । तपाईंका अगाडि बास्नादार भोजन तयार भएको हुनसक्दछ, तर त्यो तपाईंले खाने होइन, खाने आदेश छैन भने त्यो तपाईंले खाने होइन । जतिसुकै स्वादिष्ट भोजन होस्, जतिसुकै आकर्षक परिकार होस्, जस्तोसुकै परिस्थिति होस्, त्यसमा तपाईंको आत्मानुशासन आवश्यक डाइनामिज्म आवश्यक छ । कोही साथीहरुले भन्नुभयो कि इनोभेटिभ ढङ्गले चल्न आवश्यक छ । 
     एउटा कुरामा म तपाईंहरुलाई सजग गराउन चाहन्छु, तपाईंहरु युवा हुनुहुन्छ, युवा उमेर अलि दुस्साहसिक ढाँचाको हुन्छ । तपाईंहरुले आफ्नो सुरक्षाको पनि ख्याल राख्नुपर्छ, तपाईंहरु घर बनाउन जानुहुन्छ, लापरवाहीसँग माथिबाट काठ खस्ला, टाउकोमा लाग्ला, घाइते होला, नराम्रो स्थिति आउला, ती कुराहरुमा अनावश्यक एडभेन्चर, दुस्साहस, नजानुपर्ने ठाउँमा जाने, नगर्नुपर्ने काम गर्ने, अनेरास्ववियु भने पछि ढुङ्गाले पनि केही हुँदैन,  काठले पनि केही हुँदैन, टाउको पनि फुट्दैन भन्ने त होइन नि । आफैँलाई सिक्यूर गर्नुहुन्न भने तपाईंले अरुलाई कसरी सेवा गर्नुहुन्छ ? त्यसकारण तपाईंहरुले आफ्नो सिक्युरिटीमा पनि ध्यान दिन जरुरी छ । काँतर नहुनुस्, तर सतर्क र सावधान रहनुस् । सुरक्षाका नाममा कायर हुने होइन, तर सुरुक्षाका निम्ति तपाईंहरुले ध्यान दिनैपर्छ ।
     सेना प्रहरीले के गर्छ ? जस्तो अस्ति पनि ग¥यो । भुइँचालो जाने बित्तिकै सबै सेनाका, प्रहरीका, सशस्त्र प्रहरी व्यारेकहरुले तत्काल को को उठ्न सक्नेछ, कोको त्यो ब्यारेकभित्र छ कि त्यो ब्यारेक भित्र छ कि के थाह कुनमा को घाइते भएको छ कि के भएको छ कि त्यो जानकारी लिनुप¥यो । त्यही दिन सबैलाई बोलाउँछ । सब ठीक छ ? आफ्नो सुरक्षामा ध्यान देऊ । तत्काल जुन कपडा लगाएर,  हाफ–पाइन्ट छ, भेस्ट छ, स्लिपिङ्ग ड्रेस छ अथवा जे भए पनि जुन ड्रेस छ त्यसैमा सेवामा दौडेर जानुुप¥यो । एम्बुलेन्स कहिले पर्खने ? कहाँ गएर रन गर्छ एम्बुलेन्स ? त्यस कारण त्यो भावनाका साथ हामीले पनि लाग्नुपर्छ । त्यस कारण सिक्युरिटीमा ध्यान दिनुहोला, त्यसपछि मात्र राहत । त्यस कारण भन्छ नि अक्सिजन सिद्धिन खोज्यो भने पहिले आफूले मास्क लगाउने । अर्कोलाई मास्क लगाइदिन खोज्दाखोज्दै आफैँ अक्सिजनविहीन भयो भने यो पनि गयो, त्यो पनि गयो । त्यसकारण वियर द मास्क फस्र्ट । तपाईं सुरक्षित हुनुभएन भने सबै बर्वाद छ । त्यसकारण तपाईं आफ्नो सुरक्षाका लागि ध्यान दिनुहोस् । त्यसपछि अरुको सुरक्षामा ध्यान दिनुस् । तपाईंहरु काममा जाँदाखेरि तपाईंहरुमा एउटा उत्साह हुन्छ, त्यहाँ स्थानीय जनता, स्थानीय केटाकेटीहरु खेल्दै आउँछन्, उत्साहित भएर आउँछन्, तपाईंहरुले केही निर्माण गर्न लागिदिनुभएको छ, केही सहयोग गर्न लाग्नुभएको छ, त्यसकारण उत्साहित हुन्छन्, त्यस्तो अवस्थामा तपाईंहरुले अरु धेरै कुराहरु ख्याल राख्नुपर्छ । त्यहाँका स्थानीय जनताको सुरक्षाको स्थिति के छ ? हरेक काम गर्दा, एउटा काठ उठाउँदा, एउटा इँटा राख्दा सुरक्षाको पक्षलाई बहुतै ध्यान दिनुपर्छ । अर्को भत्किएका घरहरुको मर्मत सम्भार, त्यसको डेब्रिस, भग्नावशेष हटाउने कुरा पनि तपाईंहरुले गर्नुपर्छ । तर त्यस्तो गर्दाखेरि त्यस ठाउँमा भत्किएर नचेपोस् भन्ने कुरामा सावधानी र सतर्कताका साथ नै ती कामहरु हुनुपर्छ । मैले भनेको तपाईंहरुले बुझ्नुभयो होला भन्ने म ठान्छु ।
    डेडिकेसन, डिटरमिनेसन, डाइनामिज्म, डिसिप्लिन– यी कुराहरु तपाईहरुमा आवश्यक छ, यसलाई तपाईंहरुले मन्त्रको रूपमा लिनुपर्दछ । फोर डीलाई मन्त्रको रूपमा लिँदा हुन्छ । र सिक्युरिटीका प्रश्नहरुलाई ध्यान दिनुहोला, एडभेन्चरिस्ट हुने होइन । सर्भिस दिने हो, सेवा दिने हो, एडभेन्चरिस्ट हृने होइन ।
डेडिकेसनमा, डिटरमिनेसनमा के के पर्छ भन्ने कुरा मैले तपाईंहरुलाई संक्षिप्तमा संकेत गरेको हुँ । यी  तमाम कुराहरुमा तपाईंहरु अत्यन्तै कडा हुनुुपर्दछ । त्यो तपाईंहरुको जीवनमा नयाँ प्रकारको अध्यायको सुरुवात हो । यस कामले तपाईंहरुलाई तपाईंहरु भित्रको लिडरसिप बिल्डअप गर्छ । तपाईंहरु भित्रको नेतृत्व विकास गर्छ, यस कामले । तपाईंहरु प्रायः आमाबाबुले हुर्काएर पठाइदिएका युवा, आफैँले आफ्नो जिम्मामा धेरै कुरा नलिएको स्थिति, हुनसक्छ । तर यो तपाईंको क्षेत्राधिकारभित्र नपर्ने, कर्तव्यभित्र पर्ने कुराबाट तपाईंहरुले जिम्मेवारी बोधको, जिम्मेवारी बहनको अभिभारा उठाउँदै हुनुहुन्छ ।
     तपाईंहरु स्वस्थ रहनुस् । स्वास्थ्यमा अलि ध्यान दिनुहोला । स्थानीय जनतालाई बर्डन लगाउन हुँदैन । त्यहाँका आफ्ना संगठनहरु, तपाईंहरुको अनेरास्ववियु होला त्यहाँ, त्यस जिल्लाको अनेरास्ववियु, त्यहाँको जिल्ला प्रशासन, र अरुहरुसँग पनि ताल मिलाउने । कहिलेकहिले, कसैकसैले नचाहिने भन्न सक्छ । तपाईं त्यहाँ लड्न जानुभएको होइन, सम्झाउन, भन्न जानुभएको हो । तपाईंहरु राहत, उद्धार का लागि जानुभएको हो, लड्न जानुभएको होइन । एउटा कुरा तपाईंहरुले मनबाट बिर्सिदिनुस्, यो सर्भिस तपाईंहरुले अनेरास्ववियुलाई स्थापित गर्नका लागि गर्दै हुनुहुन्छ भन्ने होइन । अनेरास्ववियुलाई स्थापित गर्न होइन, जनतलाई राहत सहुलियत दिन, बचाउन, पढाइ सुचारु गर्न तपाई गर्दै हुनुहुन्छ । त्यसको प्रतिफल कहाँकहाँ पुग्ने हो, त्यो बेग्लै कुरा हो ।  प्रतिफल जाला आफ्नो ठाउँमा, तर तपाईंको उद्देश्य सेवा पु¥याउने हो । लाभ हुन्छ कि हुँदैन, कसो गर्दा लाभ हुन्छ, कसैले देखेको छैन, के गरेर बस्नु, कोही फोटो खिँच्दैन, यस्तो सेवा के गर्नु भन्ने होइन । सेवा गर्ने, प्रचारको मतलब छोडिदिनुस् । सेवा गर्ने जशको मतलब छोडिदिनुस् । सेवा गर्ने, मूल्याङ्कनको मतलब छोडिदिनुस् । मैले यति काम गरेँ, टिम लिडरले मूल्याङ्कन नै गरेनन् खै मूल्याङ्कन भन्ने होइन । मूल्याङ्कन गर्न गएकै होइन त्यहाँ  । पसिना बगाउन गएको पसिना बग्यो कि बगेन विचार गर्नुस् । त्यसै गरी हाम्रो टिम टप हुनुपर्छ भन्ने पनि होला । टिम टप होइन, सर्भिस टप हुनुपर्छ । अरु छोडिदिनुस् । सबै कुरा हटाइदिनुस्, सर्भिस । त्यही भावनाले तपाईंलाई दिन्छ, जे दिनुपर्छ । तपाईंको नेतृत्व विकासको । गफ फिटेर लिडरसिप बिल्डिङ्ग हुँदैन । काम गरेर लिडरसिप बिल्डिङ्ग हुन्छ । तपाईंहरु त्यस काममा लाग्नुभएको छ । नयाँ अभ्यासमा तपाईंहरु जाँदै हुनुहुन्छ । तपाईंहरुलाई धेरैधेरै सफलताको म कामना गर्न चाहन्छु । तपाईंहसरुले जनताको सेवा गरेर जनताको मन जितेर प्रशंसा पाउनुहुन्छ भन्ने मैले विश्वास गरेको छु । प्रशंसा पाउनका लागि काम नगर्नुस्, मेरो सुझाव छ । प्रशंसा पाउनका लागि काम गर्ने होइन, हामीले  जनताको प्रशंसा पाउनुछ भन्ने होइन । हामीले जनताको सेवा गर्नुछ, बस् । प्रशंसा गरोस् कि निन्दा गरून् । कोही कोही तपाईंले काम गर्नुहुन्छ, उल्टै गाली गर्ने पनि निस्कन्छ, त्यहाँ । अनेक खेल भेद पनि हुन्छन् त्यहाँ । गाउँघरबाट आउनुभएका भाइबहिनीहरुले बुझ्नुहुन्छ होला कि भेद भनेको के हो भन्ने कुरा । भेदेको हुन्छ । तपाईंंहरु बुझ्नुहुन्छ नि छौँडा खेलाएको भन्छन् । कतिपयले त्यहाँ छौँडा खेलाएर छौँडा निकाल्छन् । त्यस्ताहरुको सामना गर्नूपर्छ । तर तपाईंहरुको विषय छौँडासँगको लफडा चाहिँ होइन । ए भाइ त्यो डिलमा बस र हेर भन्ने । छौँडासँग मतलब नै छैन । आफ्ना कामहरु पवित्र भावनाले गर्ने । त्यही आइडिया गर्नुहुन्छ ।
     यो स्वयंसेवक परिचालन एउटा टिम बनेको छ, कमिटी बनेको छ । त्यसको नेतृत्व मोर्चा संगठन प्रमुख, केन्द्रीय सचिव गोकर्ण विष्टजीले गरिरहनुभएको छ, जसभित्र अनेरास्ववियु छ, जसभित्र युवा संघ छ, जसभित्र विभिन्न अर्गनाइजेसनका व्यक्तित्वहरु छन् । र कोही व्यक्ति त्यहाँ बस्दाखेरि पटकपटक अर्को मान्छे रहँदा अविछिन्नता रहँदैन भनेर व्यक्ति तोकेको हो । तर व्यक्ति होइन, त्यो संगठन हो । संगठन तोकिएको हो भन्ने कुरालाई हामीले ध्यान दिनुपर्छ ।  तपाईंहरुको अनेरास्ववियुको लिडरसिप छ, त्यसको इन्चार्ज हुनुहुन्छ । परिचालनको प्रमुख हुनुहुन्छ । यी ठाउँहरुमा तपाईंहरुका अनुभवहरु, तपाईंहरुका कठिनाइहरु तपाईंहरुले पठाइराख्ने र संयोजन गरिराख्ने काम पनि गर्नुपर्छ । तपाईंहरुका अनुभवले अरु ठाउँहरुलाई पनि मद्दत पु¥याउँछ । आगामी दिनहरुलाई पनि मद्दत पु¥याउँछ । यी कामहरु पनि गर्नुस् र केही पर्दा, समस्याहरु पर्दा केन्द्रमा भन्न नभुल्नुहोला । त्यहींका कमिटीसँग मिलेर समस्या समाधान गर्न सकिन्छ भने गर्नुहोला । सँिकँदैन भने केन्द्रमा भन्नुहोला । र कोही विरामी प¥यो कुनै अप्ठेरोमा प¥यो भने तत्काल केन्द्रमा खबर गरेर उपचारमा पठाउने काम गर्नुहोला । उपचारको काम केन्द्रबाट अरु ढङ्गले हामी गर्नेछौँ ।
    मैले पार्टी अध्यक्षको हिसाबले यस अभियानलाई व्यापक रूपले, तपाईंहरुले ५० हजार भन्नुभयो, र अनेरास्ववियुका भोलिन्टियर्स अगाडि बढाउने भन्नुभएको छ, बहुतै राम्रो कुरा हो । त्यस्तै अरु संगठनहरुले पनि गरेर हामी लाखौँ भोलन्टियर्र सञ्चालन गर्दछौँ । यस अभियानलाई हामीले जनताको सेवाका निम्ति सफल पार्नुपर्छ । म तपाईंहरुलाई तपाईंहरुको सफलताको निम्ति शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद!