Pages

Monday, February 9, 2015

‘आवेश, उत्तेजना छोड्नुस्, आउनुहोस्, कुराकानी गरौँ, संविधान बनाऔँ!’


(प्रेस चौतारी नेपालको १७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दिनुभएको मन्तव्य)
मितिः २०७१।१०।२२
स्थानः होटल हार्दिक, बागबजार


यस कार्यक्रमका अध्यक्ष महोदय, 
मञ्चमा आसीन नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाजी, 
लगायत एमालेका नेता साथीहरु,
संचार जगतका संगठनहरुसँग आबद्ध प्रतिनिधि र अगुवा साथीहरु, 
प्रेस चौतारी साथीहरु र
     यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरु र दाजुभाइ दिदीबहिनीहरु
सबभन्दा पहिले त म प्रेस चौतारी नेपाललाई १६ वर्ष पूरा गरेर १७ वर्ष प्रवेश गरेको यस सुखद् अवसरमा हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु र आगामी दिनमा विगतका अनुभवहरुलाई लिएर अझ समृद्ध ढङ्गले अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिन चाहन्छु । मेरो पार्टीको तर्फबाट शुभकामना, सिङ्गै यहाँ उपस्थित साथीहरुको तर्फबाट शुभकामना र मेरो आफ्नो तर्फबाट पनि धेरैधेरै शुभकामना ।


     नेपालको प्रेसलाई म अत्यन्त प्रशंसा गर्न चाहन्छु, प्रेसको भूमिकाको सराहना गर्न चाहन्छु । केही केही अपवाद त मेसिनमै कुटेको, धानमिलमै कुटेको धानमा पनि एक दुइटा वियाँ रहन्छ । केही केही अपवाद बेग्लै कृरा हो, आम रूपमा नेपाली प्रेसले लोकतन्त्रको पक्षमा, परिवर्तनको पक्षमा, सामाजिक न्याय र समानताको पक्षमा, जनतालाई अधिकार सम्पन्न बनाउने पक्षमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । विगतमा अत्यन्त विकट परिस्थितिहरुमा पनि नेपालको समग्र परिवर्तन, खास गरी राजनीतिक परिवर्तनमा सञ्चार माध्यमहरुको अहम् भूमिका रहेको थियो, ज्यादै महत्वपूर्ण भूमिका रहेको थियो, योगदान रहेको थियो,, त्यसलाई म यतिबेला स्मरण गर्न चाहन्छु । सञ्चार जगतले हमला मोलेन कि, प्रताडना सहेन कि आक्रमण बेहोरेन कि हतियारको सामना गरेन कि, अपहरणको सामना गरेन कि आतङ्कको सामना गरेन कि अङ्गभङगको सामना गरेन कि, त्रासयुक्त वातावरणहरुको सामना गरेन कि? नेपालको प्रेस जगतले विभिन्न प्रकारका अलोकतान्त्रिक शक्तिहरुबाट यस्ता अनेक कुराहरु सहँदै आयो । क्यामरा कहिलेकहिले खोसिदिने, फुटाइदिने, आफैँले फोटो खिँचेका भरमा पनि पत्रकारहरुले जीवित उतारिदिने, क्यामरा फुटाउँदैमा चेतना फुट्दैन । चेतना बेग्लै कुरा हो । परिवर्तनको आकाङ्क्षा बेग्लै कुरा हो । त्यो यहाँहरुले गर्नूभएको छ, त्यसैले प्रशंसा गर्न चाहन्छु । आज यतिबेला जतिबेला देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ, सगज, सचेत सञ्चारकर्मीहरुको सकारात्मक भूमिका जसरी प्रकट भइरहेको छ, त्यसको म सराहना गर्न चाहन्छु । र प्रेस चौतारीले केही साथीहरुलाई सम्मानित गरेको छ, सबैलाई सम्मानित ग¥यो भने फेरि सम्मानको अर्थ नै रहँदैन । त्यसो भएर यो केहीलाई सम्मानित गर्ने नै चलन चलाउनुपर्ला । बरु पालै पालो गर्ने, तर एक पल्टमा केहीलाई गर्ने, सबैलाई एकै पल्ट ग¥यो भने त त्यति साह्रो महत्व नरहला कि? जे होस्, धेरैले सम्मान योग्य काम गरेको म ठान्दछु, त्यस मध्ये निर्णायकहरुको कष्ट कसलाई सम्मान गर्ने भन्ने अप्ठ्यारै हो । तर पनि गर्नु भएको छ, योग्य पात्रहरु छान्नुभएको छ, पुरस्कृत, प्रशंसित गर्नुभएको छ, म प्रेस चोतारीलाई त्यस निम्ति धन्यवाद भन्न चाहन्छु र जो साथीहरु पुरस्कृत, प्रशंसित हुनुहुन्छ, वहाँहरुलाई हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु । वहाँहरुले यो पुरस्कार, प्रशंसा पाउने सिलसिला अगाडि बढ्दै जाओस् मेरो धेरैधेरै शुभकामना छ । वहाँहरु प्रशंसित व्यक्तिको रूपमा, प्रशंसित संचारकर्मीको रूपमा अझ प्रस्ट ढङ्गले स्थापित हुँदै जानुुस्,। 
     मैले धेरै लामो कुरा गर्न समयले अनुमति दिइरहेको छैन, यहाँहरुलाई थाहै छ । म भन्दा पूर्ववक्ता साथीहरुले पनि सकेसम्म संक्षिप्तमा आफ्ना कुराहरु राख्नुभएको छ, कुराहरु आइ नै सके । मैले एउटा कुरा भन्नुपर्छ, नेकपा (एमाले) अप्ठेरा परिस्थितिहरु देखेर, बुझेर, सामना गरेर आएको छ र हरेश खाँदैन । नेकपा (एमाले) नेपालको समग्र सामाजिक परिवर्तनका लागि समर्पित छ, त्यस कारण वैयक्तिक विषयहरुलाई त्यत्रो ठूलो कुरै ठान्दैन । समूर्ण रूपमा देश र जनताप्रति, सामाजिक परिवर्तनप्रति यो सपर्पित छ । त्यसले गर्दा यसले कुनै आग्रहमा चल्ने वा कुनै आवेश, उत्तेजनामा चल्ने काम गर्दैन । यो आवेग, उत्तेजनामा चल्दैन । कुनै कुनै कुरा यस्ता हुन्छन्, जसको प्रश्नमा नै प्रश्न भन्दा ठूलो जवाफ प्रस्तुत भइसकेको हुन्छ, जसलाई जवाफ दिइरहनै पर्दैन । मैले कति वटा अहिले उठेका कुराहरुको जवाफ दिनुपर्छ भन्ने नै ठान्दिनँ, त्यसको प्रश्न भन्दा ठूलो जवाफ पहिले नै गइसकेको छ । प्रश्न गर्दाखेरि नै जब अलि हास्यास्पद रूपमा जनताले बुझ्छ, जवाफ काफी छ । जवाफका धेरुै प्रकार हुन्छन्, कति वटा कुराको जवाफ जनताले दिन्छ । एउटा निर्वाचन भयो, संविधान सभा असफल भयो, दोस्रो निर्वाचनमा जनताले जवाफ दियो । जनताको जवाफ दिने आफ्नो परिपक्व तरिका छ । जनताले जवाफ दिन्छ । राणाशासनलाई जवाफ दियो, राजशाहीलाई जवाफ दियो, पञ्चायती तानाशाहीलाई जवाफ दियो । प्रतिगमनतर्फ देशलाई लैजाने प्रयासलाई जवाफ दियो । हिंसातर्फ देशलाई फmर्काउने वा धकेल्ने प्रयासलाई जवाफ दियो । जनताले जवाफ दिइराखेको छ, जनताको जवाफ सुदृढ हुन्छ, स्पष्ट हुन्छ, तर जनताको जवाफ शब्दमा भन्दा, कटु शब्दमा भन्दा दृढ निर्णयमा हुन्छ, परिणाममा हुन्छ । म भन्दा अगाडि बोल्ने साथीहरुले राखिसक्नुभएको छ, हामी संविधान निर्माण गर्ने प्रक्रियामा छौँ । एउटा कुराको निप्कर्ष म तपाईंहरुलाई भन्न चाहन्छु । संविधान सभको दोस्रो निर्वाचन पछि बनेको अहिलेको संविधान सभा संविधान नदिईकन असफल भएर घोसेमुन्टो लाएर फर्कने छैन । यस संविधान सभाले संविधान बनाउँछ । सबैले सुन्ने गरी मैले भनेँ, यसले संविधान बनाउँछ, संविधान जारी गर्छ । यसो भन्दा कतिलाई धेरै रीस उठ्छ । ‘संविधान बनाउने कुरा गर्ने....? अहंकार देखाउने...? बहुमतको दम्भ देखाउने...?’ भन्छन् । बहुमतको दम्भ त भए पो देखाउने, हामीसँग एक तिहाइ पनि छैन, केको बहुमतको दम्भ ? म एमालेको अध्यक्ष, हामीसँग एक तिहाइ पनि छैन, दुई तिहाइ नभई संविधान नै बन्दैन, केको बहुमतको दम्भ ? हामी यति लचिला छौँ, यति नरम छौँ, यति कुरा गर्छौँ, यति संवाद गर्छौँ, यति सहमति गर्छौँ । एमालेले अरुसँग संवाद, सहमति नगरीकन त दूई तिहाइ पु¥याउन त कल्पनै गर्न सकिँदैन । अरुसँग कुरा गर्नै पर्छ । नेपाली काँग्रेसले दम्भ देखाउन सक्छद ? एक तिहाइ आसपास छ, दुई तिहाइ बिना संविधान बन्दैन । नेपाली काँग्रेसले मै जारी गर्छु भनेर दम्भ देखाउन सक्छ ? त्यो पनि ठाउँ छैन । एमाले र नेपाली काँग्रेस मिलेर दम्भ देखाउन पनि दुई तिहाइ पुग्दैन । दुइटा प्रमुख पार्टी मिल्दा पनि दुई तिहाइ पुग्दैन भने मैले भनिरहेँ, हामी सहमतिको बाटोबाट अगाडि बढ्छौँ, सहमतिको बाटोबाटै हामी संविधान बनाउँछौँ । 
     अब सहमतिको बाटो भन्दा कोही एक जनाले भन्ला, खोइ मेरो सहमति ? मैले सहमति दिएकै छैन । म नमिलीकन केको ृसहमति भनेर भन्लान् । मैले भन्ने गरेको छु, हामी तीन क्याटागोरीमा छौँ । पहिलो क्याटागोरी, सहमति साथ आवश्यक संख्या पु¥याउने । त्यसका निम्ति हाम्रा सहमतिका प्रयास हुनेछन् । दोस्रो, आवश्यक संख्यालाई अत्यधिक कसरी बनाउन सकिनेछ, त्यसमा लाग्ने । तेस्रो प्रयास, संविधान सभामा कसैले पनि विरोध गर्न नसक्ने परिस्थिति निर्माण गर्न सकिन्छ भने त्यसका लागि प्रयास । अझ चौथो पनि प्रयास, हामीले संविधान जारी गर्दा संविधान सभाभन्दा बाहिर पनि कसैले विरोध नगर्ने परिस्थिति बनाउने । हामी त्यसका लागि पनि प्रयास गर्छौँ । यत्रो सहमतिको मानसिकता र प्रयासमा हामी छौँ, दुई चार जनाले मैले भनेअनुसार हुँदैन भने देखि संविधान हुँदैन भनेर भनिराखेका छन् । अहिले एमाले काँग्रेस समेतका दलहरुले त संविधान बनाउन पो खोजे, यस्तो संविधान बनाउने जस्तो अपराध गर्न पाइन्छ भनेर आरोप छ । एमाले, काँग्रेसहरुले संविधान बनाउने सोच बनाएर जिद्दी गर्ने भन्ने हामी माथि आरोप छ । त्यसैकारण मैले सुरुमा भनेँ, बडा नम्रताका साथ म भन्छु, यो संविधान सभा संविधान बनाउन बनेको हो र यसले संविधान जारी गर्छ । संविधान सभाले संविधान बनाउँदा सहमति बाहेक बन्नै सक्दैन, जारी हुनै सक्दैन । त्यसकारण हामी सहमतीय प्रक्रियाबाट जान्छौँ । सबैलाई सहमतिमा ल्याउन खोज्छौँ । बलजफ्तीय प्रक्रिया सहमतीय प्रक्रिया होइन । बलजफ्तीय प्रक्रियाका अगाडि, जबर्दस्तीय प्रक्रियाका अगाडि, त्यो प्रणालीका अगाडि संविधान सभाले घुँडा टेक्दैन । 
     माघ ८ गते तपाईंहरुले देख्नुभयो, माघ ५ गते तपाईंहरुले देख्नुभएको थियो, त्यसपछि संविधान भित्रका संविधान निर्माण गर्ने थलोका गतिविधिहरु तपाईंहरुले देख्नुभएको थियो । माघ ८ गते संविधान जारी गर्नसक्ने अवस्था थिएन, तर कमसेकम नेपाली जनताको आओस् भन्ने चाहनालाई सम्बोधन गर्न एक पाइलो प्रक्रिया अगाडि बढाऔँ भनेर हामीले माघ ५ गतेदेखि भन्दै आयौँ । माघ ८ गते कसैलाइै भिक्टरी भयो । के भिक्टरी भयो भन्दा संविधान निर्माण गर्ने बाटो लिन दिएनौँ हामीले भन्छन् । अर्कोले संविधान बन्न नदिइएकोमा गर्व छ भन्यो । अर्काले भने बधाई छ, बधाई छ, बधाई छ, किन भन्दा संविधान बन्न दिइएन । माघ ११ गते भएको के थियो ? केके प्रश्नहरु रहेछन्, ती प्रश्नहरु छुट्ट्याउने समिति न बनाएको हो । त्यहाँ त छलफलका निम्ति पर्याप्त समय छ, त्यस पछि फेरि संविधान सभामा आउँछ, संविधान सभामा छलफल हुन्छ, त्यसले मस्यौदा समितिमा पठाउँछ, मस्यौदाले पठाए पछि संविधान सभामा आउँछ, फेरि जनतामा जान्छ, जनतामा गएर फर्केर आउँछ, फेरि संवाद समितिमा जान्छ, फेरि फर्केर आउँछ, अनि मात्र जारी हुन्छ । यत्रो विध्न सिलसिला त बाँकी छ, छलफल गर्नका लागि । तर एक पाइलो पनि अगाडि बढ्न नदिने अथवा संविधान बन्न नदिने प्रयासहरु क्रियाशील छन् । म त्यो आवेश, उत्तेजना बुझ्दिनँ । हामीले भनेका पत्याइराखेका छैनौँ, तिम्रा टाउका फुटाइदिन्छौँ भनेर गजबका भाषण दिन्छन् । परिष्कृत, परिमार्जित भाषा छ । संविधान सभाको माघ ५ गते रातीको भाषा त्यस्तै छ । आन्दोलन गर्छु भन्दा नपत्याउने? आन्दोलन हुँदैन भन्ने ? टाउको फुटाइदिन्छु अनि थाह पाउँछ रे । बोल्दै गएर वहाँहरुले हिंसा मच्चाएको बाहेक शान्तिप्रक्रियामा आउनु गल्ती भयो, सेना समायोजन गल्ती भयो, हतियार बुझाउनु गल्ती भयो, यो संविधान निर्माणको लफडामा लाग्नु गल्ती भयो, यो पनि गल्ती भयो, त्यो पनि गल्ती भयो, निर्वाचन गराउनु गल्ती भयो, खिलराजलाई प्रधानमन्त्री बनाउनु गल्ती भयो, उप्रेतीलाई निर्वाचन आयुक्त बनाउनु गल्ती भयो, निर्वाचन आयोग बनाउनु गल्ती भयो, संविधान सभा गठन गराउनु गल्ती भयो भनेर भनिराख्नुभएको छ । यो त के भने हिंसा मात्रै सही कदम थियो, अब फेरि त्यतै लाग्ने रे । मलाई अनौठो लाग्छ । यो नहुने हो भने देशमा रक्तपात हुन्छ भन्छन् । कसले गर्छ त रक्तपात गर्ने भन्दा मैले भन्छ । आफैँले गर्ने, अरु कसैले गर्ने होइन । रक्तपात वहाँलाई डर छ, यो भएन भने रक्तपात हुन्छ भन्ने पीर चिन्ता छ । धेरैमा खूनखराबी हुन्छ, त्यसो गर्न हुँदैन भन्नुहुन्छ । कसले गर्छ सर भन्दा मै गर्छु भन्ने जवाफ हुन्छ । हुँदैन भने किन गर्नूहुन्छ । खूनखराबा, रक्तपात हुन्छ भने किन गर्नुहुन्छ ? नराम्रो कुरा हो नि त्यो । वहाँहरुलाई पनि थाह रहेछ नि । पटकपटक भन्छ, भयङ्कर रक्तपातमा जान्छ देश, खूनखराबा हुन्छ । अनि त्यो नराम्रो चाहिँ किन गरेको नि ? तपाईंहरुले सबै देख्नै भएको छ । हाम्रो कसै प्रति कुनै आग्रह, पूर्वाग्रह छैन । हामी शान्तिप्रति प्रतिबद्ध छौँ, हामी लोकतन्त्र प्रति प्रतिबद्ध छौँ । हामी सामाजिक न्याय र समानतायुक्त समाज निर्माण गर्ने कुरामा प्रतिबद्ध छौँ । हामी एकताका निम्ति प्रतिबद्ध छौँ र नेपालको विकास हुनुपर्छ, नेपाली जनताको गरिबी हट्नपर्छ भन्ने इच्छा, आकांक्षा, सपनालाई  पूरा गर्ने समृद्धिको बाटोमा हामी प्रतिबद्ध छौँ ।
     फेरि वहाँहरुले कोकोहोलो मच्चाउन नपाइने हो कि भनेर अलिकति चित्त दुखाउनुहुन्छ होला । वहाँहरुले अलिकति भन्नुभयो, आफ्नै बैठकहरुमा पनि कार्यकर्ताहरले सोधे, २००७ सालमा त राणाशाहीका विरुद्ध आन्दोलन भयो, २०४६ सालमा पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रका विरुद्धमा भयो । २०६२÷६३ मा ज्ञानेन्द्रले शासन खोसेर लिएको विरुद्धमा जनता उत्रिएको थियो । अहिले आन्दोलनमा के भनेर जाने काम्रेड ? संविधान बन्न दिनुहुँदैन, देशमा शान्ति हुनुहुँदैन, राष्ट्रिय एकता हुँदैन भनेर जाने कि के भनेर जाने ? जनता के भनेर सडकमा उत्रन्छन् ? वहाँहरुको हिसाबकिताब सरल थियो । विश्वास छैन, आन्दोलनमा उत्रन सक्दैन भने एमाले र काँग्रेसमा जाऊ । सजिलो हिसाब किताब छ । म एमालेको तर्फबाट ती विभिन्न पार्टीमा रहेका, अहिलेसम्म अल्मल्याइएका, भ्रममा पारिएका, दुरुपयोग गरिएका, तिनका नाममा, तिनका पसिनामा, तिनका रगतमा, तिनका परिवारका क्षतिमा ऐशआराम गरेर फेरि धम्क्याउने पार्टी छोडेर एमालेमा आउनुृहोस् । एमालेमा आएर देशलाई अगाडि बढाउन, देश विकास गर्न सक्रिय हुन आग्रह गर्न चाहन्छु । आउनुहोस् एमालेमा, सुरक्षा, सम्मान, अवसर एमालेले उपलब्ध गराउँछ । अब देशमा विथोल्ने तरिका चल्दैन । देशलाई शान्ति चाहिएको छ , त्यतापट्टि जानुपर्छ । निरर्थक ढङ्गले, अनावश्यक ढङ्गले, अनुचित ढङ्गले केही पक्षहरुलाई भावनामा बगाएर नेपाली समाजलाई हिंसा र मुठभेदमा लाने खालका प्रयासहरु विल्कुलै उचित होइनन् । ती मोर्चामा रहेका पार्टीहरु, ती मोर्चामा रहेका घटक संगठनहरु र तिनमा रहेका कार्यकर्ताहरलाई म भन्न चाहन्छु, यो देश हाम्रो हो । एमाले र काँग्रेसको मात्र देश होइन, तपाईंहरुको पनि देश हो । यस देशको उन्नति नभए पछि सबै नेपालीहरलाई त्यसको प्रतिकूल असर पर्छ । मेरो विनम्र अनुरोध छ, अनावश्यक कुनै व्यक्तिका उत्तेजना, आवेश, अहंकार, अहंतुष्टिका लागि राष्ट्रकै वातावरण बिथोल्ने खालका कामहरु नलाग्नुस् । देश हाम्रो हो, समाज हाम्रो हो, मर्न तयार होउ ःभनेको छ, किन मर्नु प¥यो ? किन मर्ने ? चुनाव गराउनुस्, सांसद हुनुहोस् । मन्त्री हुनुहोस्, सरकार चलाउनुस्, मर्ने किन भनेको ? जनताकोमा जानुस्, मन जित्नुस्, भोट लिनुस्, त्यो पो बाटो हो, मर्ने किन ? मर्नुृपर्छ मर्न आऊ, टाउको फुट्छ, फुटाउन आऊ, हात खुट्टा भाँचिन्छ, भाँच्न आऊ! किन भाँच्ने हातखुट्टा ? अरुका भाँच्ने कि आफ्नै भाँच्ने कि, के गरेको यो ? यस्तो गर्नु हुँदैन । यो जरुरी छैन देशमा । आवेश, उत्तेजनामा नजाऔँ, म आवेशको जरो चढेका पार्टी, नेता र साथीहरुलाई आग्रह गर्न चाहन्छु, सिटामोल खानुुस्, पानीपट्टि लाउनुस्, आवेश, उत्तेजना बन्द गर्नुस्, देश बनाऔँ । 
     अनि हामी के मागिराखेका छौँ ? केही त मागीराखेका छैनौँ । के मागेका छौँ हामीले, के दिनुृुस् भनेका छौँ ? केही भनेका छैनौँ, यो देशका लागि यो देशका जनता लडाइँ भनेको फुटबल खेल हो? ललितपुर ११, काठमाडौँ ११ ! लडाइँ भनेको त्यस्तो हो र ? खेलिञ्जेल खेल्यो, खेल सकिएपछि हात मिलायो । लडाइँ भनेको दूरगामी रूपमा समाजलाई प्रतिकूल असर पर्ने, तत्काल रूपमा रुवावासी मच्चिने, अत्यन्त पीडाबाट समाज गुज्रने, अशान्ति, असुरक्षाको अनुभूति व्याप्त हुने कुरा हो । अनि यति बेला यो सब गर्नु पर्नाको कारण के हो? आउनुस् न छलफल गरौँ, छलफल गरे हुन्छ नि । म आह्वान गर्छु आउनुहोस्, छलफल गर्नुहोस् । प्रेस चौतारीले बोलाउँदा एउटा पार्टीले असमर्थता व्यक्त ग¥यो । एक दुई वटा सञ्चार माध्यममा बाहेक वहाँहरुले असमर्थता व्यक्त गर्दै जानुहुन्छ । के भन्ने वहाँहरुले त्यहाँ ? यहाँ आएर के भन्ने ? लौ पत्रकारहरु टाउका फुटाउनका लागि तयार हुनुहोस् भन्ने ? मर्न मार्न तयार होऊ भन्ने? के भन्ने यहाँ ? संविधान बनाऊँ भन्ने ठाउँ छैन, देश अगाडि बढाऔँ भन्ने ठाउँ छैन । वहाँहरु आउन छोड्दै जानुहुन्छ । अब छोड्दै जानुहुन्छ । मेरो विचारमा यो बाटो उपयुक्त बाटो होइन । यसमा नजान, संयम र धैर्यताका साथ सोच्न, बुझ्न, व्यवहार गर्न म आग्रह गर्न चाहन्छु । जनता सिठ्ठी बजाइदिए पछि कुदेर आन्दोलनका नाममा लाठा लिएर हान्न एक अर्काका टाउकामा हान्न तयार भइहाल्छन्, कुदिहाल्छन् सडकमा भन्ने भ्रम नपाल्दा हुन्छ । साथीहरुलाई चस्स छ, आन्दोलन चल्दैन भन्ने, चल्दैन, जनताले पत्याइहाल्छन् र ? सदस्यता खोसिन्छ भन्ने दुईचार कार्यकर्ता सडकमा निस्कन्छ । त्यही सडकमा निकाल्ने त चैत वैशाकतिर हो । माघ, फागुनसम्म त वहाँहरुको तयारी नै छ । अहिले नै भए त घाम ताप्दै ठीक हुन्छ । गर्मी सिजनमा ल्याएर सुताओ आफ्ना कार्यकर्ताहरुलाई । कोही जनता सहभागी हुनेवाला छ ? किन सहभागी हुन्छ जनता? त्यसकारण यस प्रकारका उत्तेजनापूर्ण कामकारवाही, उत्तेजनापूर्ण अभिव्यक्ति हामी त सुन्दै आइरहेका छौँ । माघ ५ गते हे¥यौँ, त्यसपछि हे¥यौँ, त्यस पछि ११ गते हे¥यौँ । त्यस भन्दा पछि सडकमा हेर्दैछौँ, अस्तिका दिन हे¥यौँ, हिजो हे¥यौँ, उत्तेजना । धेरै दाह्रा किट्यो भने बङ्गारा खिइन्छ, वहाँहरुले दाह्रा किट्दै किट्दै आफैँ बङ्गारा खियाउने हुनुभयो । मेरो आग्रह छ धेरै हाह्रा नकिटौँ । बङ्गारा खिइन्छ । त्यसो नगरौँ, उत्तरदायी ढङ्गले हामी देश र जनताप्रति वफादार भएर देश र जनताका निम्ति काम गरौँ, सिद्धिगो नि ! अहिलेको अहिले क्रान्ति गर्नुपर्ने, मारामार गर्नु पर्ने विषय के छ, मैले बुझिनँ । के विषय छ ? माघ ५ गतृ बिहान पुप्पकमल दाहाल र म डेढ घण्टा बस्यौँ । बहुत राम्रो कुरा भयो । बहुत मीठो कुरा भयो । सहमति पनि भयो । बिहान चार दलको बैठकमा पुप्पकमलजीले मलाई राखिदिन भन्नुभयो, मैले राखेँ । मैले राखेकोमा तलमाथि केही परेको छ कि तपाईं राख्नोस् भनेर मैले भनेँ । वहाँले भन्नुभयो, तलमाथि केही परेको छैन, त्यही कुरा हो भन्नुभयो । त्यही कुरा फेरि वहाँले पनि दोह¥याएर राख्नुभयो र कुरा एक ढङ्गले टुङ्गियो । बाह्र साढे बाह्र बजे कुरा टुङ्गिए पछि हाम्रो त १९ दल छ, एक पटक यसो त्यहाँ पनि छलफल गर्नुपर्छ, त्यो गरेर फर्कन्छौँ, तीन बजेलाई टुङ्ग्याएर लाने भन्ने कुरा भयो । होला भनेर हामी त पत्याएर हिँड्यौँ । वहाँहरुले त माइक कसले तोड्ने, कहाँबाट को कुदेर जाने सबै तयारी गर्नुभएको रहेछ । कसलाई हान्ने सबै तयारी गर्नुभएको रहेछ । हामी चाहिँ हो न हो यत्रो चक्मा पायौँ । पुष्पकमल दाहालजी र मेरो यत्रो सुमधुर कुरा भयो नि । साथीहरुले पनि देख्नुभयो त्यहाँ, म वास्तवमा त्यो दिन असाधारण विश्वासमा थिएँ । पछि माइकले ड्यामड्याम छातीमा हाने पछि न थाहा भयो कि.......। अनि त्यत्रो योजना रहेछ । त्यतिबेलै म छक्क परेँ । त्यस्तो गुलियो मीठो, त्यस्तो मधुर मुस्कानका साथ भएको कुराकानीका पछाडि कसले कसलाई अट्याक गर्ने, को अट्याक गर्ने, को कुदेर जाने, सभामुखलाई तानेर ल्याउन को जाने, कसले माइक थुत्ने, कसले टेबल ठोक्ने, को नारा लगाउने, कसले ठोक्ने सबै वहाँहरुलको त अघिल्लै दिनबाट प्लानिङ्ग रहेछ । बिहानको सुमधुर कुरा त...म त साँच्चि छक्क परेँ, त्यो यथार्थ त्यत्रो तयारी छ, बाहिरतिर हामीसँग त्यत्रो मित्रतापूर्ण कुरा छ, भनेपछि त....मलाई त अचम्मै लाग्यो, के खालको कुरा हो त्यो । मुख्य कुरा पत्याउनै गाह्रो पर्ने, विश्वास गर्न गाह्रो । अहिले भर्खर वहाँहरुका ओरिजिनल कुराहरु फुत्त फुत्त फुत्त निस्कँदैछन् । अलिकति राम्रो भएछ, बुझ्न चाहिँ सजिलो भएछ वहाँहरुलाई ओरिजिनल । खैर, संविधान बनाउनुपर्छ, हामी वहाँहरुलाई आग्रह गर्छौँ । संविधान बनाउने प्रक्रियामा आऔँ, संविधान बनाउन जनताले पठाएको छ । संविधान बन्छ कसरी त भन्दा अत्यधिक बहुसंख्याले जे भन्छ, त्यसैबाट संविधान बन्छ, दुनियाँभरिको कुरा त्यही हो । 
     अब एउटै मन्त्र छ, १२ बुँदे समझदारी, बृहद शान्ति सम्झौता, सम्झौताकारी दुइटा पक्षहरु, शान्ति प्रक्रियाका दुइटा पक्षहरु आदि । त्यो  फर्मुलाले संविधान सभा छोड भन्ने १२ बुँदामा कहाँ छ त्यो ?बृहद  सम्झौतामा कहाँ छ संविधान सभा छोड भन्ने ? अनि आफू उल्लङ्घन गरेर जाने अनि फेरि १२ बुँदे सम्झौता, बृहद् शान्ति सम्झौता भन्ने । बृहद शान्ति सम्झौता, १२ बुँदे सम्झौता कि समझदारी के के हुन्, यी सबै त मान्नुप¥यो नि । चुनावमा सहभागी भएर हामी संविधान बनाउन आएका छौँ के सहमति छ? संविधान सभा छोडेर बाहिर गएर आन्दोलन गर्ने सहमति छ र? के सहमति भनेको ? सहमतिमा आउनुहोस् । आवेश उत्तेजना छोड्नुस्, विनम्र आग्रह । वहाँहरुलाई पर्ला, केपी ओलीको भाषा अलि साइजमा आएछ । अब अलि ठीक होला । सँधै यस्तै हो । हामी कुनै आवेश, उत्तेजनामा छैनौँ । आवेश, उत्तेजनामा देश बन्दैन । आवेश उत्तेजनाबाट समाज परिवर्तन गर्न सकिँदैन । भावनामा बगेर समग्र राष्ट्रको उत्थान र अग्रगति हुन सक्दैन । त्यस कारण हामी अत्यन्त संयमका साथ भन्छौँ, आउनुस्, कुरा गरौँ, संविधान बनाऔँ, यो विपरीत बाटो, दुःखको बाटो, नचाहिने बाटो, विनाशको बाटो नहिँड्नुस्, मेरो आग्रह छ । 
     अन्त्यमा म फेरि एकपल्ट प्रेस चौतारी नेपाललाई हार्दिक धन्यवाद भन्न चाहन्छु । मलाई पनि आमन्त्रण गर्नुभयो, धेरै धेरै शुभकामना छ । सफलतापूर्वक अगाडि बढोस् । अप्ठेरा दिनहरु, सुरुका दिनहरु पार गर्नुभएको छ, अब सहज परिस्थिति, सहज दिनहरु अगाडि छ, आफ्नो कामहरु अगाडि बढाउनुुस् । धेरै धेरै शुभकामना!!

Wednesday, February 4, 2015

गणेशमान सिंह परिवर्तनका नायक

(ललितपुर महालक्ष्मीस्थानमा अायोजित गणेशमान सिंह मेमाेरियल हस्पिटल तथा रिसर्च सेन्टरको उद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा सम्बोधन, मितिः २०७१।१०।१६)
सम्माननीय प्रधानमन्त्रीज्यू, 
कार्यक्रमका सभापतिज्यू,
विशिष्ट अतिथि,
सम्पूर्ण सहभागी दाजुभाइ दिदीबहिनीहरु, 
सबैमा जय नेपाल । 
    आज बोल्नुपर्ने थुप्रै कुरा छन्, शहीद दिवस, गणेशमानजीको शताब्दी वर्ष, यस सन्दर्भमा अस्पतालको उद्घाटन प्रारम्भ, अस्पताल चलाएको सहाकारीले सहकारी आन्दोलनसम्बन्धी, यस संस्थालाई सहयोग पु¥याउने बिभिन्न सहयोगदाताहरु, यी सबै विषयमा जाँदा लामो समय लाग्ला, त्यस कारण म लामो सयम लिन चाहन्न । बहुत महत्वपुृर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ, यहाँहरुलाई थाह छँदैछ, वहाँ हिँड्न हतार गरिराख्नुभएको छ । त्यस कारण मैल लामो समय लिन मनासिब छैन ।


    आज माघ १६ गते शहीद दिवस । जसरी हामी कार्यक्रमको आयोजना गरिरहेका छौँ, शहीदहरुको योगदान हो । वहाँहरुलो ज्यान हत्केलामा राखेर देश र जनताका लागि, लोकतन्त्रका लागि यदि ज्यान दिन तयार नहुने हो भने, त्यो निर्भीकता नदेखाउने हो भने हामी आजको दिनमा पुग्न सक्दैनौँ । शहीद सप्ताहको आज अन्तिम दिन, शहीद दिवस भनेर जानिने दिन, यस घडीमा म सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । वहाँहरुबाट हामी प्रेरण प्राप्त गरिरहने छौँ, हौसला प्राप्त गरिरहने छौँ । 
मलाई लाग्छ गणेश मान सिंहज्यूलाई नभेटेका स–साना नानीहरु मात्रै होलान् । प्रायः आजका सहभागीहरु सबैले भेटेको, चिनेको व्यक्तित्व हुनुहुन्छ । गणेशमान सिंह मैले धेरै भनिराख्नुपर्ला जस्तो लाग्दैन । विभिन्न युगमा मानिसहरु बसेका हुन्छन्, बाँचेका हुन्छन्, विभिन्न मात्रामा त्यस युगका, त्यस जमानाका, त्यस समाजका, त्यस शासनका भुक्तभोगी हुन्छन् । कोही अलिकति मूक दर्शक हुन्छन् । तर कोही त्यसको अनुचिततालाई हटाउने, त्यसमा रहेका असान्दर्भिकता र अन्यायपुर्ण परिस्थितिहरुलाई हटाउने किसिमको नायकत्व लिन्छन् । गणेशमान सिंहजी मूक दर्शक वा समयको दर्शक मात्र होइन, समयलाई परिवर्तन गर्ने नायक हो । यस्तो नायद्दक हो कि फलामको भीम बनाएर अगाडि राखिदिँदा धृतराष्ट्रले अलि मर्काएका थिए रे । तर गणेशमान सिंह यस्तो लौह पुरुष हो जसलाई मर्काउने तागत कसैसँग थिएन । धृतराष्ट्र नै आए पनि हुँदैनथ्यो । गणेशमानजी त्यो खालको दृढ अठोटको मानिस हो । सायद गणेशमानजी नभएको भए हामी आजै यस ठाउँमा आइपुग्ने थिएनौँ होला । कसैसँग बुद्धि धेरै हुन्छ, कसैले विचार धेरै गर्छ, विचारहरु देख्छ, कसैले विचार देख्छ र त्यसलाई कार्यान्वयन गर्छ । गणेशमानजी विचार गर्ने र लेख्ने भन्दा विचार गर्ने र त्यसलाई कार्यान्ययन गर्ने व्यक्ति हो । वहाँ काममा विश्वास गर्ने व्यक्ति हो । सबै सजिलो थिएन, वहाँले परिवर्तनको बिगुल फुक्दा राणा शासन थियो । वहाँका अगाडि साथीभाइहरु झुण्ड्याइएका थिए । वहाँलाई तर्साइन्थ्यो । सम्भावना अनेक थिए । अर्को समय राजाको प्रत्यक्ष निरङ्कुश शासन आइलाग्यो । ज्यान हत्केलामा राखेर देश फर्कने स्थिति बन्यो । यी सबै परिस्थितिमा गणेशमान सिंह भेटेकाले, नभेटेकाले, देखेकाले, नदेखेकाले, म जेलमा बस्दा गणेशमान सिंह मैले देखेको थिइन, भेटेको थिइनँ, तर गणेशमान सिंह भने पछि मैले पनि टेर्दिनँ यिनीहरुलाई जस्तो लाग्थ्यो । गणेशमानले नटेर्दा हुन्थ्यो मैले किन नटेर्दा हुँदैन ? यसरी नदेखीकन पनि प्रेरणा आउँथ्यो । किन टेर्ने ? नचाहिँदो कुरो किन मान्ने ? गणेशमानले नमान्दा हुन्छ भने अरुले पनि नमान्दा हुन्छ, हामीले पनि नमान्दा हुन्छ । त्यो प्रेरणा, त्यो हौसला, त्यो बुलन्दी नदेख्दा खेरि पनि आउँछ । गणेशमानजी जुन जेल फोरेर भाग्नुभयो त्यही  जेलमा म पनि बसेको थिएँ । मलाई आफ्नो अभिभावक जस्तो लाग्छ गणेशमानजी, हुन त उहिले नै भाग्नु भएको थियो । म के विचार गर्छु भने एउटा जमाना थियो जुनबेला गणेशमानजी जेल फोरेर भाग्नु परेको थियो ।  मेरो जमाना जेल फोरेर भाग्ने होइन, जेल फोरेर निस्कने, जेललाई असान्दर्भिक बनाइदिने । जे होस् गणेशमानजी बीसौँ शताब्दीको एउटा नायक हो । बीसौँ शताब्दी दुनियाँका इतिहासमा स्वतन्त्रताका संग्रामहरु, राष्ट्रिय मुक्तिका आन्दोलनहर, विज्ञान प्रविधिका उथलपुथलकारी घटनाहरु, हवाई जहाजको प्रारम्भ बीसौँ शताब्दीको सुरुमा भयो र बीसौँ शताब्दीको अन्तमा आउँदा उधुम मचियो । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध जस्ता त्यही शताब्दीमा भए । स्वाधीनताका सङ्ग्रामहरु र जनताका मुक्तिका सङ्ग्रामहरु विभिन्न कुराहरु भए । यी सबै कुराहरुमा आफ्नो ठाउँमा, हाम्रो देशमा गणेशमानजी एउटा महानायक हो । नेपालमा गणेशमानजी जस्ता नायकहरु, बीपी कोइरालाजी जस्ता नायकहरु, पुप्पलाल श्रेष्ठ जस्ता नायकहरु, मदन भण्डारी जस्ता नायकहरु जसले इतिहासलाई ठीक ढङ्गले अगाडि बढाउन जनताका साथ निर्भिकताका साथ स्पष्टताका साथ अगाडि बढे । त्यस समयमा त्यस बीसौँ शताब्दीमा त्यस परिवर्तनको शताब्दीमा नेपालमा परिवर्तनको रथ हाँकियो । वास्तममा एउटा निर्भिक सारथी, निर्भिक नायक, निर्भिक योद्धा गणेशमानजी हुनुहुन्थ्यो । म वहाँप्रति मेरो पार्टीको तर्फबाट, मेरो आफ्नो तर्फबाट पनि र यहाँहरु सबैको तर्फबाट पनि नेपाली जनताकै तर्फबाट बहाँ प्रति अत्यन्तै श्रद्धा, सम्मान अर्पण गर्न चाहन्छु । गणेशमानजीलाई धेरैधेरै सम्मान छ, धेरैधेरै श्रद्धा छ । 
     गणेशमानजीका नाममा हस्पिटल खोल्नुभएको छ, सहकारीलाई धन्यवाद । त्यसका नेता र त्यसमा संगल्न सबै साथीहरुलाई धन्यवाद छ । यस संस्थाको यस अस्पतालको सफलताका निम्ति सहयोग पु¥याउने सबैलाई पनि धन्यवाद छ । 
     आज कतिपय मान्छेहरुले ठानेका छन्, अब गणेशमान छैनन्, पेल्न सकिन्छ, अब गणेशमान मरिसके । गणेशमानजीका पार्थिव शरीर मात्र नभएको हो । वहाँका आदर्शहरु, वहाँले देखाएका बाटाहरु, वहाँले दिएका प्रेरणाहरु जीवित छन् र जीवित रहनेछन् । जातपातका कुरा छोडिदिनुस् सबै गणेशमानका सन्तति गणेशमानलाई प्रेरणा मान्न तयार भएको, जातको कुरा छ र यहाँ ? जातपात होइन, गणेशमानका सन्तति हौँ । मैले भन्ने गरेको छु, बलभद्र, अमरसिंह छैन भन्दैमा आज नेपाललाई थिचोमिचो गर्न कसैले सकिन्छ भन्ने ठानेको छ भने त्यो भ्रम हो । गणेशमान छैनन् भनेर आजका लुरेलाम्रेले के गर्लान् भन्ने ठान्छ भने त्यो भ्रम नपाले हुन्छ । यसो प्रधानमन्त्रीलाई हेरेर दाह्री फुलेको कमजोर बुढो देखेर के गर्लान् र यिनले भन्ने ठान्छन् भने ......राजनीति भनेको खलीफाले अखाडामा खेल्ने कुस्ती होइन । तपाईंहरुले हाम्रो प्रधानमन्त्रीको दृढता देख्नुभएको छ । ज्यान सानो सानो छ, आँट चाहिँ पहाड जस्तो छ । त्यस कारण हामी सबै यहाँसम्म आइपुगेका छौँ, यो आन्दोलन, यी संगठनहरु र पार्टी खास उद्देश्यका लागि बनेका हुन् । कसैले घर बनाउँछ भने खास उद्देश्यका लागि बनाउँछ । जस्तो अस्पताल भयो भने अस्पताल सञ्चालनका लागि बनाइन्छ । कुनै चीज केही गरिन्छ भने कुनै उद्देश्यका साथ गरिन्छ । नेकपा एमाले र नेपाली काँग्रेस जस्ता पार्टीहरु कुनै ख्यालख्याल गर्न बनाएको होइन, समाज परिवर्तनका लागि, लोकतन्त्रका लागि, नेपाली जनताको गरिबी हटाएर समृद्ध नेपाल बनाउनका लागि बनाइएको हो ।  गणेशमानजीका समर्थकहरु अनुयायीहरु आज हजारौँ मात्र होइन, लाखौँ छौँ हामी । त्यस कारण नेपाल अलिकति हच्केला कि दच्केला कि,, कसैले पाखुरा सुर्कँदैमा कसैले खुट्टा ढ्यापढ्याप बजार्दैमा लोकतन्त्रको बाटो छोड्ला कि, राष्ट्रलाई दूरगामी ढङ्गले प्रतिकूल असर पर्ने दूरगामी काममा जुटाउन सकिएला कि...यस्ता सपना नदेखे हुृन्छ । हामी राष्ट्रलाई दूरगामी रूपमा नोक्सान पर्ने कुनै कुरा हुन दिँदैनौँ । सामाजिक सद्भाव बिथोल्ने खालका कुरा हुन दिँदैनौँ । मैले बहुत स्पष्टताका साथ भनेको छु । अत्यन्त कटुतापूर्ण ढङ्गले, बैमनस्यतापूर्ण ढङ्गले नेपालका विरुद्ध लागेका छन् ।  म बुझ्दिन किन हो, सिङ्गै पहाड र तराई कतै मिल्नै नहुने, जति जे प्रदेश भए पनि तराई र पहाड छुट्टिएकै हुनुपर्ने । यो किन चाहियो ? यो हामी मान्दैनोँ, हामीले स्पष्ट भनेका छौँ । लोकतान्त्रिक प्रणालीबाट पर हट्ने कुरा हामी मान्दैनौँ । हामीलाई पछाडि फर्कन मञ्जुर छैन । हामीलाई कबिलातन्त्रतिर जान मन्जुर छैन । १२५ जातजातिको मिश्रित बसोवास भएको यस देशमा हामी सामाजिक सद्भाव खल्बलिन दिँदैनौँ । सामाजिक सद्भावका साथ अगाडि बढ्छौँ । लोकतान्त्रिक बाटोमा अगाडि बढ्छौँ । हामीलाई चाहिएको कबिलातन्त्र हो कि लोकतन्त्र हो ? हामीले चाहेको जातीय कलह हो कि कानुनी राज हो ? 
     हामीलाई अलिकति आरोप लाग्ने गरेको छ आजकल, सहमतिमा आएन भनेर । हामी र हामी मात्रै सहमतीय प्रक्रियाबाट अगाडि जान खोजिरहेका छौँ । एमालेले संविधान बनाउँछु भनेर के गर्ने, एक तिहाइ नै छैन । दुई तिहाइ नभई संविधान बन्दैन । नेपाली काँगेससँग एक तिहाइको आसपास छ । दुई तिहाइ बिना संविधान बन्दैन । एमाले र काँग्रेस दुइटा हुँदा पनि संविधान बनाउन संख्या पुग्दैन, अरुसँग कुरा गर्नु पर्छ । अनि यो सहमतीय प्रक्रिया होइन ? सहमतीय प्रक्रियाबाट अगाडि जाऔँ भनेर भन्दा केही तत्वहरुले बलजफ्तीय प्रक्रियामा अगाडि लान खोज्छ । संविधानले हुँदैन, कानुनले हुँदैन, प्रक्रियाले हुँदैन, म जे भन्छु त्यही हुनुपर्छ रे । 
     हामी भनिरहेका छौँ सहमतिका हाम्रा चार क्याटागोरी छन् । पहिलो आवश्यक संख्या अर्थात् दुई तिहाइ पु¥याृउने क्याटागाेरी । हामी दुई तिहाइ पु¥याएर संविधान जारी गर्न चाहन्छौँ । त्यत्तिमै सीमित हुनुपर्छ भन्ने छैन, त्यसपछिको हाम्रो प्रयास सहमतिलाई अत्यधिक बनाउने भन्ने हुन्छ । तेस्रो प्रयास संविधान सभामा भएका सबैलाई सहमत गराउने हाम्रो प्रयास हुन्छ । चौथो प्रयास, संविधान सभाभन्दा बाहिर पनि किन कसैलाई थक्थक्याएर हिँड्न दिने ? उनीहरुलाई पनि सम्झाएर लोकतन्त्रको र राष्ट्रनिर्माणको मूलप्रवाहमा सामेल गर्न दिने हाम्रो प्रयास हुनेछ । यसरी हाम्रो प्रयास चार वटा हुनेछ । तर सहमति नमान्ने धर्म भाक्ने, मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने जिद्दी लोकतन्त्रसँग मेल खाँदैन । हामी सहमतीय प्रक्रियामै छौँ ।  सहमतिको साथ नै हामी संविधान जारी गछौँ । तर क–कसको बीचमा चाहिँ सहमति हुँदा सहमति हुने, क–कसको बीचमा हुँदा चाहिँ नहुने ? यहाँ एक दुई जना दूई चार जना मान्छे छन् तिनीहरुको बीचमा सहमति नभई सहमति नहुने रे । उसलाई सहमति गरौँ न त भन्दा नगर्ने । अगाडि बढौँ न त, छलफल पनि जारी राखौँ भन्यो भने तोडफोड, उधुम कत्रो ! संविधान बनाउन आएका हुन् कि तमासा देखाउन आएको ? अब अहिले यसो गर्छौँ, उसो गर्छौँ भनेर घुर्की लाएर बाहिर हिँडेका छन् ।  म तपाईंहरुलाई भनिदिन चाहन्छु । अहिले आन्दोलन गर्छौँ भनेर हिँडेका छन् । यिनीहरुले ब्यारेकमा पालेर राखेका छन् जनता, सिठ्ठी बजाउने बित्तिकै फुरुरुर्र कुदेर बस्ने ? किन आन्दोलन गर्ने त भन्दा संविधान बन्न नदिन । कसले मान्छ ? ठीक छ, प्रधानमन्त्रीज्यूले पहलकदमी लिइराख्नुभएको छ , कुरा गर्दै हुनुहुन्छ, राम्रो छ । प्रधानमन्त्रीले कुरा गर्नै पर्छ । सम्झाउनै पर्छ, सम्झिन सक्नेसम्मलाई । तर कोही सम्झिँदैन भने पनि यस देशमा संविधान बनाइन्छ । निकट भविष्यमा संविधान बनाइन्छ । लोकतान्त्रिक संविधान बनाइन्छ । सामाजिक सद्भाव बढाउने संविधान बनाइन्छ । देशको भौगोलिक अखण्डतालाई अहिले मात्र होइन, पछि सम्मलाई कायम राख्ने हिसाबको संविधान बनाइन्छ । हाम्रो यात्रा लोकतन्त्र तर्फको हो, सुशासनतर्फको हो, कानुनी राजतर्फको हो । राष्ट्रको एकतातर्फको हो र जनताका निम्ति समृद्धि तर्फको हो । यस कुरामा आश्वस्त रहन म यहाँहरुलाई आग्रह गर्न चाहन्छु । तपाईंहरु नेतृत्व कमजोर हुन्छ कि खुट्टा कमाउँछ कि दुईचारले धाकधक्कू लगाउने बित्तिकै लत्रिन्छ कि भन्ने चिन्ता लिन पर्दैन, यो घाममा सुकाएको कर्कलो होइन, यो दह्रो छ , त्यस कारण तपाईंहरु ढुक्क हुनुहोस् । संविधान निर्माणको काम अगाडि बढ्छ, हामी सबैलाई मिलाएर लिएरु जान चाहन्छौँ । कोही मिल्दैन भने सरी भन्नुपर्छ हामीले, संविधान हामी बनाउँछौँ, बनाउँछौँ, यो सङ्क्रमणकाललाई लम्व्याउनु छैन । 
     फेरि यस महत्वपूर्ण कामका लागि म दीपकप्रकाश वाँस्कोटाजी लगायत सबै साथीहरुलाई धन्यवाद भन्न चाहन्छु । 

Friday, January 23, 2015

हामी अन्त कतैबाट बोकाउन खोजिएका भारी बोक्दैनौँ ।

 (प्रेस चौतारी नेपालद्वारा मिति २०७१।१०।७ मा आयोजित अन्तर संवादको अध्यक्ष के.पी. शर्मा अोलीज्यूको प्रस्तुतिको प्रमुख अंश)
   
     देश संक्रमणकालबाट गुज्रिरहेको छ । संक्रमणकाल टुङ्ग्याउन हामीलाई संविधान निर्माण गर्नुछ । संविधान निर्माण गर्नका लागि हामीले अहिलेको संविधान सभाको पहिलो बैठकबाट एक वर्ष गनेर एक वर्ष भित्र अर्थात माघ ८ गते भित्र संविधान दिन्छौं भनेर हरेक दलले आफ्ना घोषणापत्रमा लेखे, हरेक दल र नेताहरुले आफ्ना मन्तव्यहरुमा भाषणहरुमा उल्लेख गर्ने गरी आए । सबभन्दा बढी स्पष्ट ढङ्गले एनेकपा (माओवादी)ले भनेको थियो, हामी जनताका अगाडि प्रतिज्ञा गर्दछौं, एक वर्षभित्र संविधान दिन्छौं, ६ महिना सहमतिका लागि प्रयास गर्छौं,     सहमति जुटेन भने प्रक्रियामार्फत लोकतान्त्रिक विधिबाट संविधान दिनेछौं, यो हाम्रो  भीष्म  प्रतिज्ञा   भयो । वहाँहरुले त्यस भाषामा प्रस्तुत गर्नुभएको थियो । चुनाव जित्नका लागि वहाँहरुले त्यसो भन्नुभयो, चुनाव भन्दा पछाडि संविधान बन्न नदिने प्रयास कसरी गर्न सकिन्छ भनेर वहाँहरु लाग्नुभयो । हामीले वहाँहरुलाई वहाँहरु समेतको प्रतिवद्धता याद दिलाउने कोसिस ग¥यौँ । तर भएन ।


     अहिले पक्षधरताको समय होइन । नेपालको सञ्चार क्षेत्रमा, नेपालको बुद्धिजीवी जगतमा एउटा पक्षधरताको प्रवृत्ति देखिन्छ । जो जताको हो उतै उभिनुपर्छ भन्ने । केही केही सञ्चारमाध्यमहरु भारतको संसदमा के भएको थियो, जापानको संसदमा के भएको थियो, कहाँ नराम्रो कुरा भएको थियो, खोज्दै, खोज्दै, खोज्दै हिँडेर यस्तो भएको थियो, यहाँ पनि यस्तै हुनुपर्छ भनेर सन्देश प्रवाहित गर्न हुरुक्क भएर लागेको देखिन्छ । अन्त संसदमा भएको थियो, संविधान सभामा होइन । हामीले संविधान सभा निर्माण गर्दा संसद र संविधान सभाको भिन्नतालाई बुझ्नुपर्छ । संसदमा पक्ष प्रतिपक्ष हुन्छ, हामीले यहाँ पक्ष प्रतिपक्ष भनेका छैनौँ । हामीले संविधान सभा भनेका छौँ, यो सत्तापक्ष र प्रतिपक्ष, बहुमत पक्ष र अल्पमत पक्ष भन्ने जस्तै होइन । संविधान सभा भनेको संविधान बनाउने थलो हो । संविधान देशको हितको संविधान, लोकतन्त्रको पक्षको संविधान र समस्या समाधान गर्ने संविधान खोज्ने । त्यो निर्माण गर्ने ठाउँ हो । संविधानले विगतको हाम्रो गौरवपूर्ण इतिहासको सम्मान गर्नसक्नुपर्छ । आजका गम्भीर र जटिल समस्याहरुको समाधान गर्नसक्नुपर्छ र भविष्यका निम्ति हामीलाई अगाडि बढ्न उपयुक्त बाटो निर्देश गर्न सक्नुपर्छ । त्यस्तो संविधान बनाउने थलो हो संविधान सभा । यसमा कुनै व्यवधान, नाराबाजी, तोडफोड कल्पनै गर्न सकिँदैन । हामीले संविधान निर्माण गर्दा पनि यस प्रकारका गतिविधिहरु संसदमा कहिलेकहिले,  सत्तापक्ष, विपक्ष, रन्का कहिलेकहिले हुनसक्छ । तर संविधानको विषयमा यो कुरा कल्पनै गर्न सकिने कुरा होइन । तर विचित्र, सदन र सडक जोड्न खोज्ने, भित्र तोडफोड गरेर नारा लगाउँदै सडकमा तोडफोड गर्न जाने विचार र प्रबृत्तिका संवाहकहरु समेत संविधान सभामा आएपछि संविधान सभा त अहिले जस्तो देखिएको छ त्यस्तो हुने नै भयो । यो धेर्र अनौठो नै चाहिँ होइन, किनभने त्यहाँ जस्ता शक्ति आएका छन्, त्यस्तो देखिने नै भयो । त्यसकारण अहिले पक्षधरताको समय होइन । हामीले यसलाई समर्थन गर्नैपर्छ जे भए पनि भनेर तर्क खोजेर, कुतर्क खोजेर नराम्रोको पुष्टि गर्ने, नराम्रो पनि ठीकै हो भन्ने कुरा पुष्टि गर्ने अभ्यास गर्ने बेला यो होइन । यति बेला गल्ती कमजोरी गर्ने हामीसँग समय पनि छैन । एक्काइसौँ शताब्दीको दोस्रो दशकको मध्य भागमा आइसक्यौँ, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । हिजो गरिब रहेका ठाउँहरु आज हामीहरु  जीवन र जीविकाको खोजीमा जानुपर्ने अवस्थामा पुगिसक्यौँ । 
     गौरवपूर्ण इतिहास, विद्वान् र पुरुषार्थी पुर्खा, अत्यन्तै सुन्दर र उर्वर देश, प्राकृतिक स्रोत साधनले सम्पन्न देश, यस्तो देशमा हामी गरिब छौँ । र यस्तो गरिब देशमा क्रान्तिकारीताको लफ्फाजी, अनि जनता भाँड्ने, भड्काउने कुरालाई बहादुरी ठान्ने गलत मनोदशा जस्ता कुराहरु उचित हुन सक्दैनन् ।  त्यस कारण म आग्रह गर्न चाहन्छु, सञ्चार जगतले पनि पहिलो कुरा देश हो  देशलाई माया गरौँ । देशको भविष्यलाई माया गरौँ, यसलाई सुनिश्चित गरौँ । हिजो रहेका असमानता विभेद थिचोमिचोहरु अब लोकतन्त्रमा चल्दैनन्, हामीले त्यसलाई संवैधानिक कानुनी र व्यावहारिक रूपमा अन्त्य गरेका छौँ र गर्छौँ । अब हामी समतामूलक र सभ्य समाजतर्फ अगाडि बढ्छौँ र यसका लागि हामीलाई राष्ट्रिय एकता आवश्यक हुन्छ । जनताको बीचमा जातका आधारमा, भूगोलका आधारमा, समुदायका आधारमा लगायत विभिन्न आधारमा जसरी विभाजित गर्न खोजिन्छ, त्यो उपयुक्त होइन । अत्यन्तै गम्भीर नकारात्मक प्रबृत्ति हो । यति पछाडि परिसक्यौँ हामी, शिक्षामा पछाडि, स्वास्थ्यमा पछाडि, उद्योगमा पछाडि, व्यापारमा पछाडि, सेवाका क्षेत्रहरुमा पछाडि,  हाम्रो कृषि जहाँको तहीं पुरानो कृषि प्रणालीमा आधारित छ, जसमा आधुनिकता छैन, व्यावसायिकता छैन । यत्रा ठूला सम्भावना भएको देशमा हामीले पर्यटनको विकास गर्न सकेका छैनौँ । एन्डोरा भन्ने देशमा पर्यटनको यत्रो विकास गरेको छ कि अर्थतन्त्र त्यसैमा टिकेको छ । त्यहाँ केही पनि छैन । एउटा खोलो छ । हामीकहाँ त हिमाल छ, पहाड छ, जंगल छ, हात्ती छन्, गैँडा छ । यस्तो देशलाई रसातलमा धसाउने अनि हामी त क्रान्तिकारी भनेर ठूला कुरा गर्ने । 
     अब देशको हातमा शासन छ, राजतन्त्र छैन, कुनै जहाँनिया शासन छैन, राजामहाराजाको थिचोमिचो अन्तर्गत जनता बस्नुपरेको छैन । तर जनताले निर्णय गर्ने ठाउँ संविधान सभामा हेर्नुस् त । संविधान सभा स्थगित भइसकेपछि एक हूल त्यहीं बसेर तोडफोड, कुर्सी उचालेको छ, ठोकेको छ, सभा सिद्धिसकेपछि सबभन्दा बढी तोडफोड कच्याककुचुक भयो । 
    वहाँहरुको यो कस्तो सभ्यता, सभा सुरु भयो भन्ने बित्तिकै बुरुरर कुदेर सभाध्यक्षमाथि आक्रमण गर्न गए । मर्यादापालक मानिलिउँ ती मान्छे नै होइनन् । एउटाको हात भाँचिएको छ, अर्कालाई चिथोरेको छ, अर्कालाई हानेको छ । ती छेक्न मात्र बसेकालाई हातै भाँचिदिनुपर्ने ?छेक्न पनि नपाइने ? एउटाको हात भाँचिदिएको छ, अर्कालाई चिथोरिदिएको छ, अर्कालाई डिस्लोकेट गराइदिएको छ, अर्कालाई के गरेको छ । छेक्न नपाइने ? उपद्रव गर्न दिनुपर्ने ?अब म माथिको आक्रमण त भन्नै परेन, वहाँहरुको लामो समयदेखि योजना रहेछ । वहाँहरुको केन्द्रीय समिति सदस्यले साविती बयान मजाले दिइरहेकै छ, तपाईं पत्रकारहरु मार्फत आइरहेकै छ । अलिक लामै समयदेखि वहाँहरु प्रयास गर्दै आउनुभएको, खाली मौका मात्र नमिलेको रहेछ । अस्ति एउटा माइक हान्नुभयो, (माइक पनि त्यतिको तौल भएको पो हुँदो रहेछ हो, त्यो त तौल भएकै माइक रहेछ !) तर नजिकैबाट हान्दा पनि त्यो घुमेर सीधा नलागेर यस्तो पट्टिबाट लाग्दाखेरि फोर्स बाँडिएर अलिकति बच्यो । संजोग म त्यसदिन संसदभित्र जानका लागि होइन, अरुअरु कामले पहिले जाने, त्यसपछि बाहिर आउने भनेको वार्ताको वार्तामै रात गुजारी दियो । किन त्यस्तो गुजा¥यो भनेको त त्यस्तो योजना रहेछ । चार माइक हानेका थिए, पहिलो माइकले लाग्यो । दोस्रो माइक मोरङ्गका ऋषि पोखरेल माननीयलाई लाग्यो । वहाँलाई चोट लाग्यो । तेस्रो माइक पल्ला पट्टि बस्नुभएका विद्या भण्डारीजीलाई खुट्टामा लाग्यो । चौथो माइक चाहिँ त्यतिक्कै आएर खस्यो मात्रै । जे होस् वहाँहरुको योजना नै रहेछ । 
     मलाई वहाँहरुको सभ्य सम्भ्रान्त क्रान्तिकारी परिभाषामा र व्यवहारमा खासै केही कमेन्ट गर्नु छैन । मैले वहाँहरुलाई राम्रै चिनेको छु र धेरैपल्ट भन्ने गरेको छु, गोरु नाङ्गै देख्दा मलाई लाज लागेको छैन अहिलेसम्म । स्वाभाविक कुरा हो नि । बहाँहरुले ममाथि त एउटा कुरा भयो । सभाध्यक्षमाथि त्यसरी आक्रमण गर्नु र संविधान सभासँगै त्यो शत्रुता, सभा सिद्धियो, सभा स्थगित भयो, तैपनि तोडफोड, तोडफोड । अचम्मै छ तोडफोड जारी छ । पन्ध्रबीस मिनेट कति समयसम्म  त उचाल्ने, पछार्ने, माथि चढेर टेबलमा ढ्याङ्गढ्याङ्ग गर्ने, भत्काउने, माइक भत्काउने आदिको तमासा !  कुन ग्रहबाट आए होलान् यस्ता जस्तो लाग्छ । के हुन् यी जस्तो लाग्यो । दृश्य पनि हे¥यो, मान्छे जस्ता छन् । तर तमासा देखियो । खैर हिजो दिउँसोको सभा पनि वहाँहरुले बिथोल्नु नै भयो । आज ११ बजेको पनि वहाँहरुले बिथोल्नु नै भयो । तर म नेकपा (एमाले)को तर्फबाट नेपाली जनतालाई भन्न चाहन्छु, यो संविधान सभा विघटनको नियति भोग्नका लागि बनेको होइन, असफलताको नियति भोग्नका लागि यो संविधान सभा बनेको होइन । यो संविधान सभा विगतका गल्तीहरु सच्याएर अनुपयुक्त बनावटलाई अस्वीकार गरेर उपयुक्त बनावटका साथ बनेको र संविधान निर्माण गर्नका लागि बनेको यो संविधान सभा हो । त्यस कारण म नेपाली जनतालाई भन्न चाहन्छु, यस संविधान सभाले संविधान दिनेछ । हामीले माघ ८ गते भनेका थियौँ, हाम्रो दौड माघ ८ गते अगाडि नै हामी पूरा गथ्र्याैँ, तर तीन महिना हाम्रो खुट्टा माओवादी नेता बाबृराम भट्टराईले समात्यो,  संवाद समितिको नाउँमा । एक पाइलो कुद्न खोज्यो फेरि समाउँछन् । अर्को पाइला कुद्न खोज्यो फेरि समाउँछन्, गर्दागर्दा हामी धेरै समय अल्झ्यौँ । धेरै मान्छेलाई बुझ्न पनि गाह्रो हुन्छ । किनभने माओवादी शब्द प्रयोग बहुतै चलाखीसाथ गर्छन् र उसको कतिबेर के शब्द प्रयोग हुन्छ भन्न पनि गाह्रो हृन्छ, मान्छेलाई । एक छिनमा एउटा कुरा गर्छ, अर्को छिनमा अर्को कुरा गर्छ र फेरि अर्को छिनमा अर्को कुरा गर्छ । राती त्यो गर्नुभयो वहाँहरुले, हिजो बिहानै देखि नेपाल बन्दको नाममा सञ्चार माध्यमहरु, सञ्चार माध्यमका सामग्रीहरु, पब्लिकेसनका सवारी साधनहरु, पब्लिकेसनका सामग्रीहरु र पत्रकारहरुलाई लिएर हिँडेका सवारी साधनहरु माथि र पत्रकारहरु समेत माथि आक्रमण गरे । मैले भनिरहनुपर्दैन, तपाईंहरुलाई नै थाह छ । 
     हुन त सञ्चारमाध्यम एकोहोरियो भने के हृन्छ भने, कसैले हल्ला चलाइदियो, केपी ओलीले फलानालाई संरक्षण गरिबस्यो भनेर, एक हप्तासम्म छोडेन, सिट्ठी बजाएर बस्यो । हल्लाको भरमा । म पनि छक्क परेँ के भएको होला । 
     तर अब माओवादीले यति गर्दा पनि मान्छेहरुलाई यस्तै हो भन्ने परेको देखिन्छ । त्यसले त्यसै गर्छ । एउटाले भनेको छ, कुकुरले मान्छे टोकेको कुनै समाचार हो ? मान्छेले कुकुर टोक्यो भने गम्भीर हुन्छ । त्यस कारण सञ्चार माध्यमलाई त्यही परेको होला । धेरै अनौठो रूपमा नलिएकै हुनसक्छ । तर देशको अर्थतन्त्रलाई ठूलो नोक्सान छ, अर्थतन्त्रलाई मात्र होइन, बिरामीहरु छन् । अरु छन् । यी सबै कुराहरुमा पनि असर हुन्छ । कतै आवागमनमा असर हुन्छ । कोही कहाँ हिँडेको हुन्छ । यी सबै कुरामा जनजीवन अस्तव्यस्त हुन्छ । यो केका लागि गर्नुप¥यो भन्दा संविधान बनाउन नदिनका लागि । तोडफोड किन गर्नुप¥यो ? संविधान बनाउन नदिनका लागि । अवरोध किन  गर्नु प¥यो ? संविधान बनाउन नदिनका लागि । अरु त केही भनेको छैन नि, संविधान बनाऔँ मात्र भनेको छ । ८ गते भित्र चाहिँ केही पनि सुरु गर्न नै नदिने । एमालेले मात्र भनेको होइन, काँग्रसले मात्र भनेको होइन, माघ ८ गते सबैले भनेको हो । तर त्यही चाहिँ दिन नकटाई नहुने । त्यो दिन कटाए पछि जनतामा अलिकति निराशा पैदा हुन्छ, अविश्वास पैदा हुन्छ, त्यसपछि त्यो अविश्वास र निराशालाई खेल्दै गएर संविधान निर्माणको कुरालाई असम्भव बनाउन सकिन्छ भन्ने एउटा धारणा । तर त्यस्तो हुँदैन । यदि संविधान बनाउने हो भने साम्प्रदायिक विद्वेष भड्किने, साम्प्रदायिक विद्वेष र शत्रुताको जग बसाउने, त्यस कुराको ग्यारेन्टी गरिदिने हो भने संविधान बन्न दिने । अनि यदि भूगोलको आधारमा कटुता, शत्रुता बन्न दिने हो भने संविधान बन्न दिने । एउटा गीत छ– काँचो सुन्तला, नखाँदै यो चाला, खाए के होला । मधेस र पहाडको कुरा गरेका छन् । सप्तरीमा हिजो मात्रै एमालेको कार्यालय जलाइयो, आक्रमण गरियो, तोडफोड गरियो । आज त्यसको विरोध गरेर प्रशासनमा जाँदा फर्केर बाटामा आउँदाआउँदै एमालेको जिल्ला नेता शुभकलाल रामलाई ढुङ्गा प्रहार गरियो, आक्रमण गरियो । प्रदेशको कुरा मात्र गर्दा यस्तो छ, अनि प्रदेश नै त्यसै गरी बनाउने हो भने झन् के होला? 
     हाम्रो देश १२५ जातजातिको देश । १२३ भाषाभाषीका जनताको देश । विभिन्न धर्माबलम्बीहरुको देश । हिमाल, पहाड, तराई, पूर्वपश्चिम, विभिन्न पेसा व्यवसाय भएका जनताको देश हो । यस देशमा सबै प्रकारका असमानता र विभेदको अन्त्य गरिनुपर्छ र अनि सबैलाई समान अधिकार, सबैलाई समान अवसर, सबैलाई उत्तिकै सुरक्षा र वरावरी सम्मानको व्यवस्था ल्याउन चाहन्छौँ । हामीले जातीय घृणा, विद्वेष फैलाउन खोजेको होइन । बलियाले पाउने, कमजोरहरुले नपाउने होइन, लोपोन्मुखहरुको, दुर्बलहरुको, कमजोरहरुको पहिचानको बढी समस्या होला नि । अनि ती लोपोन्मुखहरुको पहिचानको समस्याको कसले कुरा ग¥यो? राउटेहरुको समस्याको कुरा कसैले गर्दैछ ? चेपाङ्गहरुको, कुमालको, धिमालको समस्याको कुरा गर्दैछ ? चमार, दुसाध, च्यामे, डोम, कसैको कुरा गर्दैछ ? होइन । यति भन्दा माथि भएको जातले राज्य पाउने रे । त्यो भनेको के हो ? यति भन्दा माथिकोलाई पहिचान चाहिने, त्यो भन्दा तलकालाई पहिचान नचाहिने, सुरक्षा नचाहिने, संरक्षण नचाहिने, केही पनि नचाहिने के हो ? पहिचान एउटा कपटी शब्दावली हो । नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने कपटी खेल हो त्यो । पहिचान, नेपालको पहिचान, नेपालीको पहिचान । आफ्ना–आफ्ना नामका पछि आफ्ना थरसर नामसाम लेखेकै छ नि । अनि के जिवैपीच्छे सबैको एउटै पहिचान हुन्छ ? रामबहादुर भनेपछि एक ठाउँका मान्छे सबै जानिन्छ ? जानिँदैनन् भने आफ्ना–आफ्ना नाम छन्, आफ्ना–आफ्ना थर छन्, अनि आफ्ना–आफ्ना नामथरले पहिचान त पाएकै छ नि । विष्णु पौडेलजी हुनुहुन्छ । विष्णुप्रसाद पौडेल । वहाँको पहिचान त्यो हो । वहाँ नेपाली हो । अब वहाँलाई राज्य दियो भने के हुन्छ ? त्यो राज्यमा बस्ने जति सबै विष्णुप्रसाद पौडेल हुन्छ त पहिचान ? पहिचानको राज्य कस्तो हुन्छ यो ? एउटा राज्यमा बसेपछि पहिचान हुने ! यो सबै के हो भने जनता अल्मल्याउने, जनतालाई मूर्ख बनाउने, समान अवसर, अधिकार र सुरक्षा अनि सम्मानको स्थिति हुन नदिने, पारस्पारिक घृणा र द्वेष फैलाउने, अनि जनताको बीचमा मारकाट मच्चाउने । मैले थुप्रो ठाउँमा भन्ने गरेको छु, ती अफ्रिकाका हुतु भन्ने, बोको हराम भन्नेहरुले बोकेका भारी यही भारी हो । यही भारी हामीलाई बोकाउन खोजिँदैछ । तिनीहरुलाई त्यहाँ बोकाइयो । अनि तिनीहरु तीन चार महिनामा दस लाख मारिए कहीं पचास लाख मारिए । सुडानको हालत हेर्नुस् । नाइजेरियाको हालत हेर्नुस् । रुवाण्डाको हालत हेर्नुस् । त्यस कारण हाम्रो बाटो त्यो होइन । 
     भर्खरै ट्यूनिसियामा लोकतान्त्रिक विधिले संविधान आयो, परिवर्तन आयो । त्यहाँका मान्छेले विभिन्नका प्रयोगका निम्ति दिएका, वितरण गरिएका भारी बोक्न चाहेनन् । आफ्ना ढङ्गले हिँडे । म खुलस्त ढङ्गले भन्न चाहन्छु, नेपाली जनता पनि अन्त कतैबाट बोकाउन खोजिएका भारी बोक्दैनौँ । हाम्रो आवश्यकता अनुसार जनतालाई अधिकारसम्पन्न बनाउँछौँ, अवसर उपलब्ध गराउँछौँ । यस देशको विकास गर्नुछ, यस देशलाई अगाडि बढाउनुछ । यस देशका जनताका गरिबी हटाउनुछ । हामी आफ्नो आवश्यकतामा आफ्नो देश र आफ्नो जनताका निम्ति काम गर्छौँ ।

Sunday, January 11, 2015

संविधान निर्माणमा समेटिनै पर्ने पक्षहरू

     नेपाली जनताको अहिलेसम्मको कमजोरी नै परिवर्तनलाई संस्थागत गर्न नसक्नु हो । हामी बहादुरीका साथ लड्छौं, बेठीकलाई पराजित गर्छौं, परिवर्तन ल्याउँछौं, जनतालाई अधिकारसम्पन्न बनाउछौं ।  तर त्यस अधिकारलाई सुरक्षित गर्न सकदैनौं । २००७ सालमा राणा धपाइएकै हो । युगान्तकारी पतिरवर्तन भएकै हो । तर जनताको तर्फबाट राख्नुपर्ने सजगता, सतर्कता राख्न सकिएन । १० वर्षसम्मको तानातानीमा जनताका अधिकार खोसिए । जनताका अधिकारलाई संस्थागत गर्ने काममा दक्षता देखाउन सकिएन । २०४६ सालको आन्दोलन पनि अत्यन्तै ऐतिहासिक र सफल आन्दोलन हो । हुन त अहिले केहीकेही मान्छे निस्केका छन्, आफूले हतियार उठाएको हुनाले त्यो चाँही क्रान्ति, जनताको आन्दोलन चाँही केही होइन भन्ने । तर दस वर्ष उठाइएको हतियार क्रान्ति होइन, हिंसा हो । हिंसा र क्रान्ति एउटै हुँदैन । त्यसैले ०४६ मा जनताले असाधारण आन्दोलन गरे । तीस वर्षदेखि फेरि निरङ्कुश भएको राजतन्त्रलाई पछाडि धकेले । 
     जनतालाई अधिकारसम्पन्न बनाए । तर त्यसलाई पनि समुचित ढङ्गले संस्थागत गर्न सकिएन । आन्दोलनको मर्म, भावनाअनुसार अगाडि बढ्न सकिएन । जसले गर्दा सिद्धान्तको विषय, रोजाइको विषय, छनौटको विषय बनाएर हिंसा मच्चाउनेहरूलाई आफ्ना अधकल्चा सिद्धान्तहरू अन्त असफल भएका खोटा सिद्धान्तहरू, यहाँ प्रयोग गर्ने र जनताको जीवनमा परिवर्तन नआएको कारणबाट भएको असन्तुष्टिलाई प्रयोग गर्ने मौका मिल्यो । वास्तवमा फेरि पनि जनताका अधिकारहरू सुनिश्चित हुन सकेन । हिंसाको बहाना बनाएर, स्थिरता र स्थायित्वको ठेकेदार पल्टिएर फेरि राजतन्त्र आश्विन १८, माघ १९ हुँदै आयो र जनताको अधिकार सम्पूर्ण खोस्यो । त्यसबेला टेलिभिजन हेरिरहेको थिएँ, छाँटकाँट पुस १७ गतेकै जस्तो थियो । पुस १७ गते महेन्द्रको लोकतन्त्र मास्ने संबोधन र उनका छोरा ज्ञानेन्द्रको सम्बोधन उस्तै थियो । 
पञ्चायत कालमा जेलबाट छुटेपछि तत्कालीन राजाले बोलाए, म भेट्न गएँ । राजा बस्ने डम्म सोफा थियो । कहाँबाट खोजेर ल्याएको हो थाह छैन । पर एउटा काठको कुर्सी थियो, हात राख्ने नभएको । त्यस्तो कुर्सीमा बसौँ भने, बसेँ । म त सुकुलमा बसेर आएको मान्छे, पेटीमा, भुइँमा बसेर आएको मान्छे, मलाई बस्नलाई कस्तो कुर्सी भन्ने होइन, तर यिनीहरूको मानसिकता कस्तो छ भन्दा आफूहरू सोफाबाला, हामीहरू टक्रक्क काठको कुर्सी ! यो प्रसङ्ग किन भनेको भन्दा माघ १९ पछि फेरि म तत्कालीन राजाले बोलाउन पठाए, भेट्न गएँ, २०४४ सालको त्यो कुर्सी त त्यहीं हाजिर रहेछ । त्यसबीचमा म धेरै दरबार गएको छु, धेरै पल्ट राजासँग भेटेको छु । सोफा कुर्सीमै बसेर भेटिन्थ्यो, जाँदा त उस्तै सोफा, उस्तै काठको पर टिक्रिक्क राखेको छ । मैले भनेँ, ‘नेपाल कहाँ पुगेछ, मलाई यही कुर्सीले सम्झना दिलायो । पञ्चायतकालमा जेलबाट छुट्ने बित्तिकै पनि म यहाँ आएको थिएँ, यही कोठामा यस्तै थियो, बीचमा हराएको थियो, फेरि फर्केछ ।’ 
     हामी प्रजाहरूका लागि भनेर उही पुरानै कुर्सी जतन गरेर राखेको थियो कि के हो मलाई थाह छैन । तर उस्तै थियो, अचम्म लाग्यो । हिंसाको बहाना बनाएर त्यसरी जनताका अधिकार खोस्ने कुरा, एक ठाउँ त्यसरी सम्पूर्ण अधिकार मात्र खोस्न कुरा होइन नि । दरबारमा बस्नेमा पनि भिन्नता कस्तो ? भेट्न बोलाउने, बोलाएर कस्तोमा राख्ने । भन्दा मानिलिउँ हामी मान्छे नै होइनौं जस्तो । आदिवासीहरूकहाँ बसेको छु म । पप्पाको भात खाएको छु । बिहान पकाएर पानीमा राखेको हुन्छ, बेलुका गएर पानी चुहाउँदै खाने हो । पप्पा भात पनि खाएको छु । अरु के के खाएको छु नभनुँ । कसरी कसरी बसिएको छ, त्यो नभनुँ । हामीलाई अधिकार चाहिएको, बस्नलाई कस्तो कुर्सी छ भनेर हेर्ने कुरा होइन । तर अधिकार त थिएन, थिएन, त्यही अधिकार छैन भनेर भन्नका लागि कुर्सी पनि राख्नुपर्ने रहेछ त्यसरी । तिमीहरूको अब अधिकार छैन, तिमीहरूको दिन सिद्धियो भन्नाका निम्ति । 
     जे होस् हामीले दुई प्रकारका अतिवादसँग त्यसपछि जुध्नुप¥यो । एकातिर क्रान्ति नामको हिंसा । राजनीतिक मान्छे खोजिखोजी, समाजका स्थापित मान्छे खोजीखोजी मार्ने कुनै क्रान्ति हुँदैन । गरेको त्यही हो । अर्को स्थिरता, स्थायित्व, शान्ति स्थापना गर्छू भनेर फेरि तानाशाहीतर्फ मुलुकलाई फर्काउने । जनताका नाममा, जनसत्ताको नाममा एउटाको बिगबिगी, अर्कोको बिगविगी राष्ट्रको नाउँमा, शान्तिका नाममा, स्थिरता र स्थायित्वका नाममा । यसबीचमा हामीले लडाइँ गर्नुप¥यो । हामीले धेरै प्रयास धेरैतिर ग¥यौं । अव राजतन्त्र बिदा गरिसकिएको छ । तर त्यसबेलाको उग्रपन्थले अहिले पनि दुःख दिइराखेको छ । यो उग्रपन्थले अझै अलिक समय दुःख दिन्छ । २०५२ सालमा उग्रपन्थी गतिविधि सुरु हुँदा मैले भनेको थिएँ, उग्रपन्थको आयु २० वर्षको हुन्छ, दस वर्ष उकालो चढ्छ, दस वर्ष ओरालो झर्छ । तपाईंहरू विचार गर्नुस्, उकालीओराली ठीक छ । २०५२ देखि २०६२ सम्म उकाली चढ्यो । २०६२ बाट ओराली झर्दै, झर्दै गयो । तर केही केही जन्तु यस्तो हुन्छ, जस्तो अक्टोपस । अक्टोपस काटेर फ्राइ गर्दा पनि चलिराखेको हुन्छ । यो उग्रपन्थ पनि फ्राइ गर्दा पनि दुःख दिन र तर्साउन छोड्दैन । जे होस् हामीले शान्ति प्रक्रियामा ल्याएर हिंसालाई रोक्यौं । 
    दक्षिणपन्थी अतिवादी तानाशाहलाई बिदा ग¥यौं । शान्ति प्रक्रियाका बाँकी कामलाई त हामी टुंगो लगाउँला । तर हिंसात्मक प्रवृत्ति, कानुन नमान्ने प्रबृत्ति, ऐन नमान्ने प्रवृत्ति, संविधान नमान्ने प्रबृत्ति, नियमावली नमान्ने प्रवृत्ति अझै हावी छ । अहिले पाखुरा सुर्काइ, ठूलो पाखुरा सुर्काइ, ए! नियमानुसार जाने ? नियममा चल्न पाइन्छ ? भन्ने त पाखुरा सुर्काइको विषय ! हजुर के गरुँ त भन्दा सहमति साथ हुनुपर्छ भन्छन् । गजब छ परिभाषा पनि । मैले भनेअनुसार सहमति हुनुपर्छ, मेरो सहमतिबिना केही पनि गर्न पाइँदैन । संविधान, कानुनको केही पनि मतलब छैन, आफूले जे भन्यो त्यही हुनुपर्ने । जे–जे हुँदैन, त्यही त्यही भन्ने । देशलाई साम्प्रदायिकतामा कसरी लान सकिन्छ ? कसरी रुवाण्डा बनाउन सकिन्छ ? कसरी वितण्डा मच्चाउन सकिन्छ, त्यसतर्फ नै सोच्ने काम भइरहेको छ । १२५ जातजाति, १२३ भाषाभाषीसहित मिश्रित बसोवास रहेको यस देशमा जातीय वैरभाव, कटुता र घृणाको खेती गर्ने र छिमेकीलाई छिमेकी नदेखेर शत्रु देख्ने ? नातेदारलाई नातेदार नदेख्ने ? यो संभव छैन । युगोस्लाभियामा धेरैका छोडपत्र भए, घृणा बढ्दै गएपछि त्यस्तो हुँदो रहेछ । श्रीमतीले बन्दूक निकालेर श्रीमान्लाई हानिदिइन । श्रीमान्ले बन्दूक निकालेर श्रीमतीलाई कति हाने–हाने अर्को जात भनेर । कहाँ पुग्यो मानवीय चेतना ? यसलाई पाशविक भन्ठान्नुहोला, पाशविक पनि होइन, पशुमाथि नै अन्याय हुन्छ, पाशविक भन्दा । एउटा झुण्डमा बस्छन्, पशुहरू । तर मान्छेलाई झुण्डमा पनि बस्न नदिएर मारामार लगाउने खेल भइराखेको छ । यो पशुवृत्ति भन्दा तल्लो वृत्ति हो । हामी सामाजिक प्राणी हौँ । समाजमा सबै प्रकारका तत्व, सबै प्रकारका जाति, सबै प्रकारका थर, धार्मिक विविधता सबै चीज हुन्छ । अझ हाम्रो देश त भौगोलिकदेखि लिएर विविधतायुक्त हो । 
     अर्का पनि कुतर्क छ, सिङ्गो तराईलाई पहाडसँग जोड्न नपाइने । चुरेभावरसम्म पनि जोड्न नपाइने रे । किनभने त्यहाँ पनि अलिअलि भित्री मधेसहरू, त्यता पनि खोंचहरूमा धान फल्छ नि । त्यो धान फल्ने ठाउँ पहाडतिर राख्न पाइँदैन । धान फल्ने जति छुट्टै राख्नुपर्छ रे । यिनीहरूले भनेको जति मान्ने हो भने पहाडका खेतका गह्रा पनि मधेस नै हुन्छ । किनकि धान फल्छ । यो पहाडमा बस्ने मान्छेहरूले धानको भात खाने कुरा गर्ने ? कोदो खानुपर्छ, फापर खानुपर्छ, जौ खानुपर्छ, पिँडालु लगाएर खाए भो, आलु खानुपर्छ । धानको भात खाने ? त्यो चाहिँ ठाउँ नराखे भो । कस्तो मजाको देशभक्ति ? कस्तो जनसंविधान बनाउने ? यो त प्रत्यक्ष देखिने कुरा हो । यसभित्र नदेखिने अरु कुराहरू छन् । देशलाई ध्वस्त बनाउने कुराहरू छन् । जुन देखिदै जानेछन ।
     संक्रमणकाल जति लम्बिन्छ, त्यति यी देशभित्रकाले पनि लगानी गर्दैन । बाहिरको लगानी त आउँदै आउँदैन । लगानी गर्ने भनेको पैसावाला हुन्छन्, पैसावाला भनेको अलिकति चलाख हुन । चलाख नभइकन त पैसा कमिदैन । विदेशबाट आएर यहाँ पैसा लगाउँछ भने हेर्छ नि उसले । अनि गएर त्यहाँ ब्लक गरिदिन्छ, ट्रान्समिसन लाइन तान्न दिँदैन, अर्को चीज गरिदिन्छ । कानुनको राज छैन । अनुचित ढङ्गले भनिदिन्छ, उहिलेदेखि चलिआएको प्रोजेक्टमा स्थानीय जनता कराए भने पाँच प्रतिशत तिमीहरूलाई भनेर । हुँदैन त्यतिले, छब्बीस प्रतिशत चाहिन्छ । यसरी काम गर्न नदिने अनि कुन चाहिँ विदेशी लगानीकर्ता आउँछ ? स्थिरता, स्थायित्व नभइकन, सामाजिक संरचनादेखि लिएर देश विकासका कामहरू सहज ढङ्गले कसरी हुन्छ ? त्यसकारण संक्रमणकाल अविलम्ब टुङ्ग्याउनुछ । संक्रमणकाल टुङ्ग्याउने भनेको संविधान निर्माण गर्ने हो । यस्का लागि पहिलेको स्वामित्व सन्दर्भ–सामग्रीको रूपमा लिन सकिन्छ । अहिले त्यो असफल भएको स्वामित्व लिएर के गर्ने ? प्रयोगमै असफल भएको संविधानसभा, विघटन भएको संविधानसभाले हामीलाई कुनै गाइड गर्नसक्छ ? अहिलेको संविधानसभा आफैँ सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र ढङ्गले निर्णय गर्नसक्छ । 
     अघिल्ले संविधान सभामा जे–जे भनेको थियो, त्यो सार्नका लागि यो बनाएको हो र ? यो संविधान सभा भाग २ हो र ? यो स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न संविधानसभा हो । यसले संविधानका मामलामा हिजोका, अस्तिका, अलिक अस्तिका २००७ सालपछि २०१७ साल किन आयो भन्ने पनि अनुभव लिन्छ, त्यहाँ लेखेको नहोला । लिनु त प¥यो नि । २०४७ साल पछिको संविधान भन्दा पछाडि के भएको थियो भन्ने कुराहरूलाई पनि हेर्ला । विगतको संविधानसभाको दुःखद् अवसान किन भयो ? त्यो पनि हेर्ला । तर त्यही÷त्यही असफल भएको हेरेर पछ्याएर हुन्छ र ? कसैले भेडीगोठको सबै स्वामित्व लियो । अनि कुनै विमारी भेडा फेला प¥यो भने ? त्यो म¥यो भने ? स्वामित्व त लिएको हो । त्यसलाई त फ्याँक्नेबाहेक अर्को उपाय हुँदैन । त्यसैले स्वामित्व लिएको भनेर निहुँ खोजेर पाइन्छ ? स्वामित्व लिइसकेपछि छोड्न पाइँदैन, फ्याँक्न पाइँदैन, त्यो त सबै लिनुपर्छ भन्ने हुँदैन । तपाईंले कुखुरा पालनको स्वामित्व लिनुभयो र रानीखेत लाग्यो भने मैले किनेको म छोड्दिन भनेर हुन्छ, त्यो त गयो । त्यसकारण अघिल्लो संविधानसभाका अनुभव हामी लिन्छौं । राम्रा, देशलाई काम लाग्ने, जनतालाई काम लाग्ने रहेछन् भने लिन्छौं । 
     अघिल्लो संविधानसभा अनुपयुक्त बनावटको थियो । त्यसलाई गुरुजी थाप्ने हो भने त्यसले नै निकाल्थ्यो नि संविधान । अतिवादीहरूको भर्खर आएको रापताप थियो । संविधानसभा निर्वाचनलगत्तै मैले टिप्पणी गरेको थिएँ, यो संविधानसभाले संविधान दिन सक्दैन । योसँग त्यो क्षमता छैन । माओवादीको बिगविगी थियो । मैले भनेको थिएँ, एक पाथी जाने भाँडोमा दुई माना दूध राखेर तलबाट बेस्सरी आगो लगाइदियो भने भरिने मात्र होइन, पोखिन्छ । अनि एक पाथी नै भयो त त्यो दूध ? एक पाथी भएको हुँदैन । त्यो सेलाएपछि डेढ माना मात्र बाँकी रहन्छ । माओवादीको बिगविगी त्यही उम्लेको दूध जस्तो हो । वाइसिएलको राप । हतियारको राप । लडाकू भनेर ल्याएर क्याम्पमा राखेको छ । ती सबैको रापलाई लिएपछि त कस्तो भयो भने मान्छे डराएको छ, अनि त माओवादी उम्लिएको मात्र होइन, पोखिन्जेल भयो । कति समय पोखिन्छ ? त्यो सम्भव थिएन । तर अघिल्लो संविधिानसभा अनुपयुक्त बनावटको थियो, संविधान नबनाउने शक्तिको वर्चस्वको थियो । त्यसकारण संविधान नबन्नु बहुत मामुली कुरा थियो त्यतिबेला । 
     लोकतान्त्रिक संविधान बनाउने र राज्य कब्जा गर्ने एउटै कुरा हुन्छ ? चुनावपछि सरकार बनाउनेतिर ध्यान, सेना कब्जा गर्नेतिर ध्यान, भएको प्रधानसेनापति हटाएर आफूले भनेको मान्ने प्रधान सेनापति राख्ने ध्यान । मेरो गुरिल्लासँग फुटबल नखेल्ने नेपाली सेना कहाँबाट आयो ? मेरो गुरिल्लासँग नखेल्ने भनेर रिसइबी, दागा धरेर निहु खोजियो । त्यसपछि सवैले देखें, २०६९ साल जेठ १४ गते । संविधानसभा भङ्ग गरे । अनेक हिसाबले विकल्प देखाउँदा पनि नमानेर बुरुक्क उफ्रेर भङ्ग गरे । पत्रकारहरूले टिभी अगाडि राखेर सोध्नुभयो । प्रधानमन्त्रीज्यू, महान् नेताज्यू, किन सिद्ध्याउनुभयो त संविधानसभा ? उहाँहरूको भनाइ थियो, दुई तिहाइ हाम्रो नभएपछि संविधान बन्न सकेन । अब दुई तिहाइ चाहियो । उहाँहरूको डंक त्यो थियो । अब चुनाव नगराउने, तर चुनाव गराउँछु भनिरहने । के रहेछ, यिनीहरूसँग भने दुई तिहाइ चाहियो भनेर देखाउने ।  दुई तिहाइ भयो भने आफूले भने अनुसारको संविधान जारी गर्छु भन्ने । अरु नमाने पनि केही छैन । दुई तिहाइ चाहियो किन ? दुई तिहाइ भनेको सहमति हो ? दुई तिहाइ भनेको संख्या होइन र ? पहिले त चुनावै नगर्न खोजेको थियो । डा. बाबुराम भट्टराई भ¥याङ्गबाट माथि चढेर भ¥याङ्ग नै फालिदिनु भयो । अनि वहाँ भन्नुहुन्छ, भ¥याङ्ग नै मैले फालिदिइसकेँ, अब को आउँछ ? तपाई तल ओर्लनुस् न त भन्दा कहाँबाट ओर्लने भ¥याङ्ग नै छैन । संसद भङ्ग गरिदिनु भयो । संसदबाट निर्वाचित मै हुँ, अर्को संसद छैन । मलाई हटाउन पनि संसद छैन, अरुलाई बनाउन पनि संसद छैन । भनेपछि प्रधानमन्त्री त मैं रहने भएँ, कति सजिलो ! चुनाव भएपछि जब तलमाथि प¥यो । अनि संबिधान बन्न नदिने खेल खेल्न थालियो ।
     सेनाको मलाई समर्थन छ, प्रहरीको मलाई समर्थन छ भनेको कुरा त हामी बुझ्छौं नि । त्यसबेला केही सञ्चारमाध्यमहरूले सोधेको थियो, अब के गर्नुहुन्छ ? मैले भनेँ अब चुनाव गराउँछु । वहाँहरू  त सरकार छोड्दिन भन्नुहुन्छ । मैले त्यस बेला भनेको थिएँ, छोड्न मान्नुहुन्न भने टिपेर मिल्काउनुपर्छ । राणाशासन कुन चाहिँ ऐनको दफाले हटाएको हो र ? निरंकुश राजतन्त्र कुनै संविधानको कुनै धाराले हटाएको हो र ? जनताका अगाडि एक्काइसौँ शताब्दीमा शासनमा पुगेँ, अब म ओर्लन्न भनेर कसैले भन्छ भने टिपेर खसाल्नु पर्छ । त्यतिसाह्रो अलिक परेन । जे होस् हामीले संविधानसभाको दोस्रो निर्वाचन ग¥यौँ र यतिबेला हामी सहमतिका साथ संविधान निर्माण गर्ने प्रयासमा छौं । सवैलाई थाह छ, संविधान सभाको कार्यकाल दुई वर्षको थियो । अर्को एक वर्ष थपियो, फेरि छ महिना थपियो, फेरि छ महिना थपियो, चार वर्षको पु¥याइयो । सिद्ध्याउनु भन्दा त फेरि थपेर कोसिस गरौँ भन्दै थियौँ, तर माओवादीले सिद्ध्याइदियो । जे होस् अर्को संविधानसभाको निर्वाचन भयो र नेपाली जनताले राम्रैसँग के बुझे भने लोकतान्त्रिक शक्तिहरूलाई दुई तिहाइ दिनुपर्छ, नभए संविधान बन्दैन । त्यो बुझेर एमाले, काँग्रेसलगायतका संविधान बनाउन चाहने लोकतान्त्रिक शक्तिहरूलाई दुई तिहाइ दिए । जनताले दिएको यो जिम्मा, यो अभिभारा अनुसार हामी नेपालको अन्तरिम संविधान, अन्तर्राष्ट्रिय प्रचलन, अलिक अगाडिसम्म माओवादी मानसिकता, ती सबै कुराको म्यापिङ्ग के हो भने जनताबाट निर्वाचित संविधानसभाको दुई तिहाइले संविधान बनाउने । यो अन्तर्राष्ट्रिय प्रयोग पनि हो, हाम्रो संविधानको व्यवस्था पनि हो । 
     एउटा चल्ने गरेको छ, प्रक्रिया भनेपछि सातो जाने । सर्वसम्मतिले नै गरे पनि बिनाप्रक्रियाले हुन्छ ? बिनाप्रक्रियाले हुन्थ्यो भने यहीबाट म संविधान घोषणा गरिदिन्छु । हुँदैन त त्यसरी ? कुनै बजारबाट गर्ने कुरा हो र त्यो ? प्रक्रियाबाट संविधान जारी हुन्छ, घोषणा हुन्छ । जति सहमति भए पनि संविधानसभाको प्रक्रियामा जानैपर्छ, त्यसै कारण संविधानसभा छ र संविधानसभामा जानुपर्छ । हामी कसैसँग पनि एक तिहाइको आसपास भन्दा बढी छैन । संविधान जारी गर्न कम्तीमा दुई तिहाइ चाहिन्छ, त्यो भन्दा बढी चाहिन्छ । अनि हामी संवाद गर्ने पक्षमा छैनौं, सहमति गर्ने पक्षमा छैनौं भन्ने कुराको त अर्थ नै हुँदैन । हामी संवादको पक्षमा छौं, सहमतिको पक्षमा छौं । हामीले खोजेको लडाइँ हो र ? माघ १९ हामीले गरेको हो र ? हामी लडाइँ खोज्दैनौं । जनयुद्धको नाममा चलाएको हिँसा हामीले हो र ? हामी जहिले पनि जनताको अधिकारको पक्षमा छौं, जनताको जिउ धनको रक्षाको पक्षमा छौं । हामी जनबलको पक्षमा छौं । हामीसँग अनेक दृष्टान्तहरू छन् । २००७ सालमा रामप्रसाद राईजीहरूले शान्तिपूर्ण ढङ्गले नै यत्रो जनदवाव सिर्जना गर्नुभयो कि शान्तिपूर्ण ढङ्गले नै भोजपुर कब्जा भयो । जनदवाव बेस्सरी परेपछि त कब्जा हुँदो रहेछ नि त ! हिंसा चाहिँदो रहेनछ । 
     हामीले २०४६ सालको आन्दोलन हेरेका छौं । २०६२÷६३ को आन्दोलन हेरेका छौं । जब सडकमा साँचिक्कै जनता ओर्लन्छन, तब हतियारहरू आवश्यक हुँदैन । त्यसैले हामी सहमतिका साथ संविधान बनाउन चाहन्छौं । कथंकदाचित सहमति बनेन भने के गर्ने ? यो पीँढी बाचुञ्जेल त जति पर लम्ब्याए पनि त्यही हो । कि मति फेरिनुप¥यो कि अर्को पींढी आउनुप¥यो । मति फेर्न तयार नहुनु, अर्को पुस्ता आइञ्जेल कति पर्खनु, त्यो पनि गाह्रै हुन्छ । सबभन्दा सजिलो बाटो त संविधानअनुसार जानु नै हो, जो हामीले सर्वसम्मतिले बनाएका हौँ । अहिलेको अन्तरिम संविधान भनेको सबैले सहमतिले बनाएको हो । संविधान सभाको निर्वाचन पछि हामीले सर्वसम्मतिले सर्वसम्मतिले नियमावली बनायौँ । अब माघ ८ मै संविधान जारी गर्ने, सहमतिमै जारी गर्ने प्रयासमा छौं भनेर संविधान जारी गर्न नदिने, मोर्चा बनाएर संविधानका सम्बन्धमा भ्रम फिँजाएर अनि विभिन्न तत्वहरू एक ठाउँ जम्मा भएर संविधान बन्न नदिने खेल खेल्ने कामहरू भइरहेका छन् । तर एमालेका तर्फबाट भन्न चाहन्छु, संविधान जारी गरिन्छ, संविधान अनुसार जारी गरिन्छ, नियमअनुसार जारी गरिन्छ । माघ ८ गते भित्रैमा हामी संविधान जारी गर्छौं । कतिले हामीलाई तर्साउँछन्, हेरौँला, चाखौंला, रक्तपात हुन्छ, भीडन्त हुन्छ, त्यो पनि हेरौँला । तथाकथित जनयुद्ध पनि हामीले देखेका हौँ, विभिन्न घटनाक्रम उनीहरूले मात्र देखेको होइन, हामी पनि यही धर्तीमा हेरिरहेकै छौं । हिजो लडाकू, सेना, महान् जनमुक्ति सेना, हतियार, व्यारेक, क्याम्प सबै हुँदा त टेरिएन भने अहिले अलि लामा नङ पालेको होला, त्यति न हो । यसै कुरासँग तर्सिएर संविधान नबनाउने आवश्यकता हुँदैन । संविधान हामी बनाउँछौं । 
     संविधान बनाउँदा पाँच वटा कुरा हामीले भनेका छौं । नेपाली जनता शान्ति चाहन्छन । हिंसातिर धकेलिने कुरामा हामी सहमत हुँदैनौं । क्रान्ति आदिका नाममा शान्ति खल्बल्याउने, हिंसातर्फ मुलुकलाई धकेल्ने, संविधान नबनाएर जुन उटपट्याङ्ग कुरा अहिले गरिराखेका छन्, त्यसमा एमाले सहमत हुँदैन । हामी शान्तितर्फको यात्रा सुनिश्चित गराउने संविधान बनाउँछौं । हाम्रो लडाइँ लोकतन्त्रका लागि हो । समान अधिकार, समान अवसर, सबैका लागि सुरक्षा र सबैका लागि सम्मान हुने स्थिति, जनताको सार्वभौमसत्ता, अहिले एउटा कुरा छ नि जनादेश होइन मतादेश भन्ने । तीन पत्तावालाले पनि यो कुरा गर्छ । मतादेशबाट त जनादेश प्रकट हुने हो । सुशील कोइरालाजी के हिसाबले प्रधानमन्त्री हुनुहुन्छ ? भोट बढी काँग्रेस पार्टीले पायो । वहाँ त्यस पार्टीको संसदीय दलको नेता । कसैलाई लागेको हुन सक्छ, सुशील नहुनुपर्ने, म प्रधानमन्त्री हुनुपर्ने । अब एक दुई सीट आयो, आएन, त्यो बेग्लै कुरा हो, तर म राम्रो चलाउँथे भनेर पनि कसैलाई लागेको हुनसक्छ । तर जनादेश यस्तो कुरा हो । हुनसक्छ त्यो सुशीलजी भन्दा राम्रो चलाउँथे । तर जनताको आदेश चाहिँ अहिले काँग्रेस प्रमुख पार्टी हुनु हो र काँग्रेसको फैसला भो सुशील दलको नेता । अनि यो गणितीय खेल अरे, ६०१ संविधान सभा हो कि गणतीय खेल हो ? कि यो चाहीँ संख्या होइन ? संविधानमा लेखेको दुई तिहाई गणीतीय खेल हो कि यथार्थ हो ? सरकार चलाउन बहुमत चाहिन्छ भनेको टाउका गनेर हुन्छ भनेर भन्छन् अनि के हातखुट्टा गन्ने ? के भनेको त्यो ? सरकार त बहुमत जोसँग छ, उसैले बनाउँछ । जसका पक्षमा धेरैले हात उठाए, उसैले पाउँछ । टाउकै त गन्ने हो नि ! 
     हामी जनतामा सार्वभौमसत्ता, लोकतन्त्रका अन्तर्राष्ट्रिय आधारभूत मूल्य र मान्यता भएको संविधान बनाउन चाहन्छौं । अहिले त एउटा ‘जन’ थपिदियो भने लोकतन्त्र सोकतन्त्र केही चाहिँदैन । सर्वोपरि पार्टी, पार्टी भन्दा पनि पोलिटव्यूरो र पोलिटव्यूरो भन्दा पनि एक जना नेता, अध्यक्ष छ कि महासचिव छ कि उही हो । देख्नुभो नि हेटौँडा महाधिवेशनबाट कति सदस्यीय हो केन्द्रीय कमिटी बनाएर आए, बाटामा आउँदा चिसापानीतिर कता झरेछ, यहाँ आइपुग्दा त छैन त्यो केन्द्रीय कमिटी । कस्तो जनव्यवस्था ! महाधिवेशनबाट चुनाव गरे, चुनिएका नेता आए, केन्द्रीय कमिटी बन्यो, यहाँ आएर पोका फुकाएर हेर्दा खतम ! छैन । पदाधिकारी हट्ने, कमिटी नै हट्ने । अलिक पछाडि एकल अध्यक्ष रहे, बाँकी केही पनि रहेन । त्यो भृकुटी मण्डपको यदुवंशीय काण्ड भन्दा पछि अध्यक्ष मात्र रहे, सबै गए । अब फेरि एक वर्षभित्र महाधिवेशन गर्ने भनेको छ । महाधिवेशन पनि यस्तै न हो तमासा । मन प¥यो भने त्यसलाई मानिदियो, मन परेन भने अलि वर आएर भङ्ग गरिदेऊ है भनिदियो, सिद्धियो । यो चाहिँ वहाँहरूको परिभाषामा जनव्यवस्था । नियम कानुन चाहिँदैन । पुप्पकमलजीले यी २५÷२६ वर्ष अनवरत अध्यक्ष भएर नेतृत्व गरिदिएको हामी नेपाली जनतालाई ‘गुन लाइदिएको’ हो । वहाँको आफ्नो कुरा होइन । 
     मैले कुनै पनि तानाशाहले जनताको इच्छा विपरीत जान्छु भनेर बोलेको अहिलेसम्म सुनेको छैन । हरेक तानाशाहले जनताको इच्छाअनुसार, जनताको आदेशअनुसार गरेको छु भन्छ । काम चाहिँ बेग्लै गर्छ, भनाइ चाहिँ जनताको इच्छाअनुसार, जनताको चाहना अनुसार भन्छ । हामीले जनअदालत भन्ने पनि देख्यौँ । जनसरकार भन्ने पनि देखियो । हामीले चाहेको थितिको समाज हो, अराजकता होइन । हामीले चाहेको समाजलाई अगाडि बढाउने, समृद्धितर्फ लाने कुरा हो । त्यसकारण हामी लोकतन्त्र छोड्दैनोँ । लोकतन्त्रविरुद्ध तानाशाहीतर्फको कुनै प्रयास हामीलाई मान्य हुने छैन । हिजो राजतन्त्र हुँदा, सामन्तवाद हुँदा नेपाली जनतालाई भूगोलको आधारमा, जातको आधारमा, समुदायको आधारमा, पेसा, व्यवसायको आधारमा भिन्न भिन्न गरेर दुःख दिने काम भयो । यो हिजो सामन्तवाद हुँदाको कुरा हो । अब सम्पूर्ण नेपाली जनताले समान अधिकार, समान अवसर पाउँछन् । उत्तिकै सुरक्षा हुन्छ र उत्तिकै सम्मान सबैले पाउँछ । नेपाली जनतालाई चाहिएको अधिकार हो । नेपाली जनतालाई चाहिएको सैद्धान्तिक अधिकार मात्रै होइन, व्यावहारिक अवसर पनि त्यसमा हुनुप¥यो । हामी हरेकलाई अधिकार र अवसर, हरेकलाई सुरक्षा र सम्मानको स्थिति बनाएर जान चाहन्छौं । हिजो सामन्ती राजतन्त्रमा विभेद ग¥यो, लोकतन्त्रमा विभेद हुँदैन । 
     अहिले हामीले पछाडि परेको समाजको हिस्सालाई अगाडि लाने सन्दर्भमा दुइ वटा उपाय भनेका छौं । एउटा दिगो र वास्तविक उपायमा तलैदेखि बच्चाबच्चीदेखि राम्रो शिक्षा प्रदान गर्दै ल्याउने हो । मैले भनेको राउटे, दुसाध, चमार, कुमाल, धिमालका छोराछोरीलाई आवासीय ढङ्गले १२ कक्षासम्म पढाइदिने व्यवस्था सरकारले गर्ने ता कि उनीहरू शिक्षित होऊन् । आवासीय किन गरिदिनुपर्छ भने उनीहरू घरबाट फुत्किन पाउँदैनन् । त्यति गरिदिए पछि उनीहरू जागिर गर्दै वा केही गर्दै पनि अगाडि जान सक्छ । पढ्न सक्छ । त्यो चाहिँ उनीहरूलाई इम्पावर (सशक्तिकरण) गर्ने, उनीहरूको क्षमतावृद्धि गर्ने हो । शासनमा र नीति निर्माणमा उनीहरूको सहभागिता बढाउने वास्तविक बाटो हो त्यो । यसकारण हामीले सेलेक्टिभ ढङ्गले समानुपातिक भनेर, समावेशी भनेर, अलिकति कृत्रिम हुन्छ त्यो कुरा । आरक्षणका कुरा हामी किन गर्छाैं भने पुरुष र महिला चुनाव लड्ने हो भने पुरुषले एकाधबाहेक धेरै ठाउँमा जित्छ । त्यसकारण महिलालाई आरक्षित ठाउँ चाहियो, जहाँ उनीहरूले प्रतिनिधित्व गर्न सकून् । दलित अझै आउनसक्ने स्थिति बनिसकेको छैन, त्यसकारण आरक्षित ठाउँ चाहियो । साँचै पछाडि परेको तप्कालाई समावेशी गरेर ल्याउनुपर्छ । हामीले असमानता र विभेदको अन्त्य गर्नुपर्छ र सामाजिक न्याय सहितको समतामूलक समाज स्थापना गर्नुपर्छ । यो हाम्रो तेस्रो बुँदा हो ।
     चौथो बुँदा १२५ जातजाति १२३ भापाभाषी र मिश्रित बसोवास भएको यस देशमा राष्ट्रिय एकता हामीले कायम राख्नुपर्छ । हामीले बुझ्नुपर्छ हामी कस्तो अवस्थामा छौं र हाम्रो देशको भूगोल कस्तो छ । अरु ठूलाठूला देशहरू उपनिवेश हुँदा पनि हाम्रा पुर्खाले हाम्रो देशको स्वतन्त्रता कायम राखे । लडेर देश बनाए र लडेरै देश जोगाए । यति बेला हाम्रो पीँढीमा आएर हाम्रो एकता विथोलिने खालका कुरा हामी गर्छौँ भने त्यो उचित हुँदैन । त्यसकारण हामी राष्ट्रिय एकताको पक्षमा छौं । देशलाई भोलि गएर विखण्डनतर्फ लाने खालका प्रयासहरूलाई हामी बुझ्छौं र ती कुराहरूलाई स्वीकार्न सकिँदैन । अर्को पाँचौँ कुरा छ, नेपाली जनताको सबभन्दा ठूलो समस्या पछौटेपन र गरिबी हो । देशलाई आधुनिकीकरणमा लानुपर्छ, आधुनिकतातर्फ लानुपर्छ र गरिब जनतालाई समृद्ध बनाउने ठोस कदम, ठोस व्यवहार, ठोस प्रयास अगाडि बढाउनु पर्छ । संमृद्धि हाम्रो चाहना हो । हरेक नेपालीले के खाऊँ, के लाऊँको स्थितिमा होइन, खान लाउन पाउनुपर्छ, बस्ने घर पाउनुपर्छ र छोराछोरी पढाउन सकिएन भन्ने होइन, पढाउन सकिने अवस्था सिर्जना गर्नुपर्छ । विमारी हुँदा उपचार गर्ने अवस्था निर्माण गर्नुपर्छ । जीवन निर्वाहका लागि आवश्यक कुरा त यी नै हुन् । 
     अहिले नेपाली जनताको ठूलो हिस्साले भोग्नुपरेको समस्या त यी नै हुन्, जसले गर्दा चालीस लाख युवा बाहिर छन । यही कारण हो । यसकारण हामीले हाम्रा उद्योगका क्षेत्र, हाम्रा व्यापारका क्षेत्र, हाम्रा सेवाका क्षेत्र, पर्यटनका क्षेत्र, ऊर्जाको क्षेत्र, हाम्रा अरु संरचना निर्माणका क्षेत्र अनेकलाई काममा लगाएर रोजगारीका थप अवसर सिर्जना गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्नुपर्दछ । के खाऊँ के लाऊँको अवस्थाबाट मुक्ति, गरिबीबाट मुक्ति नेपाली जनताका सपना हुन् । चराले पनि रूखको हाँगामा एउटा सानो गुँड लगाउन पाएको छ, तर मान्छे भएर पनि नेपाली जनताले एउटा सानो गुँड लगाउन पाएको छैन । अनि यहाँ सरकार बन्छन्, सरकार फेरिन्छन्, क्रान्तिकारी कुरा गर्छन् । के अर्थ हुन्छ त्यसको ? कति समय त्यही चलाइराख्ने ? त्यसकारण अबको कदम हो गरिबी हटाऊ, रोजगारी सिर्जना गर, रोजगारी उपलब्ध गराऊ । विकासका काम अगाडि बढाऊ । यस निमित्त हामीले नेपाली जनताको समृद्धिका सपनालाई नष्ट पार्ने खालका कुनै कुरा हुन दिँदैनौं । यस सानो देशमा धेरै वटा प्रदेश, १० वटा कि १४ वटा कि १५ वटा, हिजो कसले मानेको थियो ? त्यो बेग्लै कुरा थियो । हामीलाई एक थान संविधान देख्ने इच्छा थियो, त्यसैले हिजो धेरै वटा अनुचित कुरा भए पनि ल आओस् भन्ने थियो । अनि संविधान नै नआएपछि त ती कुराहरू गइगए नि !
     नेपालमा धेरै बटा प्रदेश सम्भव नै हुँदैन । एउटा संविधानसभा, संसद त हामीले आफ्नै भवनमा चलाउन नसकेर भाडामा चलाएका छौं । एउटा राष्ट्रपति बस्ने ठाउँ नभएर शीतल निवासमा परराष्ट्र मन्त्रालय खाली गराएर बसाएको छ । राष्ट्रपतिका ठाउँमा प्रदेशमा गभर्नर हुन्छ, प्रधानमन्त्रीका ठाउँमा मुख्यमन्त्री हुन्छ । मन्त्रीहरू हुन्छन् । विधायिका हुन्छ । सिङ्गै सरकार चाहियो । अनि कहाँबाट पैसा ल्याएर हामी प्रहरीलाई पाल्छौं ? प्रदेश सरकारले पाल्नुपर्छ प्रहरी । कर्मचारी कहाँबाट पाल्छौं ? स्वास्थ्य कर्मचारी कहाँबाट पाल्छौं ? शिक्षा कर्मचारी कहाँबाट पाल्छौं ? कहाँबाट आउँछ पैसा ? अझ गजब छ । चुरे भावरले तल तराईको भूभाग ठ्याम्मै बिसाउन नपाउने, माथि कोदोबारीबाट चाहिँ शासन चलाऊ । यो खालका कुराहरू हुन्छन् । यदि धेरै वटा प्रदेश बनाउने हो भने आउँदो ५० वर्ष संरचना निर्माण गर्दै ठीक हुन्छ हामीलाई । 
     त्यसकारण हामीले अन्तअन्त हेरेर होइन, नेपाल हेरेर थोरै प्रदेश भनेका छौं । अन्तका भूगोल र सम्भावना हेरेर हुँदैन । यहींका भूगोल र सम्भावना हेर्नुपर्छ । मैले अक्सर भन्ने गरेको छु, एन्डोरा भन्ने एउटा सानो देश छ, स्पेन र फ्रान्स बीचमा । यस्तो टुरिस्ट हब छ, घर थोरै, होटेल धेरै छ । त्यहाँको जनता भन्दा बढी टुरिस्ट हुन्छन् । त्यसो भए पछि त्यहाँको अर्थतन्त्र सबल छ । सानै देश भए पनि नेपालभन्दा धेरै चल्छ । किनभने अर्थतन्त्र ठूलो छ । भेटिकन सिटी चल्ला, तर नेपाल यति अविकसित ठाउँ छ, यति पछाडि परेको ठाउँ छ, तुइनमा समाउँदै मान्छे तरेका छन्, पुल छैन । बाटा कस्ता छन् फेरि नामै स्वर्ग जाने बाटो भनेर राखेका छन् । कथंकदाचित् पल्लो छेउ पुगियो भने आज गइएन स्वर्ग नभए बीचैबाट स्वर्ग गइयो । त्यहाँबाट सवारी साधन चढेर गइयो स्वर्ग नै पुगिने हो कि ! नजाऊँ, हप्तादिन लाग्छ, जाउँ स्वर्ग पुगिने हो कि । अनि यस्ता देशमा अरुअरुका स्वार्थहरू यहाँ ल्याएर थोपरिदिएको छ । हामी नेपाली जनताका आकांक्षा हामीले लागू गर्नुछ । नेपाली जनताका आकांक्षालाई सम्बोधन गर्नुछ । गरिबीतिर जाने होइन, समृद्धितिर जाने बाटो खन्नुपर्छ । विभिन्न नाममा फेरि पछाडि फर्कने होइन, अगाडि बढ्नुपर्छ । संविधान जारी गरेपछि राजनीतिक रूपमा सुशासन र विकास चाहिन्छ । सुशासन र विकास हाम्रो नारा हुन्छ । तसर्थ संविधान बनाउन ढिलो गर्न हुँदैन । विकासका हाम्रा प्रयास त्यतिकै ढिलो हुन्छ । स्थिरता, स्यायित्व छैन भनेर कोही विकासका निम्ति तयार हुँदैन, आन्तरिक न वाह्य । त्यसका निम्ति स्थिरता, स्थायित्व चाहिन्छ । 
     अहिले संविधान निर्माणको प्रश्नमा स्पष्टतः दुई वटा धार छ । नेपालको  एकता, नेपालको भविष्य, नेपालको अखण्डता र नेपाली जनतालाई समृद्धितर्फ लाने प्रयास एउटा छ । त्यसो हुन नदिएर क्षतविक्षत बनाउने अर्को कुरा छ । कसैकसैले यसो भन्ने गर्छन्, यत्रो सानो बीउ त हो, तीप् यसो माटोमा घुसारि दिइराखे के बिग्रियो त ? के फरक पर्छ भनेर । त्यही त्यो विषबृक्ष यति ठूलो हुन्छ कि तपाईं त्यसको हाँगो मुन्टो केही टिप्न सक्नुहुन्न । चढ्न पनि सक्नुहुन्न । ए सानो बीउ छ, त्यसलाई माटामा घुसार्न दिएर के फरक पर्छ ? फरक पर्छ, त्यसैले घुसार्न दिँइदैन । हामी कुनै अलमलमा पर्ने छैनौं । त्यसैले अव सवै नेपालको पक्षमा, राष्ट्रको पक्षमा एकताको पक्षमा लाग्नुपर्छ । विभिन्न ट्रेन्डहरू हामीले देखिराखेका छौं । अलग देश बनाउने, अलग झण्डा, अलग राष्ट्रिय गान, अलग राष्ट्र भनेर घोषणा गर्ने । अनि मैले पहिले पहिले घरमा झण्डा राख्दिनथेँ, अहिले धुरीमा ठूलै झण्डा राखेको छु, झण्डा च्यात्ने जलाउने उपद्र्याहहरू देखेपछि । यो त हामीले त माया गर्नुपर्ने चीज रहेछ भनेर । जति देशलाई अहित गर्न खोज्छन्, त्यति देशको हितको पक्षमा हामी दृढताका साथ उभिनुपर्छ । देशै भत्काउन खोज्ने, देशै ध्वस्त पार्न खोज्ने, अरुका छौंडाका रूपमा यहाँ फट्याकफट्याक गर्ने, अनि तिनका विरुद्ध नौनी लगाएर बोलिदिनु पर्ने ? जस्ताको तस्तै भनि दिनुपर्छ, यो बेठीक बाटो हामी जाँदैनौं भनेर । 

Sunday, December 7, 2014

'अहिले सरकार परिवर्तन होइन, विस्तार गर्ने’

(मिति २०७१ मंसिर २१ गते कान्तिपुर दैनिकमा मुख्य समाचारका रूपमा प्रकाशित अध्यक्ष क. के. पी. शर्मा अोलीज्यूको अन्तर्वार्ता कान्तिपुर अनलाइन संस्करणबाट साभार)
कान्तिपुर कुराकानी     

सबै विषय टुंगो नलागे त्यसलाई थाती
राखेर पनि संविधान जारी गर्नुपर्छ ।
मोदीजीलाई आउँदाआउँदै कसैले गलत 'ब्रिफिङ’ गर्‍यो र उहाँले प्वाक्क
त्यस्तो बोल्नुभयो ।
संख्याका हिसाबले हुँदैन भने संविधानमा दुई तिहाइको कुरा किन लेखेको ?
प्रक्रिया भन्नेबित्तिकै केही मानिसहरू जुकाका मुखमा अमिलो लगाउँदाजस्तो बुरुक्क उपि|mन्छन् ।
माओवादीलाई संवाद समितिको सभापति दिनु नै गल्ती गरिएछ ।
मेरो यो कुरा सुनेर प्रधानमन्त्री पनि कता-कता झस्किनुभएछ ।
स्थायी समिति र पोलिटब्युरो
सहमतिबाट चयन गर्न सकिन्छ ।
कतिपयले मलाई असफल पार्ने योजना भन्छन्, तर माधवजीबाट त्यस्तो हुन्छ जस्तो लाग्दैन ।
............................................................................
नेकपा एमालेका अध्यक्ष केपी ओलीको भक्तपुर, बालकोटस्थित निवास अहिले फराकिलो भएको छ, नयाँ भवन र क्षेत्र थपिएको छ । आफ्नो पार्टीका नेता-कार्यकर्ता मात्र होइन, अरू दलका नेताहरूसँग पनि ओलीको भलाकुसारी यसबीच निकै बढ्न थालेको छ । हामी शनिबार बिहान अन्तर्वार्ता लिन पुग्दा मधेसी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार गोप्य कुराकानीमा त्यहीं व्यस्त भेटिए भने अरूहरू बाहिर प्रतीक्षारत थिए । केही अघिसम्म गम्भीर बिरामी भएर थलिएका ओली अचेल राति ११ बजेसम्म भेटघाटमा सक्रिय हुन्छन्, शरीरमा स्फूर्ति बढेको हाउभाउले नै देखाउँछ । कतै यो सक्रियता उनको प्रधानमन्त्री बन्ने आकांक्षासँग त जोडिएको छैन ? हामीले सोध्दा ओलीको स्पष्टोक्ति थियो, 'माघ ८ मा संविधान जारी गर्दासम्म अहिलेको सरकार बदलिँदैन, बरु विस्तार हुन्छ ।’ त्यसपछि ? सायद त्यो परिस्थितिमा निर्भर रहने छ । प्रस्तुत छ, कान्तिपुरका सुधीर शर्मा र दुर्गा खनालले एमाले अध्यक्ष ओलीसँग लिएको उक्त सवा घन्टा लामो अन्तर्वार्ताको सम्पादित अंश
माघ ८ नजिकिँदै छ, नयाँ संविधान आउँछ कि संविधानसभाको काम अझै लम्बिन्छ ?
संविधानसभाबाट संविधान बन्न नदिने खेल चलिरहेको छ । कतिपयको मनसाय माघ ८ मा संविधान बन्न नदिने देखिन्छ, यो ठूलो आश्चर्यको कुरा छ । भदौ १५ मा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सहमति हुनुपर्ने थियो । सहमति नभए प्रश्नावली बनाएर भदौ २१ गतेसम्म संविधानसभामा पठाउने र भदौ अन्त्यसम्म मस्यौदा जनतासँगग जानुपर्ने थियो । तर त्यसो नगरेर तीन महिना त्यत्तिकै अल्झाइयो । संविधानसभाको आदेश उल्लंघन भयो । पटकपटक नियमावलीको पालना भएन । नियमावलीले मिलेका कुरा सहमतिसाथ र नमिलेका कुरा प्रश्नावलीसाथ पठाउँमा भनेको थियो । तर एउटा समितिले पुरै प्रक्रियालाई अवरोध गर्‍यो । (संविधानसभाको) कार्यतालिकालाई असफल बनाउने काम गर्‍यो । बाबुराम भट्टराईले माओवादी कार्यकर्ताको काम गर्नुभयो । मैले उहाँलाई धेरैपटक भनें, 'संवाद समितिको सभापति हुनुहुन्छ, सभापतिको पद लिने हो भने साझा व्यक्तिका हिसाबले तटस्थ क्रियाकलाप गर्नुहोस् ।' त्यो हुँदैन भने एउटा पार्टीका हितको प्रतिनिधित्व गर्ने, आदेशको तामेली गर्ने काम लोकतान्त्रिक विधि, प्रक्रियाअनुसार सुहाउँदैन, मिल्दैन पनि भनें । तर उहाँले तीन महिना प्रक्रिया रोक्नुभयो । माओवादीलाई संवाद समितिको सभापति दिनु नै गल्ती गरिएछ । माघ ८ मा संविधान बनेन भने सभापतिले तीन महिना विलम्ब गरेका कारणले नबन्ने हो ।
अब कार्यतालिका हेरफेर गरेर भए पनि छोटो बाटोबाट संविधान जारी गर्नुपर्छ । जनताले खोजेको कार्यतालिका होइन, संविधान हो । जनताले माघ ८ मै संविधान खोजेका छन् । मुख्य कुरा जनताका हक, अधिकार र उपलब्धिहरू संघीयता, गणतन्त्र र लोकतन्त्रलाई स्पष्ट परिभाषासहित संस्थागत गरियोस् भन्ने छ । संविधान जारी नहुँदा यी कुरा संस्थागत हुँदैनन् । संविधान बन्नै सकेन भने नेपालमा अस्थिरता अझै छ भन्ने सन्देश जान्छ । स्थायित्व छैन भने वैदेशिक लगानी पनि आउँदैन । त्यसैले माघ ८ मा संविधान जारी हुँदा जनतामा उत्साह आउँछ । २०६७ जेठ १४ मै जारी हुनुपर्ने संविधान सात वर्ष बितिसक्दा पनि जहाँको त्यहीं छ । यो देशका लागि अनुकूल कुरा हो र ?
सहमति कसरी हुन सक्छ त ?
विवादित विषयमा जनता र देशको हितका पक्षमा रहेर विचार गर्ने हो भने स्वाभाविक रूपमा सहमतिका बिन्दु प्राप्त हुन्छन् । तर, एउटा जातिका विरुद्ध अर्को जातिलाई प्रस्तुत गर्ने, एउटा क्षेत्रलाई अर्को क्षेत्रको शत्रुजस्तो ठान्ने, एउटा वा दुइटा मधेस प्रदेश भनेर राजधानीको पहुँच सीमासम्म पुग्न नदिने, दक्षिणसँगको सम्बन्ध टुटाइदिने, पहाडप्रति दुस्मनी साध्ने, हामी उपनिवेशबाट मुक्ति चाहन्छौं भनेर अभिव्यक्ति दिने, पहिचानका नाममा भावना भड्काउने या त देशमा गृहयुद्ध मच्चाउने, विखण्डनका आधार तयार गर्ने काम अहिले भइरहेका छन् । यिनै सोचका कारण सहमति हुन र संविधान बन्न नसकिरहेको देखिन्छ ।
यति धेरै विवाद र असझदारी रहेछ, कसरी माघ ८ भित्रै संविधान जारी होला ?
हामी सहमति कायम गर्न चाहन्छौं । हामी कसैसँग पनि एक तिहाइको आसपासभन्दा बढी मत छैन । संविधान जारी गर्न कम्तीमा दुई तिहाइ मत चाहिन्छ । त्यसैले सहमति गर्नु अनिवार्य छ । एमालेले कांग्रेससँग सहमति गरेर संविधान जारी गरौं भन्न सक्छ भने मधेसी र एमाओवादीसँग पनि सहमति गर्न सक्छ । उनीहरूलाई चाहिं बाहिर राखौं भन्ने होइन । सहज ढंगले संविधान जारी गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने हाम्रा दुई मुख्य जिम्मेवारी हुन् । यदि कोही मान्दै मान्दिनँ भन्छ, देशलाई दूरगामी असर पार्ने कुरा गर्छ भने त्यस्तो अवस्थामा सहमति भन्दै त्यसलाई मानेर जान सकिन्न ।
संविधानसभाको चुनावमा जनताले एमाले, कांग्रेसलगायतका दललाई दुई तिहाइ मत दिए । लोकतान्त्रिक पार्टीलाई दुई तिहाइ दिँदा पनि संविधान बन्दैन भने जनताले के गर्ने ? अहिले म सुन्छु- संविधान, नियमावली, कानुनअनुसार चल्दिनँ, संविधानसभामा छलफल गर्दिनँ भन्नेजस्ता कुरामा हामीले प्रतिबद्धता गरिदिनुपर्ने रे !एक-दुई जनाले जबरजस्ती गरेअनुसार चल्नुपर्ने ? यो लोकतान्त्रिक तरिका होइन । हामीले दम्भ देखाएर अरू नभए पनि हुन्छ भनेका छैनौं । हामी पनि संविधानसभामा प्रक्रिया अघि बढाउन सक्थ्यौं होला नि !तर हामीले किन तीन महिना पर्खियौं ? आजित भएर अब जस्तो प्रतिवेदन पठाए पनि हुन्छ भनेर हामीले सभापतिलाई भन्यौं । भनेकै दिन पठाउनुभएन । भोलिपल्ट -पुष्पकमल) दाहालजीले भन्नुभयो- हामीले भनेको मान्नुपर्छ, संविधान र कानुन मान्न पाइँदैन, संविधानसभामा छलफल हुँदैन भन्नुपर्छ अनि मात्र सभापतिले पठाउनुहुन्छ, नत्र पठाउनुहुन्न । मैले भनें- उहाँ -भट्टराई) माओवादी कार्यकर्ता मात्र होइन, समितिको सभापति पनि हो, हिजो मानेको कुरामा आज किन नयाँ कुरा निकाल्नुहुन्छ ? तपाईंहरू जे भन्नुहुन्छ, त्यहीअनुसार चल्दैनौं, संविधान, नियम, कानुन मान्दैनौं, प्रक्रिया र विधि मान्दैनौं भनेर हामीले किन कागज गरिदिने ?
दलहरूबीच यति धेरै अविश्वास र असमझदारी किन भएको होला ?
दलहरूको उद्देश्यमै फरक छ नि !१० वर्षभरि हिंसा किन गरियो ? त्यो अनुपयुक्त थियो, उहाँहरूलाई हामीले 'स्पेस' दिन चाह्यौं, सहमतिमा आउनुभयो । तर त्यो सहमति धेरै महँगो भयो । ५ हजार गुरिल्लालाई ३५ हजार बनाएको हो कि होइन ? ती सबैका नाममा रासन, पारिश्रमिक लिएको हो कि होइन ? अन्तिमपटक १९ हजार ६ सय २ जना गुरिल्लाको रकम लिएको हो कि होइन ? त्यो सबै सहमतिका लागि भनेर हामीले छोडिदियांै । एउटा राजनीतिक पार्टीले गरिब देशका जनताको अरबौं लुट्दा पनि सहिदियौं । अस्ति फेरि दुई-दुई लाख रुपैयाँ दिनुपर्छ भन्नुभयो । कतिपल्ट पैसा दिने ? तर पनि संविधान बन्छ, देशलाई अघि बढाउने हो भने 'हुन्छ' भनिदियौं । उहाँहरूले संसद् बन्द गर्नुभयो । संसद् भनेको पैसाको 'बार्गेनिङ' गर्ने थलो हो ?
अरू नेताका तुलनामा तपाईं एमाओवादीको निकै चर्को आलोचना गर्नुहुन्छ जस्तो लाग्दैन ?
सत्य कुरा बोल्दा म कसरी चर्को आलोचक भएँ ? सहमति होस्, संविधान आओस् भनेरै हामीले सबै कुरा छोडिदिएका हौं । आज एउटा सहमति गर्‍यो, भोलि अर्को निस्किहाल्छ । गत मंसिर ६ गते सभामुखसहित एउटा सहमति भयो । जे धारणा आएका छन्, त्यसलाई जस्ताको त्यस्तै संविधानसभामा पठाउने भनियो । तर भोलिपल्ट बिहान पुष्पकमल दाहालजीले हिजोको सहमति मान्न सकिने भएन भन्नुभयो । उहाँहरूले गरेको सहमति एक रातमै सकिन्छ । हामी त उहाँहरूजस्तो होइन, चिप्ले किराको सिंगजस्तो फुत्त-फुत्त बाहिर ल्याउने र भित्र लैजाने । एउटा सहमति गरेपछि त्यसमा बेइमानी हुन्छ भने त्यो उचित हुँदैन । अनि यो तथ्य बोल्दा चर्को आलोचक हुने ?
अब संविधानसभाभित्र चाहिं सहमति खोज्नुहुन्छ कि बहुमतीय प्रक्रियाबाट जानुहुन्छ ?
हामीले व्यापक प्रतिनिधित्वको संविधानसभा बनाएका छौं । एउटा संविधानसभा त विघटन भइसकेको छ । मैले त (बाबुराम) भट्टराईको सरकार बनेकै बेला संविधानसभाले सविधान बनाउँदैन भनेको थिएँ । माओवादीले उपयुक्त समयमा भंग गर्छ भनेको थिएँ । 'भर्‍याङबाट माथि चढ्छ, अनि भर्‍याङ नै भत्काउँछ' भनेको थिएँ । त्यस्तै भयो । पहिले दुई तिहाइ नभएकाले संविधान जारी गर्न सकिएन भनेर भन्ने उहाँहरू अहिले त्यो हुँदैन भन्दै हुनुहुन्छ । संविधान निर्माणमा सबैको अपनत्व होस् भन्ने हामी चाहन्छौं । तर देशको अहित, दूरगामी प्रभाव पार्ने, समानताविरोधी, सामाजिक न्यायसहितको व्यवस्था गर्न नदिने, राष्ट्रिय एकतालाई धुजाधुजा पार्ने, राष्ट्रप्रति दुस्मनीपूर्ण व्यवहार गर्ने, जनताको समृद्धिको सपनालाई समाप्त पार्ने, अर्को ५० वर्षसम्म मुलुकलाई कंगाल बनाइराख्ने षड्यन्त्रमा सहमत हुन सकिँदैन । हामी शान्ति, लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धिको सुनिश्चितताका लागि संविधान बनाउन चाहन्छौं ।
अब दुई तिहाइकै प्रक्रियाबाट संविधान जारी गर्ने सम्भावना बढेको हो ?
अहिले 'प्रक्रिया' भन्नेबित्तिकै केही मानिसहरू जुकाका मुखमा अमिलो लगाउँदाजस्तो बुरुक्क-बुरुक्क उफ्रिन्छन् । प्रक्रियाबिना संविधान जारी हुन्छ ? सहमति भयो भने पनि त्यसलाई संविधानसभाको प्रक्रियामा त लैजानुपर्छ, सहमति कायम गर्नैपर्छ । कोही भन्छन्- संख्याको हिसाबमा कुनै हालतमा हुँदैन । संख्याका हिसाबमा हुँदैन भने ६ सय १ जनाको सविधानसभा किन बनाएको ? संविधानमा दुई तिहाइको कुरा किन लेखेको ? संविधानसभामा शतप्रतिशत सहमति भइदिए राम्रो हो, तर त्यो हुने म देख्दिनँ । कुनै कुरामा सहमति भएन भने, ६ सय १ कै चित्त बुझेन भने त्यसकै आधारमा संविधान नबनाउने भन्ने हुन सक्छ ?
हाम्राेमा राजतन्त्र गएर गणतन्त्रात्मक संविधान बनाउनुपर्ने छ । तर उग्रपन्थी बाटोबाट आएको एउटा पक्ष क्रियाशील छ । हिजोको हिंसारत पक्ष चार टुक्रामा विभाजित छ- मातृका यादव, मोहन वैद्य, नेत्रविक्रम चन्द र दाहालका । यी चारवटैको अन्तरवस्तुमा के फरक छ र ? हामीले आग्रह गर्‍यौं- कांग्रेस, एम्ााले, माओवादीलगायत सबै मिलौं तर उहाँहरू मान्नुभएन । विपरीत बाटो नसमाउनुहोस् भनेका थियौं । उहाँहरूले संविधान जारी गर्ने पक्षका विरुद्ध २२ दलीय मोर्चा बनाउनुभयो । संसद् अवरुद्ध गर्नुभयो । अनि राजनीतिक समितिको संयोजक दुई महिनालाई उहाँ (पुष्पकमल दाहाल) लाई दिइयो । एकातिर संविधान बनाउनेहरूको पनि संयोजक हुने र अर्कातिर संविधान बनाउन नदिने २२ दलको संयोजक पनि उहाँ नै हो । मैले भनें- तपाई संविधान बनाउने संयोजक कि भाँड्ने ? एउटा चिनियाँ नाटक छ, जुन नाटकमा एकातिर मुन्टो झटार्दा बादशाह देखिन्छ, त्यसैले अर्कातिर झटार्दा साम्राज्ञी देखिन्छ, अर्कोतर्फ गर्दा जर्नेल देखिन्छ । त्यस्तै यहाँ पनि एकातिर मुन्टो हल्लाउँदा संविधान भाँड्ने २२ दलको संयोजक, अर्कातिर हल्लाउँदा संविधान बनाउनेको नेतृत्व, यो कस्तो मुकुन्डो हो दाहालजीको ? आफंैले यस्ता चक्रव्यूह सिर्जना गरेर आफैंलाई बर्बाद नगरौं ।
भर्खरै भारतीय प्रधानमन्त्रीले सहमतिबाट संविधान जारी गर्नुपर्छ, संख्यात्मक रूपमा जानुहुन्न भनेर सुझाव दिएका छन् नि ?
उहाँ (नरेन्द्र मोदी) लाई आउँदा-आउँदै कसैले गलत 'ब्रिफिङ' गर्‍यो र उहाँले प्वाक्क त्यस्तो बोल्नुभयो । संविधान बनाउने, सरकार बनाउने कुरा सहमतिअनुसार मात्र हुन्छ कि अन्य विधि पनि हुन्छन् ? संसारमा कहाँ छ- सहमतिले मात्र चल्ने मुलुक ? अमेरिका, बेलायत, भारतमा सहमतिले मात्र चल्छ कि संविधान, कानुनअनुसार चल्छ ? त्यसकारण यो कुनै भावनामा बग्ने विषय होइन, यथार्थ तथ्यमा आधारित भएर 'फास्ट ट्रयाक' बाट संविधान जारी गर्नुपर्छ ।
भारतीय प्रधानमन्त्रीसँग तपाईंहरूको छुट्टै भेट पनि भयो, त्यहाँ त्यसबारे केही कुरा भएन ?
हामीले सबै कुरा राख्यौं । हाम्रो कुरामा उहाँले असहमति राख्नुभएन, ठिकै हो भन्नुभयो । उहाँलाई आउँदा-आउँदै गलत ब्रिफिङ  भयो । कोही मान्छे सर्वज्ञ हुँदैन । सबै कुरा एउटैलाई थाहा हुँदैन । आसपासका व्यक्तिले र सम्बन्धित निकायले कस्तो रिपोर्ट गर्छन्, त्यसैमा आधारित हुन्छ । हामीले स्पष्ट पारेपछि उहाँबाट त्यस्तो अभिव्यक्ति आएन ।
तपाईंले अघि भन्नुभएको 'फास्ट ट्रयाक’ बाट संविधान ल्याउने विधिचाहिं के हो ?
जनतालाई चाहिएको कार्यतालिका होइन, संविधान हो । जनतालाई चाहिएको अधिकारको सुनिश्चितता हो । माओवादीले कार्यतालिका धुजाधुजा बनाइहाल्यो । कार्यतालिका धुजाधुजा हुनु भनेको संंविधान नबनाउनु भन्ने होइन । संविधान बनाउनका लागि सभाले आफ्नो कार्यतालिका बनाउने, हेरफेर गर्ने गर्न सक्छ । सबै पार्टीहरूले एक वर्षभित्र संविधान जारी गर्ने कुरा माइक लगाएर अनेकपटक वाचाबन्धन गरेका छन् । हामी कुनै कुरामा प्रतिबद्धता गर्छौं, त्यो वचन पालना गर्दैनौं भने तपाईंलाई जनताले कसरी पत्याउने ? अब माघ ८ मा संविधान जारी भएन भने 'संविधान जारी गर्नुपर्छ' भन्नेको मनोबल खस्किने र संविधानविरोधीको मनोबल बढ्ने हुन्छ । र अनेक प्रकारका हाँगाबिँगा पलाउँछन्, परिस्थिति झन् कठोर हुन्छ ।
तपाईंले संघीयताको मुद्दा थाती राखेर भए पनि संविधान जारी गर्नुपर्छ भन्न थाल्नुभएको छ, त्यो चाहिं किन नि ?
यसकारण त्यो भनेको हो कि, सहमति नगर्ने तर सहमति नभई हुँदैन भन्ने । प्रदेशको नाम, सिमांकनमा अहिले सहमति हुँदैन भने त्यसबारे राम्रो अध्ययन गरेर सिफारिस गर्न आयोग बनाउने कुरा गरेको हो । संविधान जारी भएपछि पनि रहने संसद्बाट त्यसलाई अनुमोदन गरौं भनेका हौं । त्यसमा सहमति भयो भने पनि संविधान त जारी हुन्छ नि !
तर यस्तो आयोग बनाउने अभ्यास त पहिले पनि भएको थियो नि, त्यो त काम लागेन । फेरि त्यस्तै आयोगले टुंगो लगाउने के सुुनिश्चितता हुन्छ र ?
पहिले त संविधानसभाकै चुनाव पनि भएको थियो नि, हैन र ? पहिलाका सबै अभ्यासहरू असफल भए । पोहोर-परार नै एउटा काम गरेको थिएँ भनेर हुन्छ ? त्यो त हिजोको कुरा भयो नि ! आज त नयाँ प्रक्रियामा गइयो नि ! हिजो कतिबेर कुन आयोग बनेको थियो भन्नुको अर्थ रहेन । त्यो आयोग होइन, आयोगको माउ (पहिलो संविधानसभा) नै काम लागेन ।
यस्तो आयोग गठनबारे अरू पार्टीको प्रतिक्रिया के छ ?
एमाओवादीको प्रतिक्रिया 'पहिले नै बनाएको थियो नि' भन्ने छ । मधेसकेन्दि्रत दलहरू 'अधुरो संविधान जारी गर्नु हुँदैन' भन्छन् । पूर्ण र सधंैका लागि हुने -संविधान त) संसारमा न कहीं जारी भएको थियो, न कहीं जारी हुनेवाला छ । सर्वसम्मतिबाट पनि कहीं कतै सविधान जारी भएको छैन । परिपूर्ण, हेरफेर गर्नु नपर्ने, संशोधन गर्नु नपर्नेखालको कुनै समयले केही नगर्ने 'कालजयी' संविधान कहीं बन्न सक्दैन ।
संविधान लेखनको काम मूलतः तराईका पाँच जिल्ला (पूर्वका झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर) का भूभागलाई कुन संघीय प्रदेशमा राख्ने भन्ने विवादमा अल्झेको छ भन्ने गरिन्छ, हो ?
हो, तर पाँच होइन, छवटा जिल्लाको विवाद हो । 'चितवनलाई राजधानीमा जोड्नु हुँदैन, त्यसो भयो भने भारतसँग पहुँच हुन्छ, राजधानीलाई घेराबन्दी गर्न सकिन्न' भन्ने सोचाइ छ । काठमाडौंलाई घेराबन्दी गर्नुपर्छ भन्ने उद्देश्य छ । त्यो उद्देश्य सफल पार्न -चितवनलाई) मधेसमा राख्नुपर्छ, मेचीदेखि महाकालीसम्म टम्म एउटै प्रदेश हुनुपर्छ भन्ने आएको छ । 'पहाडको उपनिवेश भयौं, त्यसबाट स्वतन्त्रता चाहन्छौं' भन्ने अभिव्यक्ति पनि आएका छन् । यो भनेको के हो, तपाईंहरू आफैं बुझ्नुहोस् ।
काठमाडौंप्रति यस्तो आक्रोश किन उब्जिएको होला, कहिलेकाहीं विचार गर्नुभएको छ ?
काठमाडौंप्रति मात्र हो र ? सम्म जमिन त कहींको पनि पहाडमा मिसिनै नहुने रे ! पहाडेले कोदो, फापरबाहेक धानको भात पनि खान खोज्ने ? भन्ने मानसिकता छ । पहाडलाई घेराबन्दी गरेर दुःख दिने मनसाय छ । होइन भने नेपाल हिमाल, पहाड, तराई मिलेर बनेको छ, साथीहरूले किन कुरा नबुझ्नुभएको हो ? पहाडमा बाहेक अन्यत्र कहीं 'हाइड्रोपावर' बन्दैन, ठूला आयोजनाहरू सञ्च्ाालन हुँदैनन् । आजको युग भनेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर मानवीय हितमा प्रयोग गर्ने हो । अरब देशहरू कसरी धनी भए, प्राकृतिक स्रोतको अधिकतम दोहन गरेर त हो नि । स्रोतको उपयोग गर्ने जमाना हो यो । स्रोतहरूको उपयोग गर्दा हिमाल, पहाड, तराई भन्ने भावना होइन, जहाँ-जहाँ जे छ, त्यसको प्रयोग गरेर अधिकतम रूपमा बाँड्ने हो । त्यस्तो हुँदा जलविद्युत् उत्पादन हुने सबै पहाडमा हो, खानीहरू सबै पहाडमा छन्, त्यसबाट तराईले पनि फाइदा लिनुपर्छ भनेर साथीहरूले किन सोच्न नसकेका ? किन सम्म जमिन मात्र लिएर अलग्गै बस्न खोजेका ?
तपाईंले संविधान जारी गर्ने बेलामा राष्ट्रिय सरकार बनाउने कुरा झिक्नुभएको छ, किन होला ?
मेरो यो कुरा सुनेर प्रधानमन्त्री पनि कताकता झस्किनुभएछ । मैले स्पष्ट भनेको छु, संविधान जारी गर्नुभन्दा अगाडि, सरकार परिवर्तन होइन, सरकार विस्तार गर्ने हो । अरू पक्षहरू पनि सरकारमा आउनुहोस्, यहीं छलफल गरौं भन्ने हो । संविधान जारी गर्नु मात्र ठूलो कुरा होइन, त्यसको सहज कार्यान्वयन पनि महत्त्वपूर्ण कुरा हो । त्यसैले सबैको सहकार्य आवश्यक छ । सबै विषय टुंगो लगाआंै, टुंगो लागेन भने थाती राखेर भए पनि संविधान जारी गर्नुपर्छ । सधैं यस्तै छलफल कति गर्ने ? स्थिरता आएको सन्देश दिन पनि संविधान जारी गर्नुपर्छ । कसैप्रति मेरो वैरभाव, नकारात्मक दृष्टिकोण होइन । लक्ष्मीप्रसाद देवकोटाले एकपटक आफ्नो कुरा बुझ्ने क्षमताप्रति व्यंग्य गर्दै भन्नुभएको थियो- प्रभु मलाई भेडो बनाइदिनुहोस् । हामीलाई प्रभुले भेडो त बनाएनन् नि, हामी पनि यही समयमा देशका लागि आधा शताब्दीदेखि क्रियाशील छौं भने कुरा बुझ्छौं । अनुचित कुरालाई स्विकार्न सक्दैनांै । बडो मुस्किलले बनाएको देश हो यो । अहिले यस समयका हर्ताकर्ता र संवाहक शक्तिका रूपमा हामीमाथि अभिभारा छ । हाम्राे अभिभारा रहेका बेला देशमा जेसुकै होस् भन्न सक्दैनौं । त्यसैले मैले त अत्यन्त फराकिलो दृष्टिका साथ राष्ट्रिय सहमतिका साथ सरकार बनाऔं, सबैले सहमतिको संविधान जारी गरौं र त्यसको प्रभावकारी सहज कार्यान्वयनमा जाऔं भनेको हो ।
माघ ८ मा संविधान जारी भयो भने त्यसपछि एमालेको नेतृत्वमा सरकार बनाउने समझदारी भएको हो ?
कांग्रेस र एमालेबीच सरकार बन्नुअघि सातबुँदे सम्झौता भएको थियो । अहिलेसम्म कांग्रेसले त्यो सम्झौतातर्फ फर्केर हेर्न पनि चाहेको छैन । जे सहमति भएको थियो, त्यो कार्यान्वयन गर्न चाहेन । संविधान जारी गर्ने कुरा भएकाले एक वर्षका लागि अरू कुरा गर्नु हामीले वाञ्छनीय ठानेनौं र कतिपय कुरामा प्रतीक्षा गरियो । हाम्रो ध्यान अहिले पनि सरकार परिवर्तन होइन, सरकार विस्तार गरेर सहमतिको सरकार बनाएर नयाँ संविधान जारी गरौं भन्नेमा छ । संविधान जारी भएपछिको बेग्लै अध्याय हो । संविधान जारी भएपछि तत् सम्बन्धमा नयाँ चरणमा प्रवेश गर्छ देश । त्यसलाई मार्गदर्शन गर्न गत वर्ष भएको कांग्रेस-एमालेको सातबुँदे सम्झौता पर्याप्त छ ।
सातबुँदेका केके कुराको तपाईंले कार्यान्वयन चाहेको ?
त्यो त्यही सहमतिमा छ । अहिले हामी माघ ८ भित्र संविधान बनाउने कुरामा केन्दि्रत हुन्छौं ।
माघ ८ मा संविधान बनेन भने ?
अहिले म संविधान नबन्ने कुराको कल्पना गर्न चाहन्नँ ।
माघ ८ मा संविधान जारी नभएपछि आफ्नै नेतृत्वमा सरकार बनाउन अनुकूल स्थिति आओस् भनेर तपाईंले अहिले सहमतिको सरकारको कुरा थाल्नुभएको टिप्पणी पनि छ नि ?
'जहाँ न पहुँचे रवि, त्यहाँ पहुँचे पत्रकार' भनेको यही हो (हाँस्दै) । यस सम्बन्धमा मैले केही बोल्नु पर्दैन । हामी संविधान जारी गर्नेमा नै केन्दि्रत छौं । त्यसका लागि सरकार परिवर्तन होइन, सरकार विस्तार भनेको छु । अहिले मेरो कुरा यही मात्र हो ।
तपाईं एमाले अध्यक्ष बन्नुभएको चार महिना बितिसक्यो, तर स्थायी समिति र पोलिटब्युरो चयन किन गर्न नसक्नुभएको हो ?
महाधिवेशनमा हामी कसरी लड्यौं, त्यो थाहै छ । महाधिवेशनका बेला म लामो समय गम्भीर बिरामी भएका कारण अस्पतालको बेडमा बस्नुपर्‍यो । मेरो अनुपस्थितिले महाधिवेशनलाई निकै धेरै नकारात्मक असर पार्‍यो । महाधिवेशनको धङधङी पछिसम्म रह्यो, सहमति पनि हुन सकेन । सहमति निर्माण गरेरै जाऔं भनेर मैले असहमतिका बीचमा पोलिटब्युरो र स्थायी समिति बनाउन चाहिनँ । त्यसैले यसमा विलम्ब भयो । पदाधिकारीहरूको बैठकले नै मलाई मंसिर २२ गते (केन्द्रीय समिति) बैठक राख्नु भनेर स्पष्ट सुझाव दियो । अब सबै चिज सहज रूपमा अघि जान्छन् । सबै निकाय बन्छन् । कार्यविभाजन हुन्छ ।
वरिष्ठ नेता माधव नेपालले पार्टीमा राख्नुभएको लिखित असहमतिलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
उहाँले कमिटिभित्रै असहमति राख्नुभएकामा मैले धन्यवाद दिएको छु । उहाँलाई केहीकेही कुरामा चित्त बुझेको थिएन होला, आक्रोश पनि थियो होला । कतिपयले अध्यक्षलाई असफल पार्ने योजना पनि हो भन्छन्, तर माधवजीबाट त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन । उहाँले हाम्रो नियमावलीको वैधानिक व्यवस्थाले स्पष्ट भनेका कुरालाई पनि चुनौती दिनुभएको छ । प्रमुख सचेतक एकजना जानकार मानिस नियुक्त गर्नुपर्ने थियो, त्यो नियुक्ति मैले गरें । संसदीय दलको विधानमा दलका नेताले प्रमुख सचेतक र सचेतक नियुक्त गर्ने उल्लेख छ । मैले त्यही गरेको हो । कुनै कमिटी नबसेका बेला केही काम नै नहुने भन्ने त होइन नि ! केन्द्रीय कमिटीमा जबाफ दिने गरी नै मैले अध्यक्षको हैसियतमा सबै कदम चालेको हुँ, बैठक स्थगित हुने अनि अध्यक्षले कुनै कदम चाल्न पाइँदैन भन्ने ? यस्तो हो भने त हामी सिरक ओढेर सुतेर बस्दा भयो । एमाले गतिशील पार्टी हो, हात बाँधेर बस्ने भन्ने हुँदैन । म एमालेको लक्ष्य, नीति, कार्यक्रमबाट बाहिर गएर चल्ने पार्टीका नीतिमा अड्न नसक्ने मान्छे होइन । उहाँ (माधव नेपाल) ले आफ्ना कुरा पेस गर्नुभयो, पढीवरी सुनाउनुभयो, राम्राे भयो ।
स्थायी समिति र पोलिटब्युरो कुन विधिबाट चयन गरिन्छ त ?
यसभन्दा अघि निर्वाचन नै गरेका हौं । कसैलाई उठ वा नउठ भन्न सकिँदैन तर सहमतिबाट अघि बढ्न सकिन्छ । निर्वाचन पनि सहमतिबाट गर्न सकिन्छ । तर कुनै नेताहरूबीचको सहमतिले कसैलाई अगाडि जान रोक्ने भन्ने हुँदैन । सहमतिबाट अघि बढ्ने तर त्यसका लागि केही संकेत दिन सकिन्छ । तर कसैलाई 'तँ हुनै पाउँदैनस्' भनेर रोक्न मिल्दैन ।